जेठ २८ देखि दक्षिण अफ्रिकामा १९ औं विश्वकप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताले विश्वका अर्बौं फुटबलप्रेमीलाई एक महिनासम्म मनोरञ्जन प्रदान गर्नेछ। विज्ञान प्रविधिमा भएको पछिल्लो विकासका कारण स्याटेलाइटमार्फत् विश्वकपका सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण नेपाललगायतका विश्वका प्रायः सबै देशमा देख्नसकिने भएको छ।
भनिन्छ, यसपालिको विश्वकपमा प्रयोग गरिने फुटबलको निर्माणमा अहिलेसम्मकै सबैभन्दा उच्चतम प्रविधिको प्रयोग भएको छ। यसबाट अन्तर्राष्ट्रिय खेलको विकासमा विज्ञान प्रविधिको भूमिका पनि स्पष्ट हुन गएको छ।
फुटबल मलाई सानैदेखि मनपर्ने खेल हो। मैले पहिलोपल्ट सन् १९७० मा मेक्सिकोमा आयोजित विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्ने मौका पाएको थिएँ। सन् १९६९ मा उच्च अध्ययनको लागि तत्कालीन पश्चिम जर्मनीको बोन विश्वविद्यालयमा अध्ययनरत थिएँ। विश्वकप सुरु हुँदा म बिरामी भएर बोन विश्वविद्यालयको टिचिङ् हस्पिटलमा उपचार गराउँदै थिएँ। विश्वकपका सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण अस्पतालको ओछ्यानमै बसेर हेरेको थिएँ। भरखर भरखर जर्मनी आइपुगेकोले होला, त्यतिबेला जर्मनीको राष्ट्रिय टिमसँग मेरो भावनात्मक सम्बन्ध विकास भएको थिएन। मेरो ‘फेभरेट टिम' ब्राजिल र मनपर्ने खेलाडी पेले थिए। पेलेलाई खेलेको देख्न पाउँदा र ब्राजिलले उपाधि जित्दा निकै खुसी लागेको थियो।
जर्मनीको बसाइसँगै जर्मन फुटबलप्रति मेरो आकर्षण बढ्दै गयो र जर्मनीको राष्ट्रिय टिम मेरो पनि मनपर्ने टिम बन्न थाल्यो। जर्मनी खेलेको कुनै पनि अन्तराष्र्ट्रिय खेल म छुटाउँदिनथेँ। १९७० को दशकमा जर्मनी निकै शक्तिशाली टिम थियो। धेरैजसो अन्तर्राष्ट्रिय खेल जित्ने गर्थ्यो। इङ्ल्यान्ड टिमका कप्तान बबी मुरले फुटबल खेलको परिभाषा दिँदै एउटा अन्तर्वार्तामा कुनैबेला भनेका थिए, 'फुटबल खेल एक यस्तो खेल हो जस्मा २२ जना खेलाडीले एक गोलाकारको वस्तुलाई ९० मिनेटसम्म खुट्टाले हिर्काइरहन्छन् र अन्तमा जर्मनीले जित्ने गर्छ।' जर्मनीमा फुटबल निकै लोकप्रिय थियो र यसलाई निकै गम्भीरतापूर्वक लिने गरिन्थ्यो। राष्ट्रिय टिमले कुनै अन्तराष्र्ट्रिय खेल खेल्दा कतिपय जर्मनको लागि खेल जित्नु कुनै लडाईँ जित्नुजस्तो गम्भीर विषय हुनेगर्थ्यो। खेल भइरहेको बेला सडक प्रायः खाली हुने गर्थ्यो।
जर्मनीमा अध्ययनरत छँदा बुन्देसलिगाका खेलहरू प्रायः हेर्ने गर्थेँ। बुन्देसलिगामा बार्यन म्युनिच मेरो ‘फेभरेट टिम' थियो। त्यसैगरी साल्के शून्य चार पनि मलाई मनपर्ने टिम थियो। यी टिमहरू खेलेको खेल म प्रायः छुटाउँदिनथेँ। सन् १९७० को दशकमा बार्यन म्युनिच जर्मनीमात्र होइन, युरोपकै उत्कृष्ट टिम थियो। बार्यन म्युनिचका गोलरक्षक सेप मायर, कप्तान फ्रान्स बेकेनबावर, स्कोरर गेर्ड म्युलर र डिफेन्स खेलाडी पाउल ब्राइटनर मेरा मनपर्ने खेलाडी थिए। अन्य खेलाडीमा जर्मन टिम म्योन्सेनग्लाडबाखका गुन्टर नेत्जर र नेडरल्यान्डस्को टिम आयाक्स आमस्टरडामको जोहान क्रइफ मेरा मनपर्ने खेलाडी थिए।
त्यतिबेला जर्मनीको राष्ट्रिय टिमको गेर्ड म्युलर युरोपमा सर्वाधिक गोल गर्न सफल स्कोरर थिए। उनी अरू खेलाडीसरह खेलमैदानमा धेरै दगुर्ने गर्दैनथे। उनी सँधै प्रतिद्वन्द्वीको गोलपोस्ट अगाडि आफ्नो टिमका साथीहरूबाट उपयुक्त पासको प्रतिक्षा गरिरहन्थे। कतिपयले उनलाई अल्छी खेलाडी पनि भन्ने गर्थे। तर गोलपोस्टको डी एरियामा उनको खुट्टामा बल पर्यो भने त्यो गोलमा परिणत हुने सम्भावना धेरै हुन्थ्यो। कतिपय खेलमा म्युलरले दुई चार पटकमात्र बल छुने अवसर पाउँथे, तर त्यसमध्ये धेरैजसो गोलमा परिणत हुने गर्थे। जर्मनहरू दबाबमा पर्दा र 'अन्डरडग'को स्थितिमा हुँदा प्रायः उत्कुष्ट खेल खेल्ने गर्दथे। सुरुमा एक दुई गोलबाट पछाडि परेपछि उनीहरू प्रायः निकै राम्रो खेल्दथे र अन्तमा खेल जित्ने गर्थे। पेनाल्टी सुटआउटमा पनि प्रायः जर्मनीले जित्ने गर्थ्यो।
सन् १९७४ मा जर्मनीमा आयोजित विश्वकप फुटबलका केही खेल मेरो निम्ति निकै रोमाञ्चक र अविस्मरणीय रहे। खेलको पहिलो चरणमा पश्चिम जर्मनी र पूर्व जर्मनीबीच प्रतिस्पर्धा हुनेवाला थियो। त्यतिबेला युरोपमा शीतयुद्ध चलिरहेको थियो। कतिपयले उक्त खेल कुनै दुई देशबीचको खेलमात्र नभएर खेलजगत्मा पुँजिवादी र साम्यवादी शक्तिबीचको लडाइँको रूपमा हेर्न थालेका थिए। त्यसैले उक्त खेल धेरैका लागि ठूलो चासोको विषय बनेको थियो। उक्त खेल बिदाको दिनमा परेको थियो। म खेल मिस गर्न चाहँदिनथेँ, तर त्यही दिन मलाई विश्वविद्यालय गएर प्रयोगशालामा केही महत्वपूर्ण प्रयोग गर्नु थियो। प्रयोगका लागि धेरै दिनदेखि तयारी गर्दै आएको थिएँ। मैले खेल वा प्रयोगमध्ये एकलाई त्याग्नुपर्ने अवस्था आएको थियो। त्यसैले आफनो टेलिभिजन सेट साथमै लिएर प्रयोगशाला पुगेको थिएँ र प्रयोग गर्दै खेल हेरेको थिएँ।
खेलकुदको क्षेत्रमा पूर्व जर्मनी धेरै राम्रो मानिए तापनि फुटबलमा पश्चिम जर्मनी निकै राम्रो मानिन्थ्यो। उक्त खेल पश्चिम जर्मनीले अत्यधिक गोलको फरकले जित्ने सबैको अनुमान थियो। मेरो पनि त्यही अनुमान थियो। तर सबैको अनुमानविपरीत उक्त खेल पूर्व जर्मनीले शून्यका विरुद्ध एक गोलले जितेको थियोे। पूर्व जर्मनीको उक्त जितले पश्चिम जर्मनीलाई ठूलै झट्का लागेको थियो। त्यतिबेला पश्चिम जर्मनीमाथि कुनै राष्ट्रिय विपत्तिनै आइपरेजस्तो भएको थियो। सम्पूर्ण राष्ट्र स्तब्ध र निराश भएको थियो। तर भाग्यवश उक्त खेल पहिलो चरणको थियो, नकआउट चरणको थिएन। मलाई आज पनि सम्झना छ, त्यतिबेला टिमको प्रशिक्षक हेल्मुट स्योन र कप्तान फ्रान्स बेकनबावरले टेलिभिजन अन्तर्वार्तामार्फत् आफ्नो टिमलाई अर्को चरणमा प्रवेश गराउने दृढता व्यक्त गरेका थिए र देशवासीलाई आफ्नो टिमप्रति विश्वस्त हुन आग्रह गरेका थिए। अन्त्यमा हेल्मुट स्योन र बेकनबावरले भनेजस्तै त्यसपछिका सबै खेल पश्चिम जर्मनीले जितेको थियो र जर्मनी फाइनलमा प्रवेश गरेको थियो।
फाइनलमा पश्चिम जर्मनी र नेडरलयान्डस्बीच खेल भएको थियो। उक्त खेल निकै सनसनीपूर्ण थियो। खेल सुरु भएको केही मिनेटमै नेडरल्यान्डस्ले गोल गरेर अग्रसरता लिएको थियो। हामी जर्मन समर्थक सबै स्तब्ध भएका थियौँ। केही समयपछि जर्मनीले पेनाल्टी हान्ने मौका पाएको थियो। बायर्न म्युनिखका पाउल ब्राइटनरले पेनाल्टी हान्न लागेको थिए। कतै ब्राइटनरले पेनाल्टी मिस गर्ने त होइन भन्ने सबैलाई तनाव थियो। त्यो क्षण कतिपय जर्मनका लागि कति तनावपूर्ण बनेको थियो भने उनीहरू पेनाल्टी हेर्न नसकेर हलबाट बाहिरिएका थिए। एक छिनलाई मेरो पनि सास बन्द भएजस्तो भएको थियो। ब्राइटनरले गोल छिराएपछि हलमा दर्शकहरू सबै खुसीले उफ्रेका थिए। म पनि उफ्रेको थिएँ। खेलको निर्धारित समय सकिनु केही मिनेटअघि गेर्ड म्युलरले जर्मनीका लागि दोस्रो गोल गरेका थिए र जर्मनीले विश्वकप जितेको थियो। जर्मनहरूको खुसीको सिमाना थिएन। उनीहरूलाई विश्वकप फुटबल होइन, विश्वनै जितेजस्तो लागेको थियो।
सन् १९७८ र १९८२ को विश्वकपको प्रत्यक्ष प्रसारण पनि जर्मनीमै हेरेको थिएँ।
त्यतिबेला नेपालमा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था भइसकेको थिएन, तर मलाई विश्वकप फुटबलको एक प्रकारको नशा लागि सकेको थियो। त्यसैले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्नकै लागि छात्रवृत्ति मिलाएर दुवै पटक जर्मनी पुगेको थिएँ। सन् १९९० मा जर्मनीमा आयोजित विश्वकप पनि त्यहीँ हेरेको थिएँ। त्यतिबेला पनि म जर्मनीमा अनुसन्धान गर्दै थिएँ। उक्त विश्वकपमा जर्मनीले तेस्रोपल्ट उपाधि जितेको थियो। जर्मनीमा छँदा विश्वकपका प्रत्येक खेल नछुटाइकन हेरेको थिएँ। सधैँ झैँ मेरो ‘फेभरेट टिम' जर्मनी थियो। यसरी सन् १९७० देखि १९९० सम्मको पाँचवटा विश्वकपको प्रत्यक्ष प्रसारण जर्मनीमा हेरेको थिएँ।
ममा विश्वकप फुटबलको नशा आजपनि छुटेको छैन। दक्षिण अफ्रिकामा हुने अधिकतम खेल हेर्ने विचार छ। स्वाभाविकरूपले यसपालि पनि मेरो ‘फेभरेट टिम' जर्मनी नै हो। तर जर्मनी १९७० को दशकमा जस्तो शक्तिशाली देखिँदैन। यसपालि जर्मनीले पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध चार गोलले विजय हासिल गरेपनि उपाधि जित्ने कमै सम्भावना देखिन्छ, तर सेमिफाइनलसम्म त पुग्ला भन्ने अनुमान गरेको छु।