सरकारले दोस्रो गणतन्त्र दिवसमा घोषणा गरेको विभूषण र पदकसम्बन्धी बहस र विरोध जारी छ। मुलुक, समाज र आफ्नो पदमा रहेर विशिष्ठ योगदान पुर्याएका व्यक्तिलाई उनीहरूको योगदानको कदरस्वरूप राष्ट्रले विभूषण, उपाधि, पदकआदि प्रदान गर्ने गर्छ।
तर सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयबाट घोषणा भएका विभिन्न श्रेणीका २ सय ६८ पदकसम्बन्धमा बढी नै नकारात्मक टिप्पणी भइरहेको छ।
कसलाई किन पदक प्रदान गरिएको हो? सरकारले स्पष्ट मापदण्ड बनाएको भए अन्योल हुँदैनथ्यो। तर गृह मनत्रालयका प्रशासकहरूले तजबिजी अधिकार प्रयोग गरेर हचुवाका भरमा विभूषित हुनेको छनौट गरेकोले विरोध भयो। घोषित पदकहरूका विरुद्ध अहिले मूलतः तीन प्रकारको तर्क दिइएका छन्। एउटा समूह पदक पाउनेको छ जसले विभूषणको मर्यादा कायम राख्दै आफूलाई पदक प्रदान गरिएकोमा अस्वीकार गरेका छन्। पत्रकार युवराज घिमिरे, कनकमणि दीक्षित, रङ्गकर्मी मदनकृष्ण र हरिवंश आचार्यले सुरूमै पदक अस्वीकार गरे। पत्रकार घिमिरेले राजा ज्ञानेन्द्रको पाला (२०६१)मा पनि पदक अस्वीकार गरेका थिए। उनको आपत्ति राज्यले सम्मान गरेकोमा नभएर पदक वितरण गर्ने अपारदर्शी परम्पराविरुद्ध देखिएको छ। पदक अस्वीकार गर्ने अरूको तर्क पनि लभभग यस्तै छ।
अस्वीकार गर्नेहरूले जे भने पनि उनीहरूले रहरले पदक बहिस्कार गरेका होइनन्। यसलाई 'जिम्मेवारहरूले' गंभीरतापूर्वक लिनुपर्छ। पदक अस्वीकार गर्नेको आआफ्नै तर्क, आग्रह, पूर्वाग्रह हुनसक्छन्। संस्थागत रूपमै भने सरकारको पदकसम्बन्धी निर्णयमा औलो उठाउने काम सर्वोच्च अदालतका प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठले गरेका छन्। प्रधानन्यायाधीशको बिरोधलाई सामान्य रूपमा लिन हुँदैन। आफ्ना मातहतका न्यायाधीशहरूलाई आफ्नो जानकारीबिना कसरी पदक दिइयो भन्दै श्रेष्ठले प्रधानमन्त्री कार्यालयलाई लिखित प्रश्न गरेका छन्।
श्रेष्ठले पत्रमा ' ...न्याय क्षेत्रमा खासै योगदान नपुर्याएकालाई विभूषित गरिनुले लामो सयमदेखि समर्पित, इमान्दार र सक्षम व्यक्तिको मनोबलमा नकारात्मक असर पर्न गई विभूषणको उपहास हुनजान्छ', भनेका छन्। प्रधान न्यायाधीशको जानकारीबिनै पाँच जना न्यायाधीशहरूलाई पदक दिइएपछि श्रेष्ठले पत्र मार्फत बिराध जनाएका हुन्। प्रधानन्यायाधीशले सरकारले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा आँच पुर्याएको आरोप पनि लगाएका छन्। कर्तव्य पालना र जिम्मेवारीबोध भएको सरकार हुँदो हो त प्रधानन्यायाधीशको पत्रका आधारमा घोषित पदक बदर गर्ने निर्णय गरिसक्ने थियो।
पदक अस्वीकार गर्नेहरू, प्रधानमन्त्रीलाई पत्र लेखर बिरोध जनाउने न्यायाधीशको समूहमा अधिकारवादी र सहिद परिवार पनि छन्। फलानोलाई पदक किन दिएको भन्दै सडक प्रदर्शन, वक्तव्यबाजी भएको छ। मूलत नायब महानिरीक्षक (डिआइजी) द्वय कुबेर राना र दुर्जकुमार राईको पदकमा केन्द्रित छ।
जनआन्दोलन २०६२-६३ मा यी प्रहरी अधिकृतबाट ज्यादती भएको थियो भन्ने सडकको आवाज र व्यक्तव्यबाजीबाट सरकार हच्कियो। गृह प्रशासनले राना र राईलाई 'तक्मा फिर्ता लिइयोस्' भन्ने निवेदन दिन लगाएर पदक फिर्ता प्रक्रिया अघि बढाएको छ। राना र राई दुवै राम्रो संभावना भएका प्रहरी अधिकारी हुन्। तर विडम्बना, उनीहरूको तेजोबध गर्ने काम स्वयं गृह प्रशासनले गरेको छ। जनआन्दोलनमा उनीहरूको भूमिकालाई लिएर सहिद परिवार आक्रोशित हुनु स्वाभाविकै हो। सहिद परिवारको भावनाको सम्मान गर्दा गर्दै पनि घटनास्थलमा खटिएको प्रहरीले नेतृत्वको आदेशमा काम गरिरहेको हुन्छ भन्ने बिर्सनु हुँदैन।
उनीहरूले व्यक्तिगतरूपमा मानव अधिकारका मूलभूत मान्यताविपरीत जनआन्दोलनमा कारबाही गरेका थिए कि आदेश पालन भन्ने खुट्याउन आवश्यक छ। उनीहरू आदेश पालनभन्दा बाहिर गएका थिए भने लोकतान्त्रिक सरकारले कारबाही गर्नुपर्थ्यो। तर सरकारले यसबीच उनीहरूको पदोन्नति गरेको छ। अहिले आएर अधिकारवादीहरू रायमाझी आयोगको प्रतिवेदन औल्याउँदै प्रहरीमाथि जाइलागेका छन्।
जनआन्दोलनको आवेग मत्थर पार्न गठित आयोगको प्रतिवेदनलाई वर्षौंसम्म सुरक्षाकर्मीको मनोबल गिराउने अस्त्र बनाउनु कति न्यायोचित हो? सरकार दबाब र आवेगबाट निर्देशित हुनुहुन्नथ्यो, तर भइदियो। गृह प्रशासनका लागि मातहत कर्मचारीबाट तक्मा फिर्ताको निवेदन गर्न लगाउने मामुली काम हो। तर, सुरक्षाकर्मीविरुद्ध गरिने कारवाहीको असर व्यक्तिमा सीमित हुँदैन। त्यसले पूरै सुरक्षा संयन्त्रमा असर गर्छ। सरकारका जिम्मेवार अधिकारीले यसको हेक्का राख्नुपर्थ्यो।
विडम्बना, तक्माको विरोधमा उपप्रधानमन्त्री सुजाता कोइराला पनि उत्रिएकी छन्। सुजाताले आफ्ना बाबुलाई राज्यले कम दर्जाको तक्मा दियो भन्ने आरोप लगाएकी छन्। उनले पदक नलिने धम्की दिएकी छन्। यहाँ सुजाताले हेक्का राख्नुपर्ने के हो भने गिरिजाप्रसाद कोइराला राज्यले सम्मान गरेका राजनीतिज्ञ हुन्। संयोगले उनी सुजाताका पिता परे, त्यतिमात्रै हो। गिरिजाबाबुको भौतिक सम्पत्तिमा सुजाताको हक लाग्छ तर राज्यले दिएको तक्मामा उनको अंश लाग्दैन।