जेठ १४ गते संविधानसभा बैठकमा महिला सभासद्ले नारावाजी गर्दै रोष्टम घेराउ गर्न पुगेको दृश्य प्रायः सबै टिभी च्यानलले प्राथमिकता साथ देखाए। लाग्थ्यो, उनीहरू बितेका दुइ वर्षैभरि एक दिन नबिराई संविधानसभालाई सक्रिय र अर्थपूर्ण बनाउन मरिमेटेर लागेका थिए, त्यसैले यो समाप्त हुने त्रासले उनीहरू बढी नै संवेदनशील भएका छन्।
संविधानसभाको माया उनीहरूलाईमात्र छ। त्यो माया पनि संविधानसभाको अवधि सकिने एक घन्टा अगाडिमात्र उर्लेर आयो।
हुनत, अहिले महिला सभासद्को कार्य मूल्याङ्कन गर्ने बेला भइसकेको छैन होला। किनभने सदियौंदेखि सार्वजनिक जीवन विशेषगरी राजनीतिक अवसरबाट वञ्चित नेपाली महिलाको यति धेरै संख्यामा संविधानसभा/व्यवस्थापिका संसद्मा उपस्थिति पहिलो अनुभव हो। त्यसकारण महिलाहरूका निमित्त यो अत्यन्त संवेदनशील, चुनौतीपूर्ण र सिकाइको अवसर हो। यति हुँदाहुँदै पनि पितृसत्तात्मक समाजमा आगामी दिन अरू महिलाको निमित्त बाटो फराकिलो गर्न संविधानसभामा अहिले प्रतिनिधित्व गर्ने महिलाको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले समाजका सबैले उनीहरूको भूमिकालाई विशेषरूपमा नियालिरहेका छन्।
संसद्भित्र प्रजातान्त्रिक मूल्य र मान्यताअनुरूप खासै छलफल नभएको विगत दुई वर्षको समयावधिमा महिला सभासद्ले अपेक्षित भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरे कि गरेनन् भन्ने प्रश्न एकातिर छ भने त्यस्तो अवसर पाउँदा उपयुक्त भूमिका निर्वाह गरे कि गरेनन् भन्ने प्रश्न पनि त्यत्तिकै सान्दर्भिक छ । सभासद् महिलाले संविधान सभाभित्र 'संविधानसभा बन्धक नबनाऊ', 'सहमति कायम गर', 'जनतालाई धोका नदेऊ'लगायतका नारा लगाइरहँदा उनीहरुको अनुहारमा ग्लानि भने देखिँदैनथ्यो। संविधान समयमा नबन्नुमा आफ्नो पनि गल्ती छ भनेर र आफू पनि दोषका भागीदार हौं भन्ने जनतालाई थाहा छ भन्ने हेक्का उनीहरूले राखेको देखिएन।
संविधान बनाउने समयसीमा सकिन लागेको अन्तिम घडीमा महिला सभासद्हरू जोसिएर एकाएक संविधानको म्याद थप्न सक्रिय भएर रोष्ट्रम घेराउ गरेको देख्दा महिला अधिकारकर्मीहरू छक्क परे। संविधान समयमा बनाउनुपर्छ, देशलाई सही दिसा दिनुपर्छ, समयमा संविधान नबन्दा भविष्य दुःखद हुन्छ भन्ने ज्ञान ती सभासद् महिलामा पहिले कहिल्यै आएन। दुइ वर्षको हिसाब त मिनेट मिनेटको हुनुपर्थ्यो तर त्यहाँ त घन्टा, दिन वा साता हैन महिनौ त्यसै बित्यो। यो दुई वर्षमा कुन दिन को कहाँ थियो भन्ने जनतालाई थाहा छ। लाग्छ, त्यति बेला उनीहरूलाई २०६७ को जेठ १४ पनि आउँछ जस्तो लागेकै थिएन!
महिला प्रतिनिधित्व उल्लेख्य भए पनि तिनले समग्र राजनीति त के महिलाका मुद्दालाई पनि रणनीतिक ढंगबाट प्रस्तुत गर्न सकेनन् बितेको दुई वर्षमा। सभासद् महिलाले कुनै पनि सवाल उठान गर्दा प्राथमिकता दिन त सकेनन् नै, राजनीतिक खेलका नियम, महिलाका सबाल र सरोकारका विषयसमेतमा स्पष्ट दृष्टिकोण पेस गर्न चुके। बितेका दुई वर्षमा ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको यस ऐतिहासिक सभामा पनि चाहेजस्तो काम भएन। त्यसमा पनि महिला एकत्रित हुने कि सबै समिति उपसमितिमा सहभागिता खोज्ने भन्ने निर्क्योल गर्नसमेत समय लाग्यो। अनि, अन्तिम घडीको संविधान सभा जोगाउने किन यत्रो चिन्ता?
त्यस दिन देशको राजनीति संविधानसभामा सीमित थिएन। टिभीको पर्दामा नदेखिए पनि उनीहरूले नाराबाजी गरिरहँदा शीर्ष नेता र पद ओगटेर बसेका पुरुष सभासद् राजनीतिक खेलमा लागेका थिए। संविधानसभाको म्याद महिला सभासद्को नाराले होइन तीनबुँदे सहमतिले लम्बिएको थियो। यस्तो अन्तिम समयमा सभासद् पद जोगाउन तल्लीन सभासद् महिला त्यसदिन भएको कुनै पनि निर्णायक बैठकमा समावेश हुन पाएनन्। त्यो आफ्नो पनि सरोकारका विषय भएकाले यस्ता निर्णायक बैठकमा बस्न पाउनुपर्छ भन्ने चेतना उनीहरूमा देखिएन।
उनीहरू साँच्चै चिन्तित थिए भने अहिले तीन बुँदे सहमतीको व्याख्याको विवाद बढ्दै जान लागेका बेलामा आफ्ना नेताहरूलाई खबरदारी गर्नुपर्थ्यो। यसमा पनि सभासद् महिला चुकेको देखिन्छ। यस्तै असमझदारी बढ्दै गए समयावधि जति बढाए पनि संविधान बन्दैन।
पुरुष प्रभुत्व रहेको संसद्भित्र यस्तो फितलो महिला प्रस्तुतिले आगामी दिन अझै कठिन हुने निश्चित् छ। अब सभासद महिलाले आफ्नै राजनीतिक विचार बनाएर टीभीको पर्दामा देखिएमात्र गौरव गर्ने सकिनेछ। हुनत, अब फेरि सभासद महिलाका निमित्त पनि एक वर्षको अवसर थपिएको छ। भावी कदम तय गर्न विगतको समिक्षा महत्वपूर्ण हुन्छ। नयाँ पुस्ताका महिलालाई राजनीतिमा प्रभावशाली भूमिका दिलाउन सकेमात्र अहिलेका सभासद् महिला सफल मानिनेछन्।
संसद्भित्रका ३३ प्रतिशत सभासद् महिलाले राजनीतिक प्रक्रियामा आफ्नो प्रभाव कसरी बढाउने, तिनको प्रभावकारिता बढाउन के कस्ता रणनीतिको प्रयोग गर्ने, असमानता, शोषण र गरिबीविरूद्धको रणनीति के हुने भन्ने विषयमा केन्द्रित हुन आवश्यक देखिन्छ।