अत्यन्त सुस्त गतिमा अघि बढेको शान्ति प्रक्रियामा नेपालका लागि संयुक्त राष्ट्र संघीय नियोग -अनमिन) संलग्न रहँदै आएको छ । मूलतः संविधानसभा निर्वाचन र शान्ति प्रक्रियामा सघाउ पुर्याउने दुईवटा कार्यादेश पाएको अनमिन प्रारम्भदेखि नै पटक पटक विवादमा परेको छ । संविधानसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न अनमिनले पुर्याएको सहयोग त निर्वाचन परिणामको विश्लेषणपछि स्पष्ट भएकै छ । सात मुख्य शिविर र २१ सहायक शिविरमा रहेका माओवादी सेनाका लडाकुको प्रमाणीकरण र अनुगमनको यथार्थ केही दिन पहिले सार्वजनिक भएको भिडियो टेपबाट खुलस्त भएको छ । वास्तविकताभन्दा बढी संख्यामा लडाकु प्रमाणित भएको तथ्य सार्वजनिक भएपछि प्रमाणीकरणमा मुख्य भूमिका रहेको अनमिन विवाद र शङ्काको घेरामा पर्नु अस्वाभाविक होइन ।
भिडियो टेपबाट वास्तविक लडाकु ७-८ हजार मात्र रहेकोमा नेतृत्वको बुद्धिमत्ताका कारण अस्थायी शिविरमा ३५ हजार पुर्याई अनमिनद्वारा झण्डै २० हजार प्रमाणित गराउन सफल भएको खुलासापछि लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना प्रक्रिया सङ्कटमा पर्ने लक्षण देखिएको हो । माओवादी लडाकुका तत्कालीन सर्वोच्च कमाण्डर स्वयम्ले लडाकुको संख्या ४ गुणा बढाएको देखे सुनेपछि नपत्याउने कुरा पनि भएन । लडाकुको संख्या अनमिनले प्रमाणीकरण गरेको भन्दा माओवादी सेनाका सर्वोच्च कमाण्डरले भनेको सही हुन्छ । अनमिनको विश्वसनीयता यो भिडियो सार्वजनिक भएपछि समाप्त भएको छ । लडाकुको संख्या चार गुणा बढाउन माओवादीले पाएको सफलतामा अनमिनको सहयोग रहनु चिन्ताको विषय हो ।
अनमिनलाई विगतमा माओवादीप्रति उदार रहेको आरोप लागेको थियो । भिडियो टेप सार्वजनिक भएपछि आफ्नो स्थिति स्पष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा संख्याबारे जनमुक्ति सेनाको सैन्य संरचना नबुझी टिप्पणी गरिएको भनेर प्रतिरक्षा गर्न खोजे पनि जनमुक्ति सेनामा केन्द्रीय, क्षेत्रीय र मिलिसिया गरी तीन तह कहिल्यै नरहेको तथ्य माओवादी पोलिटब्यूरो सदस्य रहिसकेका मणि थापाले स्पष्ट पारेका छन् । माओवादीले चुनवाङ बैठकपछि आफ्नो सात डिभिजन सेना रहेको यथार्थ उतिबेलैसार्वर्जनिक गरेका हुन् । अहिले दिएको स्पष्टीकरण ढाँटेको कुरा काटे मिल्दैन भने जस्तै भएको छ । २००७ जनवरी २३ मा स्थापित अनमिनले संविधानसभा निर्वाचन तथा युद्ध विरामको अनुगमन र माओवादी सेनाका लडाकु प्रमाणीकरण कार्य सम्पन्न गरेको छ । संविधानसभा निर्वाचन र युद्ध विरामको अनुगमनमा अनमिनको निरीहता नेपाली जनताले देखिसकेका छन् । विभिन्न सात मुख्य र एक्काइस अस्थायी शिविरमा रहेका लडाकुको पहिलो र दुई चरणमा प्रमाणीकरण भएको थियो । दोस्रो प्रमाणीकरणमा परेका झण्डै २० हजार लडाकु योग्य मानिएका छन् । त्रुटिपूर्ण प्रमाणीकरण प्रक्रिया अवलम्बन गरेर विगतमा लडाकु नै नरहेकालाई पनि प्रमाणित गरी अनमिनले माओवादीलाई ठूलो गुन लगाएको देखिन्छ । ठूलो धन राशि र पर्याप्त समय खर्चेर अनमिनद्वारा सम्पादित कार्यमाथि ठूलै प्रश्नचिन्ह लागेको छ ।
माओवादी सेनाको लडाकु हुन २०६३ जेठ ११ अघि भर्ना भएको र २०४५ जेठ १२ गते पहिले जन्मेको हुनुपर्ने दुईवटा सर्तमात्र रहेको र माओवादी लडाकुले हतियार बोकेकै हुनुपर्ने सर्त प्रमाणीकरणका लागि नरहेको अनमिनले स्पष्ट गरेको छ । २०४५ जेठ १२ पछि जन्मेका भनी प्रमाणीकरणमा परेका झण्डै तीन हजार बालबालिका र तोकिएको मितिपछि भर्ना भएकाले अयोग्य ठहर गरिएका १ हजार ३५ जना अझैपनि शिविरमै छन् । यसलेे माओवादीले तोकिएको मितिपछि पनि लडाकुका रूपमा थुप्रै बालबालिका भर्ना गरेको स्पष्ट हुन्छ । लडाकुहरू शिविरमा राख्ने कुरा चलेपछि माओवादीले महिनाको सय अमेरिकी डलर बराबर पारिश्रमिक पाइने लोभ देखाई नयाँ लडाकु भर्ती गरेका र कतिपय बालबालिकाको उमेर मिलाउन थालेको तथ्य त्यतिखेरै सञ्चार माध्यममा आएका हुन् । स्वयं माओवादी नेता सीपी गजुरेलले नयाँ दिल्लीको एउटा कार्यक्रममा नयाँ लडाकु भर्ती गरेर शिविरमा राखिएको तथ्य पनि खुलासा गरेका थिए । प्रमाणीकरणका क्रममा अनमिनले यस्ता तथ्यलाई वास्तै नगरेको देखिन्छ । वास्तविकभन्दा ५ गुणा बढी लडाकु प्रमाणीकरण भएको तथ्यले अनमिनले जुनसुकै तर्क गरे पनि उसको कमजोर कार्य प्रणाली उदाङ्गो भएको छ ।
अनमिनलाई सोझै माओवादीको पक्षपोषण हुने गरी प्रमाणीकरण कार्य सम्पादन गर्न के कुराले प्रेरित गरेको होला ? विचारणीय छ । ७ हजारको संख्यामा रहेका लडाकुलाई २० हजार पुर्याएर शान्ति प्रक्रियामा अनमिनले कति महत्वपूर्ण भूमिका खेलेको रहेछ त्यो पनि अब स्पष्ट भएको छ । राष्ट्र संघजस्तो संस्थाको प्रतिनिधि विद्रोही पक्षसँग निकट रही उनीहरुको प्रत्यक्ष प्रभावमा कार्य गर्नु जिम्मेवारीसूचक होइन । अनमिनको यस्तो कार्यले विश्व बैंकले पनि शान्ति प्रक्रियामा आएका लडाकुको नभएर माओवादी पार्टीका कार्यकर्ताको भरण पोषण गर्दै आएकोे प्रमाणित भयो । यसबाट विश्व बैंकसमेत निकै अपठ्यारोमा परेको हुनुपर्छ । अनमिनले आफूलाई सुम्पिएको कार्य विश्वसनीय रूपमा सम्पन्न गर्न विफल भएको छ । माओवादी सेनाका लडाकु रहेका शिविरको अनुगमनमा पनि अनमिन प्रभावहीन देखिएको छ । शिविरमा बस्न अयोग्य प्रमाणित र बाल सैन्यलाई बाहिर निकाल्न पनि अनमिनले आवश्यक दवाव दिन सकेको देखिँदैन ।
अनमिनले लडाकु प्रमाणीकरणका लागि माओवादी सेनाको परिचयपत्र र अन्तरवार्तालाई मुख्य आधार बनाएको देखिन्छ । लडाकु प्रमाणित हुन माओवादी सेनाको परिचय पत्र प्रस्तुत गर्नुपर्ने सर्त राखिएको पाइन्छ । त्यस्तो परिचय पत्र रातारात तयार गरी वितरण हुनसक्ने र अन्तरवार्ताबाट मात्र वास्तविकता एकिन हुन नसक्नेतर्फ अनमिनले ध्यान दिएको पाइँदैन । अवलम्बन गरिएको प्रमाणीकरण कार्यविधि वास्तविकता पत्ता लगाउन सहायक हुन सकेन । कार्यविधि र प्रश्न जे.एम.सी.सी. बाट पारित भएको भनेर प्रमाणीकरणको मूल प्राविधिक पक्ष हेर्ने दायित्व भएको अनमिन दोष मुक्त हुनसक्ने अवस्था छैन । त्यसैले अब अनमिन लडाकुको पुनः प्रमाणीकरण प्रक्रियामा जानुपर्छ । अनमिनको भूमिकाबाट राष्ट्र संघकै प्रतिष्ठामा दाग लाग्न सक्ने भएकाले पुनः प्रमाणीकरणको विकल्प छैन । पुनः प्रमाणीकरणबिना माओवादी लडाकुको पुनःस्थापना र समायोजन हुन नसक्ने भएकाले शान्ति प्रक्रिया टुङ्गोमा पुग्न पनि सक्दैन । राज्यले नक्कली लडाकु अर्थात् माओवादी पार्टीका कार्यकर्ताको पुनःस्थापना वा समायोजन गर्ने कुरा हुँदैन । त्यसैले शिविरभित्र रहेका लडाकुको पुनः प्रमाणीकरण जरुरी छ ।
माओवादी लडाकुको शिविर व्यवस्थापनका लागि प्रतिबद्धता जनाएको विश्व बैंकले तत्काल त्यस कार्यलाई अगाडि नबढाउने तथ्य सार्वजनिक गरेको छ । लडाकुको वास्तविक संख्या सम्बन्धमा विवाद चर्केकाले विश्व बैंकलाई आफ्नो प्रतिबद्धताबाट पछि हट्नुपर्ने परिस्थिति पैदा भएको हो । दर्ता गरिएका लडाकुलाई प्रमाणित गर्न अनमिनले अवलम्बन गरेका आधार अत्यन्त फितला भएकाले नै नक्कली लडाकु खुट्याउन अनमिन चुकेको हो । लडाकु प्रमाणीकरण प्राविधिक कार्य हो र त्यस्तो कार्य गर्न विशेष क्षमता र दक्षता आवश्यक पर्छ । प्रमाणीकरण प्रक्रिया र निर्णय लिने क्रममा अनमिन नेतृत्वको महत्वपूर्ण भूमिका रहेको हो । प्रमाणीकरण प्रक्रिया त्रुटिपूर्ण रहेको कटु सत्यलाई अनमिनले स्वीकार्नु पर्छ । प्रमाणीकरण कै क्रममा पनि यो सवाल उठेको हो । किन्तु अनमिनले गहिरिएर वास्तविकता पत्ता लगाउनेतर्फ ध्यान नपुर्याएकाले नै ऊ विवादमा तानिनुका साथै समस्या जटिल भएको हो । अनमिनले अयोग्य ठहर्याएका र पछि भर्ना गरिएका व्यक्तिलाई अस्थायी शिविरबाट बाहिर निकाली पुनः प्रमाणीकरण कार्यको अविलम्ब थालनी शान्ति प्रक्रियालाई विश्वसनीयरूपमा अघि बढाउने पूर्वाधार हो ।
(लेखक पूर्व गृहसचिव हुन्)