सार्वजनिक यातायातका यातना
१४ असोज २०८१
•
६ मिनेट पाठ
सार्वजनिक यातायातका यातना
संविधानको भाग ३ मा नागरिकको मौलिक हक सुनिश्चित छ। नागरिकका मौलिक हक मानव अधिकारसँग अन्तरसम्बन्धित छन् तर नेपालमा नागरिकले दिनहुँ भोगिरहेका समस्या र सास्तीप्रति बदलिइरहने सरकारहरू बेखबर जस्तै देखिन्छन्। सरकार बदलिन्छन्, मन्त्री बदलिन्छन् तर नागरिकले दिनहुँ झेलिरहेका समस्या भने बदलिँदैनन्।




सुशासनको चर्को आवाज उठाउँदै सरकारमा पुग्ने मन्त्रीहरूसमेत नागरिकले दिनहुँ झेलिरहेका समस्याप्रति खासै संवेदनशील भएको पाइँदैन। सरकारी सेवा प्रवाहको प्रभावकारिता र सेवाग्राहीले झेल्नुपरिरहेका समस्याको संवेदनशीलताप्रति सरोकार निकायहरूको अपेक्षाकृत ध्यान पुगेको देखिँदैन। उनीहरूको प्राथमिकता विविध नियुक्ति, कर्मचारीको सरुवा, बढुवा, सभा सम्मेलन, वैदेशिक भ्रमण, अनुत्पादक भेला तथा अर्थोपार्जन गतिविधिमा केन्द्रित देखिन्छ।

सरकारी तथा कतिपय गैरसरकारी अस्पताल, आ अदालतलगायत विभिन्न सरोकारका निकायमा आमनागरिकले दिनहुँ झेलिरहनुपर्ने समस्याबारे सरोकार निकायहरूको अपेक्षाकृत ध्यान केन्द्रित देखिँदैन। यद्यपि इन्टरनेटको विकाससँगै अनलाइन भुक्तानी प्रणालीको क्रमिक विस्तारले विभिन्न कार्यालयमा बिल भुक्तानीका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त भएको छ। यसले इन्टरनेटको पहुँचमा रहेका नागरिकलाई ठूलो राहत मिलेको छ।

नागरिकले विभिन्न निकायमा झेलिरहेका समस्यामध्ये यो लेखमा सार्वजनिक यातायातभित्र आमयात्रीले दिनहुँ भोगिरहेका समस्या र अकालमै ज्यान गुमाउनुपरेका प्रतिनिधि घटनाको स्मरणसहित सरोकारवाला निकायको ध्यान आकृष्ट गर्ने प्रयत्न गरिएको छ। सरोकार निकायहरूको फितलो व्यवस्थापन र प्रभावकारी कार्यशैली नभएकै कारण यात्रीहरूले दिनहुुँ सास्ती त बेहोर्नु परिरहेको छ नै, अकालमै ज्यान गुमाउनु परिरहेका घटनाको यथार्थता जगजाहेर छ।

सिट क्षमताभन्दा बढी यात्री बोक्न नपाइने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न स्वयं ट्राफिक प्रहरी कार्यालय तत्पर देखिँदैन। सवारी तथा यातायात नियमावली २०५४ संशोधित २०८० को परिच्छेद–३ मा यात्रीबाहक सवारीको वर्गीकरण तथा स्तर निर्धारण छ। जसअनुसार बसमा चालकसहित २६ देखि ५६ यात्री राख्न सकिने व्यवस्था छ। मिनिबसमा चालकसहित १५ देखि २५ यात्री राख्न सकिने उल्लेख छ। जिप, भ्यान, माइक्रो बस आदिमा चालकसहित बढीमा १४ यात्री राख्न सकिने तथा कार र ट्याक्सीमा चालकसहित बढीमा पाँच यात्री राख्न सकिने उल्लेख छ। ऐन नियमप्रति सवारी साधनले देखाउने बेवास्ता र सरोकार निकायको फितलो नियमन र कारबाहीका कारण एकातिर नागरिकले दिनहुुँ सास्ती झेल्नु परिरहेको छ भने अर्कोतिर विभिन्न दुर्घटनाका कारण अकालमै ज्यान गुमाउनुपरेको अवस्था छ।

मुख्यगरी काठमाडौँ उपत्यकालगायत देशका विभिन्न शहरमा चल्ने सार्वजनिक बसहरूमा उभिएर यात्रा गर्ने यात्रुको सास्ती, बसका कर्मचारीले देखाउने अशिष्ट व्यवहारप्रति ट्राफिक प्रहरी बेखबरजस्तै देखिन्छ। ठेलमठेल अवस्थामा यात्रु कोचेर बसहरू निर्धक्करूपमै गुडिरहँदासमेत ट्राफिक प्रहरी मुकदर्शक भएर हेरिरहेका पाइन्छ।

विकसित राष्ट्रहरूमा अशक्त र वृद्धवृद्धा यात्रुलाई सार्वजनिक सवारीको यात्रामा ससम्मान प्राथमिकतासहित सेवा दिने गरेको पाइन्छ तर नेपालमा भने ह्विलचेयरमा सवार तथा वृद्धवृद्धा र बच्चा बोकेका महिला सार्वजनिक बसहरूका लागि बोझ जस्तै बनिरहेका सवारी चालकहरूको व्यवहारले पुष्टि गर्छ। चालकहरूले उनीहरूका लागि सवारी साधन रोक्ने तत्परतासमेत देखाउँदैनन्। अशक्तहरूलाई बोक्न थाल्यो भने धेरै यात्रु बोक्न कठिन हुने र समय खेर जाने जस्तो गैरजिम्मेवार र अमानवीय प्रतिक्रिया गाडीका कर्मचारीबाट पाइन्छ। उभिएर यात्रा गर्दाको शारीरिक कठिनाइ त छँदैछन्, कोचाकोच अवस्थामा यात्रुहरू सवार गराउँदा महिलामाथि हुने यौन हिंसा, पकेटमारीका घटना, अत्यधिक गर्मी र उकुसमुकुसका कारण यात्रुहरू बेहोस हुने अवस्था, विभिन्न रोगबाट संक्रमित यात्रुहरू पनि गाडीमा सवार रहने हुँदा संक्रमण फैलने सम्भावना अत्यधिक रहन्छ।

काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक यातायातको सिट संख्या र यात्रुहरूको चापको यथेष्ट डाटा सरोकारवाला निकायहरू कहीँ कतै भेटिँदैन तथापि यात्रुहरूको चाप र बसहरूको संख्या हेर्दा उपत्यकाभित्र सञ्चालित बसहरूमा यात्रुका लागि सिट संख्या पर्याप्त रहेको अनुमान लगाउने आधार एउटै रुटमा एकै समयमा कुनै गाडी खाली त कुनै गाडी यात्रु कोचेर गुडिरहेको अवस्था हुन सक्छ। सिट क्षमताभन्दा बढी यात्रु कोचेर गुडिरहेका गाडीभित्रका यात्रुको समस्याप्रति ट्राफिक प्रहरीले कुनै चासो लिएको पाइँदैन।\

एउटै रुटमा कुनै बस खाली कुद्ने र कुनै बसमा यात्रुलाई सास्ती पुग्ने गरी कोचाकोचको अवस्था निर्माण गरिने परिस्थितिको अन्त गर्न स्वयं यात्रु र ट्राफिक प्रहरी जिम्मेवार बन्नुपर्ने देखिन्छ। सुशासनका चर्का भाषण गर्ने हालै सत्ताच्युत गृहमन्त्रीले सिंहदरबार प्रवेशमा सर्वसाधारणका लागि ई–पासको व्यवस्थालाई आफ्नो प्रगति ठाने तर सिंहदरबारसम्म पुग्दा सार्वजनिक बसहरूमा नागरिकले झेल्नुपरेका सास्तीप्रति उनी पनि बेखबर जस्तै देखिए। उनको सुशासनको नारा केवल कलाबाजी रहेछ भन्ने अनुमान लगाउन संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन नै पर्याप्त देखिन्छ।

सहकारी ठगी प्रकरणमा भरियादेखि मालिकसम्म संगठित अपराधमा तानिन सक्ने कानुनविद्हरूले बताइरहेका छन्। सार्वजनिक बसमा आफूले बेहोरेका सास्ती उनले सम्झन सकेनन् जतिबेला उनी गृहमन्त्री थिए। तर अहिले सत्ताच्युत भैसकेपछि उनको पाँच दिने सार्वजनिक यातायात प्रयोगको मञ्चनलाई अर्को कलाबाजी भनेर सर्वत्र आलोचना भयो। प्रतिनिधि सभाका अधिकतर माननीयहरूले सार्वजनिक यातायात नै प्रयोग गर्दै आएको कुरा बताउँछन् तर उनीहरूले प्रचारबाजी गरेको कतै देखिँदैन। आफू सत्तामा छँदा नागरिक सास्तीलाई सम्बोधन गर्नेभन्दा पनि आफैँमाथि लागेको सहकारी ठगी मुद्दालाई कमजोर बनाउन पदीय मर्यादालाई समेत बिर्सिएका पूर्वगृहमन्त्रीको स्टन्टबाजी राजनीति अब जनताले बुझिसकेको उनीप्रति घट्दो लोकप्रियताले पुष्टि गर्छ।

सार्वजनिक यातायातभित्रका समस्या थाहापाउन तालुकवाला निकायका उच्च अधिकारीहरूले पनि नियमित सार्वजनिक बसमा यात्रा गर्नैपर्छ। तब मात्र समस्या निराकरणका लागि उपयुक्त नीति निर्माणसहित प्रभावकारी कार्यान्वयन हुन सक्ला। नागरिक अधिकारको संरक्षण गर्नुपर्ने राज्यको कर्तव्य सर्वव्यापी छ तथापि नेपाली नागरिकले राज्यबिहीन अवस्थाको परिस्थितिसँग जुधिरहनुपर्ने अवस्थाको अन्त हुन सकेको छैन। दण्डहीनताको अन्त नहुँदादासम्म नागरिकका समस्या यथावत नै रहने देखिन्छ।

सडकको दायाँबायाँ ट्राफिक प्रहरीको बाक्लै उपस्तिपत देखिन्छ तथापि जथाभावी स्थानमा गाडी पार्किङ, जथाभावी स्थानमा यात्रुहरू चढाउने र ओराल्ने, सिट क्षमताभन्दा बढी यात्रु कोचेर गुडिरहेका बसहरूलाई गरिने कर्मकाण्डी कार्बाहीको तात्त्विक प्रभाव देखिँदैन। कतिपय स्थानमा खटिएका ट्राफिक प्रहरीमा देखिने निरीहताको अन्तर्यले उब्झाउने प्रश्न कार्यकुशलताको अभाव हो कि सार्वजनिक सवारी सञ्चालकहरूसँगको अन्तर सम्बन्ध हो ? तालुकवाला निकायको ध्यान यतातर्फ किन केन्द्रित देखिँदैन ? ट्राफिक व्यवस्थापन, मादक तथा लागुपदार्थ सेवन चेकिङ्ग, गाडीको गति तथा बिलबुक चेकिङ्ग, लाइसेन्स चेकिङ्गमात्र ट्राफिक प्रहरीको क्षेत्राधिकार र कर्तव्य हो कि गाडीहरूको भौतिक अवस्थालाई दुरुस्त बनाउन दबाब निर्माण गर्ने र यात्रुहरूले भोगिरहेका समस्या निराकरणका लागि तत्परता देखाउने पनि कर्तव्य हो ?
अर्को समाचार
ट्राफिकद्वारा सुर्खेतमा १ करोड ४५ लाख राजस्व संकलन
०८ साउन २०८२
•
३ मिनेट पाठ
ट्राफिकद्वारा सुर्खेतमा १ करोड ४५ लाख राजस्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले आर्थिक वर्ष २०८१-०८२ मा ट्राफिक नियम पालना, सवारी दुर्घटना न्यूनीकरण र राजस्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेको छ । एक वर्षको अवधिमा नियम उल्लंघन गर्ने १७ हजार १ सय ५१ सवारीसाधनमाथि कारबाही गर्दा १ करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो ।  




जिल्ला ट्राफिक सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसारका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २९ लाख १५ हजार ५०० रुपैयाँले बढी हो ।

गत वर्ष २०८०-०८१ मा १५ हजार ८ सय ४२ सवारीसाधनमाथि कारबाही गरेर १ करोड १५ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रमुख सुनारले बताए । यस वर्ष संकलित राजस्वमध्ये सबैभन्दा बढी ५४ लाख २६ हजार रुपैयाँ मोटरसाइकलबाट उठाइएको हो भने जीप-कार-भ्यानबाट २३ लाख ४६ हजार ५ सय, ट्रक–टिपरबाट २७ लाख ६० हजार, अटो टेम्पोबाट १९ लाख २४ हजार ५ सय, बस तथा मिनी बसबाट १४ लाख ४४ हजार ५ सय र ट्याक्टरबाट ६ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।  

यस आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन मध्ये ६ हजार ७ सय ५० वटा मोटरसाइकल, ३ हजार ७२ जीप-कार-भ्यान, २ हजार ८ सय ६१ ट्रक–टिपर, २ हजार २५ अटो टेम्पो, १ हजार ६ सय १४ बस÷मिनी बस र ८ सय २९ ट्याक्टर रहेको जनाइएको छ ।  

यस्तै, गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या भने घटेको ट्राफिक रेकर्डमा उल्लेख छ । २०८०-०८१ मा ६ सय ७३ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु र १ हजार १ सय ८४ जना घाइते भएका थिए भने २०८१-०८२ मा दुर्घटनाको संख्या घटेर ४ सय २३ मा झरेको भए पनि मृत्यु हुनेको संख्या ३८ पुगेको छ । तीमध्ये २९ पुरुष, ६ महिला, १ बालक र ३ बालिका रहेका छन् । मृतकमध्ये १२ जना चालकसमेत छन् । घाइतेको संख्या भने घटेर ९ सय ३६ रहेको ट्राफिक प्रमुख सुनारे बताए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ हजार ५ सय ३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट १ लाख १३ हजार १ सय २ सवारी चालक, सहचालक र पैदलयात्री लाभान्वित भएका छन्। क्याम्पस, विद्यालय, चालक, सहचालक, सवारीधनी र पैदलयात्रीहरू लक्षित ती कार्यक्रमले जनचेतना अभिवृद्धिमा सघाउ पु¥याएको प्रमुख सुनारले बताए  ।

सुनारले सुर्खेत ट्राफिक प्रमुख सम्हाले यता दुर्घटना क्षेत्र पहिचान गरी संरचना सुधारका साथै जानकारीमूलक बोर्डहरू राखेको छ भने गति नियन्त्रणका लागि राडर गनको प्रयोग, टीसीए मार्फत कारबाही, ला.प.से. र मा.प.से. जाँचमा कडाइ, ८ सय ८६ वटा रोड फर्निचरको व्यवस्थापन, ८४ वटा मोडिफाइड तथा चर्को आवाजमा चलाइएका सवारीसाधन नियन्त्रणमा लिइएको छ । 

प्रविधिमैत्री ट्राफिक प्रशासन विकास गर्न ईचलान प्रणाली, अनलाइन ट्राफिक सचेतना, ट्राफिक लाइट जडान लगायतका कार्यहरू गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

यसरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१-०८२ मा ट्राफिक अनुशासन, प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धि मार्फत दुर्घटना न्यूनीकरण र राजस्व संकलन दुबैमा प्रशंसनीय प्रगति गरेको छ ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस