जग्गु आएको खबर सुन्दा सुरुमा विश्वासै लागेन। तर खबर सुनाउनेले 'विद्या कसम' भनेपछि पत्याउन करै लाग्यो। हामी खुसीले उफ्रिन थाल्यौँ। बर्दियाको सदरमुकाम गुलरियाको ३०-३१ साल तिरको कुरा होला। म त्यहीँको मकदे (महाकवी देवकोटा) हाइस्कुलमा एक कक्षामा पढ्थेँ ।
जग्गु चौधरी नौ कि दशमा पढ्थेँ। परपरका गाँउबाट गुलरिया पढ्न आउने गर्थे विद्यार्थी। जग्गु पनि त्यतै कुनै गाँउबाट पढ्न आएका होलान्।
सानो नगर गुलरियामा वर्षमा एकदुई पटक स्कुलको आयोजनामा हुने सांस्कृतिक कार्यक्रम र फुटबल प्रतियोगिताबाहेक मनोरञ्जनका खासै गतिविधि हुँदैन थियो। त्यति बेला पनि एउटा फुटबल प्रतियोगिता हुने गर्थ्यो, सम्भवतः हाम्रो स्कुल र अस्पतालको टिमबीच। खेल हुने अगिल्लो दिनसम्म पनि हाम्रो स्कुलको स्टार खेलाडी जग्गु गुलरियामा थिएनन्। पूरा स्कुलले जग्गुको अनुपस्थितिमा खल्लो मानिरहेकै बेला ऊ आएको खबरले हामी रमाएका थियौँ। हाफ प्यान्ट र हवाइ चप्पल लगाएका जग्गु खेतको मेढमेढ (आली) हुँदै आउँदै थिए। उनलाई लिन गएका स्कुले दाजुहरू पनि सँगै थिए। जग्गुको घरमा कोही बिरामी भएकाले समयमा आउन नसकेको बताए। हिँड्दाहिँड्दै जग्गु घुँडामुनि पिँडौलापछाडि दुई तीन वटा खाटो नबसेको घाउमा बस्न खोज्ने झिंगालाई रुमालले हिर्काएर धपाउने गर्थे। निकै कसिलो शरीरका जग्गु जति बलियो अरू कोही नभएजस्तो लाग्थ्यो। स्कुलमा फुटबल खेल्ने सबैका आदर्श थिए जग्गु।
डिफेन्समा खेल्थे जग्गु। उनलाई छलेर डी एरियाभित्र बल लैजानु विपक्षी टिमका लागि सपनै थियो। त्यसैले भोलिपल्टको खेलमा अस्पतालको टिमबाट हामीले गोल खाने त लगभग असम्भव थियो। अस्पतालसँगै जोडिएको मैदानमा भएको प्रतिस्पर्धा निकै रोमाञ्चक थियो।
हामी विपक्षी टिमको गोल पोस्टपछाडि बसेका थियौं। खेल अवधिभर जाली खेलाउँदै गोल रक्षकलाई जिस्क्याउनु हाम्रो काम हुन्थ्यो। बल त्यता आउँदा हल्ला गर्दै गोलरक्षकको एकाग्रता भंग गरेर आफ्नो टिमलाई गोल हान्ने मौका बनाउने हाम्रो उद्देश्य हुन्थ्यो। आफ्नो टिमले गोल हानेको बेला मैदानभित्रै गएर हवाइ चप्पल खुट्टैले माथि हुत्याएर खुसी प्रकट गथ्यौं।
सँगै बसेका पाका मानिसहरू भारतमा जाँदा हेरेको फुटबल खेलको बखान गर्दै भन्थे - यहाँ पो यस्तो हुन्छ। ठूला खेलमा मैदानको निश्चित् क्षेत्रमा दर्शकलाई जानै दिइँदैन। यसरी जाली समाएर बस्नु त परै जाओस्। 'त्यसरी हेर्न पनि के मजा! हाम्रा लागि फुटबल हेर्नुको रमाइलो आफूले समर्थन गरेको टिमको प्रतिद्वन्द्वीको पोस्टमा गोलरक्षकलाई जिस्क्याउँदै बस्नु जो हुन्थ्यो।
गुलरियामा हुने प्रतियोगिता एक जना टेलर मास्टर सधैँ सहभागी हुन्थे। घाँटीसम्म लामो घुम्रे कपाल हल्लाउँदै उनी बल लिएर मैदानमा दगुर्थे। अनि उनी एकै पटक खेलाडी र निर्णायक दुवै हुन्थे। मुखमा सिट्ठी च्यापेर ती मास्टरले अर्को टिमतिर बल लगेको अझै सम्झन्छु। मलाई आश्चर्य लागेको चाहिँ कपडा सिउने व्यक्ति रेफ्री र खेलाडी दुवै हुँदा पनि उनको निर्णयमा विवादै नहुनु हो। ती टेलर मास्टरले खेलाडी र रेफ्री दुवै हुनु परेको कारण खेलाडी कम भएर हो वा रेफ्री नभएर मैले कहिल्यै बुझ्न सकिन।
त्यस दिनको खेल पनि रोमाञ्चक थियो। हाम्रो टिमको डी एरियाभित्र २-४ जना खेलाडी बल भेट्टाउन तँछाडमछाड गरिरहेकै बेला बल सेन्टरतर्फ आउने गर्थ्यो। त्यो जग्गुकै काम हुन्थ्यो। अनि दर्शक दिर्घाबाट जग्गुको प्रशंसामा सिट्ठी र थपडी बज्थ्यो। त्यस दिनको खेल बराबरीमा टुंगियो।
खेल रोमाञ्चक हुन बराबरीको स्पर्धा आवश्यक हुन्छ। त्यसका लागि दुवै टिमको स्तर समान हुनुपर्छ। टिम जहाँको भए पनि फरक पर्दैन। खेल एकतर्फी भए विश्वकै उत्कृष्ट दुई टिमबीचको भिडन्त पनि रोमाञ्चक हुन सक्तैन। त्यतिबेला गुलरियामा हुने ती दुई टिमबीचको खेल हेर्दाको रोमाञ्च अहिले पनि बिर्सेको छैन।
गुलरियामा त्यति बेला फुटबलको सक्रियता थियो। त्यही अवस्था अन्य गाउँ सहरको पनि थियो होला। त्यतिबेला छिमेकी जिल्लाको सदरमुकाम नेपालगंजको टिम पनि गुलरियाका लागि ठूलो हन्थ्यो। राजधानीको त कुरै छाडौं। सानो ठाउँमा हुने खेलमा पनि फुटबलको रोमाञ्चमा कुनै कमी थिएन। त्यही रोमाञ्चले त्यति बेला पनि स्थानीय स्तरमा जग्गुजस्ता खेलाडी देखाएको थियो।
लाग्छ, त्यति बेला देशैभर फुटबल खेल हुन्थ्यो। अहिले विश्वकपमा सहभागी कतिपय देशको आर्थिक स्थिति हाम्रै हारारीमा छ। तै पनि ती विश्वकपमा छननिएका छन्। भनिन्छ, गरिब भए पनि ती देशका खेलाडीको शारीरिक बनोट फुटबलका लागि उपयुक्त छ। नेपालका केही भूभागमा पनि जन्मजातरूपमा खेलका लागि उपयुक्त शारीरिक बनोटका युवा छन्। तिनलाई खेलमा आकर्षित गर्न सके हाम्रो स्तर पनि उकासिने थियो कि? तर यसका लागि फुटबललाई गाँउतर्फ फर्काउने योजनो आवश्यक पर्ला।