शान्ति र संविधानलाई टुंगोमा पुर्याउन नसक्नु वा त्यो बाटोमा हिंड्न नसक्नु यो सरकारको सबैभन्दा ठूलो अक्षमता हो। त्यही कारणले २०६७ जेठ १४ गते संविधानसभाको म्याद थप्नु पर्यो।
तीन मुख्य दलबीच तीनबुँदे सहमति गर्नुपर्यो र राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले अविलम्व राजीनामा दिने भन्ने सहमति गर्नुपर्यो। यो सहमति राजनीतिमा चासो राख्ने सबैले अध्ययन गरेका छन् र यसलाई बालुवाटारले गलत व्याख्या गर्न सक्ने अवस्था छैन। स्वयम् प्रधानमन्त्री सहमतिको भावना अनुरुप आफू अगाडि बढ्न तयार रहेको बताउँदै आउनुभएको छ। पार्टी अध्यक्षले हस्ताक्षर गरेको सहमति एक वफादार नेताको हैसियतले वहाँको निम्ति पनि बाध्यकारी बन्न सक्छ।
जतिसुकै कठिन परिस्थिति विद्यमान भए पनि नेपालको राजनीति बहुमतीयबाट पुनः सहमतीय बाटोमा हिंड्नु पर्ने निश्चित छ। एउटा सहमति गर्ने र सहमतिको मसी सुक्न नपाउँदै व्यवहार अर्कै गर्ने बानीको विकास भयो भने देशमा अराजकताको पराकाष्ठा हुनेछ। निश्चित समयका लागि प्रधानमन्त्री बन्ने महत्वको विषय हुन सक्छ तर दीर्घकालीन विश्वसनीय नेता बन्ने विषय व्यक्तिको निम्ति प्रमुख हुनुपर्छ। यो सच्चाई माधव नेपालमा समेत लागु हुन्छ।
दक्षिणपन्थी शक्तिहरू बाह्रबुँदे समझदारीदेखि हालसम्म भएका समझदारीलाई मान्ने पक्षमा छैनन्। भाँड्ने पक्षमा छन्। अग्रगमनमा जान चाहने शक्तिहरुले सरकारको नेतृत्व गर्ने नाममा उनीहरुलाई हौसला प्रदान गर्न सक्दैनन्। त्यसैगरी उग्रवामपन्थी शक्तिहरू सम्झौता, सहमति र सहकार्यका विरोधी छन्। उनीहरु हतियारमा मात्र शक्ति देख्छन्। संसद र संविधानसभामा शक्ति देख्दैनन्।
सरकारको गतिविधि उनीहरुलाई नियन्त्रण गर्ने दिशामा मात्र होइन सही मार्गमा ल्याउने प्रयास स्वरुप अगाडि बढ्नु पर्दछ र वर्तमान सरकार यसो गर्न सक्ने अवस्थामा छैन। उल्लेखित चुनौतीको सामना राष्ट्रिय सहमतिको सरकारले मात्र गर्न सक्छ। प्रधानमन्त्री नेपालले यो परिस्थिति राम्ररी आँकलन गर्नुभएको छ र वहाँ राजीनामा दिन हतारिनु भएको छ। सहमतिमा आउन हिच्किचाउने माओवादी र बहुमतीय खेलबाट प्रधानमन्त्री बन्न खोज्ने कांगे्रसी नेतृत्व यी सहमतिका बाधक हुन् भन्दा अत्युक्ति हुनेछैन।
वर्तमान सरकारले विकास निर्माणका कामहरु प्रशस्तै गरेको छ। उद्घाटन र शिलान्यासहरुको हिसाबै छैन। सेमिनार बैठक र विदेश यात्रा पनि प्रशस्त गरेको छ। मुख्य बाटोमा हिंड्न नसकेको यो सरकारले अरु जतिसुकै राम्रो काम गरे पनि ती सबै ओझेलमा पर्नु अनिवार्य छ। घरमुलीले बाटो विरायो भने परिवार राम्ररी चल्न सक्दैन भन्ने सामान्य सिद्धान्त कसले नबुझेको छ र?
माओवादीले प्रष्ट भन्नसक्नु पर्छ- उसका निम्ति सरकारको नेतृत्व प्रमुख सवाल हो या संविधान निर्माण। त्यसैगरी कांग्रेसले प्रष्ट भन्न सक्नुपर्दछ - उसको निम्ति बहुमतीय सरकारको नेतृत्व प्रमुख हो कि सहमति कायम गरेर संविधान निर्माण गर्ने काम प्रमुख हो। नेकपा (एमाले)ले त आठौं राष्ट्रिय महाधिवेशनदेखि नै राष्ट्रिय सहमतिनिर्माण गर्ने सवालमा आफ्नो दृष्टिकोण प्रष्ट गरेको मात्र छैन, पार्टी नेतृत्व राष्ट्रिय सहमति निर्माण गर्न अहोरात्र लागिपरेको छ। एमालेका निम्ति शान्ति र संविधान प्रमुख एजेण्डा हुन्, सरकार प्रमुख एजेण्डा होइन। राष्ट्रिय सहमतिको सरकार एमालेको प्रमुख एजेण्डा हो किनभने राष्ट्रिय सहमतिको सरकार विना यी अभिभारा पुरा हुन सक्दैनन्।
हाल केही मानिसले नेकपा (एमाले) को नीति बमोजिम पार्टी अध्यक्षले राष्ट्रिय सहमतिका निर्माणका लागि गर्नुभएको प्रयासलाई गलत अर्थ लगाउँदै प्रधानमन्त्री बन्ने कसरतको रुपमा बुझ्ने घृष्टता गरेको पाइन्छ। खनालले संविधानसभाको परिणामपछि नै राष्ट्रिय सहमति निम्ति प्रधानमन्त्रीको प्रस्ताव पटक-पटक अस्वीकार गर्नुभएको छ।
माओवादी इतर गठबन्धनको नेतृत्व गर्ने कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको प्रस्ताव संविधान निर्माणका लागि माओवादीलाई सँगै लिएर बढ्नुपर्दछ र राष्ट्रिय सहमतिको सरकारनिर्माण गर्नुपर्छ भन्ने दृष्टिकोणसहित वहाँले अस्वीकार गर्नुभएको इतिहास कसैले पनि विर्सन मिल्दैन। बहुमतीय सरकारको नेतृत्व नीतिगत असहमतिका कारण नै वहाँले पटक पटक अस्वीकार गर्दै आउनुभएको छ। आगामी सरकारको नेतृत्व निम्ति पनि खनाल मरिहत्ते गर्ने मानिस होइन भन्ने सत्यप्रति यो बुझपचाइ किन?