नेपालमा आयात हुने सुन, चाँदी र सुपारीको हिसाब गर्दा चालु आर्थिक वर्षको ९ महिनामा नपालीले जनही झन्डै ८० रुपैयाको सुपारी खाएका छन्, ९० रुपैया बढीको चाँदी र करिब १ हजार ४ सय बराबरको सुन लाएको देखिँदो रहेछ। सबै उमेर, वर्ग र लिंगका नेपालीको जनसंख्या २ करोड ७५ लाख मानेर हिसाब गर्दा यस्तो तथ्यांक आउँछ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा विदेशी मुद्रा तिरेर २ अर्ब १२ करोडको सुपारी, २ अर्ब ५० करोडको चाँदी र ३७ अर्ब ५३ करोडको सुन आयात गरिएको छ। यति ठूलो परिणामको सुन, चाँदी र सुपारी नेपालीले खपत गरे होलान् त? निश्चयनै गरेका छैनन्। अधिकांश नेपाली सुपारी खाँदैनन्। सुन, चाँदीको उपभोग गर्नेहरू पनि निकै थोरै छन्।
के भयो त यति धेरै सुन, चाँदी र सुपारी? उत्तर सरल छ। अधिकाश यहाँबाट भारत तस्करी गरियो। तेश्रो मुलुकबाट विदेशी मुद्रा तिरेर आयात गरेर भारत पठाइने वस्तुमा सुन, चाँदी, सुपारी मात्र छैनन्, पोस्तादाना, ल्वांग, सुकुमेललगायत छन्।
विगत वर्षको तुलनामा सुन, चाँदी र सुपारीको आयात धेरै बढेको छ। तर विदेशी मुद्रा रित्तिँदै गएपछि मात्र तिनको आयात घटाउन भंसार दर बढाउने नीति सरकारले अपनाएको छ। सुन, चाँदी र सुपारीको भंसार दर बढाउनु उपयुक्त होला तर सरकारको नियत सफा देखिँदैन। गत चैतमा पनि अध्यादेश मार्फत सुन, र चाँदीको भंसार दर बढाइएको थियो। अध्यादेश ६ महिनाभित्र संसद्बाट अनुमोदन हुनुपर्ने संवैधानिक प्रावधान छ। तर माधव नेपाल नेतृत्वको सरकारले चैतमा ल्याएको अध्यादेश संसद्मा दर्तामात्र गरायो, छलफल गरेर अनुमोदन गराउने प्रयत्नै गरेन। अहिले जेठ २३ मा अर्को अध्यादेश जारी भएको छ।
सरकारले संसद अधिवेशन समाप्त भएको तीन दिनपछि अध्यादेश जारी गर्ने जाली काम गर्यो। आफूलाई संसदीय पद्धति र परम्पराको प्रवक्ता ठान्ने नेपाली कांग्रेस, र नेकपा (एमाले)को ससरकारले संसद् अधिवेशन छलेर अध्यादेश जारी गर्नु संसदीय मर्यादा उललंघन हो। राजनीतिक सहमति र सत्ता समीकरणको ठूला खेलमा दलहरू अल्भि्कएकाले अध्यादेश जारी भएको विषयलाई खासै महत्व दिइएको छैन तर लोकतन्त्रमा अध्यादेशबाट राज गर्ने मानसिकता राज्यको सहमा हुने तस्करीभन्दा पनि घातक अभ्यास हो।
अर्थ मन्त्रालयका अधिकारी र राष्ट्र बैंकका पदाधिकारीलाई नेपालबाट सुन, चाँदी र सुपारीजस्ता वस्तु ठूलो परिणाममा भारत तस्करी हुन्छ भन्ने पहिल्यै थाहा थियो। गत वर्ष बजेट जारी हुनुअगाडि नै सुन, चाँदीमा भसार दर बढाएर भारतकै हाराहारी पुर्याउनुपर्छ भन्ने सुझाव दिइएको थियो। अर्थमन्त्री सुरेन्द्र पाण्डेले विज्ञहरूको सुझावलाई टेरेनन्। भारतले गत मार्चमा बजेट घोषणा गरेलगत्तै नेपालले पनि सुन, चाँदी र सुपारीजस्ता वस्तुमा भंसार बढाउनु पर्थ्यो। तर निर्णय गर्नै चार महिना लगाइयो।
प्रतीत पत्र खोलेर विदेशबाट आयात गरिएका वस्तु कसले मगाएको हो र नेपाललाई चाहिनेभन्दा कति धेरै आयो भन्ने अर्थ मन्त्रालयका अधिकारीलाई सबै थाहा हुन्छ। तर, आयात गरिएको ती वस्तु कहाँ गए भनेर खोजी गरिँदैन। यसैले स्पष्ट हुन्छ, अर्थ मन्त्रालयका अधिकारी र तस्करहरूबीच मिलिमतो छ। सरकारी अधिकारीले तस्करी प्रोत्साहित गर्ने नीतिगत व्यवस्था मिलाउँछन्। अर्थात्, तस्करी व्यापारीले मात्रै गर्ने हैन सरकारी अधिकारीले नै तस्करीको बाटो खोलिदिन्छन् बजेटमा करको दर घटबढ गरेर।
गत महिना नेपालको प्रवेशद्वार भनिने रक्सौल नाकाको एकैछिनको अनुभवमा पनि तस्करी सरकारको सिर्जना हो भन्ने थाहा पाइयो। सरकारले एउटा देशको सामान अर्को देश लैजान नदिँदा वा तेस्रो मुलुकबाट आयात गर्ने सामानको भंसार दरमा दुई देशबीच धेरै फरक भएमा तस्करी हुने रहेछ। नेपालीलाई दाल, चामल, चिनी, तेलजस्ता खाद्यान्न चाहिन्छ। भारतले सजिलै ल्याउन नदिएपछि ती सामान तस्करी भएर नेपाल आउँछन्। सुन, चाँदी र सुपारी भारतमा पनि आयात हुन्छ, नेपालमा पनि।
भारतमा भंसार दर उच्च छ, नेपालमा कम। त्यसैले सुन, चाँदी र सुपारी नेपालबाट भारतमा तस्करी गरिन्छ। वीरगंजबाट पश्चिमको बहुअर्वाभाटाको करिब तीन किलोमिटर क्षेत्रको जनता रोड वारिपारि झन्डै ६० वटा ठूला सेलरमिल छन्। सबै मिलको कच्चा पदार्थ धान भारतबाट तस्करी भएर नेपाल आउँछ। धान लिएर आएका ट्रयाक्टर सायद सुपारी लिएर फर्कन्छन्। नजिकै रहेको भारतीय वाणिज्य दूतका अधिकारीलाई तस्करी हुने गरेको पक्कै थाहा छ। तस्करी राज्य व्यवस्थाकै उपज हो।
यसको माखे साङलोमा तलदेखि माथि क्रमशः लाभको मात्रा बढ्दै जान्छ। यसैले सबै देखेको नदेख्यै गर्छन् र जनताका आँखामा छारो हाल्न बेला बितेपछि उपाय अपनाएझैँ गर्छन्।