संविधानसभाको म्याद थपका रहस्यका पर्दा विस्तारै खुल्दैछन्। हिजो राजाको वरिपरि रहेर राजतन्त्रलाई बदनाम गर्दै समाप्त गर्ने भूमिका खेलेको दक्षिणपन्थी तत्वले जनमत संग्रहको माग किन गर्दैछ?
किन बैशाख ११, २०६३ को सम्झौताको औचित्य समाप्त पार्न खोजिएको छ। बीपी कोइरालाले २०३३ सालमै रद्दीको टोकरीमा फालेको लोकतान्त्रिक गणतन्त्रको नीति माओवादीको चुनवाङ प्लेनममार्फत् अगाडि सार्ने र अर्कोतर्फ सांस्कृतिक राजा भन्ने गोरखपुरपन्थ तथा प्रजातान्त्रिक शक्तिलाई किनारा लगाएर राजालाई घेरेर गुमराहमा राख्ने दक्षिणपन्थी (मण्डले)मा तात्विक भिन्नता छैन। हिन्दूराष्ट्र राजतन्त्र र संघीयताको कार्यसूची २०६३ बैशाख ११ को संझौताले नै सम्बोधन गर्छ। यस अवस्थामा जनमत संग्रहको माग गर्नु मुलुकलाई कास्मिरको मोडलमा लैजाने षड्यन्त्र त होइन?
यसमा कतै अदृश्य रूपमा पेन्सिलमा ड्राफ्ट भएर आएको बाह्रबँुदे सम्झौता गर्ने माओवादी नेतृत्व र दक्षिणपन्थी मण्डलेबीच विदेशी शक्तिको आडमा अघोषित कार्यगत एकता त छैन? २०३६ सालको जनमत संग्रह तत्कालीन माले र मसाललाई बहिष्कार गराएर निर्दललाई जिताउने र प्रजातान्त्रिक राष्ट्रवादी शक्तिलाई मण्डले राष्ट्रवादको आवरणमा कम्जोर पार्न खेलेको भूमिका नयाँ आधारमा पुनरावृत्ति गर्न खोजिएको त होइन? त्यतिबेला दक्षिणी छिमेकीको चाहनामा माले, मसाल र मण्डलेको अघोषित कार्यगत एकता भएको थियो र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिलाई किनारा लगाइएको थियो।
यसको कारण सिक्किम विलय पछि झस्केर बीपी कोइरालाले विदेशी एजेण्डा अस्वीकार गर्नु थियो। त्यही यो लोकतान्त्रिक गणतन्त्रको एजेण्डा माओवादीले चुनावाङबाट बोकेको हो। राजतन्त्रलाई कमजोर बनाउन त्यो महत्वपूर्ण थियो। त्यही मोडलको नया आयाम दक्षिणपन्थीले उठाउँदै आएको जनमत संग्रहको माग त होइन? देशभक्त, प्रजातान्त्रिक, वामपन्थी, राजा र राष्ट्रवादी सबै समयमै सचेत हुन आवश्यक छ।
कास्मिरमा सन् १९७१ भन्दा पूर्व संविधानसभालाई ५-६ वर्ष लम्याइयो र अन्ततः कास्मिरको स्वतन्त्र अस्तित्वलाई समाप्त गरियो। आज कास्मिर दक्षिण एसियाको खतरनाक युद्धभूमि हुन पुगेको छ। यस्तो देख्दादेख्दै वैधानिकतै समाप्त भएको औचित्यहीन संविधानसभाको म्याद थपेर गर्न खोजिएको प्रयोग झन् खतरनाक हुनसक्छ। यो कसैको चालवाजी हो भने यसको प्रयोग गर्ने छिमेकीले आफ्नै घरमा आगो लगाउँदै छ भन्नु अत्युक्ति हुनेछैन। अहिले भारतको सुरक्षा खर्च सबैभन्दा बढी कास्मिरमा भइरहेको छ। के यसबाट पाठ सिक्नु पर्दैन? यस स्थितिमा यो वा त्यो विफल प्रयोग दोहोर्याउने होइन २०६३ वैशाख ११ को सम्झौताअनुसार नेपालको राजनितिलाई सुरक्षित अवतरण गरिएन भने नेपालीका साथै छिमेकीपनि सुरक्षित रहने छैनन् भन्ने संकेत यहाँ पश्चिमा राष्ट्रको बढ्दो सक्रियताले देखाइसकेको छ। संविधानसभा कम्युनिस्ट एजेन्डा होइन।
सन् १९७४ को विधानसभाको चुनावपछि सिक्किममा राजतन्त्र हटाउने र भारतमा विलय गराउने कार्य भयो। नेपालका राजनीतिक दलहरूलाई किन संविधान सभाको एजेण्डा छिमेकीले बोकायो भन्ने उत्तर राजसंस्थाको विस्थापनबाट प्राप्त भएको छ। सिक्किमको इतिहासबाट शिक्षा लिएर राष्ट्र जोगाउनु बीपी कोइरालालको दूरदर्शी महानता थियो। तर उग्रवामपन्थीहरूले भने संविधान सभा र गणतन्त्रको विदेशी एजेण्डा सधैँ बोकिरहे। बीपी भारतमा असुरक्षित हुनु र आफूलाई माओवादी भनेर संविधान सभाको एजेण्डा बोक्नेहरू भने त्यहाँ सुरक्षित रहनुको रहस्य यही हो। सिक्किमका लेन्डुप र संविधानसभाको एजेण्डा बोकेर आएका उग्रवामपन्थी गोरखपुर पन्थीमा फरक के छ र?
सन् १८१६ को सुगौली सन्धिपछि नेपाली राजनीति निरन्तर एउटै धुरीमा घुमिरहेको छ। कोतपर्वले उदय गराएको राज्यसत्ताको संरचनामा आउन लागेको संकट २०५८ जेठ १९ को दरवार हत्याकाण्डमा परिणत भयो। परम्परागत राज्यसत्ताका अंग पूरै मक्किई सकेको अवस्थामा पुरानो मोडलमा जान सम्भव थिएन। पुरानो शक्ति सन्तुलन भत्किएपछि नयाँ मैदान कस्तो बनाउने भन्ने खाका आन्तरिक र बाह्य कुनै शक्तिसँग रहेनछ भन्ने अहिले सिद्ध हुँदैछ।
राजतन्त्र क्रान्तिले नभएर विदेशी षड्यन्त्रमा विस्थापन भएकोले उसको पुनःस्थापनाको संभावना रहिरहन्छ। त्यही सम्भावना सधैँका लागि समाप्त पार्न अहिले चरमदक्षिणपन्थी (मण्डले) समूहले जनमत संग्रहको माग गरिरहेको हो। राजाले भेट्न खोज्दा दरबारको ढोकाबाट कोट रंग हेरेर बीपी कोइरालालाई फर्काउने यो तत्व अत्यन्त खतरनाक छ। यस तत्वको भूमिका राजालाई जनताबाट टाढा राख्ने, वैचारिक व्यक्तित्वलाई नजिक पर्न नदिने र विदेशी स्वार्थमा घेराबन्दी गरेर राजतन्त्रलाई कम्जोर पार्नुमा निर्णायक रहेको थियो। यसको प्रभाव अहिलेपनि बेलाबेलामा दृश्य या अदृश्यरूपमा प्रकट भइरहेको छ। बेलायत र कम्बोडियामा राजतन्त्रको पुनःस्थापना भएको थियो। अफ्गानिस्तानमा राजा जाहिर शाहले तालिवानको पतनपछि राजा हुन नमानेका हुन्। अर्थात्, पुनःस्थापनाको संभावना इतिहासमा ररिरहन्छ।
यसको अन्त्यको निमित्त हिन्दू राष्ट्र र राजतन्त्रको विषयमा जनमत संग्रहको माग राखेर राजावादी आवरणमा उदय हुन खोजेको खतरनाक दक्षिणपन्थी तत्वसँग समयमै सचेत रहनु आवश्यक छ। स्थापना भएको गणतन्त्र संस्थागत गराँै भन्नेहरू भारतीय खुफिया एजेन्सीको हेडक्वाटरमा कसरी सुरक्षित रहे?
सन् १८१६ को सुगौली सन्धिपछि तत्कालीन ब्रिटिस नीतिलाई सन् १९४७ पछिको स्वतन्त्र भारतले पनि निरन्तरता दियो। यसलाई भत्काएर बलियो मैदान निर्माण गर्ने भारतीय चाहनामा नयाँ मैदानको चिनिँया खोजी तथा सामरिक दृष्टिले बदलिदो अमेरिकी नीतिको त्रिपक्षीय टकरावमा अहिले नेपाली राजनीति घुमिरहेको छ।