तराईमा अपराध
०१ असार २०६७
•
७ मिनेट पाठ
तराईमा अपराध
तराईमा असुरक्षा बढ्नुको कारणमा राजनितिक अस्थिरता र भारतबाट भित्रिएको अवैध हतियार प्रमुख छन्। घातक हतियार सजिलै उपलब्ध हुँदा अपराधीहरू हौसिएका हुन्छन्। तराईको समाजमा मुद्दा मामिला पनि अपेक्षाकृत बढी हुन्छ।
यसले पनि तनाव बढाएर समाजलाई अपराध उन्मुख बनाएको छ। अपराधीलाई दिइने राजनीतिक संरक्षणले पनि अपराधका घटना बढाएको हो। समाजमा दाइजो, तिलक, लागू पदार्थ उत्पादन र ओसारपसार, वन फडाँनी, तस्करी खुलारूपमा भए पनि नियन्त्रण हुन सकेको छैन। अपराधी आफ्नै समाजको सदस्य पनि भएकाले कानुन कार्यान्वयन गर्ने निकायमा खबर गर्न कोही पनि तत्पर हुँदैन। अर्कोतिर, अपराधी गिरोहबाट पाइने आर्थिक लाभका कारण कानुन पालना गराउनेले पनि आफ्नो दायित्व बिर्सेर अपराधीलाई छुट दिएको उदाहरण देखिएको छ।




अपराध कर्मको एकअर्कासँग अन्योन्याश्रित सम्बन्ध रहेको देखिएको छ। लागू पदार्थको खेती गर्नेलाई आफ्नो फसलको सुरक्षाका लागि हतियार चाहिन्छ। लागू पदार्थका कारोबारीसँग प्रशस्त पैसा भएकाले हतियार खरिद गर्न कठिन हुँदैन। मधेशमा अपराधीको चलखल बढ्नुको एउटा कारण त यही लागू पदार्थको आकर्षण पनि हो। अपराधीकै डरले सामान्य जनतामा पनि व्यक्तिगत सुरक्षाको निम्ति पनि हतियार राख्ने प्रवृत्ति बढेको छ। कसैले हतियार किन्न खोज्यो भने सजिलै तत्कालै घरसम्म पुर्‍याइदिने गिरोह सक्रिय रहेको बताइन्छ। सस्तोमा साना तर आधुनिक घातक हतियार किन्न पाइने भएपछि अपराधीहरू किन्न लालयित हुनु स्वाभाविकै हो। राजनीतिक आवरणमा संगठित भूमिगत संगठनमा लागेकाले हतियार प्रयोग गर्ने गरेका छन्। एक वर्षमा प्रहरीले तराईका केही जिल्लामा मात्रै पनि सयभन्दा बढी हतियार बरामद गरेको छ।

तराईमा राजस्व छल्न तस्करी गर्ने प्रवृत्तिले पनि अपराध र अपराधी बढाएको छ। बारा पर्सामा ५७ जति धान कुट्ने सेलर मिल छन्। एउटाको लागत कम्तीमा एक करोड होला। तर ती सेलर मिलका निम्ति बारा पर्सामा उब्जने घानले महिना पनि पुग्दैन। भारतबाट चोरी निकासी भएर आउने धानले नै ती उद्योग चल्ने हुन्। सीमा सुरक्षा कडा हुनेबित्तिकै अर्बौं लगानीका ती उद्योग बन्द हुन्छन्।

नेपालमा अपराध गरेर अपराधी बेरोकटोक भारत प्रवेश गर्नसक्छ भने प्रहरीलाई प्रवेश सहज हुँदैन। त्यो पनि बर्दीमा हतियार लिएर त झन् कठिन हुन्छ। प्रहरीले भारत प्रवेश गर्न आवश्यक कानुनी र कूटनीतिक औपचारिकता पूरा गरुन्जेलसम्म अपराधी उम्की सक्छ।

तराईमा व्याप्त अपराध नियन्त्रण गर्न खुला सीमा बन्द गर्न सके उत्तम हुने थियो। तर यो अहिले सम्भव छैन। तर, सीमा क्षेत्रमा दुवै देशबाट बाक्लो सुरक्षाकर्मी चौविसै घन्टा तैनाथ गर्न भने सकिन्छ। नेपाल-भारत प्रवेशमा कडा निगरानी राख्नुपर्छ र दुवै देशका सुरक्षाकर्मी शंकास्पद व्यक्तिलाई छानबिनको दायरामा ल्याउनुपर्छ। कुनै बखत पनि अपराधी अर्को मुलुकमा लुकेर उम्कन नपाओस् र ओहोरदोहोर गर्न नसकोस् भनेर चनाखो हुनुपर्छ। बाक्लो सुरक्षा घेरा कायम हुन सकेमा अपराधीको मनोबल गिर्नेछ।

एकातिर अपराध गरेर अर्कातिर लुक्न जाने आटै गर्नेछैनन्। सीमामा सुरक्षाकर्मीको बाक्लो तैनाथीले अवैध हतियार ओसारपसार पनि नियनित्रत हुन्छ। भारत सरकारसँग छलफल गरेर सीमावर्ती गाउँ र बजारमा अवैध हतियार निर्माण कार्यलाई नियन्त्रण गर्न सक्नुपर्छ। दुवै मुलुकका प्रहरी सक्रिय भएमा हतियार ओसारपसार गर्ने गिरोह नियन्त्रित हुनेछन्। यस्तै, साना तिना घटनामा हतियार निकाल्नेहरूलाई कानुनबमोजिक कारबाही गर्न थालेमा पनि हतियार बोक्ने मानसिकता कम हुनेछ। हातहतियार मुद्दामा सजाय बढाए पनि अपराधी हतोत्साहित हुनेछन्।

तराईका सशस्त्र समूहसित वार्ता गर्न सरकारले चासो नदिएकाले पनि अशान्ति बढेको हो। सरकारले वार्तालाई प्राथमिकता दिएमा अपराध कम हुनेछ। भारतको सीमावर्ती गाउँमा हतियार उत्पादन गर्ने कारखाना रहेका र कृषिमा प्रयोग हुने सबारी साधनमार्फत् ओसारपसार गरिने चर्चा सुनिएको छ। यस्ता कारखाना बन्द गराउन भारत सरकारलाई विशेष आग्रह गर्नुपर्छ। नेपाल सरकारले द्वन्द्वका बखत नागरिक सुरक्षा नाममा दिएको करीब ३४ हजार हतियार पनि व्यवस्थित हुन सकेका छैनन्। यस्ता हतियार पनि अपराधी तत्वले दुरुपयोग गरेको हुनसक्ने हुनाले तिनको व्यवस्थापन हुनु आवश्यक छ। तर यी सबै उपाय अपनाउन सबैभन्दा बढी त मधेशवादी नेताहरू पनि तराईको सुरक्षाप्रति संवेदनशील हुनुपर्छ।
 
अर्को समाचार
सुरक्षा संकटमा जलेश्वर कारागार
नागरिक
१५ फागुन २०७०
•
५ मिनेट पाठ
सुरक्षा संकटमा जलेश्वर कारागार
जलेश्वर- उच्च जोखिमका दृष्टिले मुलुककै पहिलो जलेश्वर कारागार दिन प्रतिदिन असुरक्षित बन्दै गएको छ। तराईमा भूमिगत अपराध सञ्चालन गर्ने समूहका नाइके उल्लेख्य संख्यामा रहेको यो कारागार भौतिक रूपमा पनि यति जीर्ण भइसकेको छ कि कैदीबन्दीले सहजै भत्काएर भाग्न सक्ने जोखिम बढेको छ। अपराधका नाइकेहरू अत्यधिक संख्यामा एउटै थलोमा रहँदा उनीहरूबाट थप संकट निम्तिने खतरा छ।




अपराधिक गतिविधिमा संलग्न जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समूहका अध्यक्ष राजन मुक्ति भनिने रञ्जित झा र जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाका पृथ्वी सिंह भनिने श्याम यादव यसै कारागारमा छन्। त्यस्तै, पत्रकार उमा सिंह हत्याका मुख्य अभियुक्त उमेश यादव र दर्जनबढी गम्भीर अपराध मुद्दा लागेका दीपक सिंहलगायत भूमिगत आपराधिक संगठनका २२ कार्यकर्ता एउटै मेसमा खाने गरी भेला हुन पाएका छन्। 
मंगलबार आफन्त कैदी भेट्ने निहुँमा आएका दुई जनासँग पेस्तोलको गोली फेला परेपछि कारागारको सुरक्षा अझ संकटमा परेको बुझ्न सकिन्छ। दिउँसो साढे ३ बजे भारतीय नम्बरका मोटरसाइकलमा नवीन सिंहसँग आएकी रीता सिंहको ब्यागबाट दुइटा गोली फेला परेका थिए। उनी पाँच वर्षअगाडि जनकपुरमा मारिएकी पत्रकार उमा सिंहकी भाउजु ललिता सिंहलाई भेट्न भन्दै कारागार आएकी थिइन्। रीताले पेस्तोलको गोली बोकेकी थिइन्। 
वर्षौंदेखि कारागार भवन जीर्णोद्धार माग गर्दै आएका कारागार प्रशासक शोभेन्द्र ठाकुर भन्छन्, 'यो कारागार यसै पनि कमजोर संरचनाका कारण असुरक्षित छ। भूमिगत संगठनका दुई दर्जन नाइके–कार्यकर्तालाई एकै ठाउँ राखिएपछि सुरक्षामा अर्को चुनौती थपिएको छ।’ 
आफन्त कैदी भेट्ने निहुँमा कारागारभित्रै गोली छिराउने प्रयास भएको घटनाबारे तत्काल प्रमुख जिल्ला अधिकारी, गृहसचिव, कारागार व्यवस्थापन विभागलगायत निकायलाई खबर गरेको ठाकुरले बताए। उनका अनुसार प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जिल्ला सुरक्षा समितिको बैठक बसेर कारागारलाई थप सुरक्षा दिने आश्वासन दिएका छन्। 
ठाकुरका अनुसार महिला कैदी बस्ने क्षेत्र बढी असुरक्षित छ। महिला कोठाको भुइँ ढलान नगरिएकाले माटोमा पुरेर हतियार लुकाइएको हुन सक्ने आशंका छ। मंगलबारै साँझ हरेक कैदीबन्दीको शरीर र ओछ्यानलगायत सरसमानमा खानतलासी गरिए पनि महिला कक्षको भुइँ खनेर सुरक्षा जाँच गर्नुपर्ने उनले ठाकुरले बताए। 
'एउटा राजन मुक्तिलाई जनकपुरबाट कारागारसम्म ल्याउन डिएसपी कमान्डमा ४० जनाको टोली परिचालन गरिएको थियो,’ ठाकुरले भने, 'यहाँ पाँच सय कैदीको सुरक्षा गर्न असईको कमान्डमा जम्मा २५ जनाको टोली छ, कसरी हुन्छ?’ १ सय ३५ कैदीको सुरक्षा गर्न निर्धारण गरिएको टोली अहिले कैदीको संख्या ४ सय ४४ पुग्दा पनि त्यस्तै अवस्थामा रहँदा चुनौती बढेको उनको भनाइ छ। 
जिल्ला प्रहरीका निमित्त प्रमुख डिएसपी राजेन्द्रबाबु रेग्मीले भूमिगत संगठनका नाइकेलाई जलेश्वर कारागार ल्याइएदेखि सुरक्षा बढाइएको बताए। 'पहिला कारागारबाहिर दुइटा मात्र सुरक्षा पोस्ट रहेकामा अहिले थप दुइटा राखेर सुरक्षा व्यवस्था तैनाथ गरेका छौं,’ रेग्मीले भने। उनले कैदी भेट्नेले नै गोली ल्याएको घटना बाहिर आएपछि सुरक्षा सतर्कता बढाउँदै प्रत्येक साता निरन्तरता दिने गरी कागारभित्रका कैदीको खानतलासी गर्न थालेको जानकारी दिए। 
वि.सं. १९१३ सालमा १ सय ३५ कैदीबन्दी अटाउने क्षमतामा निर्माण गरिएको यो कारागारभित्र अहिले ४ सय ४४ कैदी छन्। ती मध्ये २२ जना सशस्त्र भूमिगत कार्यकर्ता र ३५ भारतीय नागरिक पनि रहेको ठाकुरले जानकारी दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस