संविधानसभाका विषयगत समितिहरुले काम सकिसकेका छन्। टुंगोमा पुग्न नसकेका विवादमध्ये शासकीय स्वरुप पनि एक हो।
संसारका विभिन्न शासकीय मोडलमध्ये कस्तो मोडल नेपालको परिप्रेक्षमा उपयुक्त हुन्छ भन्ने अहिले गम्भीर बहसको विषय बनेको छ। कसैले शक्तिशाली निर्वाचित राष्ट्रपतिको पक्षमा आफूलाई उभ्याएका छन् भने कसैले शक्तिशाली निर्वाचित प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिको दृष्टिकोण अगाडि सारेका छन्। कसैले वर्तमान संसदीय प्रणालीलाई नै निरन्तरता दिनुपर्ने विचार व्यक्त गरेका छन्। आलंकारिक राष्ट्रपति र शक्तिशाली प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था शक्ति सन्तुलनको दृष्टिले उपयुक्त छ। यद्यपि जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले के कस्ता अधिकारहरु प्रयोग गर्ने र उप्रति संसदको लगाम कतिसम्म हुने भन्ने विषयको एकीन भइसकेको छैन।
निःसन्देह जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले जनसेवा, अग्रगमन र शासन प्रशासनसम्बन्धी प्रशस्त अधिकारहरुको प्रयोग गर्ने वातावरण बन्नु पर्दछ। यसको साथसाथै अधिकारको दुरुपयोग गर्ने र निरंकुश बन्ने अवस्थाबाट रोक्नु पनि त्यतिकै आवश्यक छ। नेपालको शासन व्यवस्थाहरुलाई हेर्दा निर्वाचित प्रधानमन्त्री अस्थिर मात्र रहेको होइन कमजोर पनि दृष्टिगोचर हुन्छन्। पंचायती व्यवस्थामा त प्रधानमन्त्री राजाको आदेश पालन गर्ने एउटा उच्च ओहदाको व्यक्ति सरह मात्र हुन्थ्यो। २०४६ पछिका प्रधानमन्त्रीहरु पनि विभिन्न कारणले कमजोर बन्न पुगे।
लोकतान्त्रिक गणतन्त्र नेपालको निर्वाचित प्रधानमन्त्रीको त्यही हालत भयो भने हाम्रो शासकीय स्वरुपमा भिन्नता पाउन सकिंदैन। जनताले शासकीय स्वरुपमा तात्विक रुपले नै अन्तर चाहेका छन्। जनताबाट प्रत्यक्ष निर्वाचित प्रंधानमन्त्रीले पाँच वर्ष ढुक्कले शासन गर्न पाउने व्यवस्थाको आवश्यकता छ। आफ्ना एजेण्डाहरु सार्वजनिक गरेर ती एजेण्डाहरुको आधारमा प्रधानमन्त्री निर्वाचित भएको प्रधानमन्त्रीका कार्यहरुलाई संसदले लगाम लगाउनु स्वभाविक हो।
तर हरेक विषयहरुमा लगाम लगाउने व्यवस्थाको अन्त्य गरिनुपर्दछ। त्यसो गर्नका लागि पाँच वर्षको अवधिभर आफ्ना एजेण्डा लागु गर्न प्रधानमन्त्रीले बढीमा १० वटा भिटोको प्रयोग गर्ने संवैधानिक व्यवस्था गरिनु पर्दछ। भिटो प्रयोग र त्यसको सन्तुलनको लागि भिटो लाग्न नसक्ने अवस्थाहरुको समेत प्रष्ट व्यवस्था गर्दै सदनको दुई तिहाइ बहुमतले कुनै पनि अवस्थामा प्रधानमन्त्रीले भिटोको प्रयोग गर्न नसक्ने प्रष्ट व्यवस्था गर्नु पर्दछ।
यसबाट प्रधानमन्त्रीले निर्वाचित भइसकेपछि आफूले गर्न चाहेका शासकीय, विकास निर्माण जस्ता एजेण्डाहरुलाई विना कुनै अवरोध अगाडि बढाएर कार्यसम्पादन गर्न सक्नेछ। यति मात्र होइन सानातिना विषयवस्तुमा समेत संसदले बखेडा उत्पन्न गर्ने अवस्थाको अन्त्य हुनेछ।
लोकतान्त्रिक गणतन्त्रमा स्वभाविक रुपमा पार्टीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। पार्टीहरु विधान र प्रकृयाबाट संचालन हुने गर्दछन्। पार्टीहरुमा निर्णय प्रकृया र यसको प्रभावकारी कार्यान्वयनले पार्टीहरुको भविष्य समेत निर्धारण गर्दछ। नेपालमा विद्यमान राजनीतिक पार्टीहरु समयमा सही निर्णय गर्न सक्तैनन् भन्ने धारणा समेत जनतामा हावी हुन थालेको छ। शान्ति प्रकृयामा आइसकेपछि नेकपा (माओवादी)भित्र समेत निर्णय क्षमतामा भुत्तेपन आएको भन्ने उनीहरुकै पार्टी कार्यकर्ताहरुको आवाज सुनिन्छ।
महाधिवेशनबाट चुनिएको नेतृत्व नभए पनि प्रचण्डले पटक पटक केन्द्रीय कमिटीमा आफ्नो बहुमत गुमाएको र अरुकै एजेण्डामा हिंड्नु परेको गुनासो समेत त्यस पार्टीभित्र सुनिन्छ। नेपाली कांग्रेस शक्तिशाली सभापतिको प्रत्यक्ष निर्वाचनबाट संचालित पार्टी भएपनि गिरिजाप्रसाद कोइरालाको अवसानपछि कार्यवाहक सभापतिको प्रभाव र निर्णय क्षमताप्रति प्रश्नचिन्ह उठाइँदैछ। नेकपा (एमाले) विगतमा केन्द्रीय कमिटीको बहुमतले नेतृत्व निर्माण गर्ने र बहुमतको निर्णय पार्टी निर्णय भन्दै आएको पार्टी हो।
बुटवल महाधिवेशनपछि अध्यक्ष र पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको प्रत्यक्ष निर्वाचन गर्ने प्रणालीबाट आएको कारण उसले अंगाल्दै आएको केन्द्रीय कमिटीको बहुमत र अल्पमत प्रणाली अझै कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने प्रश्न अगाडि आएको छ। महाधिवेशनको बहुमतले छानिएको अध्यक्षको अधिकार केन्द्रीय कमिटीको बहुमतको अधिकार कुन बढी वा घटी हो प्रष्ट व्यवस्था हुन सकेको छैन।
बेलाबखत केन्द्रीय कमिटीको बहुमत अध्यक्षको पक्षमा छैन भन्ने हल्ला समेत गर्ने गरिएको छ। सरकारी उच्च ओहदामा पुगेका एक कच्चा पत्रकारले त अध्यक्षको पोजिसनलाई 'काम चलाउ' भन्ने सम्म टिप्पणी गरेको सुनियो। यी सबै परिस्थितिहरुले पार्टीका प्रमुखहरुलाई आफ्ना एजेण्डाहरुलाई वेरोकटोक अगाडि बढाउन दुई महाधिवेशनबीचको अवधिमा कम्तीमा दशवटा भिटोको विधानमा व्यवस्था गरिनु आवश्यक छ। यसो गर्दा विचार राजनीति र संगठनको क्षेत्रमा नयाँ सोचको आधारमा कामहरु अगाडि बढ्न सक्दछन्।
यति मात्र होइन सानातिना विषयहरुमा अनावश्यक बहस र विवाद हुने खतराबाट पार्टीहरु मुक्त हुन सक्दछन्। प्रमुखलाई निरंकुश हुनबाट जोगाउन केन्द्रीय कमिटीको दुईतिहाइ बहुमतले कुनै पनि भिटोहरुलाई निस्प्रभावी पार्न सक्ने वैधानिक व्यवस्था गर्न सकियो भने मिटिङ्गहरु छिटोछरिटो हुने र विषयकेन्द्रित हुने परम्पराको शुरुवात हुन सक्दछ। साथै पार्टीका प्रमुखहरुलाई प्रभावको दृष्टिले र भूमिकाको दृष्टिले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित हुन र गराउन सजिलो हुन्छ।
देशले शक्तिशाली प्रजातान्त्रिक र जनपक्षीय नेतृत्व चाहेको छ। शक्तिशाली मात्र भएर प्रजातान्त्रिक र जनपक्षीय हुन सकेन भने त्यो निरंकुश हुन्छ। प्रजातान्त्रिक र जनपक्षीय मात्र भयो तर शक्तिशाली हुन सकेन भने नेतृत्वले चाहेका कामहरु अगाडि बढ्न सक्दैनन्। यसर्थ संविधान निर्माणको यो चरणमा सबैले यस दिशातर्फ सोचुन् भन्ने भद्र आग्रह गर्न सकिन्छ। संसारकै शक्तिशाली अमेरिकाले भिटोको प्रयोग सयौं वर्षदेखि सफलतापूर्वक प्रयोग गर्दै आएको छ भने नेपालले त्यसबाट पाठ किन नसिक्ने?