पृथ्वीको उत्पत्ति करिब ४ अर्ब ५० करोड वर्षअघि भएको अनुमान गरिन्छ भने पृथ्वीमा पहिलो जीवको उत्पत्ति ३ अर्ब ५० करोड वर्षअघि भएको मानिन्छ। पृथ्वीमा पहिलो जीवको उत्पत्ति भएको करिब १० करोड वर्षपछि हरितकण अर्थात् क्लोरोफिल भन्ने रङद्रव्य (पिग्मेन्ट)युक्त एक कोषीय जीवको विकास भयो।
यसैलाई हामी आज वनस्पति भन्छौँ। यिनै हरितकणले गर्दा वनस्पति हरियो रङको भएका हुन्। हरितकणको मद्दतबाट वनस्पतिले फोटोसिन्थेसिस भनिने जैविक प्रकृयाद्वारा सौर ऊर्जालाई मानिसलगायतका पृथ्वीका सम्पूर्ण प्राणीजगतले बाँच्नका लागि उपयोग गर्ने रासायनिक ऊर्जामा परिणत गर्छ। तसर्थ पृथ्वीका सम्पूर्ण प्राणीको अस्तित्व अन्ततः वनस्पति र तिनमा निहित फोटोसिन्थेसिस् प्रक्रियामा भरपर्छ।
समयक्रममा एक कोषीय हरितकणयुक्त जीवबाट फूलफुल्ने र फूल नफुल्ने जातका विविध प्रजातिका बहुकोषीय वनस्पतिको विकास भयो। सबै प्रकारका वनस्पतिमध्ये फूलफुल्ने जातको वनस्पति सबैभन्दा विकसित, ठूलो र प्रधान समूह हो। पृथ्वीमा फूलफुल्ने जातको वनस्पति लगभग १२ करोड वर्षअघि देखापरेको थियो। यस समूहका वनस्पतिले करिब ८ करोड वर्षदेखि पृथ्वीको भूभागको अधिकतम क्षेत्रफल ओगट्दै आएको छ।
वनस्पति जगतमा फूलफुल्ने जातको वनस्पतिलाई सबैभन्दा विकसित वनस्पति मानिएजस्तै त्यसरी नै प्राणी जगतमा आधुनिक मानव होमो सेपियन्सलाई सबैभन्दा विकसित प्राणी मानिन्छ। आधुनिक मानव लगभग ५ लाख वर्षअघिमात्र पृथ्वीमा अस्तित्वमा आएको थियो। प्राणीमध्ये सबैभन्दा जटिल र विकसित मस्तिष्क भएका कारण आधुनिक मानव प्राणीजगतमा सर्वश्रेष्ठ प्राणी भएको हो।
वनस्पति र मानवबीच ठूलो सम्बन्ध छ। मानिसको बाँच्ने आधार नै वनस्पति हो। माना, छाना र नानाजस्ता मानिसका आधारभूत आवश्यकताको प्रमुख स्रोत वनस्पति नै हो। उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल स्रोत पनि वनस्पति नै हुन्। आजको विश्व अर्थतन्त्रको करिब ४० प्रतिशत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वनस्पतिलगायतका जैविक स्रोतको उपयोगमा आधारित छ। त्यतिमात्र होइन, मानिसलाई सास फेर्न र बाँच्न नभई नहुने अमूल्य तत्व अक्सिजनको स्रोत पनि हरियो वनस्पति नै हो। हरेक वनस्पति सेवन वा अन्य कुनै प्रयोजनका लागि उपयोगी नभए पनि वनस्पतिका सबै प्रजातिले मानिसका निम्ति अपरिहार्य अक्सिजन भने निरन्तररूपमा उत्पादन गरिरहन्छन्। त्यसैले मानिसको अस्तित्वका लागि सबै वनस्पतिको महत्वपूर्ण योगदान रहेको हुन्छ। मानिसका लागि काम नलाग्ने वनस्पति संसारमा कुनै पनि छैन।
लाखौँ वर्ष अघिदेखि मानिसले बाँच्नका लागि जङ्गलमा पाइने खानयोग्य वनस्पतिको उपयोग गर्दै आएको भएपनि लगभग ११ हजार वर्षअघिमात्र खाद्यवस्तुका लागि उपयोगी वनस्पतिहरूको घरेलुकरण अर्थात् कृषि प्रणाली सुरु भएको थियो। मध्यपूर्व, एसिया र अमेरिकी भूभागमा कृषि युगको प्रादूर्भाव लगभग एकै समयमा भएको थियो। मध्यपूर्वी क्षेत्रमा आजको लेबानन, सिरिया, इराक र इरान पर्ने भूभागमा लगभग ११ हजार वर्षअघि कृषि प्रणाली पहिलोपल्ट सुरु भएको मानिन्छ। लगभग त्यही समय चीनको येलो रिभर क्षेत्रमा र अमेरिकाको पेरु र मेक्सिको क्षेत्रमा समानान्तररूपमा कृषिको प्रारम्भ भएको थियो।
मध्यपूर्वमा सबैभन्दा पहिले खेती गर्न सुरु गरिएका खाद्यबालीमध्ये अन्नमा गहुँ र जौ, दालमा मुसुरो, केराउ र बोडी थिए भने फलफूलमा जैतुन, खजुर, अनार र अङ्गुर थिए। एसियामा पहिलोपल्ट उमारिएका बालीमध्ये अन्नमा बाजरा, दालमा भटमास र फलफूलमा आँप, कागती र केरा पर्दछन्। पछि गएर एसियामा बाजराको ठाउँमा धान रोपिन थालियो। एसियामा कम्तीमा १० हजार वर्षअघिनै धानको रोपाइँ सुरु भइसकेको पुरातत्विक प्रमाण फेला परेको छ। यसैगरी अमेरिकी भूभागमा पहिलोपल्ट उमारिएका अन्न मकै थियो भने, दाल र गेडागुडीमा सिमी र बदाम तथा फलफूलमा अभोकाडो र भुइँकटहर प्रमुख थिए। दक्षिण अमेरिकाको उच्च भूभागमा पहिलोपल्ट लगाइएका खाद्यबालीमा आलु प्रमुख थियो। कृषि प्रणाली प्रारम्भ भएका पृथ्वीका तीनवटै भूभागका मानिसमा त्यतिबेलादेखि नै सन्तुलित आहारबारे राम्रो ज्ञान रहेको देखिन्छ। तिनीहरूले एकैसाथ कार्बोहाइड्रेटयुक्त अन्न, प्रोटिनयुक्त दाल वा गेडागुडी र भिटामिनयुक्त फलफूलको खेती सुरु गरेका थिए।
मानव विकास क्रममा लगभग एकै समयमा पृथ्वीका विभिन्न भूभागमा समानान्तररूपमा कृषि प्रणालीको प्रारम्भ हुनु एक संयोगमात्र हुन नसक्ने वैज्ञानिकहरूको विश्वास छ। त्यतिबेलाको प्राकृतिक वातावरणका कारण मानिस खेतीपाती गर्न बाध्य भएको थियो वा मानव मस्तिष्कको विकास हुँदै एक निश्चित् स्तरमा पुगेपछि विभिन्न भूभागका मानिसमा एकै समयमा खेतीपाती गर्ने सोच, बुद्धी वा क्षमता स्वभाविकरूपमा विकसित भएको हो भन्ने वैज्ञानिकहरूका लागि एक रहस्यको विषय रहेको छ। जे होस्, कृषि अभ्यासको उत्पत्ति स्थलहरूबाट कृषि प्रणाली बिस्तारै छिमेकी भूभाग र त्यहाँबाट सर्वत्र फैलियो।
समयक्रममा प्रत्येक सभ्यताका मानिसले आफ्नो आवश्यकताअनुसार खेतीपातीका लागि थप उपयोगी वनस्पति प्रयोगमा ल्याउन थाले। इसापूर्व तीन हजारको आरम्भतिर मध्यपूर्वमा र पछि अन्य स्थानमा मानिसले जङ्गलमा पाइने मनमोहक तथा रंगीचंगी फूलका वनस्पतिको पनि घरेलुकरण गर्न सुरु गरे। पछि यी फूलहरू विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यमा पनि प्रयोग हुन थाले।
पन्ध्र्रौँ शताब्दीमा युरोपेलीहरू समुद्रीमार्गको प्रयोग गरी विश्वका विभिन्न भागमा पुगे। ती समुद्रीयात्रीले पृथ्वीको एक भागको खाद्यबाली एवं अन्य वनस्पतिका बीज अर्को भागमा लैजान मद्दत गरे। फलस्वरूप विश्वका विभिन्न भागमा विभिन्न देशका रैथानै खाद्यबाली तथा वनस्पतिको विस्तार भयो। आज कतिपय वनस्पति विश्वका सम्पूर्ण भागको राष्ट्रिय सीमाबाट मुक्त भएर सर्वव्यापी भएका छन्।
कृषिको प्रारम्भ भएपछि मानव सभ्यताको विकासमा अतुलनीय र दूरगामी प्रभाव पर्यो। कृषि उत्पादनबाट आवश्यक खाद्य आपूर्ति सुनिश्चित भएपछि मानिसले स्थायी वासस्थान निर्माण गर्न थाल्यो र गाउँ सहरको निर्माण भयो। यसैगरी मानिसले आफ्नो बचेको समय चिन्तन मनन तथा प्रकृतिका नियम बुझ्ने काममा प्रयोग गर्न थाल्यो। फलस्वरूप ज्ञान र विज्ञानको क्षेत्रमा ठूलो प्रगति भयो र मानिसको जीवन शैलीमा पनि ठूलै परिवर्तन भयो।
मानिसले खाद्यबालीका रूपमा आजसम्म प्रयोग गर्दै आएका प्रमुख वनस्पति हाम्रा पूर्वजले हजारौँ वर्षअघि विकास गरेका र उमारेका केही वनस्पतिमा नै बढी सीमित छन्। आज पनि मानिसले आफूलाई आवश्यक पर्ने दैनिक पोषण शक्तिको ६० प्रतिशत तीन प्रकारका अन्नबाली अर्थात गहुँ, चामल र मकैबाट प्राप्त गर्दै आएका छन्। यसैगरी गहुँ, चामल, मकै, आलु, सखरखण्ड र दक्षिण अमेरिकामा खाइने एक प्रकारको खाद्यवस्तु कसाभा गरी ६ प्रकारका खाद्यवस्तुबाट विश्वभरका मानिसको ८० प्रतिशत पोषण शक्तिको आपूर्ति हुने गरेको छ। विश्वभरका मानिसले प्रमुख खाद्य बालीका रूपमा प्रयोग गर्दै आएका वनस्पतिको संख्या लगभग २० थरीमा सीमित छन्।
ती हुन् - गहुँ, चामल, मकै, जुनेलो, बाजरा, जौ, कोदो, आलु, सखरखण्ड, भटमास, बोदी, सिमी, गोलभेडा, केरा, स्याउ, सुन्तला, उखु, चुकन्दर र नरिबल। त्यसैगरी आज विश्वभरी खाने प्रयोजनका निम्ति व्यापक खेती गरिने वनस्पतिको सङ्ख्या लगभग १ सय ५० प्रकारका मात्र छन्।
आजपनि विकासशील देशका ग्रामीण क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाले नजिकको जङ्गलमा पाइने हजारौँ प्रजातिका जङ्गली वनस्पतिलाई खाद्य वस्तुका रूपमा प्रयोग गर्दै आएका छन्। तर यस्ता अधिकांश बहुमूल्य वनस्पति व्यापक खेतीपातीको प्रयोजनका निम्ति प्रयोग हुन सकेको छैन। विश्वको बढ्दो जनसङ्ख्याका लागि भविष्यमा खाद्यवस्तुको स्रोतका रूपमा ठूलो सम्भावना बोकेका यी कतिपय अमूल्य वनस्पति दिन प्रतिदिन लोप हुन थालेका छन्।
कृषिको प्रादूर्भाव हुनुभन्दा पहिले विश्वको जनसङ्ख्या ५० लाख जतिमात्र भएको अनुमान गरिन्छ। कृषि प्रणाली प्रारम्भपछिको खाद्यवस्तुको सुनिश्चितता र विज्ञान प्रविधिमा भएका पछिल्लो प्रगतिका कारण मानिसको औसत आयु दिन प्रतिदिन बढिरहेको छ। फलस्वरूप विश्वको जनसङ्ख्या निरन्तर बढी रहेको छ। आज विश्वको जनसङ्ख्या ६ अर्ब नाघिसकेको छ ।
कतिन्जेल यस धर्तीले आवश्यक परिमाणमा खाद्यवस्तु उत्पादन गरेर मानिसको निरन्तर बढ्दो जनसङ्ख्या धान्ने हो भन्ने आज सबैका लागि ठूलो चिन्ताको विषय बनेको छ। विश्वको बढ्दो खाद्य वस्तुको आवश्यकता परिपूर्ति गर्न नयाँ खानयोग्य जङ्गली वनस्पतिको पहिचान गरी त्यस्ता वनस्पतिलाई व्यापक खेतीका लागि प्रयोग गर्नुपर्ने आवश्यकता वैज्ञानिकहरूले महसुस गर्न थालेका छन्।
वनस्पतिले मानिसलाई बाँच्नयोग्य सन्तुलित मौसम र वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दछ, तर बढ्दो जनसङ्ख्याका कारण विश्वभर जैविक विविधतामा निरन्तर ह्रास भइरहेको छ। अहिले कै गतिमा जैविक विविधतामा ह्रास हुँदै जाने हो भने, आउँदो २०-३० वर्ष भित्र विश्वका १५-२० प्रतिशत वनस्पतिका प्रजातिहरू सँधैका लागि लोप हुने आशंका गरिएको छ। जैविक विविधतामा हुने यस प्रकारको ह्रासबाट वातावरणमा पर्ने प्रतिकूल असरले मानिसको अस्तित्व नै खतरामा पर्नसक्ने विज्ञहरू बताउँछन्।
हाल विश्वभर देखा परेको प्रतिकूल मौसम परिवर्तनको एक मूल कारण मानिसबाट ठूलो परिमाणमा जङ्गल फँडानी गरी वनस्पति नष्ट गरिनु पनि हो। हामी सबैले यस धर्तीमा हरेक वनस्पतिको त्यतिकै महत्व छ भन्ने बुझ्नु आवश्यक छ। मानिसविना वनस्पति बाँच्न सक्छ तर वनस्पतिविना मानिस बाँच्न सक्तैन। आफ्नै समृद्धि र अस्तित्वको रक्षा गर्नका लागि पनि सबै वनस्पतिको संरक्षण र सम्मान गर्नु मानिसको आवश्यकता र कर्तव्य हो।