भारत सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भयो। सन् १९४९ मा चीनमा जनवादी क्रान्ति सम्पन्न भयो। छिमेक भएका राजनीतिक परिवर्तनकै आसपासमा सन् १९५० को दिल्ली सम्झौताले नेपालबाट राणाशासन हटायो।
राणा शासन हटेलगत्तै तराईमा तराई कांग्रेसको नामबाट भद्रकाली मिश्र, वेदानन्द झाको तराई केन्द्रित राजनीति सुरु भयो। यस्तै बीपीको विकल्पमा दिल्लीरमण रेग्मीको उदय र कम्युनिष्ट पार्टीभित्र विसं २०१७ सालको दरभंगा प्लेनमसम्म आइपुग्दा मोहनविक्रम सिंहले लिएको राजनीतिक एजेन्डा संविधानसभाको फरक देखिए पनि उद्देश्य एउटै थियो। यति बेला मधेशको नाममा देखिएका क्षेत्रीय पार्टीहरू, कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संवैधानिक राजतन्त्रको विस्थापन र माओवादीभित्र गोरखपुरपन्थीको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्र, संविधानसभा र बेलाबेलामा प्रकट हुने सांस्कृतिक राजाको धारणा पनि समान हुन्। यसलाई दृश्य अदृश्यरूपमा प्रकट २००७- १७ को वैचारिक धारभन्दा फरक पर्दैन।
राजाको २०१७ सालको कदमपछि प्रजातन्त्रको स्थापना, संसद्को पुनःस्थापना र संविधान सभाका रूपमा एजेन्डा पनि विभाजित भयो। खासगरी दक्षिण एसियामा लद्दाख, कास्मिर, सिक्किमदेखी तिब्बतसम्मको स्वतन्त्रता आन्दोलनको संकटमा अन्य राजनीतिक विषयभन्दा मुलुक जोगाउनु महत्वपूर्ण थियो। त्यस अवस्थामा राष्ट्रप्रतिको उत्तरदायित्वमा जस्ले जसरी सक्छ त्यहीँबाट सहयोग गर्नुपर्ने अवस्था थियो। त्यसैले राजासँग सल्लाह गरेर बीपीलाई लिन म दिल्ली गएँ। राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी नेपाल फर्के। त्यति बेला संविधान सभाको एजेन्डा बोक्ने गोरखपुरपन्थीले बीपीलाई अत्मसमर्पणवादी भने। मण्डलेहरूले भने अराष्ट्रियतत्व भन्दै फाँसीको माग गरे। पहिला राष्ट्र, त्यसपछि प्रजातन्त्र भन्ने एजेन्डामा बीपी स्वदेश फर्किए।
त्यसपछि पाकिस्तानमा जुल्फीकार अली भुट्टोलाई फाँसी दिइएको घटनाबाट उत्पन्न असन्तोष बढ्दै जाँदा जनतमत संग्रहको घोषणा भयो। बीपीले राजासँग विवादको विषय प्रजातन्त्रमात्र भनेर लेन्डुप मोडल अस्वीकार गरेकोले २०३६ को जनमत संग्रहमा भारतले निर्दललाई जिताउन सघायो। दरभंगा प्लेनमदेखि संविधान सभाको एजेन्डा बोक्नेहरू र पुष्पलालबाट छुट्टिएर बनेको तत्कालीन नेकपा (माले)ले क्रान्तिकारी नारामा जनमत संग्रह बहिष्कार गरेर निर्दललाई जिताउन सहयोग गरे। त्यति बेलाको राष्ट्रवादी विद्यार्थी मण्डल विदेसी खुफिया एजेन्सीको नियन्त्रणमा परेको खुलासा भएपछि खारेज भयो। यसको परिपूर्तीका निमित्त राष्ट्रवादको नारामा राष्ट्रवादी विद्यार्थी मण्डलजस्तै गोरखपुरपन्थीको भातृसंगठनका रूपमा दिल्लीमा मार्कसवाद, लेनिनवाद र माओ विचारधाराका नाममा अखिल भारत नेपाली विद्यार्थी संगठनको गठन भयो।
यही संगठन २०४६ सम्म आइपुग्दा नेपाली कांग्रेस र वाममोर्चाको गठबन्धनलाई कांग्रेस भारतको दलाल हुनाले उसको पछाडि नबस्ने भन्दै राष्ट्रिय जनआन्दोलन समितिमार्फत छुट्टै मोर्चा बन्यो। यसले २०४६ सालको परिवर्तनलाई धोका भन्यो र चैत २४, २०४६ को दिन देखिएको जनआक्रोशलाई गणतन्त्रमा बदल्न खोजेको थियो।
स्पष्ट छ, २०४६ को राजनीतिक परिवर्तन अतिदक्षिणपन्थी र उग्रवाम देखिने गोरखपुरपन्थी दुवैलाई मन परेको थिएन। कारण, यो दुवै तत्वभन्दा बाहिर नेपालको राजनीति विदेशी खुफिया एजेन्सी प्रभाव मुक्त हुँदै गयो।
यही अवस्थामा २०५२ सालमा ४० सूत्रीय मागको बहानामा (जसलाई उठाउने गोरखपुरपन्थी १७ हजारको रगत बगाइसकेपछि अन्धराष्ट्रवाद भन्दैछन्) माओवादी हिंसा सुरु भयो। राजा वीरेन्द्रको उदारता र दलहरूको अलोकप्रियताले २०५७ सम्म आइपुग्दा राजतन्त्र सुगौली सन्धिपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमै लोकप्रिय बन्यो। यसबाट देशी विदेशी प्रतिक्रियावादी अल्तालिएका थिए। विदेशी षड्यन्त्रमा गुप्तचरद्वारा परिचालित दक्षिणपन्थी मण्डले र त्यससँग जोडिएको लोनलोन संरचना तथा उग्रवामपन्थी (गोरखपुरपन्थी)को संयुक्त गठबन्धनको परिणाम दरवार हत्याकाण्डमा रूपान्तरित भयो। गोरखपुरपन्थीले स्थापना भएको गणतन्त्र संस्थागत गर्ने नारा ल्याए। राजा ज्ञानेन्द्रमाथि दोषारोपण गरे। आज त्यही खतरनाक तत्वले बेलाबेला सांस्कृतिक राजा भन्दैछ।
दरबारको अति दक्षिणपन्थी मण्डले घेराले राजालाई घेराबन्दी गरेको थियो। त्यो अहिलेसम्म पनि कायम छ। कतिसम्म भने अतिदक्षिणपन्थीको राजतन्त्र समाप्त गर्ने योजना असफल होला भन्ने डरले हामीसम्मले पनि वर्षौँसम्म राजासँग भेट्नै नपाउने वातावरण बनाइयो। यहाँसम्म आइपुग्दा उग्रवामपन्थी गोरखपुर धार र दक्षिणपन्थीहरू एउटै केन्द्रमार्फत् फरकफरक आवरणमा फरक एजेन्डा बोकेर एउटै उद्देश्यमा उदय हुन खोज्दैछ। यसलाई राजा सेना, प्रजातान्त्रिक (वामपन्थी देशभक्त) राष्ट्रवादीले समयमै पहिचान गर्दै सचेत रहन अनिवार्य छ। विदेशी गुप्तचरद्वारा परिचालित वौद्धिक भन्नेहरू भने यसलाई वैचारिक रंग दिन उद्यत छन्।
तीन धार एउटै केन्द्र
यति बेला फरक आवरणमा गोरखपुरपन्थी र दक्षिणपन्थीमार्फत् तीनवटा एजेन्डा अघि सारिएको छ। दरभंगा प्लेनमदेखि संविधान सभाको एजेन्डाबोक्ने धार वर्तमान नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा संघीयता विरोधी राष्ट्रवादको आवरणमा छ। दोस्रो राजतन्त्र, हिन्दुराष्ट्र र संघीयताको विषयमा जनमत संग्रह गर्नुपर्ने माग राप्रपा (नेपाल)ले गरिरहेको छ। सन् १९७५ अप्रिल १४ मा सिक्किममा जनमत संग्रह गरेपछि राजतन्त्र समाप्त गरिएको थियो। त्यसभन्दा पहिले विद्यानसभाले राजसंस्था विस्थापनमात्र गरेको थियो।
अर्को सांस्कृतिक राजा भन्ने मूलरूपमा मोहन विक्रमको विचारको प्रतिनिधित्व एनेकपा (माओवादी) भित्र बाबुराम भट्टराईले गरिरहेका छन्। उनले संविधानसभाले गणतन्त्र घोषणा गर्नुपूर्व कान्तिपुर टेलिभिजनको बहसमा सांस्कृतिक राजाको मोडल अघि सारेका थिए। त्यसलाई पछिल्लो समयमा पुनः उठाउने कोसिस भएको छ। एकातर्फ भट्टराईले चुनवाङको लोकतान्त्रिक गणतन्त्र आफ्नो नीति भएको दाबी गर्छन् र अर्कोतर्फ सांस्कृतिक राजाको विचार अगाडि सार्छन्। अनि राजावादी भनिने राप्रपा नेपाल अर्कोतिर जनमत संग्रहको माग गर्छ। उग्रगोरखपुरपन्थी र दक्षिणपन्थी मण्डले न त देशभक्त हुन् न क्रान्तिकारी। यो आवरण मात्र हो।
यी प्रजातन्त्र र राष्ट्रवाद पक्षधरलाई बदनाम गर्ने विदेशी गुप्तचरका एजेन्ट हुन्। टंकप्रसादलाई जिउँदो लास, बीपीलाई भारतीय दलाल, मलाई राजावादी, निर्मल लामालाई सीआईडी, पुष्पलाललाई गद्दार भन्ने यिनै हुन्। माओवादीभित्र पुष्पलालको उत्तराधिकारी दाबी गर्ने सांस्कृतिक राजाका पक्षधरहरू आज कुन् धरातलमा छन्? यस अवस्थामा उग्रदक्षिणपन्थी र उग्रगोरखपुरपन्थीको नियत समयमै बुझेर निकास निकाल्नुनै मुलुकको हितमा हुनेछ। त्यो मिलन विन्दु हो २०६३ बैशाख ११ को सम्झौता।
उग्रदक्षिणपन्थी र गोरखपुरपन्थीको सांस्कृतिक राजाको मोडल खतरनाक छ। हिजो हिन्दु साम्राट बन्न लगाउने मण्डलेले भनुन् धर्म निरपेक्षता घोषणा हुँदा तिनका एक अर्ब हिन्दु कहाँ थिए? 'हिन्दु सम्राट' गद्दीच्यूत हुँदा अहिले धर्मका नाममा उदाउन खोज्ने यी दक्षिणपन्थी कहाँ गएका थिए? यो सन्देहपूर्ण छैन र? यस्तो खतरनाक एजेन्डासँग देशभक्तहरू सचेत रहनु जरुरी छ।