फुटबल र साम्बा नृत्य ब्राजिलको पहिचान भइसकेका छन्। ब्राजिलीहरू फुटबल खेल्छन्, जित्छन् र खुसी मनाउन साम्बा नृत्य गर्छन्। पाँच पटक फुटबलको विश्व विजेता ब्राजिललाई साम्बा नृत्य गर्ने अवसर पनि यही खेलले पटकपटक दिएको छ।
मैदानमा फुटबलका साथ दगुरी रहेका ब्राजिलका खेलाडीको गोडा अगाडिबाट बल झिकिदिने हो भने उनीहरूको कुदाइको ताल साम्बा नृत्य जस्तो हुनसक्छ। त्यस्तै साम्बा नृत्यमा रमाइरहेका ब्राजिलीको गोडाअगाड बल राखिदिए त्यो नृत्य शैली फुटबल खेलको जस्तो हुनसक्छ।
फुटबलले ब्राजिललाई यस लोकनृत्यको अवसर गत मंगलबार पनि दिएको थियो। छैटौँ पटक विश्वकप उपाधि जितेर नयाँ कीर्तिमान बनाउने अभियानमा लागेका उनीहरूका सामु उत्तर कोरियाजस्तो अपरिचित टिम थियो। दुवैको स्तरको भिन्नता हेर्ने हो भने त्यो ब्राजिलको उत्तेजक साम्बा नाच र उत्तर कोरियाको साम्यवादी शासनजस्तै थियो अर्थात् कतै नमिल्ने। कहाँ विश्व फुटबलको नेतृत्व गरिरहेको ब्राजिल कहाँ एक सय पाँचौ स्थानमा झुन्डिएको कम्युनिस्ट उत्तर कोरिया!
फुटबलको दुनियामा ठूल्दाइ बनिसकेको ब्राजिल छैटौँ पटक कप उचालेर अजेय बन्ने धुनमा थियो भने किम जोङ इलको फुटबल सेनासँग सन् १९६६ मा इटलीमाथि अप्रत्याशित जित हाँसिल गर्दै क्वार्टर फाइनल पुगेको गहकिलो सम्झनाबाहेक केही थिएन। तर २१ औँ शताब्दीको यात्रामा एक्लै निस्केको उत्तर कोरियाजस्तै त्यसको टिम पनि सबैका लागि अनौठो थियो। र यही अनौठोपनले त्यसलाई रहस्यमय पनि बनाएको थियो। अनी कोरियाली टिमको यही रहस्यले नै विश्वकपको यस खेललाई आकर्षण प्रदान गरेको थियो। वास्तवमा मंगलबार भएको यी दुई टिमबीचको भिडन्तले सबैको चासो बनेको थियो।
उत्तर कोरियाको खेल शैली र रणनीति बाँकी विश्वका लागि अनुमानमा सीमित थिए। विश्वकप सुरु हुँदासम्म उत्तर कोरियाका बारेमा चर्चित विषयमा दक्षिण कोरियासँगको तीतो सम्बन्ध, परमाणु हतियार निर्माण गरेकोमा अन्तर्राष्ट्रिय समुदायबाट नियमितरूपमा आलोचित एवं प्रतियोगिताको केही अघिमात्र ४६ जना मारिने गरी दक्षिण कोरियाको युद्धपोतलाई समुद्रमा डुबाएको घटना थिए।
शासन पद्धतिका कारण बाँकी विश्वसँग लगभग एक्लिएको र अन्तर्राष्ट्रिय समुदायको असहज व्यवहार बोकेर उत्तर कोरिया विश्वकपमा सहभागी हुन गएको थियो। यसका स्ट्राइकर जोङ ताए से जापानमा जन्मेर त्यहँको जे लिगमा खेलेका व्यक्ति हुन्। त्यसबाहेक अर्का खेलाडी होङ जोसँग रुसी लिगको अनुभव थियो भने मिडफिल्डर आह्न योङले जापानी फुटबलको अनुभव बोेकेका थिए। तर अन्य टिमका लागि कोरियाली रहस्य बुझ्न यत्ति पर्याप्त थिएन। साथैे यस रहस्यले कोरियाली टिम सामु ब्राजिलको उत्कृष्टतालाई कम गर्न सक्तैनथ्यो। त्यसैले त्यस खेलको परिणामको अन्तर पनि लगभग दुबैको वरीयताजस्तै हुने लख काटिएको थियो।
कोरियाली प्रशिक्षक किम जोङ हङले म्याच अघि नै आफ्नो टिमले ब्राजिलको स्तरलाई राम्ररी बुझेको र त्यसका लागि आफ्ना खेलाडी तयार भएको बताएका थिए। 'हामीलाई थाहा छ, ब्राजिल सशक्त टोली हो। यो तथ्यलाई हाम्रो टिमले मानसिकरूपमा बुझेको मात्र छैन, त्यसका लागि तयार पनि भएर आएको छ।' प्रशिक्षकको यस भनाइले उनको टिम ९० मिनटसम्म आफ्नो शत प्रतिशत दिएर खेल्ने अनुमान गर्न सकिन्थ्यो तर त्यतिले छैटौँ उपाधि जित्ने अभियानमा लागेको ब्राजिलसामु खासै अवरोध खडा गर्न सक्थ्यो त? त्यसैले दर्शक ब्राजिलको सहज विजयको अनुमान गर्दै खेल हेर्न गएका थिए। तर कमजोर मानिएको उत्तर कोरिया विरुद्ध २-१ को जित सहित फर्कन ब्राजिललाई निकै कसरत गर्नु परेको थियो।
उत्तरार्द्धको १० औँ मिनटमा रक्षा पंक्तिका माइकोनले ज्यामितीय सिद्धान्तविपरीत गोल गर्दै अग्रता दिलाउनु पूर्व उत्तर कोरियाले विश्वको उत्कृष्ट मानिएको टिमलाई खुलेर खेल्न दिएको थिएन। प्रारम्भदेखि नै आक्रमण थालेर अग्रता बढाउने प्रयासमा लागेका ब्राजिलका सबै खेलाडीले उत्तर कोरियाली 'कम्युन'को कडा प्रतिरोधको सामना गर्नुपर्थ्यो। लाग्थ्यो ब्राजिलका नायकहरूले गुमनाम कोरियालीबाट यस किसिमको कडा प्रतिरोधको अपेक्षा गरेकै थिएनन्। रक्षा पंक्ति सशक्त देखिएको थियो। एक जना ब्राजिलका खेलाडीविरुद्ध कोरियाली टिम नै भिडन्तका लागि अगाडि बढेजस्तो लाग्थ्यो। जति उत्कृष्टरूपमा ब्राजिलका खेलाडीले बललाई कोरियाली डी एरियाभित्र लैजान्थे त्यतिनै सुन्दरताका साथ कोरियाली रक्षा पंक्तिले बल 'क्लियर' गर्थ्यो। रक्षा पंक्तिलाई छक्याउन सकेको अवस्थामा ब्राजिलको प्रहारलाई गोलरक्षकले उत्कृष्ट प्रयास सहित निस्तेज तुल्याउँथे।
त्यसैले पूर्वार्द्धको पूरा ४५ मिनट र मध्यान्तरपछिको ९ मिनटसम्म चिन्ता र निराशा बोकेका ब्राजिलका प्रशिक्षक डुंगाको अनुहार बेला बेलामा टेलिभिजनको पर्दामा हेर्न पाइन्थ्यो। लाग्थ्यो, छैटौँ पटक उपाधि जित्ने अभियानको यस्तो चुनौतीपूर्ण प्रारम्भ उनले चिताएका पनि थिएनन्। ब्राजिलको उत्तेजक साम्बा नृत्य कोरियाली 'कम्युन'को कडा अनुशासनको घेराभित्र छटपटाइरहेको थियो। ब्राजिलको गति र उत्कृष्टता कोरियाली रहस्यभित्र अल्झिएको थियो। त्यो रहस्य अभेद्य पर्खालका रूपमा रहेको उत्तर कोरियाली रक्षा पंक्तिमा देखिएको थियो। उनीहरूको आपसी तालमेल सहितको पासमा देखिएको थियो।
उत्तरार्द्धको दशौँ मिनटमा आश्चर्यजनकरूपमा प्राप्त अग्रताले पनि डुंगाका लस्करले हलंुगो अनुभव गर्न सकेका थिएनन्। खेलको ७२ औँ मिनटमा इलानोले गोल गरेपछि भने कोरियाली अनुहारबाट रहस्यको घुम्टो उठेको भान भएको थियो। तर ८९ औँ मिनटमा जे युन नामले प्राप्त अवसरलाई गोलमा परिणत गर्दै ब्राजिललाई बढी उत्साहित नहुन चुनौती दिए।
अन्ततः ब्राजिल २ - १ को परिणाम लिएर फर्क्यो। त्यो परिणामले उत्तर कोरियाको आत्मविश्वास बढाएको थियो। तर त्यतिकै आत्मविश्वास त्यस परिणामले ब्राजिललाई दिएको थियो त?
ब्राजिलविरुद्धको त्यस खेललाई सन् १९८२ को नयाँ दिल्ली एसियाडअन्तर्गत नेपाल र कुवेतको खेलसँग जोडेर हेर्न सकिन्छ। नवौँ एसियाली खेलमा नेपाली फुटबलले पहिलो अन्तर्राष्ट्रिय सहभागिता जनाउँदै थियो। त्यो पनि भरखरै विश्वकप खेलेर आएको कुवेतजस्तो टिमसँग। सबैको उत्सुकता गुमनाम नेपाली टिमले कुवेतविरुद्ध कति गोल खान्छ भन्ने थियो?
परिणामले कुवेतलाई ३-१ को अन्तरले जिताएको देखाए पनि नेपाली टिम मनोवैज्ञानिक जित हासिल गरेर फर्केको थियो। वाई बी घलेले गरेको एकमात्र गोलले नेपालीको प्रतिभाका साथै कुवेती टिमको रक्षा पंक्ति अभेद्य नभएको साबित गरेको थियो।
अर्को दिन रेडियो र पत्रपत्रिकामा नेपाली टिमले देखाएको बहादुरीको बखानको गाथा थियो। 'केटाकेटीजस्ता देखिने होचा कदका नेपालीले कुवेतीलाई फलामको चिउरा चपाउन लगाए।' समाचारको सार यस्तै थियो।
तर खेलमा महत्वपूर्ण पक्ष आफ्नो लय र स्तरलाई कायम राख्नु हो। नेपाली टिम त्यसमा सफल हुन सकेन र बर्मा (म्यानमार)विरुद्धको अर्को खेलमा ०-३ अन्तरको पराजय भोग्यो।
उत्तर कोरियाली टिमले ब्राजिलविरुद्ध देखाएको उत्कृष्टतालाई आगामी खेलमा कायम राख्नसक्छ सक्तैन भन्ने हेर्नै बाँकी छ। अबका खेलमा सफल हुन नसकेमा ब्राजिलविरुद्धको कोरियाली जुझारुपन बिजुली चम्केजस्तै निमेष भरको हुनेछ। तैपनि उसको पहिलो टक्करले ब्राजिलजस्तो टिमलाई पनि चिन्तित भने बनाएको हुनुपर्छ।