सार्थक गणतन्त्र
१२ जेष्ठ २०६७
•
१३ मिनेट पाठ
सार्थक गणतन्त्र
जेठ १५ इतिहासमा एउटा गौरवशाली दिन अर्थात् 'गणतन्त्र दिवस'। 'एक जुगमा एकदिन एकपटक आउँछ' भनेझैँ हरेक युगमा त्यस्ता दिन कहिलेकाहीँ मात्र आउँछन्, जसले समाजमा उथलपुथल ल्याउँछन्, इतिहास बदल्छन् र नयाँ इतिहास निर्माण गर्छन्।
जेठ १५ त्यस्तै ऐतिहासिक महत्वको दिन हो। नेपालको इतिहासमा यो दिन गरिमामय छ। जनताको इतिहास रचना गर्न यो दिन सफल भएको छ।

नेपालमा राजतन्त्रले सयौँ वर्ष शासन र शोषण गर्दै आयो। सँगसँगै, राजतन्त्रविरुद्धको संघर्ष पनि चल्दै आयो। पटकपटकका आन्दोलन राजनीतिक दलहरूका कारण सम्झौतामा पनि टुंगिए। यद्यपि, ०६२/६३ को जनआन्दोलन निष्कर्षमा पुग्न सफल भयो। संयुक्त जनआन्दोलन उत्कर्षमा राजतन्त्रविरोधी 'जनविद्रोह'मा रूपान्तरित भयो। जनक्रान्तिको स्वरूप ग्रहण गरेको त्यही आन्दोलनले नेपाली समाजमा जबर्जस्त जरा गाडेको सामन्तवादको किल्ला खुनी राजतन्त्रलाई उखेलेर फाल्यो र गणतन्त्रको झण्डा फहरायो। आन्दोलनबाट पुनर्स्थापित प्रतिनिधिसभाले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक घोषणा गर्दै त्यसको कार्यान्वयन गर्ने संविधानसभाको पहिलो बैठकलाई 'म्यान्डेट' सुम्पियो। जसअनुसार १५ जेठ ०६५ मा सम्पन्न संविधानसभा पहिलो बैठकले नेपालमा राजतन्त्रीय युग समाप्त गरी लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन घोषणा गर्‍यो।

नेपाली समाजलाई दासता र सामन्तवादले गाँजेको इतिहास लामो छ। नेपाली वीर देशभक्तहरूको संघर्ष र बलिदानीले हामी कहिल्यै विदेशीसामु पराधीन बन्नुपरेन। जनताको वीरताले बनाएको यो गौरवपूर्ण इतिहासलाई विकृत बनाउँदै राजा-महाराजालाई जस दिने प्रयत्न भएका छन्। जनता लामो समय विभिन्नखाले राजतन्त्रको साङ्लोमा बाँधिएका र छोटेबडे राजाबाट उत्पीडित हुँदैआएका छन्। यस क्रममा जनता र राजाबीचको लडाइँ वर्षौंदेखि चल्दैआएको थियो जसको फैसला एकदिन त हुनैपर्ने थियो। हाम्रो युगको त्यो ऐतिहासिक दिन बनेर १५ जेठ ०६५ आयो। अर्थात् त्यस दिन राजा र जनताबीचको लडाइँको छिनोफानो भयो। राजा र राजतन्त्रको हार भयो, जनताको जित भयो र देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। त्यही सम्झनामा १५ जेठलाई हामी गणतन्त्र दिवसको रूपमा मनाइरहेका छौँ।

 

नेपालमा गणतन्त्र आयो तर जनताले यसको अनुभूति कति गर्न पाए- यो यतिबेलाको गम्भीर प्रश्न हो। नेतालाई कुर्सी र सत्तामा विराजमान गराउन या उनीहरूलाई शक्ति र सम्पत्ति सम्पन्न बनाउन अथवा उनीहरूलाई राजधानीमा महल ठड्याउन र महँगा चिल्ला गाडीमा सवारी चलाउनका लागि गणतन्त्र वा लोकतन्त्र ल्याइएको थियो? गणतन्त्र राजनीतिको रङ्ग परिवर्तन गर्ने घटना मात्र होइन, यो जीवनदर्शन हो। जनता किन गणतन्त्रनिम्ति आफ्नो अमूल्य जीवन दिन तयार भए? स्वतन्त्रताका लागि होइन र? त्यसकारण गणतन्त्रको आशयमा चोट पुगेको वा गणतन्त्रले आफ्नो लक्ष्यभेदन गर्न नसकेको विषयमा गम्भीर समीक्षा जरुरी छ।

जनताले गणतन्त्र प्राप्त गरे तर यो व्यवस्थामा तिनले अरू के पाए? जनता गणतन्त्रमा आफू मन्त्री, सांसद हुन लडेका होइनन्। उनीहरूले वास्तविक सामाजिक मुक्ति, शान्तिसुरक्षा र स्वाधीनताका लागि संघर्ष गरेका थिए। गणतन्त्र भोको जनताका पेट भरिने सामाजिक व्यवस्था होइन र! जनताको चुलोमा साँझ-बिहान आगो बल्यो, बलेन? बेराजगार युवाका लागि रोजगारी नै सबैभन्दा ठूलो गणतन्त्र होइन? अपमानित भएर विदेशिएका र ज्यान जोखिममा राखेर काम गरिरहेका युवाका लागि आफ्नै भूमिमा रोजगारीका अवसर सिर्जना गर्न र उनीहरूको सीप, जाँगर एवं ऊर्जा देशनिर्माणमा लगाउनु गणतन्त्रको उद्देश्य हुनुपर्छ।

 

व्यापार-व्यवसायीका लागि व्यवसायको सुरक्षा, जमिनमाथि जोत्नेको स्वामित्व, सामाजिक रूपमा बहिष्कृत र सीमान्तीकृत दलित, जनजाति, मधेसी, दुर्गमवासी, महिला सबैका अधिकार स्थापना गणतन्त्रको गन्तव्य बन्नुपर्छ। गणतन्त्रले सबै कुरा पुर्‍याइदिन्छ भन्ने भ्रममा कोही पर्नुहुँदैन तर यसले जनताको आर्थिक-सामाजिक जीवनमा परिवर्तन दिनैपर्छ। यो सामाजिक रूपान्तरणको कोशेढुङ्गा बन्नैपर्छ। तब मात्र गणतन्त्र सार्थक हुनेछ।

माओवादीकै सन्दर्भ लिऊँ। उसले जनतामाझ बाँडेका सपना कस्ता थिए? क्रान्ति, परिवर्तन र जनमुक्तिको सपना देखाएर युवालाई युद्धमा होमियो, तर तिनले आज के पाए? 'जनयुद्ध' र हजारौँको बलिदानी माओवादी नेतालाई सत्ता र कुर्सीमा पुर्‍याउने भर्‍याङ मात्रै बनेको घामजस्तै छर्लंग छैन र? त्यति ठूलो क्षतिको प्राप्ति आखिर के भयो? के त्यसको लेखाजोखा माओवादी वा स्वतन्त्र पर्यवेक्षकले निष्पक्षरूपमा गरेका छन्?

जेठ १४ नयाँ संविधान निर्माणको समयसीमा हो। ०६२/६३ को जनक्रान्तिबाट प्राप्त उपलब्धिलाई संस्थागत र संवैधानिक रूपमा व्यवस्थापन गर्न नयाँ संविधान जरुरी छ। त्यसकै लागि संविधानसभा गठन भएको हो। आन्दोलनबाट प्राप्त उपलब्धि कसैले खोस्न नसक्नेगरी संस्थागत गर्न संविधानसभाको म्याद थपेर भए पनि शीघ्र नयाँ संविधान बनाउनु अनिवार्य छ। संविधान निर्माणको तोकिएको अवधि सकिएको छ र देशमा संविधान बन्ने/नबन्ने अन्योल घनीभूत बन्दै छ।

यी पंक्ति लेख्दासम्म राजनीतिक सहमति बन्न सकेको छैन र राजनीतिक आकाशमा अनिश्चियको कालो बादल मडारिन पुगेको छ। यस अवस्थामा नेपाली राजनीतिमा अनेकौँ प्रश्न उब्जिएका छन्। के राजनीतिक दलबीच सहमति होला? के शान्तिप्रक्रिया निष्कर्षमा पुग्ला? या यो प्रक्रिया बिथोलिएर फेरि देश द्वन्द्व र अनिश्चयको दलदलमा फस्ला? संविधानसभा अवधि थपिएला या समाप्त होला? संविधानसभाको अवधि थपिए पनि संविधान बन्ने ग्यारेन्टी छ? अनि संविधानसभा नरहे नयाँ संविधानको भविष्य के होला? त्यसपछि परिवर्तनका एजेन्डा बेवारिसे नबन्लान्? लोकतन्त्र संकटमा नपर्ला? देशमा फेरि पुनरुत्थानवादी दरबारिया शक्तिले टाउको नउठाउलान्? या देश सैन्य अतिवादको गोलचक्करमा फस्ला? देश 'मुठभेड' र हिंसाको भूमरीमा नफस्ला? अथवा विदेशी हस्तक्षेप बढ्ला? यस्ता प्रश्नका पहाड हाम्रासामु तेर्सिएका छन् र यसको जवाफ दलहरूसँग छैन।

 

राजनीतिक सहमति नबन्नुको अर्थ देशमा शून्यताको अवस्था सिर्जना हुनु हो। त्यसपछिको रिक्तता र शून्यतामा संवैधानिक संकट उत्पन्न हुनेछ। त्यस अवस्थामा उग्रदक्षिणपन्थी अतिवाद वा उग्रवामपन्थी अराजकताको सम्भावित खतरा हाम्रा सन्निकट देखिन्छ। गणतन्त्र विकासका लागि दुवै गम्भीर चुनौतीका रूपमा खडा छन्। पूर्वराजा ज्ञानेन्द्रले जनकपुरमा 'राजतन्त्र समाप्त नभएको' आशयको अभिव्यक्ति दिएलगत्तै गणतन्त्र दिवसको मुखमा नेपालगन्ज गएर दरबारियालाई उकास्ने काम गरे। भ्रमणका क्रममा राप्रपा, नेपालको सक्रियता र धार्मिक संगठनहरूको योजनामा जुन गतिविधि गरिए, त्यो गणतन्त्रप्रतिको अझ ठूलो 'जोक' हो। ज्ञानेन्द्रको चुरीफुरी गणतन्त्रका लागि एउटा नमिठो व्यंग्य हो। ज्ञानेन्द्रको सक्रियता, दरबारियाहरूको पर्दापछाडिको षड्यन्त्र, ०४७ सालको राजतन्त्रसहितको संविधान ब्युँताउने अभिव्यक्ति, हिन्दु राज्यको नाममा हिन्दु अतिवादको चलखेलजस्ता घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथिको खतरालाई प्रस्ट रूपमा संकेत गर्छन्। धमिलो पानीमा माछा मार्न खोज्ने गणतन्त्रविरोधी तत्वहरूलाई ठेगान नलगाई प्राप्त उपलव्धिहरूको संरक्षण सम्भव छैन।

शान्तिप्रक्रियाको अन्योल गणतन्त्र संस्थागत गर्ने बाटोमा एउटा ठूलो तगारो बनेको छ। यतिबेलाको राजनीतिक गतिरोधलाई संवादबाट समाधान गर्न तथा शान्ति र संविधानजस्ता कार्यभार पूरा गर्न 'प्याकेज' मा समस्या समाधान खोज्नुको विकल्प छैन। 'शान्ति र संविधानका लागि राष्ट्रिय सहमति' नारालाई साकार पार्दै संवाद-सहमति-सहकार्य नै निकासको बाटो हो।

गणतन्त्र दिवस मनाइरहेको यस घडीमा गणतन्त्रमाथिका चुनौतीलाई पराजित गर्दै विगत जनक्रान्तिका उपलब्धिलाई संस्थागत गर्नु र वर्तमान समस्याको समाधान दिनु अहिलेको प्रमुख जिम्मेवारी हो। अहिलेको मुख्य अभिभारा सामन्तवादका अवशेषहरूको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र सुदृढ एवं संस्थागत गर्नु हो। यसका लागि शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउनु र राजनीतिक दलहरूको सहमतिमा संविधानसभाबाट अग्रगामी लोकतान्त्रिक नयाँ संविधान निर्माण जरुरी छ। तब मात्र लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेछ।

 
अर्को समाचार
सबैको साझेदारी भएमात्रै गणतन्त्र सार्थक हुन्छ : उपप्रधानमन्त्री यादव
१२ चैत्र २०८०
•
१ मिनेट पाठ
सबैको साझेदारी भएमात्रै गणतन्त्र सार्थक हुन्छ : उपप्रधानमन्त्री यादव
फाइल ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबैको साझेदारीमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने बताएका छन्।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनले सामाजिक न्याय र समानताको अभावमा संघीयता र गणतन्त्र कुनै निश्चित वर्गको खेलौनाको रुपमा मात्रै रहने जिकिर समेत गरे।

सोमबार काठमाडौंमा आयोजित साधना राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवले पहिचानसहितको समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र महत्त्व बढाउने स्पष्ट पारे।

उनले मुलुकलाई एकताबद्ध बनाएर अघि बढाउन पनि समानता र सामाजिक न्याय हुनुपर्ने भएकाले सो सम्बन्धी बहसलाई अघि बढाउन पनि जरुरी रहेको उनको भनाइ थियो।

उपप्रधानमन्त्री यादवले राष्ट्रप्रतिको जिम्मेवारी बोध गरेर कलम चलाउन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे।

सामाजिक सञ्जालले अराजकता निम्त्याएको उल्लेख गर्दै उनले सामाजिक दायित्व र राष्ट्रिय जिम्मेवारीलाई आत्मसात गरेर सन्चाकर्मीहरूले अघि बढ्नुपर्ने तर्क समेत गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस