गणतन्त्र घोषणा भएको एक वर्ष पुग्यो । राजनीतिक परिवर्तनपछि गणतन्त्र स्थापना र शान्ति सम्झौता तार्किक निष्कर्षमा पुग्ने आशा धेरैले गरेका थिए । एक वर्षको क्रियाकलापले निराश तुल्याएको छ । संविधानसभा चुनावपछि सहमति र सहकार्यको संस्कार पन्छाएर नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गर्यो । त्यस्तै संविधानमा रहेको दुई तिहाइको प्रावधान हटाएर बहुमतबाट प्रधानमन्त्री हटाउनसक्ने व्यवस्था गरियो । यहीँबाट अविश्वास र अस्थिरता सुरु भयो ।
ठूलै कसरतपछि बनेको माओवादी नेतृत्वको सरकारले विभिन्न क्षेत्र, वर्ग र जातिका अधिकारलाई सम्बोधन गर्नै धेरै समयमा खर्चिनु पर्यो । बन्द र हड्तालले त रेकर्डै कायम गर्यो । सधैाको बन्द, चक्काजाम र हड्तालको लागि जनताले गणतन्त्रको मागेका हैनन् । सरकार बनाउने र गिराउने सत्ताको फोहरी खेलका लागि सहिदले आत्मोत्सर्ग गरेका पनि होइनन् ।
माओवादीलाई सहमति र सहकार्य गर्न नसकेको आरोप लगाउनेले पनि भागबन्डा र मोलतोल तथा आपसी विवादमा अल्झिएर प्रधानमन्त्री नियुक्त भएको दुई सातासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेनन् । नेताको पदलोलुपता ६०१ को जम्बो संविधानसभा बनाउादैमा थाहा भइसकेकै थियो । नागरिक समाज र सञ्चार माध्यमबाहेक अरूले संविधानसभाको आकार ठूलो भएकोमा कुरै उठाएनन् । भागवण्डा नमिल्नाले स्थानीय निकाय गठन हुन सकेन । अनि माओवादी सरकारले गरेको राजस्व वृद्धि खर्च हुन सकेन ।
जनसंख्याको ठूलो हिस्सा 'मौन बहुमत' ले यसलाई अवलोकन गरिरहेको छ । यो हिस्सा धेरै समयसम्म चुप लागेर बस्न सक्दैन । राजतन्त्रविरुद्ध जस्तै जनसागर पार्टीहरूविरुद्ध उत्रन धेरै समय लाग्ने छैन भन्ने नेताहरूले बुझ्नु आवश्यक छ ।
देशमा लगानी गरी रोजगार सिर्जना गरेर राष्ट्रिय विकासमा सघाउन खोज्ने उद्यमीलाई गणतान्त्रिक नेपालले हड्ताल, तालाबन्दीको उपहार दिएको छ । सडक छेउमा गिट्टी कुटेर गुजारा चलाउने नेपालीलाई गणतन्त्रले के दिएको छ ? दिनहुाको चक्काजाम र हड्तालले उल्टै रोजीरोटी खोसेको छ ।
यस अवधिमा ठूलो मात्रामा पूँजी पलायन भएको छ । शिक्षा क्षेत्र मर्माहत छ । बौद्धिक समूहमा निराशा बढ्दो छ । रोजीरोटीका लागि विदेश जानेको संख्या बढ्दैछ । महंगीले चरम सीमा छोइसकेको छ । नेताहरूलाई भने यसको कुनै मतलब छैन । सत्ता जोगाउन वा सत्तामा जान विदेशी हस्तक्षेप पनि यिनलाई स्वीकार्य छ । सबै पार्टी एवम् नेता यसलाई सहजरूपमा स्वीकार गर्छन् ।
संविधानसभा चुनाव दुई वर्षभित्र संविधान बनाउन भएको हो । अहिलेको अवस्था हेर्दा अब एक त के अर्को पाँच वर्षमा पनि संविधान बन्ने र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने छाँट देखिँदैन ।
सत्ता र शक्ति प्राप्तिको होडमा संविधान लेखन तथा शान्ति प्रक्रिया ओझेलमा परेका छन् । पार्टीहरूले जनादेश पूरै बिर्सेजस्तो लाग्न थालेको छ । सरकारको आयु त्यति लामो नहुने लक्षण देखिइसकेको छ । माओवादीले सरकारविरुद्ध आन्दोलन घोषणा गरिसकेको छ । माओवादी सरकारमा हुादा प्रधान सेनापतिको विषयमा कांग्रेसले धेरै दिन रोष्ट्रम घेर्यो । मधेसी पार्टीले पनि सुरुमै रोष्ट्रम घेरे । अनि आफू सत्ताबाट हट्नेबित्तिकै नागरिक सर्वोच्चताको नाममा माओवादीले संसद् बहिष्कार र रोष्ट्रम घेराउलाई निरन्तरता दियो । नेपाली जनताले रोष्ट्रम घेराउ गर्न प्रतिनिधि चुनेका हैनन् । सबै मिलेर समयमै संविधान निर्माण गर्ने जनादेश जनताले दिएका छन् ।
गणतन्त्र संस्थागत गर्न नसकेको देखेर जनताको ठूलो हिस्सा निराश भएको छ । यो निराशा अन्त्य गर्न नसके देशमा अनिष्ट हुनसक्छ । त्यसैले राजनीतिक नेताहरूले यो निराशा अन्त्य गर्ने आाट देखाउनुपर्छ । नेताहरूले विगत १५ महिनामा आफूबाट भएका गल्ती आत्मासात् गरी सुधार गर्ने प्रयास गरेमा भविष्य सप्रन पनि सक्छ । यसको लागि त्याग, समर्पण र क्रमभंगता जरुरी हुन्छ ।
समस्या समाधानको एउटा विकल्प कुनै पनि राजनीतिक पार्टीका सदस्य सरकारमा नगई संविधान निर्माणमा केन्दि्रत हुनु हुनसक्छ । हुन पनि जनताले त उनीहरूलाई संविधान निर्माणका लागि पठाएका हुन् । नयाा संविधान निर्माणपछि गठन हुने सरकार राष्ट्र संचालनको सही हकदार हुनेछ । अहिलेको त संक्रमणकालीन सरकार हो । यसैले दलहरूको सहमतिमा विशुद्ध व्यावसायिक वर्गको सानो समूहलाई सरकार चलाउने जिम्मा दिनु उपयुक्त हुन्छ । यस प्रकारको सरकारमा कुनै पनि राजनीतिक स्वार्थ नभएका, सक्षम र सबैलाई स्वीकार्य व्यक्ति समावेश गरिनुपर्छ । त्यस प्रकारका नेपाली विदेशबाट पनि ल्याउन सकिन्छ ।
देशमा केही गर्नुपर्छ भन्ने भावना भएमा व्यक्तिको कमी छैन । उदाहरणका लागि उद्योग व्यवसायको लागि उपेन्द्र महतो, पर्यटन उद्योगका लागि कर्ण शाक्य र स्वास्थ्यको लागि सन्दुक रुइतलाई लिन सकिन्छ । यस जटिल घडीमा विख्यात व्यक्तित्वलाई सरकार संचालनको जिम्मा दिएर दलहरू संविधान निर्माणमा लाग्ने हो भने संविधान त चााडै बन्ने छ नै सत्ता प्राप्तिको फोहोरी खेल पनि बन्द हुनेछ ।
नेतामा आाट, प्रतिबद्धता र त्याग आवश्यक छ । दल यसका लागि तयार हुने हो भने गणतन्त्र संस्थागत हुन धेरै समय लाग्ने छैन । हैन, उनीहरू गणितीय खेलमा लागेर सत्ता ढाल्न र बनाउन लागिरहने हो भने न संविधान बन्छ न गणतन्त्र संस्थागतै हुन्छ ।
(लेखक एआईटी, थाइल्यान्डमा कार्यरत छन् । )