स्थानीय तहमा कृषि र जनशक्ति
१८ माघ २०७४
•
१४ मिनेट पाठ
स्थानीय तहमा कृषि र जनशक्ति
नेपालको संविधान, २०७३ ले कृषि, शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका सम्बन्धी सेवालाई स्थानीय तहको जिम्मेवारीमा राखेको छ । सोहीअनुरूप स्थानीय तहको निर्वाचनपछि गठित महानगरदेखि गाउँपालिकामा कृषि प्रचारप्रसार तथा सेवासम्बन्धी जिम्मेवारी सर्न गयो । जिल्ला कृषि विकास कार्यालयहरूले कृषिका कार्यक्रमहरू सम्बन्धित पालिकाहरूलाई हस्तान्तरण गरे । कृषि प्राविधिक तथा अधिकृतहरू काजमा खटिए । जिल्ला कृषि विकास कार्यालयहरू बन्द हुँदैछन् । करीब ६० वर्षअघिदेखि सुरु भएको जिल्ला स्तरीय यी कार्यालयहरू यसरी बन्दै होलान् भन्ने मैले सोचेको थिइनँ । भन्नैपर्दा आ–आफ्ना जिल्लाभित्रका पालिकाहरू अन्तर्गत कृषि कार्यक्रम सञ्चालन गर्न जिल्ला कृषि विकास कार्यालयहरूले समन्वय र सहजीकरण गर्नेछन् भन्ने लागेको थियो।

यो अभ्यास नेपालका लागि नयाँ हो । तथापि नेपालको संविधान २०४७ ले केन्द्रको अधिकारलाई तल्लो तहमा हस्तान्तरण (डिभोल्युसन) को अवधारणाअनुरूप जिल्ला विकास समितिहरूमार्फत कृषिका निक्षेपित कार्यक्रमहरू सञ्चालन हुँदै आए। त्यसका लागि सुरुमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले सहयोग गरेको थियो । खासमा संसारका अरू केही मुलुकहरू जस्तैः फिलिपिन्स, ट्रिनिडाड आदिमा कृषि प्रसार र सेवालाई स्थानीय तहको मातहतमा राखिएको पाइन्छ । संविधानतः अब प्रत्येक जिल्ला मुकाममा भएका कृषि कार्यालयको ठाउँमा पालिकैपिच्छे कृषिका आफ्नै शाखाहरू भए । पहिले जिल्लाभित्र सीमित वा पायक परेको ठाउँमा मात्र सेवा केन्द्र र कार्यक्रम हुन्थ्यो भने अहिले प्रत्येक पालिकाले आ–आफ्नै कृषि कार्यक्रम सञ्चालन गर्न सुरु गरे । यसले कृषि सेवामा कृषकको पहुँच उल्लेख्य बढ्ने भयो । यही प्रसंगसहित कृषि कार्यक्रमलाई के कसरी स्थानीय तहमा कार्यान्वयन गर्ने भन्नेबारे गत असार १३ को नागरिक दैनिकमा मेरो लेख ‘कृषिमा स्थानीय तहको जिम्मेवारी’ छापिएको थियो ।

अहिले यो लेखको उद्देश्य भर्खरै सुरु भएको यो अभ्यासबाट सिर्जना भएको अवस्थालाई संक्षिप्त विवेचना गर्नु हो । मूलतः जिल्ला कृषि विकास कार्यालयहरूले सञ्चालन गर्दै आएको कृषि प्रचारप्रसार तथा सेवा स्थानीय पालिकाको मातहतमा गएपछि दुइटा अवस्था सिर्जना भयो । पहिलो, कृषि प्राविधिक तथा अधिकृतहरूमा व्यापक असन्तुष्टि बढ्यो । यसो हुनु स्वाभाविकै हो।

कृषिका लागि आएको बजेट कृषिमै खर्च हुनुपर्छ भन्ने न्यूनतम बुझाइ जनप्रतिनिधिहरूमा हुनुपर्ने हो ।

साबिकमा एउटै परिवारमा रमाइरहेका र हालिमुहाली गरिरहेकाहरू एक्कासि फरक परिवारमा मिल्न र खटनपटनमा बस्न गाह्रो हुन्छ । पाउँदै आएको सेवा सुविधामा कटौती पनि भयो होला । त्यसमाथि पालिकामा रहने प्रशासकीय÷योजना अधिकृत र कृषितर्पmका अधिकृतहरूको पद÷तह र वरिष्ठता कतिपय अवस्थामा मिलेन होला । एउटै पद÷तह भए पनि सेवा अवधिको हिसाबले वरिष्ठ कृषि अधिकृत कनिष्ठ अधिकृतको खटनपटनमा परे होलान् । यो समस्या सम्बन्धित निकायले सुल्झाउनैपर्छ र सुल्झाउन सकिन्छ । यसका लागि प्रत्येक नगरपालिकामा कृषिको महाशाखा राख्ने र गाउँपालिकामा कृषि शाखाको छुट्टै व्यवस्था गर्ने । यसरी कृषि महाशाखा÷शाखाका प्रमुख पालिकाको कार्यकारी अधिकृतभन्दा एक पद÷तहमुनिको हुने व्यवस्था भएपछि यो समस्या समाधान हुन्छ।

दोस्रो अवस्था, कृषिका लागि आएको बजेट अन्यत्र खर्च भयो । खटिएका कृषि प्राविधिक÷अधिकृतले माग गर्दा पनि सुनुवाइ भएन । मेयर, उपमेयरले भनेछन्– जनतालाई खानेपानी छैन, हिँड्ने बाटो छैन, खोला तर्ने पुल छैन, कहाँ बिउ बाँड्ने । बिउ त किसानले आपैmँ किनिहाल्छन् नि । यसरी भोट माग्दा दिएका आश्वासन र तुरुन्त देखिने कामहरूमा कृषिको बजेट खर्च भयो । यसमा पालिका मात्र होइन, बजेट पठाउने निकायहरू पनि जिम्मेवार छन् । किनकि ससर्त कार्यक्रम–बजेट पठाएनन् । हुनत, कृषिका लागि आएको बजेट कृषिमै खर्च हुनुपर्छ भन्ने न्यूनतम बुझाइ त जनप्रतिनिधि लगायत पालिकाका प्रशासकहरूले बुझ्नैपर्ने हो । बजेट पठाउने निकायले अर्को गल्ती के ग¥यो भने बजेट हचुवामा पठाए । कुन पालिकामा कति कार्यक्रम हुन्छ भन्ने लेखाजोखा नगरी उपलब्ध बजेटलाई पालिकाको संख्याले भाग लगाइदिए । यसले कतै बजेट पुग्दै पुगेन, कतै बढी भएर खर्च गर्ने ठाउँ नै भएन र अन्यत्र खर्च भयो । खैर, पहिलो पटक भएको र हतारमा बजेट पठाउनुपर्ने भएकाले यस्ता कमी कमजोरी भए होलान् भन्न सकिन्छ । आगामी आर्थिक वर्षदेखि यस्तो समस्या नहोला।

मुलुक केन्द्रीकृत व्यवस्थाबाट सही मानेमा विकेन्द्रीकृत व्यवस्थामा गएको छ । यसको राम्रो नराम्रो दुवै पक्ष होलान् । नेपालको भू–राजनीति र कर्मचारीतन्त्रले यसलाई कसरी डो¥याउँछ हेर्न बाँकी नै छ । त्यसैले भोलिका दिनमा यसले ल्याउन सक्ने सम्भावित विकृति र असामञ्जस्य स्थितिप्रति राज्यव्यवस्था चनाखो रहनैपर्छ । जेहोस्, अबको जिम्मेवारी भनेको आ–आफ्नो क्षेत्रको विकास आ–आफैँले गर्ने हो । यसका लागि स्रोत साधन आपैmँले जुटाउने हो । त्यसमा प्रदेश र केन्द्र सरकारले भरथेग गर्ने हो । अरू केही वर्ष त स्थानीय तह र प्रदेश सरकारले केन्द्र सरकारकै मुख ताक्नुपर्ने हुन्छ होला । यहाँ उठाउन खोजिएको कुरा जनशक्तिको हो । किनकि, अबको समस्या भनेको कर्मचारी व्यवस्थापनको हो, कर्मचारी समायोजनको हो । समायोजनपूर्व केही सुविधासहित स्वैच्छिक अवकासको मौका दिइएको छ, जसबाट अनुभवी कृषि प्राविधिक र अधिकृतहरूले अवकास लिने सम्भावना बढेको छ । त्यसले पुरानो र नयाँ पिँढीबीचको दूरी बढाउनेछ । कृषि सेवा र प्रसार प्राविधिक विषय भएकाले ज्ञान र अनुभवको महत्व रहन्छ । त्यसको अभावमा सेवा कार्य प्रभावित हुन्छ नै।

मुलुक केन्द्रीकृत व्यवस्थाबाट सही मानेमा विकेन्द्रीकृत व्यवस्थामा गएको छ । यसका राम्रा–नराम्रा दुवै पक्ष होलान् । नेपालको भू–राजनीति र कर्मचारीतन्त्रले यसलाई कसरी डो¥याउँछ, हेर्न बाँकी नै छ । जेहोस्, अबको जिम्मेवारी भनेको आ–आफ्नो क्षेत्रको विकास आ–आफैँले गर्ने हो । यसका लागि स्रोत साधन आपैmँले जुटाउने हो ।

अवकासपछि समायोजनको प्रक्रिया सुरु हुन्छ । राम्रो र पायक सबैले खोज्छन् । धेरैले संघीय छाताभित्रै बस्न रुचाउलान् । त्यहीअनुरूप अहिलेका टाठाबाठा र पहुँचवालाहरूले आ–आफ्नो तारतम्य मिलाइसकेका पनि होलान् । आ–आफ्ना स्वार्थअनुरूप नचाहिने केन्द्रीय निकायहरू र तीअन्तर्गतका कार्यालयहरू राख्न भरमग्दुर लागिपरेका पनि होलान् । यद्यपि, आफ्नो इच्छा र अनुकूलताबमोजिम समायोजन र पदस्थापन हुने मौका धेरैले पाउँदैनन् र त्यो सम्भव पनि छैन । अहिलेको व्यवस्थाअनुसार जोकोही निश्चित पालिका वा प्रदेशमा समायोजन भएपछि ५ वर्षलाई सरुवा हुन नपाउने व्यवस्था छ । यसले पनि कर्मचारीहरूलाई एक किसिमको मानसिकता सिर्जना गरेको छ । यो अवधिलाई २ वा ३ वर्षमा घटाउन सकिन्छ । हुनत, अहिले पनि एक भेगको बासिन्दा अर्को भेगमा कर्मचारी भई दशौं बीसौं वर्ष काम नगरेका/नगरिरहेका होइनन् । सबैलाई घरपायकको जागिर छैन । तर पनि मुलुकको शासन प्रणाली नयाँ संरचनामा प्रवेश गर्दा त्यसका पात्रहरूले आफूलाई कताकता असुरक्षित ठान्नु स्वभाविकै हो ।

अहिलेको व्यवस्थाअनुसार स्थानीय तहमा कर्मचारीहरू पालिका आपैmँले भर्ना गर्न पाइन्न, दैनिक ज्यालादारीमाबाहेक । सम्बन्धित प्रदेशभित्र जति पनि कर्मचारी चाहिने हो प्रादेशिक लोक सेवा आयोगबाट पूर्ति गर्ने प्रावधान रहेको बुझिन्छ । यसले प्रदेशभित्र कर्मचारीहरूको आवतजावतको बाटो खोलेको देखिन्छ । तथापि स्थानीय तहमै पनि एउटा पालिकाबाट अर्को पालिकामा, स्थानीय तहबाट प्रादेशिक सेवामा जाने बाटो कस्तो रहने र अझ प्रादेशिक सेवाबाट संघीय सेवामा जान सकिने नसकिने आदि व्यवस्था स्पष्ट हुनु जरुरी छ । अहिले जनमानसमा कर्मचारीलाई हेर्ने दृष्टि जेजस्तो भए पनि कर्मचारी राज्यव्यवस्थाको प्रमुख अंग हो र कर्मचारी भनेका प्रत्येक परिवारका सदस्य पनि हुन् । तिनको उचित व्यवस्थापन हुन सकेन भने भोलिका दिनमा कर्मचारीहरूमा असन्तुष्टि बढ्नेछ । कर्मचारी भनेको जनशक्ति हो र सक्षम र लगनशील जनशक्तिबिना काम हुँदैन, तर तिनले तलब भत्ता र सुविधा उपभोग गरिरहेका हुन्छन् । त्यसैले स्थानीय, प्रादेशिक र संघीय तहका कर्मचारीहरूबीच वृत्तिविकासदेखि प्रोत्साहन प्राप्तिमा भेदभावरहित व्यवस्था हुनु जरुरी छ।

अन्त्यमा, मुलुकको संरचनाभित्र जिल्लाको रेखांकन कायमै रहने र एउटै जिल्लाभित्र धेरै पालिकाहरू हुनेछन् । तर कृषिका जिल्ला कार्यालयहरू नहुने हुँदा ती पालिकाहरूको सीधा सम्पर्क प्रादेशिक सरकारसँग मात्र हुनेछ । अर्थात्, प्रादेशिक सरकारले सबै पालिकाका कृषि निकायहरूसँग प्रशासनिक, प्राविधिक लगायतका सबै खाले समन्वय कार्य गर्नुपर्ने हुन्छ । तसर्थ, प्रादेशिक सरकारको कृषि संगठनको स्वरूप बनाउँदा जिल्लामा आधारित वा जिल्ला हेर्ने एकाइहरू आवश्यक हुन आउँछ । जिल्लामा आधारित एकाइहरू जिल्ला स्तरीय तथ्यांक राख्न पनि आवश्यक पर्छ । आखिर पालिका, जिल्ला र प्रदेश हुँदै मुलुकको तथ्यांक तयार हुने हो ।
अर्को समाचार
सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने
१५ जेष्ठ २०७९
•
२ मिनेट पाठ
सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने
सरकारले मुलुकको कृषि क्षेत्रको विकासका लागि सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै कृषि क्षेत्रबारे प्राविधिक ज्ञान उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक पढेका एक–एक जना जनशक्ति उपलब्ध गराउने तथा प्रत्येक वडामा कृषि प्राविधिक उपलब्ध गराउने बताए।

कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा आत्मानिर्भरताका लागि कृषि उत्पादनको कार्यक्रमलाई उच्च प्राथमिकता दिएको हो। नेपालको ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रका रूपमा विकास गरिने अर्थमन्त्री शर्माले बताए। उनले किसानलाई कृषि र सहकारीमार्फत एकीकृत गरी खेतीयोग्य जमिन र बाँझो जग्गालाई प्रयोग गरी कृषि उत्पादन बढाउने बताएका छन्। कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि यस क्षेत्रको व्यवसायीकीकरण, आधुनिकीकरण र यान्त्रीकरण गरिने भएको छ।

सरकारले कृषि कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन गर्न प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसहितको उच्चस्तरीय संयन्त्र निर्माण गर्नेसमेत बताएको छ। सरकारले कृषकलाई  सरल र सहजरूपमा बीउ, मल, प्रविधि र सिँचाइ उपलब्ध गराउने,  लघुवित्तमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, कृषि बिमा गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने र बजारको व्यवस्था गर्नेलगायतका कार्यक्रमलाई अगाडि सारेको छ।

यस्तै कृषि उत्पादनदेखि बजारीकरण गर्न श्रम सहकारीमा आवद्ध गरी कम्तीमा ३०० कृषि स्वयंसेवक तयार गर्ने जनाएको छ। सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बाँझो जग्गालाई कृषक सहकारीलाई लिजमा उपलब्ध गराउने, कृषिको रुपान्तरण अभियानमा उत्कृष्ट हासिल गर्ने प्रत्येक प्रदेशका तीन स्थानीय तहलाई रु पाँच करोड नगद प्रोत्साहन अनुदान उपलब्ध गराउने अर्थमन्त्री शर्माले बताए। सरकारले आर्थिक वर्ष २०७९/८० मा कृृषि उत्पादन कार्यक्रम कार्यान्वयनका लागि १० अर्ब विनियोजन गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस