कांग्रेसको भावी कार्यदिशा
१० असार २०६७
•
१४ मिनेट पाठ
कांग्रेसको भावी कार्यदिशा
नेपाली कांग्रेसले यति बेला बाह्रौं महाधिवेशनको तयारी गर्दैछ। स्थापनाको ६ दशक पूरा गरिसकेको नेपालको जेठो लोकतान्त्रिक पार्टीको आगामी महाधिवेशनलाई देशभित्र र बाहिरबाट समेत उत्तिकै चासो राखेर हेरिएको छ। कांग्रेसका सामु इतिहासले सुम्पेका केही गहन अभिभारा छन्।
संस्थापक नेताहरूले छाडेर गएका अधुरा कामलाई पूरा गर्दै नयाँ सन्दर्भमा उपस्थित चुनौतीको सामना गर्नसक्ने शक्तिशाली पार्टीमा रूपान्तरित हुनुपर्ने दायित्व पनि छ। देशको प्रमुख दलको हैसियत पुनः प्राप्त गर्ने, लोकतन्त्रका चुनौतीलाई समाप्त पार्ने, शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने, नयाँ संविधाननिर्माण गर्ने, गैरलोकतान्त्रिक शक्तिलाई लोकतान्त्रिक शक्तिमा परिणत गर्ने र पार्टीलाई नेपाली जनताको आशा एवं भरोसाको केन्द्र बनाउने काम पूरा गर्न सकेमात्र आगामी महाधिवेशन सार्थक हुनसक्छ। यसैले महाधिवेशनमार्फत् पूरा गर्नुपर्ने कांग्रेसका केही दायित्वको बुँदागत चर्चा गरौं।




नेतृत्व चयन
इतिहासकै कठीन र महत्वपूर्ण घडी भए पनि कांग्रेसले महाधिवेशन गर्ने सबालमा अलमल देखाउनु हुँदैन। मुलुकको समग्र परिस्थिति फेरिएको सन्दर्भमा कांग्रेसका सबै अंगमा रक्तसंचार गराउन र पार्टीको आन्तरिक जीवनमा नयाँ शक्ति पैदा गर्न पनि महाधिवेशन अत्यावश्यक भएको छ। वैधानिक या अरू कारणभन्दा पनि स्थापनाको साढे ६ दशक पूरा गर्न लागेको कांग्रेसमा स्थापनाकालको नेतृत्वको क्रम सकिएकाले नयाँ नेतृत्व र प्रणालीको स्थापनाका लागि यो महाधिवेशन प्रस्थानविन्दु हुनसक्छ।


संस्थागत परिपाटी

कुनै पनि राष्ट्र या संस्था संचालनको आधार विधि या पद्धति हुनुपर्छ। विधिहीनता लोकतन्त्रको आधारभूत सिद्धान्तसँग मेल खाँदैन। कुनैपनि व्यक्तिको सनक या लहडमा राष्ट्र, पार्टी या संस्था चल्न सत्तै्कन। कांग्रेसलाई नयाँ सन्दर्भमा विधिसम्मत ढंगले संचालन गर्ने संस्थागत परिपाटीको थालनी हुन आवश्यक छ। विगतमा लिइएका निर्णय या चालिएका कदम वा विषयका कतिपय सन्दर्भमा प्रश्नहरू उठेका कारण कांग्रेसभित्र समस्या पैदा भएको यथार्थबाट शिक्षा लिएर भविष्यमा पार्टीलाई संस्थागत ढंगबाट संचालन गर्ने प्रतिबद्धता नेतृत्व पंक्तिबाट व्यक्त हुनु जरुरी छ।

पार्टीमा तरुण अग्रसरता
राजनीति पार्टी या संस्थामा नयाँ सदस्यको प्रवेश नहुने हो भने त्यो जीवन्त हुन सक्तैन। एउटा निश्चित् समूहले सधैँ नेतृत्व गरेर जनचाहना पूरा गर्न सत्तै्कन। पटकपटक प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न नसक्नेहरूको सट्टा नयाँ ऊर्जाशील र क्षमतावान व्यक्तिले जिम्मेवारी लिनुपर्छ। मुलुकका सामु देखिएका विषमतासँग जु‰न र पार्टीलाई नयाँ युगका चुनौती सामना गर्नसक्ने बनाउन कांग्रेसको नेतृत्वमा तरुण पुस्ताको पहुँच अत्यावश्यक देखिएको छ। झन्डै एक करोड बढी युवा जनसंख्या रहेको देशमा पार्टी संचालनको उपल्लो तहदेखि वडा इकाइसम्म युवालाई स्थान दिइनुपर्छ। पुरानो पुस्ताले नयाँ पुस्ताको भावना र मनोविज्ञान बुझ्न र सम्बोधन गर्न सक्दैन। कांग्रेसले महाधिवेशनमार्फत् पार्टीमा नयाँ पुस्ताको आकर्षण बढाउने कार्यक्रम तर्जुमा गर्नुपर्छ।

नयाँलाई काम
कांग्रेसलाई वर्तमान अवस्थासम्म डोर्‍याएर ल्याउन र मुलुकमा सम्पादित सबै क्रान्तिलाई सफलतामा पुर्‍याउनमा पुराना नेता, कार्यकर्ताको ठूलो योगदान छ। यस योगदानको उच्च मूल्यांकन हुनुपर्छ। र सबैलाई देश, जनता र पार्टीका लागि गरेको कामअनुसारको सम्मान दिनुपर्छ। तर नयाँ परिस्थितिमा नेपाली कांग्रेसले चुनौतीपूर्ण कामको जिम्मेवारी नयाँ पुस्तालाई सुम्पनुपर्छ। त्यसैले अगामी महाधिवेशनको मूल नारा 'पुरानालाई सम्मान र युवालाई काम' हुनुपर्छ।

उचित मूल्यांकन
राम्रो काम गर्नेलाई प्रोत्साहन र काम बिगार्ने या नगर्नेलाई दण्डित गर्ने परिपार्टी नभएको संस्था अराजक भीडमा परिणत हुनपुग्छ। कांग्रेस यतिखेर व्यवस्थित पार्टी हुने कि अराजक भीड बन्ने भनने दोसाँधमा छ। कांग्रेसमा यसअघि कसैले कामअनुसार प्रोत्साहन वा दण्ड पाएको दृष्टान्त बिरलै भेटिन्छ। आजसम्मको स्थिति हेर्दा धेरैजसो 'साधुलाई सुली र चोरलाई चौतारो' चरितार्थ भएको देखिन्छ। राम्रो काम गर्ने सम्भावना भएका ओझेलमा परेका छन्। धुर्त, बदमास र नेतृत्वलाई अँध्यारामा पार्नसक्नेहरू पुरस्कृत हुँदै गएका छन्। हुँदाहुँदै पार्टीलाई हदैसम्मको बदनाम गर्ने खलपात्र पनि यतिखेर सबैभन्दा चर्को स्वरमा डंका पिट्दै हिंड्न थालेका छन्। यस्तो स्थिति तत्काल अन्त्य हुनुपर्छ। इमान्दार र निष्ठावान कार्यकर्ताको उच्च मूल्यांकन हुनुपर्छ।


विधानको पूर्ण पालना

कांग्रेसभित्र देखिएको अर्को डरलाग्दो प्रवृत्ति पार्टी नेतृत्वबाट आफूले फाइदा प्राप्त गरिरहँदासम्म विधान, विधि, पद्धति सबै बिर्सने र आफूले नपाउने लक्षण देखेपछि विधि विधानको कुरा उठाउने अभ्यास हो। नेतृत्वले आफूले भनेजस्तो गर्दा वा निर्णय लिँदासम्म लोकतान्त्रिक हुने र अरूको नाममा निर्णय हुनेबित्तिकै तानाशाही ठान्ने प्रवृत्ति वडादेखि केन्द्रसम्म छ। तसर्थ, कांग्रेसले अबदेखि कुनैपनि निर्णय विधानबमोजिम नै गर्नुपर्छ र खासगरी विधान मिच्न लगाएर आफ्नो पक्षमा निर्णय गराउन खोज्ने व्यक्तिहरूसँग नेतृत्व पंक्ति सतर्क हुनुपर्दछ। स्वयं नेतृत्वले पनि विधानको पूर्ण पालना गर्नुपर्छ।

 

नीति र कार्यक्रममा सामयिकता
राजनीतिक पार्टीले आफ्ना नीति र कार्यक्रम बनाउँदा सामयिकताको हेक्का राख्नुपर्छ। समयअनुरुप आफ्ना दृष्टिकोण निर्माण गर्नुपर्छ र आवश्यताअनुसार परिमार्जन गर्दै जानुपर्छ। कुनै पनि व्यवस्था वा शासन प्रणालीले आफ्नो सान्दर्भिकता गुमाएपछि त्यसको पतन हुने गर्छ र पुनः त्यसको स्थापना सामान्यतया सम्भव हुँदैन। त्यसैले मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक वा राजनीतिक परिस्थितिको आंकलन गरेर वस्तुगत धरातलमा उभिएर आफ्ना नीति तय गर्नुपर्छ। कांग्रेस यदाकदा यसमा चुक्ने गरेको छ। भविष्यमा यस्ता कमजोरी दोहोरिन दिनु हुँदैन। जनताको भावनालाई केन्द्रमा राखेर आफूलाई प्रस्तुत गर्नुपर्छ।

भ्रातृसंगठनको व्यवस्थापन
भ्रातृ संगठन राजनीतिक दलका अभिन्न अंग हुन्। यिनको समुचित व्यवस्थापन नभए पार्टीले अपेक्षित उपलब्धि हासिल गर्न सत्तै्कन। सबै कार्यक्रम पार्टी सञ्चालन गर्न सम्भव हुँदैन। यसका लागि समय समयमा भ्रातृ संस्थालाई अग्रसर गराउनुपर्छ। कतिपय कार्यक्रमका त प्रकृति भ्रातृ संस्थाबाटमात्र अघि बढाउन सकिने प्रकारको हुन्छ। तसर्थ पार्टीले सबै भ्रातृ संस्थालाई चुस्त र दुरुस्त राख्नुपर्छ। हतियार र हिंसामा विश्वास नगर्ने कांग्रेसभित्रबाट सशस्त्र तरुण दस्ता गठनको चर्चा गर्नु पार्टीको आदर्शविपरीत हो। यसको सट्टा विद्यमान भातृ संस्थालाई समयसमयमा कार्यक्रम दिने, उसका बैठक, कार्यक्रम र कार्यालय अनुगमन र निरीक्षण गर्ने, देशको परिस्थिति र अवस्थाअनुसार आवश्यक राजनीतिक प्रशिक्षण दिने गरिरहनु पर्छ। भ्रातृ संस्थालाई फुक्का छोडी दिएर राम्रो भएन भनेर गुनासो गर्नुको औचित्य छैन। केही वर्गीय हितका विषयमा स्वतन्त्रता दिएर पार्टीको प्रत्यक्ष निगरानीमा भ्रातृ संस्था परिचालन गर्नुपर्छ।


अनुशासनमा कडाइ

नेपाली कांग्रेसमा अनुशासन ठूलो समस्या हुने गरेको छ। ठूलो नेतृत्वको ओत लाग्नेले जे गरे पनि हुन्छ। निरीह र इमान्दार कार्यकर्ता सँंधै अनुशासनका नाममा पीडित हुने गरेका छन्। हुन त यस्ता दृष्टान्त अरू पार्टीभित्र पनि पाइन्छन् तर कांग्रेसभित्र पार्टी संकटमा परेको बेला पिँठ्यु फर्काउने, निर्वाचनका बेला प्रतिपक्षसँग साँठगाँठ गर्ने, पार्टीलाई मद्दत गर्ने बेलामा निष्त्रि्कय बसेर कमजोर बनाउने र खुलेआम विद्रोह गरेर पार्टीलाई हराउनेहरूलाई कसुरअनुसारको अनुशासनको कडा कारवाही गरिएको उल्लेखनीय दृष्टान्त भेटिँदैन। कारबाही भइहाले पनि पार्टी नेतृत्वको आड लिएर त्यस्ता व्यक्तिले आफूलाई पुनर्स्थापित गरेका छन्। कतिसम्म भने इमानदार र निष्ठावान कार्यकर्ताभन्दा बढी पुरस्कृत भएका छन्। पटकपटक सरकारमा गएर आफ्नो मनोमानी गर्ने, अवैध उपायबाट पैसा कमाउने र पार्टीलाई बदनाम गर्ने मन्त्रीलाई अनुशासनको कारवाही गरी पार्टीभित्रका सबै बेथितिको अन्त्य हुनुपर्छ। र अनुशासनको पक्ष सुदृढ हुनुपर्दछ। अन्यथा पार्टी सिद्धान्तहीन अवसरवादीको भीड बन्न जान्छ।

अन्य दलबारे स्पष्ट दृष्टिकोण
लोकतान्त्रिक दल भएको नाताले कांग्रेसले अरू पार्टीहरूप्रति पनि लचिलो दृष्टिकोण राख्नुपर्छ तर लोकतन्त्रका अधारभूत मूल्य मान्यतासँग सम्झौता गर्नु हुँदैन। आफ्नो आदर्श र वैचारिक धरातलमा उभिएर विपक्षीबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्छ। राजतन्त्र, कम्युनिस्ट, सैनिक वा धार्मिक कुनै पनि प्रकारको अधिनायकवादविरुद्धको अडानमा अविचलित रहनुपर्छ। सिद्धान्तविपरीत कसैसँग पनि पार्टीगत या व्यक्तिगत साँठगाँठ गर्नु हुँदैन। कम्युनिस्टले जस्तो कहिले यो ठीक र कहिले ऊ ठीक, कहिले योसँग र कहिले ऊसँग एकता वा विरोधको ढुलमुले कार्यनीति बनाउनु हुँदैन। कांग्रेसले त सकेसम्म सबैलाई लोकतान्त्रिक मार्गमा ल्याउने प्रयत्न गर्नुपर्छ।

 
अर्को समाचार
'माओवादी नेतृत्व काँग्रेसलाई अस्वीकार'
१८ भदौ २०६७
•
१ मिनेट पाठ
'माओवादी नेतृत्व काँग्रेसलाई अस्वीकार'
भक्तपुर, भदौ १९- नेपाली काँग्रेसका उपसभापति प्रकाशमान सिंहले एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा गठन हुने सरकारमा आफ्नो दल सहभागी नहुने बताएका छन्। लोकन्त्रका लागि युवा गठबन्धनले हिजो यहाँ आयोजना गरेको काँग्रेसको भावी वैचारिक कार्यदिशा विषयक गोष्ठीमा उनले नेपाली काँग्रेस माओवादी नेतृत्वको सरकारमा सामेल नहुने बताएका हुन्।
द्वन्द्वकालमा माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता, योङ कम्युनिष्ट लिग (वाइसिएल) को अर्धसैनिक संरचना भङ्ग र लडाकू समायोजन नगरेसम्म उसको नेतृत्वमा गठन हुने संयुक्त सरकारमा पनि काँग्रेस सामेल नहुने उनले स्पष्ट गरे।




नेकपा (एमाले) ले तटस्थ बसेर नयाँ सरकार गठनमा बाधा पुर्‍याएको आरोप लगाउँदै उपसभापति सिंहले एमालेले काँग्रेस वा माओवादीलाई समर्थन गरी सरकार गठनमा सहयोग गर्नुपर्नेमा जोड दिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस