विकसित मुलुकको दाँजोमा नेपालका महिलाको स्थिति दयनीय छ। त्यसमा पनि तराईका महिलाको अवस्था झनै कमजोर। त्यहाँका कतिपय चेलिबेटी चेलीभन्दा बढी वस्तुका रूपमा प्रयोग भइरहेका छन्।
शिक्षा-दीक्षा, बिहेलगायत अन्य कुरामा त्यहाँका महिला आफैँ निर्णय गर्न पाउँदैनन्। हाम्रो कानुनमा दाइजो लिनदिन बन्देज भए पनि व्यवहारमा त्यसको खिल्ली उडाउने काम भइरहेको छ। यथार्थमा त्यहाँ दाइजो दिएर ज्वाइँ किन्ने काम हुन्छ।
तराईका महिला बोक्सी, दाइजो प्रथाजस्ता घरेलु हिंसाका घटनासँग जुधिराख्नुपरेको छ। लोकतान्त्रिक गणतन्त्रपछि पनि महिलामाथि हुने हिंसा र पीडामा कमी आएको छैन। पुरानै संरचना र परम्परा कायम रहेकाले यस्तो भएको हो। हरेक मुक्ति आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला वर्ग त्यही संरचनाले अधिकारका क्षेत्रमा ठगिएका छन्। उनीहरुको संसार अहिले पनि भान्सा र चुलोमा सीमित छ। अधिकांश अवस्थामा तराईका महिलामाथि हुने अत्याचार प्रकाशमै आउँदैन।
चार वर्षअघिको एउटा यस्तै घटनाको चर्चा गरौँ। बाराको एक गाउँमा बिहेको तयारी भइरहेको थियो। पाँच छोरीमध्ये जेठी छोरीको बिहे भएकाले भुलनको परिवार निकै खुसी देखिन्थ्यो। बेहुली १७ वर्षकी रमिता भने डराइरहेकी थिइन्। भर्खरै एसएलसी दिएकी रमितालाई बिहे गर्ने मन थिएन। तर, उनले परिवारको दबाब टार्न सकिनन्। बेला घर्किसक्दा पनि बरियात (जन्ती) नआउँदा भुलन झस्के। बेहुलाका तर्फबाट मोटरसाइकल नपाए बिहे नगर्ने सन्देश आयो।
पहिले केटाले मोटरसाइकल मागेको थिएन। त्यो दिने भुलनको हैसियतै थिएन। बिहे रद्द भयो। समाजमा रमिताबारे अडकलबाजी हुन थाल्यो। त्यो सबै सुनेर भुलन बेहोस भए। छोरीको बिहे हुँदैन भनेर भुलनकी पत्नी रुन थालिन्। रुवावासी चलिरहेकै बेला रमिताले घर पछाडिको रुखमा झुन्डिएर आत्महत्या गरिन्। छोराको आशमा भुलन दम्पतीले पाँच छोरी जन्माएका थिए।
चौधरी समाजमा पनि दाइजो लिनेदिने कुरीति बढिरहेको छ। दाइजोको मोल पनि केटाको सर्टिफिकेट र बाबुको सम्पत्तिमा भर पर्छ। धेरै पढेका र राम्रो पेसा भएका केटाको भाउ बढी हुन्छ। पढाइ र हैसियतअनुसार केटी पक्षबाट बिहेमा रकम माग गरिन्छ। छोरीलाई शिक्षित वा सम्पन्न घरमा बिहे गर्नुपरे केटाको माग स्वीकार्नु केटी पक्षको बाध्यता हुन्छ। केटा पक्षका परिवारले छोराको पढाइमा लाग्ने खर्च र त्यसको व्याजसमेत असुल गर्छन्। छोरीलाई शिक्षाको साटो दाइजो दिने चलन बढी भएकाले माइतीबाट पनि दाइजो प्रथाले प्रश्रय पाउँछ।
तराईको यो रोग पहाडी भेगमा पनि सल्कन थालेको छ। पहाडी समुदायमा खुलेरै मोलतोल नगरे पनि केटी पक्षबाट धेरै मूल्य पर्ने प्रशस्त सामान दाइजोमा आए हुन्थ्यो भन्ने चाहना राखेको पाइन्छ। धेरै दाइजो ल्याउने बुहारीलाई माया तथा नल्याउनेलाई हेला गर्ने प्रवृत्ति निकै बढी छ। बढी दाइजो ल्याउने छिमेकका बुहारीको बखान गरेर अरूलाई लज्जित बनाउने गरिन्छ। यसले दाइजो प्रथालाई प्रोत्साहन दिन्छ।
दाइजोकै कारण महिलाको हत्या हुने, एसिड छ्याप्ने, जिउँदै जलाउनेजस्ता घटना बढ्दै गएका छन्। धेरै छोरी भएका अभिभावक दाइजोको चापले गर्दा घरघडेरीसमेत बेच्न बाध्य भएका छन्। आर्थिक अवस्थाकै कारण दाइजो दिन नसकी छोरीको बिहे नहुँदा समाजमा अपहेलित भएपछि आत्महत्या गर्ने आमाबाबु र चेलीको संख्या बढेको छ।
तराईमा अझै पनि छोराछोरीबीच भेदभाव कायमै छ। छोराको आशमा भुलन दम्पत्तिले पाँच छोरीलाई जन्म दिएको थियो। पाँचौँ सन्तान पनि छोरी भएपछि हरेस खाँदै उनीहरु पछि हटेका थिए। गर्भमा रहेको सन्तान छोरा कि छोरी भनेर पहिचान गर्ने विभिन्न उपकरण आइसकेको छ। अशिक्षा तथा जनचेतनाको कमीले पाँचै छोरी जन्मिए। महिला अधिकारका हितमा काम गर्ने संघसंस्था पनि सहर केन्द्रित भएकाले भुलन दम्पत्तिजस्तै थुप्रै परिवार यस समस्याबाट पीडित छन्।
आधुनिक युगमा पनि धर्म परम्परा तथा संस्कारको नाममा महिलामाथि शोषण हुनु लज्जास्पद छ। महिलाविरोधी प्रवृत्ति र तथाकिथत संस्कृतिविरुद्ध परिवर्तनकारी विचार आवश्यक छ।
पुँजीवादले एकातिर महिलालाई उपभोग्य साधनको रुपमा प्रयोग गरिरहेको छ भने अर्कातिर सामन्तवादले धर्म र परम्पराको नाममा घरेलु दासको रुपमा अन्याय गरिरहेको छ। मुलक जतिसुकै विकसित भए पनि समताविना सभ्य समाज बन्न सक्दैन। निश्चित समयका लागि महिला आरक्षणलाई व्यवस्थित पारेरमात्र समतामूलक समाज निर्माण गर्न सकिन्छ।