जय जनता !
१२ वैशाख २०८१
•
६ मिनेट पाठ
जय जनता !
हीनताबोध र लघुताभासले ग्रस्त वर्तमान समाजमा यी र यस्ता केही सुखद ‘आश्चर्य’ मा यदि कसैले हकदाबी गर्छ भने ती शासक हुन सक्तैनन्। ती नेपाली नागरिक हुन् जसले अनेक कष्ट सहेर देशलाई पहिचान र आत्मसम्मान दिलाएका छन्।




हामी नेपालीलाई थाहा हुनुपर्ने एउटा नयाँ खबर छ। त्यो हो– फ्रान्सको पेरिसबाट निस्कने विख्यात म्यागेजिन ‘होलिडे’ ले आफ्नो नयाँ अंक नै ‘काठमाडौं’ माथि समर्पित गरेको छ। विज्ञापनबाहेक १५२ पृष्ठको यो पत्रिकाका सबै पृष्ठ काठमाडौंमाथि नै केन्द्रित छ। पत्रिकाले किन काठमाडौंमाथि नै पूरै (१५२ पृष्ठ) प्रकाशनको निधो गर्‍यो भन्नेबारे सम्पादक मार्क बुजी आफ्नो छोटो लेखको बिट मार्दै लेख्छन्– ‘सत्यभूमिको राजधानी (काठमाडौं)  मा स्वागत छ !’

अधिकांशलाई आशा थियो, २०६२/६३ सालको आन्दोलनपछि नयाँ संविधान आउनेछ र देश विकासको अर्को चरणमा प्रवेश गर्नेछ। ढिलै र कैयन् विवादबीच नै सही, २०७२ सालमा संविधान आयो। संविधानले आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई संस्थागत पनि गर्‍यो। तर जनताले खोजेको समृद्धिको यात्रामा देशले गति लिन सकेन।

फलस्वरूप एकातिर आज पनि रोजगारीका लागि एक हजारभन्दा बढी गरिब युवा बिदेसिन बाध्य छन्। मर्न पनि सकिन्छ भन्ने ज्ञात हुँदाहुँदै द्वन्द्वग्रस्त रुसी सेनामा भर्ना हुन अभिशप्त छन्। अर्कातिर मध्यम वर्गका सन्तान अमेरिका र युरोपका विश्वविद्यालयहरूका लागि विदेशी मुद्रा आर्जन गर्ने स्रोत बन्न पुगेका छन्।

वास्तविकता के छ भने देश युवाविहीन बन्न थालेको छ, सपनाविहीन बन्न थालेको छ। ‘नेपालमा के छ र बस्ने ?’ भन्ने प्रश्न स्वयं भाष्यमा परिणत भएको छ। यो भन्न किञ्चित अतिशय हुँदैन कि अहिलेको देशमा कुशासनकाल छ। लोकतन्त्र छ तर भ्रष्टतन्त्रको रजगज छ।

गरिब नेपालीले पठाएको विप्रेषणका भरमा देशको अर्थतन्त्र चलिरहेको छ। योग्य नागरिक सपनाको खेती गर्न माहिर अयोग्य शासक भोग्न विवश छन्। किनकि अपवादबाहेक हाम्रा राजनीतिक नेतृत्व देशलाई सपार्ने होइन, बिगार्ने र केवल आफ्नाहरूको वित्तपोषणमा लिप्त छन्।

वैश्वीकरणको चुनौतीको सामना गर्नु त कता हो कता, सामाजिक न्यायमा आजपर्यन्त वञ्चितीकरणमा परेकाहरूप्रतिको दायित्वबाट समेत पछि हटिरहेका छन्। आफूलाई राजनेता भनाउन लालायित हाम्रा नेताहरू कति रणभुल्लमा छन् भन्ने प्रमाण के हो भने लोकतन्त्रका खातिर लडेका हिजोका सञ्चारमाध्यमूलाई उनीहरू खारेज गर्छन् र भर्चुअल प्लेटफर्म सामाजिक सञ्जालको दुनियाँमा लोकतन्त्रको वकालत गर्छन्।

परिदृश्य यस्तो भए पनि ऐतिहासिक विकासक्रमले हामी नेपालीलाई अवसादमा बाँच्ने छुट कदापि दिँदैन। खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालले केही क्षेत्रमा यस्ता प्रगतिसँग साक्षात्कार गरेको छ, जसका आधारमा हामी आत्मविश्वासी मात्र होइन, छिमेकी र विश्वका कतिपय देशका दृष्टिमा समेत उदाहरणीय बनेका छौं।

प्रकृतिले नेपाललाई संसारकै शिर सगरमाथा दिएको छ। भूगोलले दुःखको कारण खोज्ने सिद्घार्थ गौतमजस्ता मनीषीलाई यही माटोमा जन्मिएको भन्न सक्ने हक दिलाएको छ। आर्थिक विकासको परिभाषामा नेपाल ‘अल्प विकसित’ बाट ‘मध्यम आय भएका’ देशतर्फ स्तरोन्नति भए पनि भौगोलिक, जातीय, सांस्कृतिकलगायत जैविक विविधतामा नेपाल विश्वकै धनी देशको सूचीमा पर्छ।

बेतुकको आत्माश्लाघा होइन, विगत सधैं सुन्दर अनि आगत केवल अत्यासलाग्दो देख्ने आभासी सत्य पनि होइन। बरू हामीले के स्मरण गर्नुपर्छ भने हामी नेपालीले अहंकार होइन अभिमान गर्नुपर्ने थुप्रै चिज हामीभित्रै छन्।

जस्तो कि दक्षिण एसियाकै सबैभन्दा जेठो देश नेपाल आजका दिनसम्म सबैभन्दा बढी लोकतान्त्रिक देश पनि हो। खुला समाजका लागि नेपाल दक्षिण एसियाकै लागि ‘सांस्कृतिक राजधानी’ बनेको छ। अन्यत्रबाट देशै छाडेर आउन बाध्य नागरिकका लागि सुरक्षित आश्रयस्थल प्रदान गरेर उच्च मानवता प्रदर्शन गर्ने देशका रूपमा समेत नेपाल नामी छ।

संसारमा बहादुरीका लागि प्रसिद्ध गोर्खाली नेपाली शान्ति स्थापनामा पनि विश्वदूत कहलिएका छन्। समुदायमा आधारित हाम्रा थुप्रै मौलिक अभ्यास विश्वका लागि सिकाइ भएका छन्। महिला, दलित, लैंगिक अल्पसंख्यकको अधिकारका क्षेत्रमा हाम्रा कानुन सीमाबाहिर पनि नजिर बनेका छन्।

पहिले आफ्नै हिमालमा विदेशी आरोहीका भरियामा सीमित हाम्रा आरोहण सहयोगी आज आरोहणकै दलको नेता बनेका छन्, संसारमा ‘शेर्पा’ जसरी पनि काम फत्ते गर्ने साहसीको पर्यायवाची ‘ब्रान्ड’का रूपमा परिचित छ।

वर्षौं अँध्यारोमा बस्न बाध्य देश अहिले उज्यालो मात्र होइन, जलविद्युत् बेच्न सक्ने बनेको छ। नेपालका सिमेन्टले भारतमा महल बन्न थालेका छन्। आँखा उपचारमा नेपालले विश्वमै नाम कमाएको छ।

कला र गलामा नेपालीले दुनियालाई मुग्ध पारेकै छन्। नयाँ पुस्तामा प्रबल गुरुङ, सन्तोष साह, आङछिरिङ शेर्पा त केही प्रतिनिधि मात्र हुन्। सावित्रा भण्डारी अहिले युरोपमा लिग फुटबल खेल्दैछिन्, रोहित चन्दले आफूलाई विदेशी लिगमा सिद्ध गरिसकेका छन्।

देशले टेस्ट खेल्न थाल्ने हो भने हाम्रा बुद्धिबहादुर प्रधान पनि लड्र्सजस्ता मैदानमा अम्पायरिङ गरिरहेका देखिनेछन्। विदेशमा सस्तो श्रमिक मानिएका नेपाली अहिले युरोप, अमेरिकामा स्थानीय निर्वाचन लड्न र जित्न थालेका छन्।

सबैभन्दा ठुलो सान त के भने विदेशका नामी विश्वविद्यालयहरूमा अब नेपाली गुरु भेटिन्छन्, जो विदेशीलाई पिएचडी गराइरहेका छन्। यी र यस्ता अनेक चरित्र र पात्र छन्, जसलाई हामी हाकाहाकी हाम्रो सौम्य शक्ति (सफ्ट पावर) भन्न सक्छौं।

तर, हीनताबोध र लघुताभासले ग्रस्त वर्तमान समाजमा यी र यस्ता केही सुखद ‘आश्चर्य’मा यदि कसैले हकदाबी गर्छ भने ती शासक हुन सक्तैनन्। ती त नेपाली नागरिक हुन् जसले अनेक कष्ट सहेर देशलाई पहिचान र आत्मसम्मान दिलाएका छन्, कियोको ओगुराले लेखे झैं ‘जनता जागेका बेला’ मात्र नेपालमा संसारले नै उदेक मानेका परिवर्तन सम्भव भएका छन्। ती अरू कोही होइनन्, नेपाली जनता नै हुन्, हाम्रै समुदाय हुन्, जसले देश जोगाएका छन्, बचाएका छन्। जसलाई हामी हाकाहाकी हाम्रो सौम्य शक्ति (सफ्ट पावर) भन्न सक्छौं।

यदाकदा कुनै अवस्थिति वा सन्दर्भको फेरो समातेर हामी नागरिक पनि आफ्नो वास्तविक शक्ति पहिल्याउन नसकेर बेलाबखत अनेकौं ‘राष्ट्रवाद’ को आवरणमा सार्वजनिक खपतका लागि गरिने, बोलिने चर्का भ्रमित स्वरसँग स्वर मिलाउन पुग्छौं। तर, सत्य के हो भने त्यो रैथाने लोकतन्त्र नै हो जसको जगमा टेकेर मात्र हामी सामाजिक न्यायसहितको विकासको अर्को बुइँकल उक्लन सक्छौं। सामाजिक सम्बन्धहरूलाई विकट होइन निकट बनाउन सक्छौं।

राजतन्त्र, राणातन्त्र, राजा महेन्द्रको पञ्चायततन्त्र, प्रजातन्त्र, राजा ज्ञानेन्द्रको अहङ्कारतन्त्र हुँदै जनताको अथक संघर्ष र बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको यो देशमा आज फेरि लोकतन्त्र दिवस मनाउने सुअवसर हामीलाई जुरेको छ।

देशलाई अस्थिर, अनैतिक र आसेपासे पुँजीवादबाट मुक्त बनाउने अभिभारा आएको छ। त्यसो गर्न सके मात्रै सही अर्थमा फ्रान्सेली पत्रकार मार्कले देख्न चाहेजस्तै नेपाल सत्यभूमि र काठमाडौं सत्यभूमिको राजधानी बन्ने छ।

हामी सबैमा लोकतन्त्र दिवसको शुभकामना !
अर्को समाचार
जनता समाजवादी पार्टीमा विवाद अझै मिलेन
०१ जेष्ठ २०७७
•
१० मिनेट पाठ
जनता समाजवादी पार्टीमा विवाद अझै मिलेन
जनता समाजवादी पार्टीमा निर्वाचन आयोगमा कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने भन्ने विवादको टुंगो अझै लागेको छैन । पार्टीमा मयर्दाक्रमको विवाद पनि मिल्न सकेको छैन । वैशाख १० गते मध्यरातमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकीकरण भई जनता समाजवादी पार्टी गठन गर्ने सहमति भएको थियो । त्यसको भोलिपल्टै नवगठित पार्टीका नेताहरू निर्वाचन आयोग र संसद् सचिवालय गई पार्टी एकीकरण भएको जानकारी गराएका थिए । कानुनअनुसार आयोगमा निबेदन दिएको ४५ दिनभित्र आयोगले मागेका सबै कागजातहरू बुझाउनु पर्ने छ ।




यसकोलागि एकीकृत पार्टीको विधान,घोषणा पत्र,संगठनात्मक संरचना र कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने,नेतृत्व गर्ने व्यक्तिको नाम लगायतका कागजाताहरू आयोगमा बुझाउनु पर्छ । स्रोत भन्छ, पार्टीको नेतृत्वका लागि विभिन्न चरणमा बिकल्पमा छलफल भइरहेको छ  तर कुनै पनि बिकल्पमा सहमति जुट्न सकेको छैन । 

पार्टी एकीकरण गर्ने सहमति हुँदा पहिलो अध्यक्षमा महन्थ ठाकुर र दोश्रो मर्यादामा बाबुराम भट्टराईलाइ राख्ने सहमति भएको थियो । अरु नेताको हकमा पछि छलफल गर्ने सहमति भएको थियो । स्रोत भन्छ,नव गठित पार्टीमा कार्यकारिणी समिति, राजनीतिक समति र केन्द्रीय समिति बनाउने विषयमा छलफल भइरहेको छ । तर कुन नेतालाई कुन समितिको अध्यक्षताको जिम्मेवारी दिने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । पूर्व समाजवादीका नेताहरू ठाकुरलाई मानर्थ अध्यक्ष र भट्टराइलाई कार्यकारिणी समितिको अधयक्ष बनाउनु पर्ने अडान राखेका छन् ।  

उपेन्द्र यादव निकट नेताहरू भने तत्कालिन समाजवादी पार्टीमा झै यादवलाई कार्यकारीणी समितिको अध्यक्षको जिम्मेवारी दिनु पर्ने अडान राखेका छन् । तत्कालिन समाजवादी पार्टीमा राष्ट्रिय परिषद्को अधयक्ष भट्टराइ र कार्याकारिणी समितिको अध्यक्ष थादव थिए ।  पूर्व राजपाका नेताहरू पहिलो मयार्दामा ठाकुरलाई राख्ने हो भने कार्यकारिणी अधिकार पनि ठाकुरलाई दिनु पर्ने अडान राखेका छन् ।

स्रोतको अनुसार हालसम्म भएको छलफलमा मयार्दाक्रमा पहिलो स्थानमा ठाकुर, दोश्रोमा भट्टराइ, तेश्रोमा यादव, चौथोमा राजेन्द्र महतो, पाँचौमा अशोइ राइ, छैटौमा महेन्द्र यावद र सातौंमा शरतसिंह भण्डारीको स्थान रहने सम्भावना रहेको छ ।  सुरु देखि नै असन्तुष्ट जनाउँदै आएका अनिल झा र राजकिशो यादवलाई कसरी व्यवस्थापन गर्ने भन्ने अर्को चुनौती थपिएको छ ।  नव गठित पार्टीका सबै शिर्ष नेताहरूले जनता समाजवादी पार्टीमा राजपाकोे  जस्तो अध्यक्ष मण्डल नरहने बताउँदै आएका छन् । तर नेतृत्व मण्डल कस्तो हुन्छ भन्ने जिज्ञासामा भने उनीहरूले प्रष्ट्र बोल्दैनन । ‘सबै विकल्पमा छलफल भइरहेको छ । तर कुनै बिकल्पमा टुंगो लागेको छैन’भण्डारीले भने,‘तर जनता समाजाद पार्टीमा राजपा जस्तो अध्यक्ष मण्डल नराख्ने विषयमा भने करिब करिब सहमति भएको छ ।’

दुवै पार्टीका नेताहरूको बराबरीको सिद्धान्तको आधारमा दुई पार्टीवीच एकीकरण भएको दावी गर्दै भएका छन । सहमति अनुसार बराबरी सिद्धान्तको आधारमा केन्द्रदेखि गाउँसम्म संगठनात्मक संचरना तयार हुने दुवै पार्टीका नेताहरूको भनाइ छ ।  

नव गठित पार्टीको केन्द्रीय समितिको आकार कति ठूलो बनाउने भन्ने विषयमा टुंगो लगाउन पार्टीका शिर्ष नेताहरूलाई अर्को चुनौती थपिएको छ । एकीकृत पार्टीको केन्द्रीय समिति बढीमा २सय सम्मका हुने पार्टीका नेताहरूले जनाएका छन् ।  

तत्कालिन राजपा र समाजवादीका केन्द्रीय सदस्यहरूलाई नव गठित पार्टीको केन्द्रीय समितिमा राख्दा एकीकृत पार्टीमा केन्द्रीय सदस्यको सख्या १३सय भन्दा बढीको हुन्छ । यती ठूलो संख्यामा केन्द्रीय समितिको आकार बनाउन उपयुक्त नहुने पार्टीका सबैजसो नेताहरूको भनाइ छ । ‘वैशाख १० गते राती जुनसुकै अवस्थामा पनि राजपा र समाजवादीवीच एकीकरण प्रक्रियालाई टुंगोमा पु¥याउनै पर्ने बाध्यता थियो’तत्कालिन राजपाका एक पदाधिकारी भन्छन,‘बाँकि अरु  ऐजण्डामा पछि छलफल गर्ने भन्दै हतारमा टुंग्याऔ । त्यसैले अब यी विषयमा टुंगो लगाउन चुनौती थपिएको छ ’ ।आयोगमा बुझाउन  केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलनको काम भने पूरा भएको पार्टीका नेताहरूले जनाएका छन् ।

आयोगमा बुझाउन पार्टीको घोषणापत्र र विधानको अझै टुंगो लागेको छैन । विधान मस्यौदा समितिले बनाएको विधान र घोषणा पत्रको मस्यौदालाई पार्टीका शिर्ष नेताहरूले पुनर्लेखन गर्न निदेृशन दिएका छन् । घोषणा पत्रमा नव गठित पार्टीलाई कम्युनिज्म आइडोलोजि (सिद्धान्त)मा लैजाने कि लोकतान्त्रिक आइडोलोजिमा लैजाने भन्ने विषयमा पार्टीका नेताहरू एक मत हुन सकेका छैनन् ।  यसकारण पार्टीको घोषणापत्र र विधानमा टुंगो नलागेको पार्टीका नेताहरू बताउछन् ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस