दोस्रो जनआन्दोलन ताका बेला शान्तिदूतका रूपमा देखिएका नेपालका नेता यति बेला राणाका दरवारको ख्याकजस्ता देखिएका छन्। साहित्यमा विम्वका रूपका प्रयोग गरिने ख्याकहरू रात परेपछि अदृश्य रूपमा दरबारका सुन्दरीहरूसँग छिल्लिएर रमाएका घटना कथाका रूपमा सुनिन्थे। ख्याकहरू सुन्दरीलाई आलिंगनमा भरेर आफना अतृप्त आकांक्षा पूरा गर्न खोज्थे। ख्याकको मोहपासमा परेका रमणीहरू दुब्लाउँदै जान्थे। ख्याकहरू उज्यालो हुने बित्तिकै भ्रम र सत्य छुट्याउनै नसकिने गरी हराउने गर्थे। समकालीन नेपाली नेताको नियति पनि यस्तै देखिएको छ। देखिनेगरी उनीहरू केही गर्न सक्दैनन्। नदेखिने धेरै यस्ता काम भइसकेका छन् जसले नेपाली परिवर्तन र यसका आकांक्षालाई ख्यालख्यालमा परिणत गरिदिएका छन्। संविधान सभा निर्वाचनपछिका बितेका तीस महिना यसैको जल्दोबल्दो उदाहरण हो।
नयाँ नेपालका लागि नयाँ संविधान तीस महीनामा पनि बनेन। राजाबाट 'प्रदत्त' संविधान शिरोधार्यगर्दै आएका नेपाली नेताका लागि अन्तरिम संविधानको निर्माणै बोझ बनेको थियो भने सांच्चिकै संविधान लेख्नु त सांच्चिकै चुनौती थियो। संविधान सभा चुनाव हुनुभन्दा केही दिन पहिले स्तम्भकारका विद्वान मित्र विधिवेत्ता बद्रीबहादुर कार्कीले भन्नुभएको थियो - नेपालीले संविधान लेखी खाँदैनन्। उहाँ साँंच्चै भविष्य द्रष्टा साबित हुनुभयो।
केले रोकियो संविधान लेखनको प्रवाह? गणतन्त्र र संघीय शासन प्रणालीजस्ता राज्य पुनर्संरचनाका गम्भीर विषयमा समेत सामान्य छलफलपछि सहमतिमा पुगेका राजनीतिक दलबीचको विश्वासको सम्बन्ध किन संकटमा पर्यो? लामो समयसम्म नेताहरूले विषयलाई स्पष्ट तुल्याउन नचाहे पनि राजनीतिमा सामान्य रुची राख्ने सानाभन्दा साना मानिसले पनि बुझी सकेका थिए नयाँ नेपाल निर्माणको सबभन्दा ठूलो अवरोध नेपाली फौज हो। पुराना खेलाडी संसद्वादी दल र नयाँ खेलाडी माओवादीबीच भएको विद्रोही सेना समायोजनाको सहमति पानीमा नुन घोलिएजस्तो बिस्तारै घोलिँदै गयो। नुन गिलासको पींधमा थेग्रिने त कुरै थिएन। अन्ततः बितेका तीस महिनाको समयमा त्यो नुन चर्को पानी नै अहिलेको कटुताको मूल कारण बन्यो। राजनीति फौजी मोडमा अड्कियो।
'आगे प्यारा प्रजा गैह्रके यथोचित' नेपालका राजाहरू राजकीय हैसियतले प्रजालाई सम्बोधन गर्दा यिनै शब्दहबाट सुरु भएर 'भाइ भारदार, साहू महाजन र सन्त महन्त' मा टुंग्याउँथे। यो चलन २०१७ सालमा सुरु भएको राजाको हुकुमी शासनको मध्यपछि बिस्तारै लोप हुन थाले पनि त्यसरी सम्बोधित हुंँदै आएका भारदारी समाजको मनबाट यसको लत हट्न सकेन। अहिले राजनीतिक नेतृत्वमा रहेका नेता, 'एलिट' भनिनेरू, एन्टप्रेनर र व्यवसायीका रूपमा चिनिएका प्रतिनिधि पात्रलाई त्यही भारदारी समाजको निरन्तरताभन्दा धेरैको मन कटक्क काटिन सक्छ। तर, सत्य यही नै हो।
राजाहरूको यो सम्बोधनको शक्तिको आधार फौज नै थियो। यसलाई देख्दै, भोग्दै र बेहोर्दै आएका नेताको हातमा जब देशको सम्पूर्ण शासन शक्ति एकत्रित भयो, उनीहरूले आफूलाई राजाकै दर्जामा राख्ने मोह त्याग्न सकेनन्। शान्ति प्रक्रिया सुरुगर्दा जनआन्दोलनको रापले राँंकिएका नेताले 'सेना समायोजन' शब्दको प्रयोग बडो उत्साहका साथ गरे। नेपाली परिवर्तनले विद्रोही सेनाको जत्थालाई नेपाली फौजमा मिसाउने भन्दापनि नेपाली फौजको पुनर्संरचना चाहेको थियो। तर, सेना समायोजन शब्दको आकर्षणमा नेताहरू नराम्रोसँंग फँसे। अहिले त्यही शब्द सबैका लागि प्रत्युत्पादक बनेको छ।
नेपाली फौजका हजारौंँ दोष भएपनि, यो जति नै अपारदर्शी भएपनि, अन्ततः यसले राष्ट्रिय फौजको मान्यता पाएको छ। यति बेला, जब नेपाल परिवर्तनका लागि जुर्मुराएकोछ र देशको आकार नै संघीय स्वरूपमा बदल्न नेताहरूले कम्मर कसेका छन्, भारदारी शैलीमा रहेको नेपाली फौजको सम्पूर्ण संगठनात्मक स्वरूपलाई वैज्ञानिक, आधुनिक, व्यवसायी र पारदर्शी आकार दिनु आवश्यक छ। एउटा राजवंशको 'छहारी' मा रमाउँदै आएको सेनालाई देशका जनताको भरपर्दो संस्थामा विकसित गर्नु लरतरो काम होइन। नेपाली समाजमा फौजको चहलपहल देख्नासाथ झस्किने मानसिकता छ। जनताको त्यो मानसिकता बदलेर फौजमा भरपर्ने मानसिकता विकसित गर्नु आजको आवश्यकता हो।
फौज कुनैपनि देशको पहिचानका लागि आवश्यक शर्त हो। सँधै युध्दको छायामा बस्नुपर्ने देशका लागि त राष्ट्रिय अस्तित्वको रक्षा नै फौजको अनिवार्य कर्तव्यमा पर्छ। तर, दुई शक्तिशाली छिमेकीको चेपमा रहेको नेपाली राष्ट्रले कसैसंँग लड्नुभिड्नु छैन। अहिलेसम्म नेपाली सान र अभिमानको रक्षा नै नेपाली फौजको एकमात्र कर्तव्य रहेको छ। मात्रै सान र अभिमानको रक्षा अनुत्पादक विषय हो। आफना जनतालाई एक गोली सिटामोल र एक गिलास शुध्द पानी पिलाउने हैसियत नभएको देशको स्वाभिमान संदिग्ध हुन्छ। तै पनि, प्रत्येक वर्ष फौजी बजेट बढ्दो छ। यस्तो अवस्थामा सेना समायोजन गरेर फौजको खर्च बढाउँदै लानुको कुनै अर्थ छैन। यो नेपाली जनताबाट संकलन गरिएको करको सदुपयोग होइन।
राज्य पुनर्संरचनाका क्रममा फौजको पुनर्संरचना नेपाली गणतन्त्रको पहिलो आवश्यकता हो। नेपाललाई कति फौज चाहिने हो? कति भए यसले शान्तिका आवश्यकता सुनिश्चित् गरेर आफ्नो अन्तर्राष्ट्रिय भूमिका राम्ररी निर्वाह गर्न सक्छ? यसको सही आकलन गरेर जनसंख्याको आवश्यकताअनुसार सेनाको आकारको निर्क्योल गरी त्यसैअनुरूप चुस्त, विरासतको प्रभाववाट मुक्त र योग्यताको कदरगर्ने संगठनको निर्माण नेपाली सत्ता र समाज दुवैको आवश्यकता हो। फौजी जवान र हातहतियारको भीड बढाएर सेनाको प्रचूर राजनीतिकरण गर्नु सानो मुलुकको लोकतान्त्रिक आकांक्षा अनुकूल हुन सक्तैन।
अहिले संसद्वादी र माओवादी दुवैथरी दलका नेताले फौजी संगठनलाई कजाउन सकिने वातावरणको निर्माण गर्न खोजेका छन्। आफूलाई विशुध्द व्यावसायिक संगठन भन्ने फौजी संगठनका नेताहरू आफू अनुकूलको संरचनाको पक्षमा देखिन्छन्। सरकार र प्रतिपक्षका नेतासँंग प्रभावशाली फौजी अधिकारीको भेटघाट ‘हाइ हेलो'मा सीमित छैन। राजनीतिक नेताको कमजोरीको सूक्ष्म अध्ययन गरेका फौजी अधिकारी आफनो र सन्तान दरसन्तानको खान्गी जोगाउन लागिपरेका छन्। यस्तो स्वार्थपूर्ण व्यवहारले नयाँ नेपाल त बन्न सक्दैन नै, पुरानो नेपाल रहने विश्वास पनि घट्दै जान्छ। यही अवस्था रहने हो भने एउटा सीमित वर्गको स्वार्थका लागि सम्पूर्ण नेपालीले दुःख पाउनुपर्ने अवस्था आउँछ।
माओवादी फौजले दश वर्षसम्म हिंसात्मक युध्द लड्यो। उसैले लडेको युध्दको परिणाम नेपाल परिवर्तनको नयाँ कार्यसूचीमा आइपुगेको हो। त्यस फौजको प्रतिष्ठा स्थापित गरिनुपर्छ। लडाइँमा होमिएकाप्रति सबै कृतज्ञ हुनुपर्छ। तर, फौजमा उनीहरूको समायोजन महान र महत्वपूर्ण होइन। फौजको पुनर्संरचना महत्वपूर्ण विषय हो। अहिलेको अवस्थामा समायोजन त यसै पनि निश्चित्जस्तै छ। तर, समायोजनसँंग सम्बन्धित सम्पूर्ण प्रक्रियाले नेपाली राजनीतिलाई नौटंकी बनाएको छ भने यससँंग जोडिएको राजनीतिक कचिंगलले माओवादी लडाकुको आत्मसम्मानमा पनि आक्रमण गरेको छ। लडाकुलाई संख्या र दर्जामा अल्झाएर पार्टीका नेता राजनीतिको निकै बाक्लो रोटी पकाउँदैछन्।
समायोजन नेताहरूको अविवेकपूर्ण वाक्युध्दको विषय बनेको छ। समायोजनपछि देशको राजनीतिक अवस्थामा सिर्जना हुने नयाँ संकटको कल्पना पनि कसैले गरेका छैनन्।
साह्रै उदार र आधुनिक समाजमा समेत अधिकार र स्वामित्वका प्रश्नमा नागरिक सत्ता र सैनिक संगठनबीच मनोमालिन्य हुन्छन्। सैनिक स्वयंमा स्वायत्त सत्ता नभएपनि राज्य सत्ताका लागि ऊ संँधै चुनौतीका रूपमा देखिएको हुन्छ। प्रोफेसर स्यामुयल हन्टिंगटनका अनुसार - नागरिक शासन र फौजी व्यवसायबीच संधै एउटा फलामे पर्दा लागेको हुन्छ। यो पर्दाको सन्तुलन कायम राख्न देशका नेताले वुध्दिमत्ताको प्रदर्शन गर्न नसके देश नै नरहने अवस्था आउन सक्छ।
समायोजन शब्दका कारण, संविधान नै बन्न नसक्ने जटिल अवस्था सिर्जना भएको हाम्रो देशमा फौजी पुनर्संरचनाको विषय उठाउनुको तात्कालिक महत्व देखिँदैन। तर, आगामी समयलाई सम्बोधन गर्न फौजी पुनर्संरचनाको अर्को विकल्प पनि छैन।