गणतन्त्र दिवस मनाउने क्रममा राज्यबाट प्रदर्शित व्यवहारले नेपाली जनताको अपमान भएको छ। सरकारले यस राष्ट्रिय अवसरलाई पनि शासक वर्ग तथा सत्ताको सेरोफेरोमा भएका व्यक्तिमा सीमित राख्न खोजेको देखियो।
सरकारी शैलीले उल्लासपूर्वक गणतन्त्र दिवस मनाउने अवसरबाट नेपाली जनतालाई वञ्चित गरेको छ।
गणतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा जनताको प्रत्यक्ष सहभागिता जरुरी हुन्छ। नेपालमा गणतन्त्र स्थापनाका लागि २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलन र माओवादीको दशक लामो सशस्त्र विद्रोहको योगदान छ। साथै केही हदसम्म पूर्व राजा ज्ञानेन्द्रको निरंकुश शासक बन्ने महत्वाकांक्षाले पनि यसलाई सघाएको थियो। तर स्थापित गणतन्त्रलाई संस्थागत गर्ने र स्थायित्व दिने जिम्मेवारी परिवर्तनका पक्षधर राजनीतिक दलका नेताको हो। त्यसका लागि उपयुक्त वातावरण निर्माण गर्ने विशेष दायित्व सरकारको हो।
गणतन्त्र दीवसलाई औपचारिकरूपमा सैनिक मञ्चमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका राज्यका उच्च पदाधिकारीको सहभागितामा सुरक्षाकर्मीहरूको कलाकौशल प्रदर्शन गरेर मनाइयो। राष्ट्रपति निवासमा सरकार तथा राजनीतिक दलका नेतृत्वमा रहेका व्यक्तिका लागि चियापान कार्यक्रम आयोजना गरियो। सरकारले गणतन्त्र स्थापना तथा राष्ट्रका लागि विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिका लागि विभूषण प्रदान गरिएको घोषणा गर्यो। तर, सरकारको यही निर्णय पनि विवादास्पद भयो।
गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएका कार्यक्रम तथा गतिविधिले देश गणतान्त्रिक भएको औपचारिकता पूरा भएपनि जनताको अपनत्व पाउन भने नसकेको देखियो। जनताको योगदान भएको र जनताको भावनासँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा पनि जनसहभागिता नगराउनुले राजनीतिक शक्तिहरूको लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता शंकाको घेरामा परेको छ। सैनिक मञ्चको कार्यक्रममा सुरक्षा संवेदनशीलताका नाममा सर्वसाधारण नागरिकलाई काँडेतारबाहिर उभिन बाध्य पारियो। यथार्थमा सरकारका तर्फबाट गणतन्त्रका नाममा गरिएको नाटक हेर्नमात्र बाध्य बनाइनु नेपाली नागरिकको महत्ता र राष्ट्रप्रतिको योगदानको अपमान हो। यस्तो व्यवहार सामान्य जनताले राज्यलाई आफ्नो ठान्न सक्तैनन्। फलस्वरूप जनता परिवर्तित शासन व्यवस्थाप्रति उदासीन हुन पुग्छन्। जनताले आफ्नो नठानेको शासन स्थायी हुन सक्तैन।
यसरी जनभावनाको उपेक्षा गर्नु र जनताको योगदानको कदर नगर्नु राजनीतिक तथा नैतिकरूपमा पनि बेइमानी हो। नेपालका सबै राजनीतिक परिवर्तनमा जनताको व्यापक तथा स्वतःस्फुर्त सहभागिता हुने गरेको छ। तर, हरेक परिवर्तनपछि जनताका सरोकारलाई बेवास्ता गरिन्छ र राजनीतिक शक्तिहरू सत्ता संघर्षको चलखेलमै लिन हुने गरेको पाइन्छ। राणा शासनदेखि निरंकुश पञ्चायती व्यवस्था तथा बहुदलीय प्रजातन्त्रदेखि वर्तमान लोकतान्त्रिक गणतन्त्रमा समेत जनतालाई राष्ट्रिय गतिविधिमा संलग्न गराउने सबालमा राज्यले संकुचित व्यवहार गर्ने गरेको देखिएको छ। यस्तो व्यवहारले राष्ट्रनिर्माणको महत्वपूर्ण प्रक्रियाबाट नागरिकलाई टाढा धकेल्छ।
व्यापक जनदबाबपछि जनआन्दोलन दमनमा कलंकी घटनाका नेतृत्वकर्ता दुर्जकुमार राई र राष्ट्रिय मानवअधिकार आयोगको कारवाइको सिफारिसमा परेका कुवेर रानाको विभूषण फिर्ता लिन सरकार बाध्य भयो। सर्वोच्च अदालतले पनि विभूषण प्रदान गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्यो।
यस प्रकरणमा पनि राज्य मानवअधिकारप्रति संवेदनहीन रहेको थप उदाहरण सार्वजनिक भएको छ। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायब प्रहरी महानीरिक्षकद्वयको विभूषण फिर्ता लिने निर्णय गर्ने सरकारले तत्कालीन युनिफाइड कमान्डको नेतृत्व गर्दै जनआन्दोलन दमनका योजनाकार तथा रायमाझी आयोगको प्रतिवेदनमा कारवाइका लागि सिफारिस गरिएका पूर्वप्रधान सेनापती रुक्मांगद कटवालको विभूषण भने कायमै राखेको छ। यसले सरकारको नियतमा शंका पैदा गरेको छ। सरकार सेनाबाट भएका ज्यादतीलाई न्यायको दायरामा ल्याउन चाहँदैन भन्ने स्पष्ट भएको छ।
गणतन्त्र दिवसमा जनतामा अपेक्षित उल्लास देखिएन। जनता यसरी उदासीन हुनुमा मूलतः राजनीतिक शक्तिहरूको कार्यशैली जिम्मेवार देखिन्छ। लोकतान्त्रिक शासन पद्धतिमा जनता सर्वोपरी हुनुपर्नेमा यसको ठीकविपरीत उनीहरूको योगदान र भूमिकालाई समेत गौण बनाएको छ। साथै, गणतन्त्र दीवसमा जनता उदासीन हुनुको तात्कालिक कारण त समयमा संविधान बनाउन नसकेर अक्षम साबित राजनीतिक दलमा देखिएको विश्वसनीयताको अभाव पनि हो।
जनताप्रति इमानदार नहुने, नागरिकलाई सही सूचना समयमा प्रवाह नगर्ने र सत्ता संघर्षका कारण जनताको अभिमतको अपमान गर्ने राजनीतिक नेताहरूको प्रवृत्तिले जनता निराश हुनु स्वाभाविकै हो। जनता लोकतान्त्रिक पद्धतिमा सार्वभौम हुन्छन्। उनीहरूको अभिमतको कदर हुनुपर्छ। तर गणतन्त्र दीवसका अवसरमा यस्तो कुनै लक्षण प्रदर्शन नभएकाले जनउत्साह लोप भएको हो।
दोस्रो, गणतन्त्र दीवस समारोह मनाउने क्रममा शासक तथा सम्भ्रान्त वर्गको मात्र पहुँचमा मात्र ध्यान दिइएको र जनताको महत्ता र योगदानलाई पूर्णतः वेवास्ता गरेको पाइन्छ। जनता स्वतःस्फूर्त सहभागी हुनसक्ने वातावरण र स्थान निर्माण नगरेर सरकारले नागरिक शासनका मान्यताको पनि उल्लंघन गरेको छ।
सरकारका तर्फबाट गृह मन्त्रालयको नेतृत्वमा व्यवस्थापन गरिएपनि सैनिक मञ्चमा सम्पन्न गतिविधिमा सैनिक प्रभुत्व सहजै देखा परेको थियो। यसरी व्यापकरूपमा सैनिकीकरण भएको गणतन्त्र दीवसको कार्यक्रमले नेपाली जनभावनाको प्रतिनिधित्व गर्न सक्तैन। राज्यका निकायसँगै जनसाधारण पनि प्रत्यक्षरूपमा सहभागी हुन पाउने गरी खुला स्थानमा यस्तो समारोह मनाउनु पर्थ्यो। समारोहमा समेत सहभागी हुन नदिएर राज्यले गणतन्त्र स्थापनामा जनताको योगदान र सार्वभौम नागरिकको अवमूल्यन गर्यो।
तेस्रो, गणतन्त्र दिवसका अवसरमा पञ्चायती शैलीमै प्रक्रियासम्म पनि नपुर्याएर आफ्ना कृपापात्र र मानवअधिकार उल्लंघनमा संलग्न व्यक्तिलाई विभूषित गरिएकाले जनता गणतान्त्रिक शासन पद्धतिका नेतृत्वत्वकर्ताप्रति निराश भएका छन्। यस अवसरमा गणतन्त्र स्थापनामा योगदान पुर्याउने स्वदेशी नागरिक तथा विदेशी मित्रहरूलाई राष्ट्रका तर्फबाट सम्मान गरिनुर्थ्यो। तर, गणतन्त्र स्थापनामा खासै योगदान नभएका सरकारी कर्मचारीनै विभूषण पाउनेको सूचीमा देखिनुले सरकारको सोच र शैलीमा पञ्चायती गन्ध आएको छ। यसबाट सहिदको अपमान भएको छ।
यस्ता राष्ट्रिय दीवस मनाउने शैली संसारमा फरकफरक भएपनि कमसेकम लोकतान्त्रिक परिपाटीबाट सरकारमा पुगेका राजनीतिक शक्तिले जनसहभागिता सुनिश्चित् हुने प्रक्रिया अवलम्बन गरेको पाइन्छ। राज्यका तर्फबाट मनाइने कार्यक्रममा बढी औपचारिकता भएपनि नागरिकहरू निर्धक्क सहभागी हुनसक्ने विभिन्न कार्यक्रम राज्यकै सहमा आयोजना गरिन्छ। यस्ता अवसरमा जनतालाई सहभागी गराउन प्रोत्साहित गरेका कारण राष्ट्रप्रति जनतामा अपनत्व हुन्छ।
गणतन्त्रलाई दिवस समस्त नागरिकको आफ्नो बनाउन र उनीहरू राज्यका तर्फबाट आयोजना गरिने कार्यक्रममा बिनाछेकथुन सहभागी हुने वातावरण सुनिश्चित् गर्न यस्ता कार्यक्रमको सैनिकीकरण गर्ने प्रचलन अन्त्य गरिनुपर्छ। राष्ट्रिय महत्वका यस्ता कार्यक्रमलाई सुरक्षाका नाममा सर्वसाधारणको पहुँचबाट टाढा राख्ने प्रवृत्ति लोकतान्त्रिक हुन सक्दैन। यसैले गणतन्त्र दिवस समारोहजस्ता कार्यक्रम सैनिक मञ्च वा राष्ट्रपति भवनबाट बाहिर जनताका माझमा पुर्याउन खुल्ला स्थानमा आयोजना गरिनुपर्दछ।
गणतान्त्रिक पद्धतिप्रति अपनत्व सुनिश्चित् गर्ने उत्तम उपाय जनताको राज्यका क्रियाकलापमा प्रत्यक्ष सहभागिताको व्यवस्था हो। जनभावनाको कदर गरेमात्र लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकास र स्थायित्वको प्रयास सफल हुनसक्छ।