फरक हुन अपांगता र फरक क्षमता
२२ असोज २०८०
•
४ मिनेट पाठ
फरक हुन अपांगता र फरक क्षमता
पत्रकारिता राज्यको चौथो अङ्ग हो जसले समाजलाई प्रत्यक्ष/अप्रत्यक्ष दिशानिर्देश गरेको हुन्छ । आममानिसले सोच्ने तरिका र बनाउने धारणामा कुनै न कुनै रूपमा सञ्चार माध्यमले प्रकाशन या प्रशारण गरेका सामग्री एवं सूचनाले भूमिका खेलेकै हुन्छ । गत शुक्रबार पोखरामा एक कार्यक्रम भयो, जुन अपाङ्गता भएका व्यक्तिहरूको सार्वजनिक यातायातमा पहुँच विषयक अन्तरक्रिया थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुगजाली मगर थिए भने कार्यपत्र प्रस्तोता थिए– राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा ।  

यो पङ्तिकारसमेत सहभागी त्यस कार्यक्रममा उपस्थित सबैजसोले सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा धारणा, समस्या एवं समाधानका उपायहरू राखेका थिए । उक्त कार्यक्रमबारे केही समाचार माध्यमले समाचार लेखे तर कार्यक्रमको विषयवस्तु बङ्ग्याउँदै । कार्यक्रम सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच विषयमा थियो तर प्रायःले कार्यस्थलमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच भन्ने शीर्षक दिइ त्यही आधारमा समाचार बनाए । यसमा अझ उदेकलाग्दो कुरा त के भयो भने प्रायःले शारीरिक अशक्तता, फरक क्षमता आदि भन्ने शब्दावलीहरू प्रयोग गरे ।

नागरिक दैनिकले पनि ६ असोज २०८० मा सोही कार्यक्रमबारे समाचार लेख्यो, जसको शीर्षक थियो– ‘शारीरिक दुर्बलता भएकाहरू भन्छन्– सार्वजनिक यातायात पहुँचयुक्त बनाइदिनु ।’ सामाजिक सञ्जाल फेसबुकमा पङ्तिकारलगायत केहीले कमेन्टमा विरोध जनाएपश्चात समाचारको शीर्षक त सच्चियो, तर शाब्दिक असंवेदनशीलता अझ सच्चिएन । पुनः ८ असोज २०८० मा डा. केदार कार्कीको अर्को सामग्री प्रकाशन भयो जसको शीर्षक थियो– ‘सामुदायिक कुकुरप्रति समानुभूति ।’ उक्त सामग्रीको पहिलो अनुच्छेदमा नै अपाङ्गता भएका व्यक्तिहरूलाई होच्याउने शैलीको अमर्यादित भाषाशैली प्रयोग भयो– आज कुकुरहरू अन्धा र अपांगता भएकाहरूका लागि गाइडका रूपमा वा प्रहरीको काममा कार्यरत छन् ।  

नेपाल अपाङ्गता भएका व्यक्तिहरूको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्र हो । त्यसलगायत हामीसँग नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरूको ऐन २०७४ पहिलो संशोधन २०७५ कार्यान्वयनमा छ जसले सबैलाई सम्मानित एवं मर्यादित जीवन यापनको हकको सुनिश्चित गर्छ । तर सञ्चार माध्यममात्र होइन, समग्र क्षत्रले प्रयोग गर्ने यी र यस्ता अमर्यादित भाषाशैलीले सम्मानित एवं मर्यादित जीवन यापनको हकको खुल्लमखुला धज्जी उडाइरहेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिले पनि अपाङ्गतालाई विकसित अवधारणाको रूपमा परिभाषित गरेको छ । जसले दीर्घकालीन शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियजन्य अशक्तता र विद्यमान अवरोधहरूकै कारण कार्यगत सीमितता आइ समान आधारमा समाजमा उनीहरूको पूर्ण र प्रभावकारी सहभागितामा बाधा पुग्न सक्ने अवस्था भनी व्याख्या गरेको छ । यसले अपाङ्गताको सामाजिक मोडेललाई जोड दिन्छ जसले व्यक्तिको कमजोरीमा मात्र होइन किन्तु उनीहरूको पूर्ण समावेश र सहभागितालाई सीमित गर्ने समाजमा रहेका अवरोधहरूमा पनि ध्यान केन्द्रित गर्दछ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ ले पनि ‘अपाङ्गता भएका व्यक्ति’ भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्धकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनुपर्छ भनेको छ ।

उपर्युक्त उहादरणहरू हेर्दा पनि अपाङ्गता भनेको कसैको क्षमता या अक्षमतासँग होइन कि यो एक अवस्था हो भन्ने नै हो । तसर्थ यसमा फरक या समान क्षमता भन्ने कुरा कहीँ कतैबाट जोड्नु उपयुक्त हुँदैन । फरक फरक व्यक्तिसँग फरक फरक क्षमता हुन्छ । मसँग जे क्षमता छ, त्यो अरूसँग हुँदैन । बुझ्नु जरुरी के छ भने प्रत्येक व्यक्तिसँग भएको फरक क्षमताले नै उसलाई अरूभन्दा फरक र विशेष बनाएको हुन्छ, त्यो चाहे अपाङ्गता होस् या नहोस् । अर्को शारीरिक अशक्तता अपाङ्गताका लागि आवश्यक एक तत्व मात्र हो, शारिरिक अशक्तताकै कारण मात्र कुनै पनि व्यक्तिलाई अपाङ्गताको परिभाषामा समावेश गराउनु हुँदैन । शारीरिक अशक्तता र अपाङ्गतामा भिन्नता छ ।

समाज हामी सबैको हो र समाजका प्रत्येक सदस्यलाई मर्यादित र सम्मानित जीवन यापनको हक हुन्छ र हुनुपर्छ पनि । हामीले प्रयोग गर्ने भाषाशैली र व्यवहारका कारण समाजका कुनै वर्गले अपमानित महसुस गर्छन् भने त्यस्ता चिजलाई निरुत्साहित गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु हामी सबैको मुख्य दायित्व हो ।
अर्को समाचार
अपांगता दिवसमा फरक क्षमता भएकाहरुलाई व्यवसायका लागि सहयोग
१८ मंसिर २०७७
•
१ मिनेट पाठ
अपांगता दिवसमा फरक क्षमता भएकाहरुलाई व्यवसायका लागि सहयोग
अपांगता दिवसको अवसरमा पारेर कपिलवस्तु नगरपालिका– ११ सेल्फी चोक स्थित एक फरक क्षमता भएका व्यक्तिलाई नास्ता पसल संचालनका लागि सहयोग गरिएको छ। लिडो नामक संस्थाले कतार च्यारेटीको आर्थिक सहयोगमा आय आर्जनकालागि स्थानीय मोहाम्द ईनिफलाई सो सहयोग गरेको हो। सो सस्थाको १ लाख ७० हजार बढीको सहयोगमा उनले नास्ता पसल बिहीवारबाट सुरु गरेका हुन। लिडोका अध्यक्ष तथा सांसद अतहर कमाल र कतार च्यारेटीका राष्ट्रिय ब्यवस्थापक ईर्साद अली शेषले सो पसलको बिहीवार रिबन काटेर संयुक्तरुपमा उद्घाटन गरे।  

विपन्न परिवारलार्इृ आय आर्जनमा सहयोग गर्नका लागि आयआर्जनका लागि साना तथा मझौला व्यवसाय विकास परियोजना अन्तर्गत उनलार्ई  सहयोग गरिएको अध्यक्ष कमालले बताए। विपन्न परिवारलाई पसलले आयआर्जनमा सहयोग गर्ने उनले बताए। राष्ट्रि व्यवस्थापक शेषले कतार च्यारेटीले गरिब र बिपन्न परिवारलाई लक्षित गरी देशका विभिन्न स्थानमा यस्तो सहयोग गरेको बताए। उनले सो परियोजना अन्तरगत गरिब विपन्नलाई सहयोग जारी रहने बताए। लिडोकी व्यवस्थापक सुनिता बेल्बासेले यस बर्ष ६ बिपन्न परिवारलाई नास्ता र किराना पसल संचालनकालागि संस्थाले सहयोग गरेको बताईन। लिडोका सहयोगमा नास्ता पसल खोलेका माहोम्मद ईनिफले अब आफनो ७ जनाको परिवार चलाउन गाह्रो नहुने बताए। यस अघि सोही चोकमा खुला सडकमा अन्डा बचेर परिवारको गुजारा चलाउदै आएका थिए। ‘म जस्तो विपन्न परिवारलाइए संस्थाले आयआर्जनको आधार दिएको छ , यसले मेरो परिवार अब राम्ररी चल्छ ’ उनले भने।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस