अन्तिम मौका
२२ असार २०६७
•
१२ मिनेट पाठ
अन्तिम मौका
'अब लडाइँ भयो भने त्यो माओवादीलाई सिध्याउने उद्देश्यले माथिल्लो तहमा हुन्छ र पहिलो निशाना माओवादी नेतृत्व हुनेछ। उनीहरूले लुक्ने ठाउँसम्म पनि पाउने छैनन्।'
अरू आन्तरिक र बाह्य कारण पनि छन् तर पूर्व राजा ज्ञानेन्द्रलाई मूलरूपमा उनकै दम्भले खायो। अब नेपाली राजनीतिमा कोही दम्भको सिकार भयो भने त्यो निसन्देह माओवादी हुनेछ। प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतिका लागि ऐतिहासिक आदर्श प्रस्तुत गरेका छन्। संसदमा पूर्ण बहूमत हुँदाहुँदै र डर, धम्की र बल प्रयोग गरेर प्रभुत्व राख्न खोज्ने माओवादीलाई सफलतापूर्वक तह लगाउँदालगाउँदै उनले राष्ट्रिय सहमतिका लागि भनेर राजीनामा दिए। सशस्त्र द्वन्द्व सुरु भए यता माओवादीलाई ठाउँमा राख्नसक्ने प्रधानमन्त्री माधवकुमार नेपालमात्र हुन्। नत्र माओवादीमा त डर र धम्कीबाट जे पनि पाइन्छ भन्ने मानसिकता बलियो भएको थियो।




 

सधैँ बन्द र हडतालबाट परिवर्तन खोज्ने माओवादीलाई प्रधानमन्त्री नेपालले 'अब परिवर्तन त्यसरी आउँदैन' भन्ने पाठ राम्रैसँग पढाइदिएका छन्। माओवादीले अब अनिश्चितकालीन बन्द, हडताल र प्रदर्शन गर्नुअगाडि निश्चय पनि दश चोटी सोच्नेछ। त्यति हुँदाहुँदै पनि नेपालले राजीनामा दिए। उनले वास्तवमै शान्ति र संविधानका खातिर राजीनामा दिएका हुन् भन्नेमा यो स्तंभकार विश्वस्त छ।

उनले राजीनामा दिने बित्तिकै माओवादीको भने भाका बदलिन थालेको छ। गत जेठ १४ गते भएको तीन बुँदे संझौतापछि माओवादीले तेस्रो बुँदामा उल्लेख गरिए झैँ प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्र पहिलो बुँदामा उल्लेख भएझैं शान्ति प्रक्रियाका बाँकी काम सम्पादन गर्न आफू तयार हुने बताउँदै आएका थिए।

 

तर राजीनामा आउने बित्तिकै माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले एक नम्बरको बुँदा सो सम्झौताको प्राक्कथनमात्र हो भनेर अत्यन्त गैरजिम्मेवार टिप्पणी गरे। अहिलेको सबभन्दा महत्वपूर्ण मुद्दा माओवादी लडाकुको समायोजन र पुनःस्थापना नै हो। तर माओवादीहरू वैज्ञानिक भूमीसुधारदेखि पीडितलाई सहायता दिनेसम्मका विषय पनि एक नम्बरको बुँदासँगै सम्बन्धित भएको बताउन थालेका छन्। लडाकुबारे सहमति नगरीकनै सरकारमा जाने यो उनीहरूको दाउमात्र हो। तर यो पटक उनीहरूले धेरै बाठो हुने प्रयास गर्नुपर्दैन।

 

किनभने लडाकुबारे ठोस सहमति नभई कसैले उनीहरूलाई सरकारको नेतृत्व सुम्पनेवाला छैन। माओवादी झुटो बोल्न खप्पिस छन् र तिनले जति ठाडै झुटो नेपाली राजनीतिमा कसैले बोलेका छैनन्। झुटो बोल्दा तिनलाई लाज लाग्न पनि छोडिसक्यो। तर त्यसको परिणाम के भएको छ भने तिनका कट्टर समर्थकबाहेक अरूको विश्वास माओवादीमाथि तीव्र गतिमा घट्दै गएको छ। यति हुँदा पनि माओवादीले अरूलाई बठ्याइँ गरेर खेलाएरै ठीक पार्छौं भन्ने ठानेका छन् भने त्यो महाभूल हुनेछ।

केही बाध्यात्मक परिस्थिति, प्रधानमन्त्री नेपालको सदाशय र नागरिक समाजका कतिपयको चाहनाले माओवादीलाई सत्तामा जाने अवसर प्राप्त भएको छ। तिनले धुर्त्याइँ, बेइमानी र हठले गुमाए भने तिनका लागि यस्तो अवसर पुनः प्राप्त हुनेछैन। त्यतिमात्र होइन, गत दुई वर्षमा माओवादीप्रतिको अपेक्षा र जनमत धेरै नकारात्मक भैसकेको सायद माओवादी नेतृत्वले थाहा पाउनै सकेको छैन। संविधान सभाको निर्वाचनमा सबभन्दा ठूलो दल बनाएर विभिन्न कारणले जनताले दिएको शंकाको लाभ माओवादीले लिन सकेनन्।

 

जनविश्वास घट्दै गएको, छवि बिग्रिँदै गएको, दलभित्र नेतृत्व विवाद बढ्दै गएको, अन्तराष्ट्रिय खासगरी भारतको दृष्टिकोण नकारात्मक रहेको र आफूले राखेको प्रधानमन्त्रीको राजीनामाको सर्तलाई कुनै बाध्यता नभए पनि प्रधानमन्त्रीले सम्मानपूर्वक पूरा गरिदिएको यस परिस्थितिमा माओवादी दम्भ बलियो भयो भने पतनको गति अझ तीव्र हुने निश्चित् छ।

अन्य दुई प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)ले माओवादी लडाकु समायोजन र पुनःस्थापनाबारे ठोस कार्यतालिका प्रस्तुत गर्ने हो भने माओवादीको नेतृत्व स्वीकार्य हुने बताइसकेका छन्। दशौंपल्ट आफैँ सो कार्य तुरुन्तै हुन्छ भनेर झुटको खेती गरिरहेका माओवादीले यस पटक पनि ठोस कार्यतालिकाबिना झुटै बोलेर अरू दललाई अलमल्याउँला भनेर नसोचे हुन्छ। त्यसैले, सरकारको नेतृत्व गर्ने हो भने माओवादीले ठोस कार्यतालिका प्रस्तुत गर्नैपर्छ। गरेनन् भने तिनले सरकारको नेतृत्व पाउँदैनन्। शान्ति प्रक्रिया अगाडि बढ्दैन र संविधान पनि लेखिँदैन। संविधान सभा भंग हुने स्थिति आयो भने माओवादीले सबभन्दा ठूलो दलको वैधानिक फुर्ती स्वतः गुमाउने छन्।

 

तर प्रधानमन्त्री नेपालले राजीनामा दिइसकेकाले पहिलेजस्तो गतिरोध र शान्ति प्रक्रियाको संभावित विफलताका लागि अन्य दललाई दोष दिने ठाउँ पनि अब छैन। अब शान्ति पक्रिया भंग भयो भने त्यसको सम्पूर्ण दोष माओवादीमाथि जानेछ, जानुपर्छ।

त्यतिमात्र होइन माओवादीका कारण अब शान्ति प्रक्रिया भंग भयो भने तिनले धुरीमाथि बसेर अन्य दललाई जतिसुकै सरापे पनि त्यसलाई तिनका कार्यकर्ताबाहेक कसैले सुन्ने छैनन् र जनसंख्याको ठूलो हिस्सा माओवादीविरूद्ध एक जुट हुनेछ। तर माओवादीका लागि त्यसभन्दा पनि घातक के हुनेछ भने प्रमुख राजनीतिक दलहरू उनीहरूविरुद्ध अझ दरोसँग एक जुट हुनेछन् र संविधान सभा भंग नै भए पनि माओवादीसँग कुनै संझौता गर्ने छैनन्। परिणामस्वरूप सिर्जना हुने परिस्थितिको तिनले एकजुट भएर सामना गर्नेछन्। थप, तिनले भारत र अन्तराष्ट्रिय समुदायको सहयोग पनि पाउने छन्। तर माओवादी भने अहिलेभन्दा बढी एक्लो हुनेछ। उनीहरूको पक्षमा हुने संभावनै नभएको तिनको जनविद्रोहको धम्की सत्ताप्राप्तिमा होइन, रक्तपातमा टुँगिनेछ।

 

माओवादीले निहुँ नै खोजेको हो र भविष्यमा होस् या अहिले, एकपल्ट लड्नु नै छ भने लडेरै हेरौँ भन्ने सोच नेपाली कांग्रेस र एमालेका कयौं प्रमुख नेतामा विकसित हुँदै गएको देखिन्छ। नेपाली सेनाभित्र त भनिन्छ, 'आदेशमात्र पाऊँ हामीले जानेका छौँ' भन्ने जर्नेलहरूको संख्या अझै कम छैन। शान्ति पक्रियामा नजिकबाट संलग्न नेपालका सबै प्रमुख नेता र दिल्लीमा राम्रो पहुँच भएका नेपाली कांग्रेसका एकजना पूर्व सभासद् बारम्बार भन्ने गर्छन् - 'अब लडाइँ भयो भने त्यो माओवादीलाई सिध्याउने उद्देश्यले माथिल्लो तहमा हुन्छ र पहिलो निसाना माओवादी नेतृत्व हुनेछ। उनीहरूले अब त लुक्ने ठाउँसम्म पनि पाउने छैनन्।' यस कथनमा सत्यता छैन भन्न सकिँदैन।

यसै स्तंभको अघिल्लो आलेखमा यस लेखकले प्रधानमन्त्री माधवकुमार नेपाललाई देशलाई बन्धक नबनाउन आग्रह गरेको थियो। यो स्तंभमा देशलाई बन्धक नबनाउन माओवादीलाई आग्रह गर्नुपर्ने स्थिति सिर्जना भएको छ। अन्य दलले माओवादीलाई कुनैपनि हालतमा नेतृत्व दिन्नौ भनेका छैनन्। हुनत, उनीहरू त्यसो भन्ने हैसियतमा छन्। उनीहरूले त्यसो भनेको भए त्यो गलत हो भनन मिल्थ्यो। उनीहरूले लडाकु समायोजन र पुनःस्थापनाबारे अनुचित र असंभव माग पनि राखेका छैनन्, ठोस कार्यतालिका चाहियोमात्र भनेका छन्।

 

यति हुँदाहुँदै पनि अहिलेका लागि बहुमतको सरकार बन्छ भने पनि ठीकै छ त्यसपछि त फेरि पालो हाम्रै हो भनेर माओवादीले सोचेको हो भने, त्यो उसको मूर्खता हो। वर्तमान परिस्थितिमा सहजातापूर्वक सरकारको नेतृत्व गर्ने माओवादीका लागि संभवतः यो अन्तिम मौका हो। भविष्यमा परिस्थिति माओवादी प्रतिकूल हुनेसंभावना प्रबल छ तर माओवादीको आचरणले भने 'विनाशकाले विपरीत बुद्धि' भन्ने कथन चरितार्थ गरिरहेको छ। भिरबाट खस्न लागको गोरुलाई रामराममात्र भन्न सकिन्छ। माओवादीलाई रामराम भन्ने स्थिति नआओस्।

 
अर्को समाचार
अन्तिम मौका पनि गुमाउँदै क्यासिनो
०४ चैत्र २०७०
•
८ मिनेट पाठ
अन्तिम मौका पनि गुमाउँदै क्यासिनो
काठमाडौं-सरकारले पटक–पटक मौका दिँदा पनि अटेर गर्दै आएका क्यासिनोहरूले अन्तिम मौका पनि लगभग गुमाएका छन्। उनीहरू अब ‘वास्तविक रूपमा अवैध' हुनबाट जोगिन दुई दिनमात्र बाँकी छ।अन्तिम मौकामा ‘चौका नहान्ने' सबै क्यासिनो पर्सी शुक्रबारबाट अवैध हुनेछन्। सरकारी ऐनकानुन र नीतिनियमको धज्जी उडाउँदै वर्षौंदेखि सञ्चालनमा रहेका क्यासिनोलाई सरकारले पछिल्लो पटक चालु आर्थिक वर्षको बक्यौता चुक्ता गर्न थप चार महिना दिएको थियो। उक्त समयको तीन दिन बाँकी हुँदासम्म बेवास्ता गरेका क्यासिनोले अब राजस्व (रोयल्टी) तिर्दैनन् भन्ने ठोकुवा सरकारले गरेको छ। 




चालु आर्थिक वर्षबाट नयाँ क्यासिनो दर्तादेखि पुरानाको नवीकरण र रोयल्टीसम्बन्धी सबै जिम्मेवारी पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चैत ७ बाट अवैध हुन लागेका क्यासिनो ‘सञ्चालनमा रोक लगाउने आवश्यक कदम चाल्न' गृह मन्त्रालयलाई पत्राचार गरेको छ। 

‘अब कुनै पनि क्यासिनोले बक्यौता पनि तिर्दैनन् र नवीकरण पनि गर्दैनन् भन्ने निष्कर्षमा पुगेपछि तिनको सञ्चालन बन्द गराउन आवश्यक कदम चाल्न गृहलाई पत्र पठाएका छौं,' पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग भने, ‘चार महिना थप्दा पनि कुनै दिन क्यासिनो हाम्रो सम्पर्कमा आएनन्। अब दुई दिनभित्र पैसा तिर्छु भन्दै आउँछन् भन्ने हामीलाई विश्वास पनि छैन।'

उनका अनुसार अबको दुई दिनभित्र चालु आर्थिक वर्षको बक्यौता बुझाउने हो भने प्रत्येक क्यासिनोले ४ करोड र जरिवाना १ करोड २० लाख गरी ५ करोड २० लाख रुपैयाँ सरकारलाई चुक्ता गर्नुपर्छ। यति गर्न सके उनीहरूको अनुमतिपत्र (लाइसेन्स) नवीकरण हुनेछ। 

‘त्यसबाहेक पुरानो बक्यौता करिब ६७ करोड रुपैयाँ चोखै छ,' ती अधिकारीले भने, ‘जति ताकेता, आग्रह गर्दा पनि क्यासिनो टसको मस भएनन्। त्यही भएर नयाँ नियमावली ल्याएर क्यासिनोलाई कानुनी दायरामा ल्याइएको हो। यो नियमावलीबाट पनि क्यासिनो ठाउँमा आएका छन्। अब उनीहरूसँग अन्य विकल्प छैन।'

पर्यटनकै अर्का एक अधिकारीका अनुसार गृह मन्त्रालयका सचिवको हातैमा पत्र दिइएको छ। अब गृहले कस्तो कदम चाल्छ भन्ने हेर्न बाँकी छ। ‘अब गृहमन्त्रीले सबै क्यासिनोमा ताल्चा लगाउन आदेश दिनुपर्छ,' उनले भने, ‘अब पर्यटन मन्त्रालयको भूमिका यसमा छैन। अब अवैध क्यासिनोलाई के गर्नुपर्ने हो, त्यो सबै गृहको जिम्मेवारीभित्र पर्छ। अनि पुरानो बक्यौता उठाउने जिम्मा भने अर्थ मन्त्रालयको हो।'

उनका अनुसार क्यासिनोमा जुवा खेल्न नेपाली छिरेका छन् कि छैनन् भन्दै जाँच गर्न प्रत्येक क्यासिनो पुग्ने प्रहरीले तिनै क्यासिनो अवैध चलिरहेको सम्बन्धमा भने एकरति चासो दिँदैन। 

‘नेपाली छिरेको भेट्टाए सार्वजनिक अपराधमा थुनामा राख्ने प्रहरीले क्यासिनोको लाइसेन्स अवैध हो कि वैध, त्यो चाहिँ कहिल्यै पनि हेर्दैन। क्यासिनो बन्द गर्न नसकिनुमा यस्तै कारणले वल मिलेको हो। त्यसमाथि राजनीतिक दल, श्रम समस्यालगायत विभिन्न स्वार्थ जोडिएका कारण क्यासिनो अवैध भए पन चलिरहन सकेका हुन्।'

क्यासिनोहरूबाट आर्थिक वर्ष २०६२/६३ देखिको उक्त बक्यौता उठाउन सरकार असफल हुँदै आएको छ। आर्थिक ऐनमा चालू आर्थिक वर्ष २०७०/७१ बाट क्यासिनोको लाइसेन्स, रोयल्टी र कर सम्पूर्ण पर्यटन मन्त्रालयबाट हेरिने उल्लेख छ। 

पर्यटन मन्त्रालयले गत साउन ८ मा जारी गरेको क्यासिनो नियमावलीमा संशोधन गरी मंसिर अन्तिम साता थप चार महिना (चैत ६ सम्म) चालू आर्थिक वर्षको सबै रकम चुक्ता गर्न म्याद थपेको थियो। 

नयाँ नियमावलीअनुसार प्रत्येक क्यासिनोले ३५ करोड ५० लाख रुपैयाँ व्यवस्था गर्नुपर्छ। यति परिमाणबराबरको रकम व्यवस्था गर्न सरकारले मंसिर ७ सम्मको अवधि दिएको थियो। उक्त अवधिमा पनि एकरति चासो नदिएका क्यासिनो सञ्चालकलाई फेरि सरकार आफैंले समय थपिदिएको थियो।

नियमावलीअनुसार प्रत्येक क्यासिनोले आर्थिक वर्ष २०७०/७१ को रोयल्टीवापत ४ करोडका दरले सरकारलाई बुझाउनुपर्छ। यसअघि वार्षिक रोयल्टी प्रतिक्यासिनो २ करोड रुपैयाँ थियो। नयाँ नियमावलीले यसमा सतप्रतिशत वृद्धि गरेको हो। यस्तो रकम तिर्ने अवधि भदौ मसान्तमै सकिएको थियो। 

नतिरेकालाई कात्तिक मसान्तभित्र तिरे १५ प्रतिशत जरिवाना (६० लाख रुपैयाँ) थप तिर्नुपर्थ्यो। तर, कुनै पनि क्यासिनोले उक्त रकम तिरेनन्। त्यसै गरी प्रत्येकले चुक्ता पुँजी २५ करोड, बैंक ग्यारेन्टी ४ करोड, इजाजत दस्तुर २ करोड र निवेदन दस्तुर ५ लाख रुपैयाँ व्यवस्था गर्नुपर्छ। 

मुलुकमा रहेका १० क्यासिनोमा हाल आठमात्र सञ्चालनमा छन्। दुईवटालाई सञ्चालकले नै बन्द गरिसकेका छन्। क्यासिनो सांग्रिला र पोखरा ग्रान्डको भने बक्यौता नभए पनि ती बन्द भइसकेका छन्। बाँकी आठ क्यासिनोले रोयल्टी, करलगायत गरी झन्डै ६७ करोड रुपैयाँ सरकारलाई तिर्न बाँकी छ। 
पाँचतारे होटल सोल्टीस्थित क्यासिनो नेपाल (हाल नाम परिवर्तन भएर क्यासिनो माजोङ) ले मात्र १७ करोड रुपैयाँभन्दा बढी सरकारलाई चुक्ता गर्न बाँकी छ। हाल राजधानीमा क्यासिनो माजोङ (होटल सोल्टी), रोयल (होटल याक एन्ड यती), स्टार (होटल हायात), अन्ना (होटल डेल अन्नपूर्ण), एभरेस्ट (होटल एभेरस्ट), भेनस (होटल मल्ल) र र्याटड (होटल र्या डिसन) तथा पोखरामा फूलबारी (होटल फूलबारी) सञ्चालनमा छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस