तपाईं यस वर्षको गर्मीले आत्तिनु भएको छ भने पख्नुस् आगामी तिस दिनसम्म यसमा थपिने फुटबलको न्यानोले संसारलाई नै ढाक्दै छ। र यो त्यही तापक्रम हो जसलाई विश्वले चार वर्षदेखि व्यग्रतापूर्वक पर्खिरहेको थियो।
संसारकै सर्वाधिक रोमाञ्चक खेल फुटबलको विश्व विजेताको निर्णय ठीक एक महिनामा दक्षिण अफ्रिकामा हुनेछ। र त्यस क्रममा सारा संसार आयोजक राष्ट्रका १० मैदानमा खुम्चिने छन्। विश्वका उत्कृष्ट ३२ टिमले आधा किलोको डल्लो हात पार्न भरमग्दुर संघर्ष गर्नेछन्। तर, त्यो डल्लो सुनको भएर भने होइन। विश्वकै उत्कृष्ट फुटबल टिम हुनुको गर्व यही विश्वकप पाउनुमा जो छ।
तीस दिनसम्म हुने प्रतियोगितामा हामीले विश्वका हरेक कुनाका उत्कृष्ट टिमहरूबीचको संघर्षमात्र हैन संसारकै विविध सामाजिक, सांस्कृतिकस्वरूपलाई नियाल्न पाउने छौँ। त्यहाँ फरक शैली र कलासहित हरेक टिमका आआफ्ना रणनीति छताछुल्ल हुनेछन्। यो यस्तो अवसर हो जसबाट पृथ्वीको समग्र सुन्दर स्वरूपको एकै साथ अवलोकन गर्न अन्तरिक्षमा पुग्नु पर्दैन, टेलिभिजनसामु बसे पुग्छ। (नेपालका हकमा लोडसेडिङले बाधा नपार्ने जोहो भने आफैँ गर्नुपर्ने हुन्छ)।
विश्वकपअघि नै उपाधि कस्को भन्ने प्रश्नको जवाफ खोज्न अनुमानको बजार बाक्लिदै गएको छ। ब्राजिलले छैटौँ पटक उपाधि जितेर आफ्नो कीर्तिमानलाई नयाँ उचाइ प्रदान गर्न सक्ला? अथवा इटलीले आफ्नो उत्कृष्टतालाई दोहोर्याउला? कि आयोजक दक्षिण अफ्रिकाले गृह मैदान र घरेलु दर्शकको समर्थनको फाइदा उठाउला? अथवा दक्षिण अफ्रिकाको मासमअनुसार मध्य जाडोमा हुन लागेको प्रतियोगिताका केही खेल अझ अग्ला स्थानमा हुनुको लाभ जर्मन र इंग्ल्यान्डले उठाउलान्? त्यस्तै अभ्यास खेलमै फितलो प्रदर्शन गरेको फ्रान्सले आफूमा सुधार ल्याउला त? अनि धेरैले सम्भावित विजेता ठानेको स्पेनले यस अपेक्षाप्रति न्याय गर्न सक्ला? मेक्सिकोको प्रदर्शन कस्तो होला? आफ्नो टिमले विश्वकप जिते नांगै दगुर्ने वाचा गरेका अर्जेन्टिनाका प्रशिक्षक म्याराडोनाले त्यो मौका पाउलान्?
यससँगै अर्को उत्सुकता सहभागी ७ सय ३६ खेलाडीमा छ। लियोनल मेसी, वायले रुनी, क्रिष्टियानो रोनाल्डोको नाममा घुमिरहेको छ। अर्थात् यस विश्वकपमा कुन चाहिँ खेलाडी चम्कने होला?
फुटबलको आकार अहिले भकुण्डोको गोलाइमा सीमित छैन। पहिलो पटक मानव जातीले हिड्न सिकेको महादेशमा पुगेको फुटबलले त आउँदो एक महिनासम्म दक्षिण अफ्रिकामा विश्वकै प्रतिनिधत्व गर्नेछ। र त्यस क्रममा हुने प्रतिस्पर्धामा दर्शक रमाउनेमात्र होइन, हराउने पनि छन्।
विश्वकप फुटबलसँगै सामाजिक, राजनीतिक तथा आर्थिक पक्ष पनि जोडिएका हुन्छन्। दक्षिण अफ्रिकाका दश मैदानमा सीमित हुन लागेको संसारमा राष्ट्रिय, क्षेत्रीय र महादेशीय भावना उजागर हुनेछन्।
सन् १९९० मा रङ्गभेद नीतिको अन्त्यपछि पनि त्यसको तुस बाँकी रहेको आयोजक राष्ट्रमा अहिले यही विश्वकपले राष्ट्रिय एकताको भावना बलियो बनाइरहेको छ। अहिले त्यहाँ 'वफाना वफाना' (स्थानीय भाषामा यसको अर्थ केटा हुन्छ) उपनाम पाएको दक्षिण अफ्रिकी राष्ट्रिय टिमले भावनात्मकरूपमा राष्ट्रिय एकता अनुभव गराइहेको छ।
त्यस्तै परमाणु कार्यक्रमका लागि किम जोंग इलको साम्यवादी देशमाथि आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिइरहेको अमेरिकाका नागरिकले पनि उत्तर कोरियाली टिमलाई हौस्याएको पनि हेर्न पाइनेछ।
हुन पनि यो विश्वकप पृथ्वीको एक्लो यस्तो प्रतियोगिता हो जसमा सहभागी हुन नपाएका राष्ट्रका दर्शक पनि आफूले समर्थन गर्ने टिमसँग निकै गहिरो गरी जोडिएका हुन्छन्। प्रतियोगितामा सहभागी एसियाली राष्ट्रमध्येको उत्तर कोरियाका दर्शकले स्पर्धा हेर्न नपाए पनि वा स्वदेशमै आफ्नो टिमलाई हौस्याउने अवसरका लागि टेलिभिजन प्रसारण प्रक्रिया स्पष्ट भइनसके पनि उनीहरूको टिमले मैदानमा एक्लो अनुभव गर्नुपर्ने छैन। केही दर्शक जापानबाट त्यसैका लागि आयोजक राष्ट्र पुगिसकेका छन्। त्यस्तै एक अर्बभन्दा बढी जनसंख्या भएको चीनका जनताले विश्वकपमा आफ्नो अनुपस्थितीको तीतो अनुभूति उत्तर कोरियाको समर्थन गरेर मेटाउने प्रयास गर्नेछन्। अर्थात् विश्वकप अवधिभर संसार ३२ देशमा बाँडिनेछ। वाँकी देशका जनताले सहभागी राष्ट्रमाझ आफूलाई समाहित गराइसकेका हुनेछन्।
पछिल्लो समयमा फुटबल विज्ञहरूले भन्दै आएको मान्ने हो भने यो विश्वकपमा अहिले निकै कडा प्रतिस्पर्धा देखिनेछ। त्यसैले कुन चाहिँ टिमले उपाधि लैजाला भनेर सहजै भन्न सकिने स्थिति छैन। विश्वकपले ११ जुलाईमा सकर सिटीमा आफ्नो यात्राको अन्तिम पाइला टेक्दासम्म फुटबलको रोमाञ्चले चरम सीमा नाघ्नेछ।
विश्वकपमा एसियाली राष्टबाट भने एक दुईवटा अप्रत्यासित परिणामबाहेक थप आशा गर्न सकिने स्थिति छैन। केही वर्षअघि ओलम्पिक कमिटी अफ एसियाका एक प्रतिनिधिले एसियाली फुटबलले विश्व स्तरलाई छुन नसक्नुमा एसियालीको प्रवृत्ति नै प्रमुख कारण भएको धारणा प्रकट गरेका थिए। उनका अनुसार विशेषगरी हामीले युरोपियन लिगमा एसियाली फुटबललाई त्यति महत्व नदिएकै कारण खेलाडी र टिमले एक्सपोजर पाउँदैनन्। त्यसको परिणाम सामुन्ने छ।
हामी नेपालीका मनमा पनि स्वाभाविकरूपमा विश्वकपमा आफ्नो देशको सहभागितालाई लिएर जिज्ञासा उत्पन्न हुनेगर्छ। विश्वकपमा सहभागी विभिन्न राष्ट्रलाई समर्थन गर्दै आएका नेपालीले एक जुट भएर आफ्नो देशको समर्थन गर्ने दिन कहिले आउला?
नेपालमा फुटबल बिकासका लागि प्रयास नभएकै भने होइन। अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबलको अन्तर्राष्ट्रिय संगठनको सहयोगमा एकेडेमी निर्माण गरेर कम उमेरका खलाडीलाई तालिमको व्यवस्था गरेको छ। त्यसबाहेक खेलाडीले तुलनात्मक रूपमा सुविधा पाउन पनि थालेका छन्। पुरस्कार राशिमा ठूलो वृद्धि भइसकेको छ। तर अन्तर्राष्ट्रिय प्रतियोगिताका परिणामले के देखाउँदै आएको छ भने यति प्रयास पर्याप्त हुँदैन।
एउटा भनाइअनुसार नेपालमा फुटबल खुम्चिनु पनि यसको कारण हो। अर्थात् कुनै बेला देशका विभिन्न सहरमा हुने प्रतिष्ठित प्रतियोगिता अहिले राजधानीबाहेक पोखरा, र धरानमा सीमित छन्। अझ विराटनगर, वीरगंज, नेपालगंज, धनगढी, महेन्द्रनगरजस्ता सहरमा हुने प्रतियोगितामा सीमावर्ती भारतीय सहरका टिमको पनि सहभागिता हुनेगर्थ्यो। यसबाट प्रतिस्पर्धाको घेरा निकै फराकिलो भएको थियो। खेलाडी र टिममा 'म्याच टेम्परामेन्ट'को अनुभव केही मात्रामा भए पनि थियो नै।
तर यी सबै चार वर्षमा एक पटक सम्झेर हुँदैन। फुटबल (खेल)लाई गम्भीरताकासाथ लिएर सरकार र निजी क्षेत्रले हातेमालो गर्दै हिँडेमा भविष्यमा नेपालीले आफ्नै देशको टिमलाई विश्वकपमा समर्थन गर्न पाउँथे कि?