राष्ट्रपति रामवरण यादवबाट राष्ट्रिय सहमतिको सरकार गठन गर्न थपिऐको पाँच दिन पनि बिनाउपलब्धि सकिएको छ। माधवकुमार नेपालको प्रधानमन्त्रीत्वमा यो सरकार गठन हुनासाथ 'राष्ट्रिय सहमति' का नारा चर्काउनेहरूले निकासको नयाँ बाटो बारेमा मुखै खोल्न सकेका छैनन्।
माओवादी नागरिक पार्टीमा रुपान्तरित नहुँदासम्म राष्ट्रिय सहमतिको सरकार सम्भव देखिँदैन। साथै माओवादीले अरूको नेतृत्व स्वीकार्नै सक्दैन भने अरूलाई पनि उसको नेतृत्व स्वीकार्नुपर्ने वाध्यता छैन।
मुलुक बहुमतीय सरकारकै चक्रमा प्रवेश गर्न लागेको छ। 'सहमतीय सरकार' का 'सिद्धान्तकार' हरू पनि अब बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुन्छ भन्न थालेका छन्। हो, सहमतीय सरकार भए संक्रमण व्यवस्थापनका लागि सजिलो हुन्छ। तर, यसलाई 'सिद्धान्त' कै रूपमा अघि बढाउन खोज्दा न शान्ति प्रक्रियाले पूर्णता पाउन सक्छ न त संविधान लेखनले नै। शान्ति प्रक्रिया आरम्भ हुँदा तत्कालीन सात दल र माओवादी सत्तामा थिएनन्, सडकमा थिए। त्यसैले यी दुवै कामका लागि सरकार नै चाहिन्छ भन्ने मान्यता पनि गलत हो। झन् अझैसम्म लडाकु र हतियार नछोडेको, अर्धसैन्य संरचना राखिरहेको, चन्दा आतंक मच्चाइरहेको, हत्याहिंसाबाट मुक्त नभएको पूर्वविद्रोही पार्टीको नेतृत्वमा सरकार बनेपछिमात्रै शान्ति प्रक्रिया र संविधान लेखन निष्कर्षमा पुग्छ भन्ने भ्रम त आत्मघाती हो। ढिलोचाँडो नेपालका सबै दलका नेताले यो यथार्थ आत्मसात् गर्न खोजेका देखिएको छ।
माओवादीले 'सहमतिका लागि' भन्दै लडाकु समायोजन र पुनःस्थापनाका पुरानै अडानलाई एक ठाउँमा भेला पारेर सार्वजनिक गरेको छ। पुरानै विषय अगाडि सारेर तिनलाई पूरा गर्न पनि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने हठ माओवादीले दोहोर्याएको छ। यसबाट पनि ऊ लडाकु समायोजन र व्यवस्थापन गर्न चाह"दैन भन्ने स्पष्ट हुन्छ। किनभने, ऊ लडाकुलाई प्रधानमन्त्रीको कुर्सीका लागि 'बार्गेनिङ चिप्स' का रूपमा प्रयोग गर्न चाहन्छ। के माओवादी सरकारमा आएन भने वर्षौंसम्म उसका लडाकुलाई राज्यले तलब भत्ता दिएर पालिरहने त? शान्ति सम्झौता गर्दा माओवादीकै नेतृत्वमा सरकार बन्छ र त्यही सरकारले समायोजन र पुनःस्थापना गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनेछ भन्ने कसैले कल्पना गरेको थियो र? थिएन नि। माओवादीले सरकारको नेतृत्व गरेमात्र शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ भन्न मान्यता सही हुँदो हो त नौ महिना प्रधानमन्त्री हुँदा पुष्पकमल दाहालले ती सबै काम गरिसक्नुहुन्थ्यो। तर, गर्न सक्नुभएन। किनभने, सहमति उहाँलाई पनि चाहिन्छ। अरूले गर्न खोज्दा भाँजो हाल्न सजिलो भए पनि आफैँले गर्दा खोजे त्यही नियति बेहोर्नुपर्दछ भन्ने पाठ माओवादीले अवश्य पनि सिकेको हुनुपर्छ।
एक वर्षअघिदेखि सहमतिको गीत गाउनेहरूले माओवादीलाई अलग्याएर शान्ति स्थापना र संविधान लेखन सम्भव छैन भन्नेमा विशेष जोड दिएको पाइन्छ। पछिल्लो समयमा सबै मोर्चामा असफलता बेहोर्न बाध्य माओवादीलाई अरू पार्टीका तर्फबाट आउने यस्ता अभिव्यक्तिले पक्कै पनि ढाडस दिएको होला। तर, तिनले संसद् सदस्यमध्ये ६० प्रतिशत र जनमतमध्ये ७० प्रतिशत माओवादीको विपक्षमा भएकाले सहमतिका लागि ऊ लचिलो हुनुपर्दछ भन्ने प्रसंगै उठाएका छैनन्। फलस्वरूप माओवादीले अरू दलका टाउकामा टेक्ने स्थिति उत्पन्न भयो र अहिले पनि सहमति बन्न नसकेको हो।
माधवकुमार नेपालले राजीनामा दिएको आधा घन्टाभित्रै सहमति निकाल्छौ" भन्नेहरूको हविगत १० दिनको यस अवधिमा राम्रैसँग देख्न पाइएको छ। आफ्नै पार्टीका वरिष्ठ नेताले नेतृत्व गरिरहेको सरकार 'राष्ट्रिय सहमति' का लागि विघटन नगर्दासम्म एमालेकै कतिपय नेतालाई खाएकै पचेन। सधैँ सहयोगी दलका रूपमा सरकारमा जाने बानी लागेको एमालेले आफ्नो नेतृत्वमा सरकार बनेको अवसरको सदुपयोग गर्न सकेन। अझ कतिपयले पार्टीले निर्णय नगर्दै कसैलाई 'राष्ट्रिय सहमतिको विचारको आविष्कारक' भन्दै नेतृत्वका लागि खुलेआम प्रचारप्रचार थालिसकेका छन्। यसबाट पनि स्पष्ट हुन्छ- राष्ट्रिय सहमतिभित्र लुकेको रहस्य के रहेछ? जतिसुकै राम्रो खास्टो ओढाए पनि बिरालाले म्याउँ नगरी छोड्दैन। अझ जसरी पनि कुर्सी हात पार्ने र आफूले नपाए माओवादीलाई दिलाउने उद्देश्यअनुरूप दुई तिहाइ बहुमतको सरकार निर्माण गर्ने प्रलाप सुरु भएको छ। माओवादीबिना दुई तिहाइ बहुमत नपुग्ने भएकाले जसरी पनि उसको सेवा गर्ने यो राम्रो उपाय हुन सक्छ। सबैलाई सम्झना छ- दुई वर्षअघि पुष्पकमल दाहालको नेतृत्वमा एमाले, मधेसी जनअधिकार फोरम, सद्भावनालगायतका दल मिलेर दुई तिहाइ बहुमतको सरकार बनेको थियो। तर, त्यसले शान्ति प्रक्रिया र संविधान लेखनमा सिन्कोसम्म भाँच्न सकेन। फेरि अहिले त्यही प्रकृतिको सरकार गठन गर्न खोज्नु व्यक्ति विशेषको पद प्राप्तिको चाहना साकार पार्नुमात्रै हो।
अहिले राष्ट्रिय सहमति भनेको चारवटा शक्तिबीचको एकता हो। नेकपा (एमाले), नेपाली कांग्रेस, एनेकपा (माओवादी) र मधेशवादी दलहरू नमिलेसम्म राष्ट्रिय सहमति बन्न सक्तैन। तीन ठूला दलबीचमा सहमति बन्दा धेरै कुरा टुंगिन्छन् तर तिनलाई स्वीकार्य बनाउन मधेशवादी दललाई पनि विश्वासमा लिन जरुरी छ। अहिले राज्यपुनःसंरचनाको केन्द्रीय प्रश्नमा प्रवेशै गरिएको छैन, नयाँ संविधान लेखनको आरम्भ भएको छैन। यी काम सुरु हुँदा मधेशवादी दलहरूको सहयोग अनिवार्य हुन्छ। रातारात जन्माइएका मधेशवादी दलहरू आफूलाई मधेशीका 'मसिहा' ठान्छन्। र, संविधान सभाको निर्वाचन परिणाम हेर्दा मधेशका सन्दर्भमा उनीहरूलाई निषेध गर्न पनि सकिँदैन। तर, अहिले तीन दलबीच सहमतिका नाममा उनीहरूलाई पन्छाउन खोजियो भने भोलि झन् ठूलो समस्या आउनसक्छ।
प्रधानमन्त्री नेपालले राजीनामा दिएको दुई साता बितेको छ। यसबीचमा कसका कारणले सहमति भएन र सहमतिको बाधक को हो भन्ने अब किटान गर्नुपर्छ। हिजो माधव नेपाललाई सहमतिका बाधकका रूपमा चित्रित गर्नेहरू अहिले कहा" छन्? राजीनामाका लागि 'दबाब' सिर्जना गर्ने बुद्धिजीवीहरू किन अहिले सहमति निर्माण गर्न अग्रसर नभएका हुन्? व्यक्तिगतरूपमा नेपाललाई 'पदलोलुप' साबित गर्न लागेका आफ्नै पार्टीका कतिपय नेता अहिले राष्ट्रिय सहमति कायम गर्ने बेलामा किन रहस्यमयरूपमा मौन छन्?
समय घर्किंदैछ। संविधान निर्माण गर्न थपिएका १२ महिनामध्ये १ महिना बितिसकेको छ। शान्ति प्रक्रियाका महत्वपूर्ण प्रश्न यथावतै छन्। दलका नेताहरू सरकार गिराउने र बनाउने खेलमै रमाइरहेका छन्। यस विडम्बनापूर्ण स्थितिलाई समाप्त पारेर देशलाई नयाँ निकास दिनुपर्छ।