समृद्धि सम्भव छ ?
२७ वैशाख २०७५
•
१५ मिनेट पाठ
समृद्धि सम्भव छ ?
एक्काइसौँ शताब्दी विकास र समृद्धिको शताब्दी हो । हामीसँगै र हामीभन्दा पनि पछि आर्थिक विकास र निर्माणमा जुटेका मुलुकहरू उदीयमान अर्थतन्त्र बने भने केही ‘एसियाका बाघ’मा रूपान्तरण भएका छन् र यस शताब्दीलाई एसियाको शताब्दी बनाउन लागिपरेका छन् । पुँजी र प्रविधि लिएर कर्पोरेट गुरिल्लाहरूलगानी र बजार विस्तारका अवसर खोज्न कुदिरहेका छन् । प्रविधिले बजार सङ्केत ठम्याउन पनि सघाएको छ र आजको पुस्ता काम गरेर वृत्ति खोजौँ भन्ने अभियानमा जुटेको छ । तर महत्वको रणनीतिक विन्दुमा रहेको अपार सम्भावनासहितको सानो मुलुक नेपालका लागि बितेका हरेक दशक र वर्षहरू गुमेको अवसर बने । परिणामतः प्राचुर्यमा अभावको स्थिति देखिएको छ । 




व्यापार घाटा कहालीलाग्दो छ । एक रुपियाँको सामान निर्यात गर्दा झन्नै १३ रुपियाँको आयात गरिरहेका छौँ । 

नेपालको आर्थिक समृद्धिका लागि नेतृत्वदायी क्षेत्र (लिड सेक्टर) पहिचान भएकै छैन । मुलुक सहशासनको सुरुवाती चरणमा रहेकाले राष्ट्रिय प्राथमिकताका लागि यसो गर्नु आवश्यक छ । विगतमा सबै आर्थिक क्षेत्रलाई समान प्राथमिकतामा राखियो र सीमित स्रोत छरियो । अब बदलिनुपर्छ ।

आर्थिक वृद्धि मानवीय विकास र सामाजिक रूपान्तरणको पहिलो जग हो । आर्थिक वृद्धि प्राकृतिक साधन, मानवीय स्रोत, पुँजी र प्रविधिको आदर्श अभ्यासबाट पाइने परिणाम हो । यी चार स्रोत नै कुनै पनि अर्थतन्त्र विकासका आधार हुन् । तर स्थिर राजनीति, उच्च तहको बचत एवं लगानी, उपयुक्त नीति वातावरण, संस्थात्मक क्षमता र दह्रोे प्रशासनविना यी चार साधनले उपयोगिता सिर्जना गर्न सक्दैनन् । जनता समृद्धि र विकासमा अधीर छन्, निर्वाचित पदाधिकारी समृद्धि र समुत्थानका वाचा गरेर विजय भएका हुन् । यसको अनुभूति छिटै दिननसके जनमानसमा कुण्ठाले स्थान पाउनेछ । संविधान, दिगो विकास लक्ष्यलगायतमा घोषणा भएका राज्यइच्छामा यही कुरा मुखरित भएको छ । घोषणा नै नगरे पनि समृद्धि र रूपान्तरण कुनै पनि राज्य प्रणालीको प्रमुख उद्देश्य हुँदै हो । विगतदेखि नेपाली अर्थतन्त्रले केही आर्थिक र केही गैरआर्थिक चुनौती भोग्दै आएको छ । न्यून आर्थिक वृद्धि, उच्च बेरोजगारी असमानता र मूल्य वृद्धिले जनतामा निराशा छ । निश्चित आय वर्गका सर्वसाधारण मुद्रास्फितिको चपेटामा छन् । कृषिमा निर्भरता छ, ‘कृषि व्यवसाय नभएर निर्वाह’ भएको छ । सार्वजनिक खर्चको माग अत्यधिक छ तर बचत तथा लगानीबीच ठूलो खाडल मात्र छैन, विनियोजित साधनलाई समयमै खर्च गरेर अर्थतन्त्रलाई चलायमान बनाउन सकिएको छैन तर प्रतिबद्ध खर्च धान्नै हम्मे हुनेगरी विस्तार भएको छ । राज्यपुनर्संरचनाको क्रम रहेकाले अबका केही वर्ष यो अरू विस्तार हुने सम्भावना छ । व्यापार घाटा कहालीलाग्दो छ । एक रुपियाँको सामान निर्यात गर्दा झन्नै १३ रुपियाँको आयात गरिरहेका छौँ । उपभोग प्रणालीमा आएको परिवर्तनले आयात बढाउन मद्दत गर्दैछ । अधिकांश लगानी अनुत्पादक क्षेत्रमा छ । औद्योगिक उत्पादनमा लगानी प्रवाहित छैन । व्यवसायीहरू उत्पादनमा भन्दा व्यापारलाई सुरक्षित देखिरहेका छन् । औद्योगिक व्यवसाय उत्पादनबाट शिक्षा, स्वास्थ्य र सूचनासञ्चारमा डाइभर्ट भएको छ । अनौपचारिक क्षेत्र नियमित छैन र बजार पनि अराजक छ । विकास र वातावरणबीचको सन्तुलत पनि बिग्रँदै गएको छ । त्यसैले विकास यात्राको छ दशकसम्म पनि गरिबी निवारण नै राज्यको प्राथमिक कार्यसूचीमा रहिरहेको छ । गरिबीको भौगोलिक, जातीय र वर्गीय स्वरूप देखिएको छ । जनस्तरमा मनग्यरूपमा आर्थिक संरचना निर्माण गर्न सकिएको छैन । 

नेपाली अर्थतन्त्र चुनौतीले भरिएको मात्र होइन । प्रशस्त अवसर र सम्भावना पनि विद्यमान छन्, जुन आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका आधार हुन् । लामो समयदेखि रहँदै आएको राजनैतिक संक्रमण अबअन्त भएको छ । सामाजिक विम्ब देखिएको र जनताको भावना मुखरित भएको संविधान निर्माण भईनिर्वाचनपश्चात् राजनैतिक संरचना क्रियाशील भएका छन् । सबै राजनैतिक दलहरूको साझा प्रतिबद्धता आर्थिक विकासमा केन्द्रित रहेको छ । राजनैतिक अस्थिरताको पनि अन्त्य भएको छ । कुनै बहाना वा विकल्पमा अविकासको छुट अब रहेन । अर्को अवसर विकासका लागि जनतामा व्यापक उत्साह र जागरण छ । जनता आफैँ आफ्नो विकासमा लाग्न आतुर छन्, उत्प्रेरक भूमिका मात्र सरकारले निर्वाह गरेपुग्छ । युवाहरू रोजगारीका लागि आतुर छन् । आफ्नो क्षमताअनुसार वृत्ति चयन गर्ने आतुरता युवाशक्तिमा छ । जनसांख्यिक लाभ पनि अब केही दशकका लागि मुलुकसँग छ । आर्थिक रूपमा सक्रिय जनसंख्याको हिस्सा नै ५७ प्रतिशत छ । यो जनसांख्यिक संरचना केही समयका लागि प्राप्त अवसर हो । लगानीकर्ताका लागि सुरक्षित वातावरण छ । राजनैतिक तहबाट भएको प्रतिबद्धता एवं नीति सुधारबाट आफ्नो क्षमता र सम्भावना उपयोग गर्न आन्तरिक तथा बाह्य लगानीका लागि सुरक्षित वातावरण निर्माण भएको छ । अपार प्राकृतिक साधनको उपलब्धता अर्को अवसर हो । अहिले पनि खेतीयोग्य भूमि, व्यावसायिक प्रयोगमा ल्याउन सकिने वन, बुहपक्षीय उपयोग गर्न सकिने पानी र अन्वेषण नै नभएका भौगर्भिक साधनहरू हाम्रा विकास र समृद्धिका आधार हुन् । भू–धरातलीय बनोट एवं हावापानीको कारणले सांस्कृतिक, जैविक एवं पर्यावरणीय विविधता छ । यसले जीवनशैली र संरचनागत जटिलतामात्र द्योतन गर्दैन, विकासका मौलिक सम्भावनालाई पनि संकेत गर्छ । छिमेकी अर्थतन्त्र एसियाका बाघ बन्ने प्रतिस्पर्धामा छन् । उनीहरूले छाडेको स्पेस र इकोनोमी अफ स्केलबाट फाइदा लिने अवसर छ । तुलनात्मक लाभ भन्ने शब्द ल्याउने गरिन्छ, तर त्यसो नभनी दुई उदीयमान अर्थतन्त्रले छाडेका सेवा, उत्पादन र बजार व्यवसायहरू नै हाम्रा लागि समृद्धिका दह्रो आधार बन्न सक्छन् । त्यतिमात्र होइन, दुई अर्थतन्त्रलाई जोडेर मध्यस्थताको फाइदा लिन सकिन्छ । उत्तर–दक्षिण कोरिडोरको अवधारणा पनि अघिसारिएको छ तर मूर्तरूप दिन भने जरुरी छ । ठूलो संख्यामा विदेशमा रहेका नेपाली युवाहरूले आर्थिक विप्रेषणमात्र होइन, सामाजिक विप्रेषण भित्र्याएका छन् । उनिहरूले स्वदेश भित्र्याएको ज्ञान, सीप, समावेशिता, विकासमुखी स्वभाव, काम गर्नुपर्छ भन्ने भावना प्रत्यक्ष रूपमा देखिएको आर्थिक फाइदाभन्दा कैँयन् गुणा ठूलो छ । केही वर्ष अघिसम्म नेपाली बजारमा बेमौसमी तरकारी पाइँदैनथ्यो, ट्राउट माछा नामै सुनिँदैनथ्यो, मोबाइल किचेन पनि थिएनन्, पढेलेखेकाहरूश्रमसंस्कृतिबाट विमुख थिए । सामाजिक विप्रेषण (सामाजिक पुँजी, मानवीय पुँजी र सांस्कृतिक पुँजीको योग) ले बिस्तारै आकार लिँदैछ । यसलाई व्यावसायिक स्वरूप दिन सकिन्छ । यो स्वरोजगारीको ठूलो आधार हुनसक्छ । नेपाली डायस्पोरा विश्वका सवासयभन्दा बढी मुलुकमा विस्तार भएको छ । यसले जनस्तरको कूटनीति परिचालन गरिरहेको छ । नेपालका सम्भावना, पहिचान र संस्कृतिलाई नेपाली मनले विश्वभरि फैलाउँदै छ । साहसिक खेल, सगरमाथा, बुद्धसंस्कृति, बोल्ने देवदेवी र योग अनुसन्धान एवं लेखन क्षेत्रको एकाधिकार हामीसँग छ । मातृभूमिबाहिर कर्म गरिरहेका नेपाली मनहरूले नेपालको विकास गर्न श्रम, पसिनासँग प्रत्येक पल नेपालकै प्रचार गरिरहेका छन् । कतिपय मुलुकमा नेपाली मूलका प्रतिभाहरू उच्च ओहोदामा समेत पुगिसके । उनीहरू चाहन्छन्— नेपाल विकास होस् र उनीहरूको भावीपुस्ताले आफ्नो भविष्य आफ्नै मातृभूमिमा खोज्न सकून् । डायस्पोरा परिचालनलाई संस्थागत स्वरूप दिन औपचारिक प्रोत्साहन राज्यबाट गर्नसकिन्छ । यी हाम्रा सम्भावना बाहेक विकास साझेदारीको नयाँ स्वरूप जलवायु वित्तलाई नेपालको हितमा उपयोग गर्ने प्रशस्तै आधार सिर्जना भएको छ । प्राविधिक नेतृत्व र संस्थागत परिपाटीमा केही अलमल छ । पहाडी भूधरातल, मौलिक (रैथाने) प्रविधि, समुदायमा आधारित अनुकूलन र नीति आधारशिला जलवायु साझेदारीका लागि हाम्रा बलिया सम्भावना हुन् । तर साझेदारीलाई राष्ट्रिय प्राथमिकता र प्रणालीमा ल्याउन विवेकशीलता भने चाहिन्छ । 

नेपालले आर्थिक समृद्धिका लागि नेतृत्वदायी क्षेत्र (लिड सेक्टर) पहिचान भएकै छैन । मुलुक सहशासनको सुरुवाती चरणमा रहेकाले राष्ट्रिय प्राथमिकताका लागि यसो गर्नु आवश्यक छ, सजिलो पनि छ । विगतमा सबै आर्थिक क्षेत्रलाई समान प्राथमिकतामा राखियो र सीमित स्रोत छरियो । दश वर्षका लागि हाम्रो विकास कार्यसूचीको प्राथमिकता गरिबी निवारण नै हो, गरिब नै उसको गरिबी घटाउने सबैभन्दा उपयुक्त पात्र हो । ऊसँग श्रम मात्र छ, जसलाई सीपमाबदली व्यवसायसँग आबद्ध गर्नु जरुरी छ । अर्को अर्थमा ऊ रोजगारी चाहन्छ । त्यसैले नेतृत्वदायी क्षेत्र पहिचान गरेर व्यापक रोजगारी सिर्जना गर्नुको विकल्प छैन । प्राज्ञिक अध्ययनभन्दा पनि व्यावहारिक हँुदा कृषिको व्यवसायीकरणमार्फत खाद्य सुरक्षा प्राप्त गर्न सकिन्छ । यसले संक्रमण (ट्रान्जिसन) चरणबाट प्रस्थान (टेकअफ) तर्फ अर्थतन्त्रलाई धकेल्न सक्छ । जलविद्युत्ले आर्थिक छलाङ मार्दै अर्थतन्त्रलाई परिपक्वस्तरमा पु¥याउन सक्छ, लागत संरचना घटाउन र हरित अर्थतन्त्र निर्माण गर्न सघाउँछ भने पर्यटनजस्ता सेवा क्षेत्रले दिगोपना दिनसक्छ । अन्य उपक्षेत्रहरू यी तीन क्षेत्रका सहयोगीका रूपमा रहनुपर्छ । उच्च, फराकिलो, समावेशी र दिगो आर्थिक वृद्धि अनिमात्र सम्भव छ । अन्यथा प्रचुर सम्भावनामा अभावको हाम्रो स्थिति कायमै रहनेछ । 
अर्को समाचार
स्थायित्व र शान्तिबिना समृद्धि सम्भव छैनः प्रदेश प्रमुख शेरचन
२५ माघ २०७७
•
१ मिनेट पाठ
स्थायित्व र शान्तिबिना समृद्धि सम्भव छैनः प्रदेश प्रमुख शेरचन
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताएका छन्। पोखरा फोटोग्राफर सङ्घ नेपालको ३९औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि प्राप्त गर्न नसकिने बताए।




विकास र समृद्धिको भाषण धेरै भएको भन्दै उनले अब व्यवहारमा समृद्धि ल्याउने बेला आएको बताए। देशको स्वाधीनता बचाउन र राष्ट्रियताको रक्षा गर्न सम्पूर्ण नेपाली एक हुनुपर्ने भन्दै प्रदेश प्रमुख शेरचनले स्थायित्वका लागि सबैको एकता आवश्यक भएको उल्लेख गरे।

इतिहासलाई जीवित राख्न फोटोग्राफीको ठूलो महत्व रहेको र त्यसमा फोटोग्राफरले महत्वपूर्ण टेवा पुर्‍याउँदै आएको बताउँदै प्रदेश प्रमुख शेरचनले फोटोग्राफीले इतिहासलाई सम्झाउन मद्दत पुर्‍याउने उल्लेख गरे।

कार्यक्रममा लाइभटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्य, कैलाश फोटोग्राफर अफ द इयर अवार्डबाट जय गुरुङ, पोखरा फोटोग्राफी अवार्डबाट काजल श्रेष्ठ, सन्देश उदास, बिलक सुवेदी, मञ्जुल शाक्य, सुके घले, महेन्द्रराज बराललाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो। सङ्घद्वारा प्रकाशित ‘फोकस’ बुलेटिनको प्रदेश प्रमुख शेरचनले विमोचनसमेत गरेका थिए।

कार्यक्रममा पोखरा महानगरपालिका–४ का वडाध्यक्ष शङ्कर बाँस्तोला, नेपाल फोटोग्राफर महासङ्घका संयोजक महेन्द्रप्रसाद उपाध्याय, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकाल, पोखरा उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष बलराम आचार्य, कार्यक्रममा सम्मानित व्यक्तित्व विश्वरत्न शाक्य, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवहरि अधिकारी र अक्षयकोष दाताको तर्फबाट अशोक बाटाजुले पुरस्कारले फोटोग्राफरको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस