विश्वको सत्ताइसौं ठूलो अर्थतन्त्र ग्रिसमा उत्पन्न आर्थिक समस्याले धेरै प्रश्न जन्माएको छ। ग्रिसको मानवीय विकासका सूचकांकमा युरोपको सरदरभन्दा राम्रो छ। तर गत छ महिनामै कुल सार्वजनिक ऋण र गार्हस्थ उत्पादनको अनुपात शत प्रतिशतभन्दा पनि धेरै बढेको छ।
सन् २००९ को विश्वव्यापी आर्थिक संकट र अन्य घरेलु कारणले गर्दा ग्रिसको अर्थतन्त्र संकटमा धकेलिएको हो।
समष्टिगत आर्थिक परिसूचकलाई वाञ्छित सीमाभित्र राख्न नसक्ने हो भने लामो मानवीय श्रमले मात्र उच्च आर्थिक प्रतिफल ल्याउन असमर्थ हुन्छ भन्ने तथ्य ग्रिसको अनुभवले पुष्टि गरेको छ। सन् १९९५ देखि २००५ सम्मको तथ्याङ्कका आधारमा नेदरल्यान्डसको ग्रोनिङ्गेन आर्थिक वृद्धि तथा विकास केन्द्रले गरेको अनुसन्धानले यसलाई उजागर गरेको छ। यस अवधिमा ग्रिसमा प्रतिकामदार वार्षिक श्रम करिब १ हजार ९ सय घन्टा थियो। यो सम्पूर्ण युरोपमै सबैभन्दा उच्च हो। त्यसपछि स्पेनको कार्य घन्टा प्रतिकामदार वार्षिक करिब १ हजार ८ सय घन्टा थियो। तर यी मुलुकका अर्थतन्त्र कम गतिशील छन्।
पृष्ठभूमि
सन् २००० को सुरुदेखि नै सानो मुलुक ग्रिसमा विश्वका धेरै ठूला बैंकले एकैसाथ लगानी गर्न थाले। यसले अनावश्यक वित्तीय चाप सिर्जना गर्यो। बिस्तारै त्यसका दीर्घकालीन असर देखापर्न थाले। ग्रिसमा बढ्दो लगानीले वस्तु र सेवाको उत्पादन त बढायो तर प्राविधिक विकास उही गतिमा हुननसक्ता उत्पादित वस्तु विश्व बजारमा प्रतिस्पर्धी हुन सकेनन्।
सन् २००८ मा सुरू भएको विश्व आर्थिक मन्दीले ग्रीक अर्थतन्त्रमा ठूलो असर छोड्यो। ग्रिसका ठूला उद्योग पर्यटन र पानी जहाज नराम्रोसँग प्रभावित भए। रोजगार र उत्पादनमा आएको संकुचनले सन् २००९ मा राजस्व १५ प्रतिशतले घट्न पुग्यो। यसै पृष्ठभूमिमा जर्ज पापान्ड्रेऔको सरकारले आफ्नो अनुमानित बजेट घाटा कुल गार्हस्थ उत्पादनको ६ प्रतिशतबाट झण्डै १३ प्रतिशतमा पुगेको तथ्य अगाडि ल्यायो र मे महिनामा यो १४ प्रतिशत रहेको स्वीकार गरियो। यो समकालीन विश्व अर्थतन्त्रमा ठूलो बजेट घाटामध्ये हो। यसले कूल मुद्रा प्रदायमा चाप पर्न गयो र मुद्रास्पि्कतिका संकेत देखिन थाले।
सन् २००० को सुरूमै ग्रिसको समष्टिगत सरकारी ऋण कुल गार्हस्थ उत्पादनको झन्डै १ सय २० प्रतिशत पुगिसकेको थियो। यस समस्याले सरकारी खर्च जुटाउन ग्रीक सरकारले जनवरी २०१० मा २० अर्ब युरो बराबरको पाँच वर्षे बोन्ड पेपर निष्कासन गर्यो। त्यसपछि मार्च महिनामा फेरि ५ अर्ब युरो बराबरको १० वर्षे बोन्ड पेपर निष्कासन गर्यो। पछिल्ला बोन्ड पेपर पुराना बोन्डको दायित्व पूरा गर्ने उद्देश्यले निष्कासन गरिन्थे। तर अप्रिल महिना आउँदानआउँदै बोन्ड पेपरका अंकित मूल्यको विश्वसनीयतामा शंका उब्जन थाले।
किनभने, ग्रीक सरकार बढ्दो आर्थिक संकटले आक्रान्त थियो र निष्कासित बोन्ड पेपरको भुक्तानीमा ढुक्क हुने ठाँउ थिएन। यही शंकालाई बल पुग्नेगरी सरकारले निष्कासन गरेका बोन्ड पेपरमा लगानी गर्नेले ३० देखि ५० प्रतिशतसम्म घाटा बेहोर्नुपर्ने जोखम देखिन थाले। विश्वव्यापीकरणको सूचकांकका आधारमा २४ औं स्थानमा रहेको ग्रीक अर्थतन्त्रमा आएको यो अभूतपूर्व संकटले विश्व सेयर बजार पनि ओरालो लाग्यो।
समाधानका प्रयास
ऋण समस्यालाई समाधान गर्ने एउटा उपाय ग्रीक मुद्राको अवमूल्यन थियो तर ग्रिस युरोपेली साझा मुद्रा प्रणालीमा रहेको हुनाले आवश्यकताअनुरूप मौद्रिक नीति तय गर्न स्वतन्त्र थिएन। आफ्नै स्वतन्त्र मुद्रा प्रणाली नभएकोले कुल मुद्रा प्रदायमा वृद्धि गरेर विस्तारवादी मौद्रिक नीति अवलम्बन गर्नुका पनि सीमा थिए। विश्व आर्थिक मन्दीको समयमा अमेरिकाले १ खर्ब ३० अर्ब अमेरिकी डलरको ओभरड्राफ्ट यही नीतिअनुरूप निष्कासन गरी आर्थिक सङ्कट टार्न कोसिस गरेको थियो।
विकल्पमा ग्रिसलाई साझा युरो मुद्राबाट बाहिर झिक्ने र मौद्रिक उपायबाट समस्याको निकास निकाल्न प्रेरित गर्ने सोचाइ पनि अगाडि बढे तर त्यसो गरिएमा साझा युरो मुद्रा नै असफल भएको सन्देश विश्व मुद्रा बजारमा जाने हुनाले अन्य उपायको खोजी गरियो। यसै प्रसंगमा बेलायतका नयाँ प्रधानमन्त्री डेभिड कामेरोनले यिनै समस्याको सम्भावित खतराबाट जोगिन बेलायतले युरोपेली समूहभित्र रहने तर साझा युरो मुद्राभित्र नरहने निर्णय गरेको सही थियो भनेका छन्।
हुन त ग्रीक अर्थतन्त्रले युरोपेली युनियनभित्र दुई प्रतिशतमात्र हिस्सा ओगट्छ तर ग्रिस दक्षिण पश्चिम युरोपमा लगानीको आकर्षक गन्तव्यका रूपमा विकसित हुने संभावना रहेको र त्यहाँ भइसकेका लगानीलाई जोगाउन नसकिए सम्पूर्ण युरोपमै लगानीकर्ताको विश्वास धराशायी हुने भयले अन्य युरोपेली मुलुक चिन्तित भए। त्यसमा पनि स्पेन, पोर्चुगल र आयरल्यान्डको स्थिति ग्रिसको भन्दा तात्विकरूपले भिन्न छैन।
यी सबै मुलुकमा सरकारी ऋण र बजेट घाटा उच्च छन्। इटालीमा पनि ऋण संकट उच्च छ तर त्यहाँ बजेट घाटाको समस्या अन्य युरोपेली मुलुकको औसतभन्दा न्यून छ। इटाली र स्पेन युरोपेली युनियनभित्र केही केन्द्रीकृत अर्थतन्त्र भएका मुलुक हुन् र तिनले ऋण समस्यालाई आन्तरिकरूपले नै सम्बोधन गरिरहेका छन्। ग्रिसजस्तो सानो मुलुकलाई अलि हतारमा एकीकृत गरी खुल्लापनतिर तीब्र गतिमा धकेल्नु युरोपेली युनियनको भूल भएको देखिन्छ।
संकट चुलिँदै गएपछि ग्रिसको समाजवादी सरकारले अर्थतन्त्रको ‘मुक्ति या धराशायी' एउटा बाटो रोज्नुपर्ने अवस्था आएको सार्वजनिक घोषणा गरेर केही निर्णय गर्यो। तिनमा बजेट घाटा घटाउने अर्थात् सन् २०१० मा कुल गार्हस्थ उत्पादनको ८.७ प्रतिशत रहेको बजेट घाटालाई सन् २०१२ सम्ममा ३ प्रतिशतमा झार्ने, आगामी तीन वर्षमा करका दर अझ बढाएर झन्डै तीस अर्ब युरो राजस्व असुली गर्ने योजना सार्वजनिक गरिए। अनुदान कटौती र करका दरमा गरिएको वद्धिले मे महिनाको सुरुमा सामाजिक असन्तोष जन्मायो। मुलुकमा सरकारी निर्णयका विरोधमा व्यापक प्रदर्शन भए।
सेयर बजारमा आएको संकटसँगै ग्रीक सरकारले आफ्ना केही बोन्ड पेपरको स्तर अवमूल्यन गरेर प्रत्यक्ष भुक्तानीको दर बढायो। यसबाट युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको बोन्ड पेपरभन्दा ग्रीकको अल्पकालीन प्रतिफल उच्च देखिन पुग्यो। यसबाट सन् २०१० को अप्रिलमा बोन्ड पेपरहरूको अंकित मूल्यमा १५.३ प्रतिशतले वृद्धि भयो भने दीर्घकालीनरूपले सरकारी दायित्वमा केही खुकुलो स्थिति आयो।
मे महिनामा युरोपेली केन्द्रीय बैंकले ग्रीक बोन्ड पेपरहरूका आधारमा न्यूनतम दिन सकिने ऋणको सीमालाई अर्को सूचना नआएसम्मका लागि लचिलो बनायो। यस्ता बोन्ड पेपरमा 'जंक' स्तरका बोन्ड (जसलाई दोश्रो दर्जाको बोन्ड मानिन्छ र लगानीको हिसाबले त्यति भरपर्दो मानिदैन तर अल्पकालीन प्रतिफल चाहिँ केही उच्च रहन्छ) लाई पनि समावेश गरियो। केही युरोपेली बैंकले ग्रीक बोन्ड पेपरमा ८.५ प्रतिशतसम्म झरेर ऋण दिन थाले। यसका अतिरिक्त ग्रीक बोन्ड पेपरलाई आधार मानेर युरोपेली केन्द्रीय बैंकले ग्रिसलाई थप ऋण दिन सकिने व्यवस्था गर्यो। यसबाट लगानीकर्ताको ग्रीक बोन्ड पेपरमा विश्वास जगाउन सजिलो भयो।
विश्वव्यापी प्रभाव
विश्व आर्थिक मन्दीको प्रभावबाट कमजोर बनेर बिस्तारै उठ्दै गरेको युरोपलाई यो संकट टाउकोबाट चिसो पानी खन्याएजस्तो भएको छ। यसले अन्ततः अर्को विश्व आर्थिक मन्दी निम्त्याउनसक्ने जोखिम एकातिर रहेको छ भने हालका दिनमा निकै खस्केका युरोपेली मुद्राहरू युरो र स्टर्लिङ पौन्डको सोझो सम्बन्ध पनि ग्रीक आर्थिक संकटसँग रहेको छ। यसको अर्को प्रभावका रूपमा समग्र युरोपको आर्थिक वृद्धि दर सन् २०१० मा १ प्रतिशत र सन् २०११ मा १.५ प्रतिशतमात्र रहने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ। समग्र युरोपको कमजोर आर्थिक वृद्धि दरले विश्वका ठूला अर्थतन्त्र संयुक्त राज्य अमेरिका, जापान र बेलायतलाई बढी प्रभावित पारेकाले मन्दीबाट बिस्तारै उठ्दै गरेको विश्व अर्थतन्त्रलाई नै उत्थानको चरणमा गम्भीर धक्का पुगेको छ।
ग्रिसको आर्थिक संकटले विकसित र विकासशील दुवै समूहका राष्ट्रलाई केही महत्वपूर्ण सन्देश दिएको छ। ग्रिसको संकट सुरुको संकेतमात्र भएपनि त्यसले धेरै तथ्य उजागर गरेको छ। आफ्नो क्षमताभन्दा बढी खर्चिला अमेरिकालगायत अन्य ठूला अर्थतन्त्रमा दीर्घकालसम्मको बजेट घाटा विस्फोटमा परिणत हुनसक्ने जोखिम छ। सरकारलाई दिइने वैदेशिक ऋण सुरक्षित रहन्छ र खराब ऋणमा परिणत हुँदैन भन्ने परम्परागत सोच पनि यस संकटले गलत देखाएको छ। त्यसैगरी, व्यक्तिजस्तै राष्ट्रले पनि अनियन्त्रितरूपमा ऋणमाथि ऋण थप्ने काम गर्नु प्रत्युत्पादक हुने हुँदा बजेट घाटा र सरकारी ऋणको वैज्ञानिक ढंगले सीमांकन गर्नु आवश्यक हुने देखाएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका ऋण सर्तका कारण १९९० को उत्तरार्धमा निर्यातमुखी औद्योगिक नीति लिएका पूर्वी एसियाली राष्ट्र वित्तीय संकटमा परेका थिए। ती मुलुकमा अत्यन्त गतिशील अर्थतन्त्र रहे पनि तुलनात्मकरूपले साना भएकाले हालको युरोपेली आर्थिक संकटले १९९७ को पूर्वी एसियाली संकटभन्दा बढी प्रभाव पारेको हो र हालको विश्व आर्थिक उत्थानलाई सोझै प्रभावित पारेको छ। पूर्वी एसियाली मुलुकमा निजी क्षेत्रलाई दिइएको अनियन्त्रित वैदेशिक ऋणले संकट उत्पन्न गराएको थियो भने युरोपको संकट सरकारलाई जाने वैदेशिक ऋणका कारण उत्पन्न भएको छ।
ग्रिस संकटले युरो साझा मुद्राको निरन्तर अवमूल्यन हुँदै गएपछि युरोपेली युनियन बढी चिन्तित देखिएको छ। सम्भावित खतरा टार्न युरोपेली युनियन र अन्तर्राष्ट्रिय मुद्रा कोषले संयुक्तरूपमा तीन वर्षका लागि १ सय २० अर्ब युरोको सहयोग प्याकेज घोषणा गरेका छन्। तर धेरै अर्थशास्त्रीले ग्रीक अर्थतन्त्रको सुधारका लागि थप प्रयासको जरुरत औँल्याएका छन्। त्यसमा पनि निष्कासित सरकारी ऋणको नयाँ व्यवस्थापन र तिनको आंशिक भुक्तानीमात्र गर्न सकिने स्थिति रहेको धेरैको धारणा छ।
ग्रिसको संकटबाट दक्षिण एसिया पनि धेरै सजग हुनुपर्ने देखिएको छ। यस क्षेत्रका सबैजसो राष्ट्रमा सार्वजनिक सुरक्षा खर्चमा निरन्तर वृद्धि हुँदै आएको छ। साना मुलुकमा आन्तरिक द्वन्द र ठूला मुलुकमा आणविक होडबाजीका कारण यस्तो वृद्धि भएको हो। यस क्षेत्रका राष्ट्रमा श्री लंकामा सार्वजनिक ऋण सापेक्षितरूपमा सबैभन्दा उच्च छ। पछिल्लो तथ्यांकअनुसार सन् २००८ मा यसले कुल गार्हस्थ उत्पादनको ९१ प्रतिशत नाघेको छ। अर्थात्, कुल सरकारी आयको ९० प्रतिशतभन्दा बढी त ऋण व्यवस्थापनमा खर्च भएको देखिन्छ। भारतमा सन् १९९० को दशकमा कुल गार्हस्थ उत्पादनको ७० प्रतिशत रहेको सार्वजनिक ऋण सन् २००८ मा आइपुग्दासम्म ८५ प्रतिशत नाघेको छ।
पाकिस्तानले भने यस समस्यालाई सन् २००० को दशकमा प्रभावकारी ढंगले सम्बोधन गरेको देखिन्छ। फलस्वरूप, उसको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ८४ प्रतिशतबाट ५७ प्रतिशतमा झरेको छ। यसका लागि महंगा बोन्ड पेपरको अग्रिम भुक्तानी, केही बोन्ड पेपरको खारेजी, केहीको समयावधि परिवर्तनजस्ता उपाय अवलम्बन गरिएका थिए। नेपाल र बंगलादेशको भने सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ५५ देखि ६० प्रतिशत रहेका छन्।
दक्षिण एसियामा पनि साझा मुद्रा प्रणाली लागू गर्नु उपयुक्त हुने सोच क्रमशः विकसित भैरहेको छ। तर, त्यसपछि कुनै मुलुकमा आउनसक्ने वित्तीय संकट सम्बन्धित मुलुकको स्वतन्त्र मौद्रिक नीतिद्वारा सम्बोधन गर्न सकिने सम्भावना न्यून हुन्छ। यसैले दक्षिण एसिया साझा मौद्रिक प्रणालीमा जानुपूर्व नै सबै सदस्य राष्ट्रहरूको सार्वजनिक ऋणलाई निश्चित् सीमाभित्र राख्नुपर्नेतर्फ नीति निर्माताको ध्यान जानु जरुरी छ।