नेपाललाई मौका
२२ जेष्ठ २०६६
•
१० मिनेट पाठ
नेपाललाई मौका
एमाले नेता माधवकुमार नेपाल अप्रत्याशित किसिमबाट देशको कार्यकारी प्रमुखको पदभार समाल्न पुगेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा आफू र आफ्नो पार्टीको हैसियतको अतिमूल्यांकन गर्दै त्यागिएको प्रधानमन्त्रीको कुर्सीमा यी दुई ठाउँबाट चुनाव हारेका नेताको खासै दाबी थिएन ।
समसामयिक नेपाली वामपन्थी राजनीतिका विश्लेषकहरूले नेपालको राजनीतिक भविष्यमाथि प्रश्नचिन्ह लगाइसकेका थिए । एमालेभित्रका समस्तरका नेताका लागि पनि उनी किनारामा धकेलिएका कमरेड बनिसकेका थिए । केही महिना पहिले दाहालकै पहलमा यिनलाई संविधानसभामा मनोनीत गरेर संविधान मस्यौदा समितिको अध्यक्ष बनाउंदा कसैले पनि प्रधानमन्त्रीका रूपमा नेपालको उदय हुने सोचेको थिएन । तर अचानक पासा पल्टियो । राजनीति असीम संभावनाको खेल हो भन्ने नयाँ प्रधानमन्त्रीका हकमा अक्षरशः लागू भएको छ । नियतिवादीले यसलाई भाग्यको खेल पनि भन्न सक्छन् ।

खतरनाक हदसम्मका आत्मकेन्द्रित व्यक्तिहरूको गठबन्धनका नेताका हैसियतले सरकार प्रमुख बनेका नेपालका लागि पदमा टिकिरहनु र काँधमा रहेको गरुँगो जिम्मेवारी पूर्ण सफलताका साथ यथासमय पूरा गर्नु ठुलो चुनौतीको विषय हो । साथै राजनीतिक प्राणीका लागि यो ऐतिहासिक अवसर पनि हो । मुलुकमा लामो समयदेखि कचल्टिएर रहेको संवैधानिक र राजनैतिक समस्याको दिगो र सर्वमान्य समाधान पहिल्याउने अवसर उनले पाएका छन् । यस कार्यमा सबैलाई विश्वासमा लिएर समयानुकूल राज्य विधानको तर्जुमा गर्न र त्यसैका माध्यमबाट सबै अन्योल, अनिश्चितता र अस्थिरताको अन्त्य गर्ने महान् अभिभारा बहन गर्न पाउनु चानचुने मौका होइन । आजको नेपालको सन्दर्भमा राजनीति गर्ने व्यक्तिले पाउने संभवतः सबैभन्दा उच्च अवसर यही हो । संविधानसभाको चुनावमा २ ठाउाबाट हराइदिएको मात्र होइन, राष्ट्रपतिको चुनावमा समेत षड्यन्त्रद्वारा पाखा लगाइएका माधवकुमार नेपाललाई यस्तो अवसर प्रदान गरेर समयले माओवादीलाई मानसिक आघात दिएको छ ।

विरोधीहरूसंग आफ्नो मानमर्दन गर्न पर्याप्त सामग्री छ भन्ने हेक्का माधव नेपाल जस्ता व्यावहारिक नेतालाई अवश्य पनि हुनुपर्छ । । समसामयिक नेपाली राजनीतिको जटिलता र वैधानिक प्रावधानको बेवास्ता गर्ने नेपाली जनमानसमा माधव नेपाल दुई ठाउाबाट चुनाव हारेका मान्छे भएकाले प्रधानमन्त्री बन्न अयोग्य छन् भन्ने छाप परेको छ । वैधानिक स्तरमा कुनै दम नभएको यो मामिलालाई गलत आकलन र हुस्सु हतारोमा सिंहदरबारबाट बाहिरिएको माओवादीले पनि बडो उत्साहका साथ उठाइरहेको छ । एमाले संविधान सभामा तेस्रो स्थानमा रहेको र दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको दानमा मात्र नेपाल प्रधानमन्त्री बन्न पुगेको बिषयले पनि उनलाई घोचिरहनेछ । तर नेपालले अतीतमा अल्झीरहने र आफूलाई कमजोर ठानेर समय गुमाउने बेबकुफी गर्न सक्दैनन् । उनी सर्वभौम संसद्को विशाल बहुमतबाट चुनिएका सरकार प्रमुख हुन् र सभासद भएकाले प्रधानमन्त्री हुन योग्य छन् । उनले अब कुनै बेला उनको परिचय बनेेको 'काइते' मानसिकताबाट आफूलाई बाहिर निकाल्नैपर्छ । र, उनको सामु महान् ऐतिहासिक उत्तरदायित्व छ, यसलाई पूरा गर्नबाट कसैले पनि उनलाई रोक्न सक्दैन भन्ने दृढता साथ अगाडि बढ्नुबाहेक नेपालसंग विकल्प छैन ।

 

संभवतः उनका विरोधीलाई पनि उनको प्रधानमन्त्री बन्न्सक्ने योग्यताको विषय भुत्ते भइसकेको र यसलाई उछालेर राजनीतिको आगामी लडाईं लड्न सकिदैन भन्ने थाहा भइसकेको छ । त्यसैले अब नेपालको नियुक्तिलाई निरस्त गर्ने चेष्टा छोडेर उनीहरू उनको सरकारलाई असफल पार्ने अभियानमा लागेका छन् । नेपालका विरोधी साह्रै हतारोमा देखिन्छन् र पत्याउनै नसकिने बयान दिइरहेका छन् । माओवादीले आफ्नै कारणले भएको सत्ता परिवर्तनलाई देशी विदेशी षड्यन्त्रको परिणाम भन्ने र यो सरकार नटिक्ने दाबी गर्नु यस्तै गलतबयानी हो । उनिहरू त आफूले राजीनामा दिएपछि खाली भएको ठाउामा भएको नियुक्तिलाई समेत बेबी किङ वा एडल्ट किङको पुनःस्थापनाका लागि रचिएको प्रपंच भनिरहेका छन् ।

माधव नेपालविरुद्ध लडाईंको बिगुल बजिसकेको छ । सडक र सदनमा भएका विरोध प्रदर्शनसागै बन्दको सिलसिला सुरु गरिएको छ । माओवादीले जित्दाजित्दै हारेको लडाईं फेरि आफ्नो पक्षमा पार्ने प्रयत्न थालेको छ । तर उसको सत्तामा र्फकने प्रयत्नको समय तालिका मिलेको छैन । संविधानको तर्जुमा गर्ने समयसीमा घर्किंदै गएको बेलामा मुलुकले भइरहेको सरकार ढालेर त्यस्तै अस्थिर अर्को सरकार बनाउंने कसरतलाई सकारात्मक मान्न सक्दैन । नेपाललाई कार्यसंपादनको कसीमा नजााची जिम्मेवारीबाट पन्छाउने अनावश्यक जोखिम मोल्न सक्दैन । उनले आफूलाई प्रमाणित गर्ने पर्याप्त मौका पाउनैपर्छ ।

यथार्थमा नेपाल माओवादी सोचविपरीत सजिलो स्थितिमा छन् र हिम्मतका साथ काम गर्न चाहे भने धेरै शक्तिशाली पनि । उनका सामु मुलुकको दैनिक प्रशासन राम्रोसंग संचालन गर्दै तोकिएको समयभित्र नयाँ संविधान लेखन पूरा गर्नेबाहेक कुनै गोप्य कार्यसूची छैन । उनको सबैभन्दा बलियो पक्ष के छ भने, असल नियतले काम गर्दागर्दै पदमुक्त हुनुपर्‍यो भने पनि उनले केही पनि गुमाउने छैनन् । उनलाई जसरी पनि कुर्सीमा टास्सिइरहन दुस्प्रेरणा दिने कुनै तत्व कम्तीमा अहिलेसम्म सतहमा देखापरेको छैन । उनी सिंहदरबारबाट हाँस्दै बाहिर निस्किएका दिन बल्खुका उनका साथीहरू पनि खुसी नै हुनेछन् । यस्तो उन्मुक्त परिस्थितिमा कार्यभार समाल्ने अवसर भाग्यमानीले मात्र पाउाछ ।

तर भाग्यले दिएर मात्र सफल नेता बन्न सकिादैन । प्रधानमन्त्री नेपालले जटिल अवस्थाबाट मुलुकलाई सारसौदो बाहिर निकालेर अगाडि बढाउान पर्याप्त आाट र कौशल देखाउन सक्नुपर्छ । सबैभन्दा पहिले यिनको प्रशासनले राजनीतिक अराजनीतिक, दुवै प्रकारको 'सिन्डिकेटेड' अपराधकर्मका विरुद्ध लडाईंको घोषणा गरिहाल्नु पर्छ । जनतामाथि शोषणचक्र चलाइरहेका व्यापारिक 'सिन्डिकेट'लाई काबु गर्नबाट पनि पछि हट्न मिल्दैन । नेपालको राष्ट्रिय अखण्डता, जातीय र सांप्रदायिक सद्भाव र सांस्कृतिक विविधतामा खलल पुर्‍याउन खोज्ने तत्व जुनसुकै आवरणमा देखापरे पनि, त्यसलाई दबाउन हिकिचाउनु हुादैन । संविधान लेखनको प्रक्रियामा भने मुलुकमा विद्यमान सबै विचारधारालाई निर्वाध प्रवेश दिलाउनु सरकारको कर्तव्य हो । यस सबालमा माओवादीको धारणाको उच्चतम हदसम्म कदर गर्नुपर्छ ।

 
अर्को समाचार
थाइल्याण्डसँग नेपाललाई मौका
१६ मंसिर २०७३
•
६ मिनेट पाठ
थाइल्याण्डसँग नेपाललाई मौका
काठमाडौं– थाइल्यान्डमा जारी एसिया कप ट्वान्टी–२० प्रतियोगितामा नेपाली  महिला टोलीको निराशाजनक प्रदर्शन गर्ने क्रम रोकिएको छैन । बिहीबार आयोजक थाइल्यान्डविरुद्ध नेपाली टोलीलाई एउटा मौका छ । नेपाल र थाइल्यान्ड मात्र प्रतियोगिताका टेस्ट नखेल्ने टोली हुन् । दुवै टोलीले स्पर्धामा एउटै खेल जित्न सकेका छैनन् ।दुवैले विश्व क्रिकेटका शक्तिशाली देशहरूसँग खेलिसकेको र आफूहरूबीच समान स्तरमा रहेकालेदुवै दबाबमुक्त रहने छन् । प्रतियोगिताहुनुअघि अभ्यास खेलमा भने नेपाल थाइल्यान्डसँग १९ रनले पराजित भएको थियो ।

बिहीबार दुवै टोली निराशाजनक प्रदर्शनरोक्दै टोलीमा थोरै भएपनि आत्मविश्वास बढाउन चाहन्छन् । नेपालले प्रतियोगितामा कुनै पनि पोजिसनमा सन्तोषजनक खेल देखाउन सकेको छैन । आयोजक थाइल्यान्ड पनि घरेलु मैदानमा जितका लागि तड्पिरहेको छ । नेपाललाई हराउँदै घरेलु दर्शकखुसी पार्ने अवसरको पर्खाइमा थाई टोली छ ।

खेलेका तीनै खेल हार्ने क्रममा थाई टोली भारतसँग ९ विकेट, बंगलादेशसँग ३५ रन रश्रीलंका ७५ रनले पराजित भएको थियो । नेपाली टोली भने पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले हारेको हो । अहिलेसम्मको प्रदर्शनहेर्ने हो नेपाल प्रतियोगिताकै कमजोर टोलीकारूपमा दरिएको छ । टेस्ट टोलीसामु नेपाली खेलाडीको प्रदर्शन फिका साबित भएको छ ।

नेपालविरुद्ध मंगलबार बंगलादेशले १ सय ३३ रन बनायो । जुन स्कोर नेपालले तीन खेलमा बनाएको स्कोरभन्दा २२ रनले बढी हो । एसियाली महिला क्रिकेटमा एकसमय इमर्जिङ टोलीको रूपमा उदाएको नेपाली टोलीको प्रदर्शन अहिले त्यो स्तरमाभइरहेको छैन ।कुनै पनि समय विपक्षीसामु सशक्त प्रतिद्वन्द्वीको चुनौतीअसफल भइरहेको छ । माथिल्लो स्तरको प्रतिद्वन्द्वीका कारण नेपालले मैदानमाढुक्कले खेल्न सकेको देखिँदैन ।

यद्यपि बिहीबार आफ्नै स्तरको प्रतिद्वन्द्वी पाएकाले नेपालका लागि जितको एउटा गतिलो अवसर हुनसक्छ । तर थाइल्यान्डसँग खेल्नु अघि टोलीमा निराशाका चाङ छन् । जुन एकपछि अर्को थपिँदैछ । सिनियर खेलाडीको वर्चस्व हुँदा पनि नेपालले स्तरीय प्रदर्शन दिन नसक्दा दबाब थपिएको छ । हरेक खेलमा शून्य र दोहोरो स्कोर बनाउन नसकेरै आउट हुने खेलाडीसंख्या बढ्दो छ ।

एसिया कपको प्रदर्शनले सिनियर खेलाडी टोलीमा भइरहनुको औचित्य प्रस्ट पार्नुपर्ने दबाब बढिरहेको छ । टोलीबाट खेलिरहेकी कप्तान रुबिना क्षेत्री, पूर्व कप्तान नेरी थापा, नीरा राजोपाध्याय, इन्दु बर्मा, सरिता मगर र सीता रानामगरले जुनियर र सिनियरमा गरी नेपाली टोलीबाट झन्दै एक दशकयता खेलिइसकेका छन् । तर अनुभवअनुसार खेलमा उनीहरूको परिपक्वता देखिँदैन । ब्याटिङ, बलिङ, फिल्डिङमा नियन्त्रण गुमिरहँदा प्रशिक्षक राजु बस्न्त्यातमाथि दबाब बढिरहेको छ ।

प्रतियोगिताअघि उनले थाइल्यान्डबाट कम्तीमा एउटा टेस्ट राष्ट्रलाई हराएर फर्कने लक्ष्य सुनाएका थिए । यो प्रदर्शनले टेस्ट राष्ट्रलाई हराउने लक्ष्य पूरा हुने नदेखिए पनि थाइल्यान्डसँग बदला लिने मौका भने छ । गत महिना बैंककमै सम्पन्न विश्वकप महिला छनोट क्रिकेटमा नेपाललाई थाइल्यान्डले दुइ पटक खेल्दा तीन विकेट र एक विकेटले पराजित गरेको थियो ।

थाइल्यान्डपछि नेपालले अन्तिम खेलमा साबिक विजेता भारतसँग खेल्नेछ । ब्याटिङतर्फ तीनै खेलमा नेपालको प्रदर्शन कमजोर छ । श्रीलंकाविरुद्ध२३ रनमात्र बनाउन सक्यो । जुन नेपाली क्रिकेट इतिहासकै न्युन स्कोर थियो । एक खेलमा एक खेलाडीले बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेका छैनन् । पाकिस्तानविरुद्ध कप्तान रुबिनाले ११, श्रीलंकाविरुद्ध ज्योति पाण्डेले १६ र बंगलादेशविरुद्ध सीता रानामगरले१५ रन बनाएका थिए । सबै खेलमा अरु खेलाडी दोहोरो अंक छुन असफल भए । धेरै शून्यमै पवेलियनफर्किए ।

ब्याटिङमा कुनै पनि पोजिसनका खेलाडीले गतिलो स्कोर जोड्न नसक्नु, बलिङ र फिल्डिङमा कमजोर देखिनु, टिम समन्वय, धैर्य, आत्मविश्वासको कमीले महिला खेलाडीहरू जितविहीन बनिरहेका छन् । बिहीबार आयोजकविरुद्ध खेल्दा सबै कमजोरीपन्छाउँदैनयाँ उत्साह ल्याउने अवसर भने छ नेपालसामु ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस