माओवादीलाई नेतृत्व
१६ असार २०६७
•
१४ मिनेट पाठ
माओवादीलाई नेतृत्व
त्यति बेला केही निश्चित् बाध्यताका कारण म मनुज चौधरीको छद्म नामबाट नेपाल साप्ताहिकमा ‘हामी नेपाली' शीर्षकमा स्तम्भ लेख्थें। माधवकुमार नेपाल प्रधानमन्त्री भएको एक महिनाभन्दा केही बढीमात्र भएको थियो। म उनलाई तुलनात्मकरूपमा असल नेता ठान्थेँ र पनि उति बेलै त्यस स्तंभमा लेखेको थिएँ- ‘कतिपय नेताहरू माओवादीले साथ नदिँदैमा आकाश नै खस्यो भन्न पर्दैन भनिरहेका छन्। तर हामी प्रष्ट होऊँ- माओवादीको साथ भएन भने नेपालमा आकाशै खस्ने स्थिति आइसकेको छ।
 




 

त्यसैले, प्रधानमन्त्रीको हैसियतमा केही पनि गर्न नसकेर भएको प्रतिष्ठा पनि गुमाउनुभन्दा माधव नेपालले माओवादी नेतृत्वको राष्ट्रिय सरकारका लागि आह्वान गर्दै सक्दो छिटो सरकारबाट राजीनामा दिनु उनी र देश दुवैका लागि हितकर हुनेछ।' उनले राजीनामाको वक्तव्यमा लगभग यसो भन्नुपर्छ: ‘माओवादीविनाको सरकारबाट शान्ति पक्रियालाई निष्कर्षमा पुर्‍याउने काम संभव नभएको, अन्य दलको सरकारलाई माओवादीले सघाउने कुनै संभावना नदेखिएको र संसद्मा सबभन्दा ठूलो दल पनि माओवादी नै रहेकोले माओवादीलाई नै सरकारको नेतृत्व गर्न र सो सरकारलाई सबैले सघाउन आग्रह गर्दै देश र जनताको हितका खातिर म प्रधानमन्त्रीको पदबाट राजीनामा दिँदैछु।'

अहिले, नेपाल प्रधानमन्त्री भएको एक वर्ष नाघेको छ तर उनले राजीनामा दिनुपर्छ र नयाँ सरकारको नेतृत्व माओवादीले नै पाउनुपर्छ भन्ने मेरो धारणा बदलिएको छैन। त्यसका केही स्पष्ट कारण छन्।

पहिलो, केही राजनीतिक दलका नेता तथा नागरिक समाजका कतिपय अगुवा बारम्बार भन्दै आएकाछन् ‘ के छुट्टै सेना भएको, हतियारधारी पार्टीलाई, हतियार नबुझाई सरकारको नेतृत्व गर्न दिने? त्यो हुनै सक्दैन। पहिले तिनले सेना समायोजनको संख्या तोक्नुपर्‍यो अनिमात्र उनीहरूबाट सरकारको नेतृत्व संभव छ।' यस्तो तर्क गर्नेलाई मेरो प्रश्न छ: के तपाईंहरूले संविधानसभाको निर्वाचनअगाडि माओवादी संविधानसभामा सबभन्दा ठूलो दल भयो र सरकारको नेतृत्व गर्ने स्थिति आयो भने, सेना राखेरै सरकारको नेतृत्व गर्न पाउने छैन या सेना समायोजनको संख्या पहिले तोक्नुपर्छ' भन्नुभएको थियो? भनेको भए र त्यो सर्त कहीँ लेखिएको भए, ठीक छ। नत्र, पार्टीको सेना बाँकी रहेकै कारण माओवादीलाई सरकारको नेतृत्व गर्न रोक्न खोज्नुको तार्किक आधार छैन।

 

माओवादीलाई सरकारको नेतृत्व सुम्पिएर ऊमाथि दबाब सिर्जना गर्न जति सजिलो हुन्छ, उसलाई बाहिर राखेर या पूर्णतः निषेध गरेर हुँदैन। माओवादी आफैं मूर्ख भएर उसको सत्ता गुमेको हो तर वास्तविकता के पनि हो भने उसैलाई सत्तामा नल्याई शान्ति प्रक्रिया अगाडि बढ्दैन। हिजो एक व्यक्ति (राजा)को हठको बदला लिन माओवादी र भारतको पुच्छर समाउँदै माओवादीलाई बुई चढाउने स्वार्थी नेता र हावासँगै बहकिएर ‘हिरो' पल्टिने नागरिक समाजका यिनै अगुवा हुन्।

 

अहिले, संकटको घडीमा अन्तिम ‘कुसन' हुनसक्ने राजसंस्था गइसकेको, २०४६ सालको संविधान समाप्त भइसकेको, देशको सामाजिक, प्रशासनिक र राजनीतिक संरचना सबै कमजोर भएको, शान्ति व्यवस्था खलबलिएको, अर्थतन्त्र धरापमा परेको, नयाँ संविधान बनी नसकेको, सार्वभौमसत्ता लगभग दिल्लीलाई सुम्पिएको र देश असफल राष्ट्र हुनसक्ने आशंका बलियो भएको यस स्थितिमा माओवादीलाई थला पार्नकै लागि मुलुकलाई भडखालोमा हाल्ने अधिकार कसैलाई छैन। कसैले कसैलाई निषेध गरेर परिस्थितिमा सुधार आउँदैन।

 

अबको एघार महिनामा पनि संविधान लेखिएन भने त्यसको दोष अन्य दलले माओवादीमाथि लगाउलान्, माओवादीले अन्य दलमाथि लगाउला तर सामान्य जनताले सबै राजनीतिक दललाई दोषी संझिनेछन्। त्यसैले, गतिरोधको निकासका लागि प्रधानमन्त्री माधवकुमार नेपालले सकेसम्म छिटो राजीनामा दिनैपर्छ। ‘मलाई बहुमतको समर्थन अझै छ' या ‘दलहरूले सहमति बनाएर आउनेबित्तिकै राजीनामा दिन्छु' भन्नु बेकार हो। देशलाई यसरी बन्धक बनाएर अरूको दबाब र स्वार्थमा प्रधानमन्त्रीको पदमा घस्रिएर उनले इज्जत कमाएका छैनन्। सबैको उद्देश्य माओवादीलाई जसरी भएपनि घुँडा टेक्न लगाउनु या सत्तामा पुग्नबाट रोक्नु रहेको देखिएको छ। तर स्पष्ट होऊँ - नयाँ सरकारको नेतृत्व माओवादीलाई गर्न नदिने र त्यसमा सबै प्रमुख दलको सहभागिता नहुने हो भने शान्ति प्रक्रिया अगाडि बढ्दै बढ्दैन।

 

माओवादीले सरकारमा पुगेपछि पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सकारात्मक भूमिका निर्वाह गरेन भने उसलाई सत्ताच्युत गर्ने शक्ति बाँकी दलमा भएकाले डराउनु पर्ने कारण छैन। माओवादीबाहेक अरू कसैले नयाँ सरकारको नेतृत्व गर्‍यो भने उसको स्थिति पनि अन्ततोगत्वा माधवकुमार नेपाल नेतृत्वको सरकारकै हुने प्रष्टै छ। शेरबहादुर देउवा या रामचन्द्र पौडेल प्रधानमन्त्री हुन खोज्नु या तिनलाई प्रधानमन्त्री बनाउन खोज्नुको औचित्य छैन। एकजनासँग बदला लिन देशलाई अंधकार मोडमा ल्याएर छाडिएको छ, अब एउटा दललाई निस्तेज पार्न भिरैबाट खसाल्ने काम नगरौं।
माओवादीलाई नै सरकारको नेतृत्व दिनुपर्ने अर्को कारण पनि छ।

 

नेपाली राजनीतिमा हामीले सधैँ ठूलो महत्व दिएको र त्यसैको परिणामस्वरूप हामीमाथि सँधै दबदबा राख्दै आएको शक्ति भारत हो। तुलनात्मकरूपमा पंचायतकाललाई छोडेर भारतसँग हामीले कूटनीतिकरूपमा सम्मानपूर्ण र सन्तुलित व्यवहार गर्न सकेनौं। दूतावास गुहारेर छोराछोरीलाई छात्रवृत्तिमा भारत पढ्न पठाउनेदेखि प्रतिद्वन्द्वीलाई पराजित गर्नसम्म हामीले भारतको सहारा खोज्यौँ। गणतन्त्र स्थापना गर्ने क्रममा नेताहरूले भारतलाई अत्यन्त सहयोगी मित्र शक्तिका रूपमा हेरे। संझिँदा पनि लाज लाग्छ, महान नेता पुष्पकमल दाहाल (प्रचण्ड)ले त्यतिबेला लुकिलुकी, धाइधाई नेपाली राजनीतिमा नारायणहिटीलाई विस्थापित गरेर दिल्लीलाई स्थापित गर्न बढो सकारात्मक भूमिका निर्वाह गरे। राजा ज्ञानेन्द्रसँगको इबी साँध्न अर्का ठूला नेता गिरिजाप्रसाद कोइरालालगायत सबैले प्रचण्डको पुच्छर समाउँदै उनको अभियानमा साथ दिए। नागरिक समाजका कतिपय प्रबुद्ध व्यक्तित्व त्यसै बुद्रुक, बुद्रुक उफ्रिए।

 

तीमध्ये केहीले सार्वजनिकरूपमै आफूले त्यतिबेला लिएको दृष्टिकोण र खेलेको भूमिकाप्रति ग्लानि प्रकट गर्न थालेका छन्। आफ्नै परिवारको सदस्यलाई तह लगाउन हामीले अर्काको पाउ समायौं। अर्कोलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने बिर्सियौँ। आज दिल्ली नामको बाघले माओवादी र त्यसमा पनि खासगरी प्रचण्डलाई खान खोजिरहेको छ। त्यो देखेर नेपाली कांग्रेस, एमाले र अरू कतिपय जानेमाने व्यक्ति दंगदास छन्। किनभने, उनीहरू सबैको चाहना माओवादीलाई थला पार्नेछ।

 

तर, डिलोचाँडो मात्र हो, उसको दास समान नबने दील्लीले ज्ञानेन्द्र र प्रचण्डलाई जस्तै कांग्रेस र एमालेका नेतालाई पनि लात हान्नेछ। यो सत्य कसैले पनि नबिर्सिदिए देशको भलो हुनेथियो। भारत र देशभित्रका अन्य कतिपयको अहिलेको प्रयास माओवादीलाई कमजोर पार्न प्रचण्ड र बाबुराम भट्टराईबीच फाटो पारेर पार्टी नै फुटाउनु रहेको छ। कुनै दललाई कसैले फुटाउन खोज्दा या कुनै नेतालाई कसैले झुकाउन खोज्दा कोही पनि खुसी हुनु पर्दैन। प्रचण्ड हुन् या ज्ञानेन्द्र, ती हामीलाई मन परून् या नपरून् तर ती नेपाली हुन्, ती 'हामी' हुन्। हामी आपसमा झगडा गर्न सक्छौं, लड्न सक्छौं। तर अरूले आएर आफन्तको इज्जत लुट्न खोज्दा आफैँ मतियार भयौं भने हाम्रो इज्जत पनि सँगसँगै जान्छ।

 

यो हामीले कहिल्यै बुझेनौं। दिल्लीले प्रचण्ड या ज्ञानेन्द्रलाई हानेको लात आफ्नै नाकमा गरिएको प्रहार हो भनेर सबैले नठानेसम्म हामी सँधै दिल्लीको दास भइरहने छौं। राजतन्त्रलाई विभिन्न कारण देखाई निषेध गर्न खोज्दा यस स्तंभकारले यही तर्क गरेको थियो र आज माओवादीलाई विभिन्न कारण देखाई निषेध गर्न खोज्दा पनि म त्यही तर्क गर्दैछु। किनभने, ती दुवै प्रयासकापछाडि नेपालीकोभन्दा भारतको चाहना प्रबल थियो र छ। त्यसैले पनि माओवादीप्रति तमाम आशंका हुँदाहुँदै पनि अहिलेको परिस्थितिमा सरकारको नेतृत्व गर्नबाट रोक्न खोज्नु एकपल्ट नेपाली राजनीतिमा दिल्लीको सर्वोच्चतालाई पुनः पुष्टि गर्नु हो।

आन्तरिक परिस्थितिलाई सकारात्मक दिशामा अघि बढाउन र वाह्य चाहनालाई विफल तुल्याउन माओवादीलाई नै सरकारको नेतृत्व सुम्पनुको विकल्प छैन। माओवादीलाई सरकारको नेतृत्व दिएर शान्ति प्रक्रियाका सर्त मान्न बाध्य तुल्याउन जति सजिलो छ, उसलाई बाहिर राखेर त्यो संभव छैन। देशको यो जटील परिस्थितिमा नेताहरूको क्षणिक आकांक्षाको प्रभुत्व नहोस्। नयाँ संविधान नलेखिएर शान्ति प्रक्रिया नै भंग हुनु या माओवादीलाई सरकारको नेतृत्व सुम्पनु कुन चाहिँ बढी जोखिमपूर्ण होला सर्वसाधारण, माओवादीप्रति कटु दृष्टिकोण राख्ने नागरिक समाजका अगुवा तथा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले दोहोर्‍याएर सोचिदिए उचित हुनेथियो।

 
अर्को समाचार
'माओवादीलाई नेतृत्व दिए अवस्था झन बिग्रन्छ'
१५ असोज २०६६
•
३ मिनेट पाठ
'माओवादीलाई नेतृत्व दिए अवस्था झन बिग्रन्छ'
नेपालगन्ज, असोज १६(नागरिक)- नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले माओवादीलाई सत्ताको नेतृत्व गर्न दिए अहिलेको अवस्था झनै खराब हुने भएका कारण माओवादीलाई सरकामा सामेल गराउन कुनै जरुरी नभएको बताएका छन्।






'शान्ति प्रक्रियाप्रति माओवादी नियत ठिक नभएकेा उनीहरूको क्रियाकलाप देख्दा देख्दै माओवादीलाई सरकारको नेतृत्व गर्ने प्रस्ताव अघि सार्नु भनेको देशलाई अराजकतातर्फ धकेल्नु मात्र हो' कोइरालाले दावी गरे। विहीवार प्रेस युनियनले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्य राजनीति दलहरूका लागि भन्दा माओवादीलाई नै सत्तामा जान वढी आवश्यक भएकोले सत्तामा जाने हो भने माओवादीले आँफै प्रस्ताव ल्याउनु पर्ने बताए।

माओवादीले नेतृत्व गरेको सरकारले सेनालगायत सबै क्षेत्रमा हस्तक्षेप गरेका कारण माओवादी अझै पनि सत्ता कब्जा गर्ने रणनीतिमा छन् भन्ने पुष्टि भएको उल्लेख गर्दै कांग्रेस कार्यवाहक सभापति कोइरालाले माओवादीको यस्तो रणनीति बुझ्न अन्य राजनीति दलहरूलाई पनि आग्रह गरे। संविधान सभाको निर्वाचनमा कतै डर, त्रास त कतै वाइसिएल लगाएर माओवादीले चुनाव जितेपनि त्यसको कुनै अर्थ नभएको उनले दावी गरे।

माओवादी अझै पनि प्रजातन्त्रप्रति प्रतिबद्ध छन् भन्ने कुरा पुष्टि हुन नसकेका कारण माओवादीसँग सहकार्य गर्न समस्या भइरहेको उनले गुनासो पोखे। 'हुँदाहुँदा माओवादीले अन्य दलहरूलाई राजनीति पार्टी हुन् भन्ने कुरा पनि बिर्सेको व्यबहार गरिरहेका छन् कोइरालाले भने, 'माओवादीले भनेझै राष्ट्रपतिको विरुद्ध संसदमा ल्याउने कुनै पनि प्रस्तावको विरुद्धमा कांग्रेस रहन्छ। संविधान संसोधन गर्न पनि नदिने उनले बताए। दलहरूबीच छलफल हुनु सकारात्मक कुरा भएपनि माओवादी लचक नभएसम्म अहिलेको अवस्थामा कुनै पनि सहमति गर्न नसकिने उनले बताए।

कांग्रेसको बाह्रौं महाधिबेसनका लागि कोइरालाले सभापतिमा उम्मेदवारीको पनि घोषणा गरेका छन्। 'गुटबन्दीको अन्त्य तथा पार्टीको संस्थागत विकासका लागि आगामी महाधिबेसनमा सभापतिको उम्मदेवारी दिनेछु उनले घोषणा गरे। बाह्रौं महाधिबेसन समयमै हुने पक्का भएकाले सबै कार्यकर्तालाई तयारी अवस्थामा रहन कोइरालाले निर्देशन दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस