सपनाको व्यापार
०५ जेष्ठ २०६७
•
८ मिनेट पाठ
सपनाको व्यापार
युनाइटेड लाइफ इन्टरनेसनल ( युनिटी) ठगी प्रकरण अहिले संचार माध्यममा व्याप्त छ। सामाजिक सुरक्षाका नाममा 'एस्सुरेन्स' भन्दै बिमा व्यवसाय र राष्ट्रबैंकको अनुमतिबिना बैंकिङ सेवा सञ्चालन गर्दै आएको युनिटीका विभिन्न कार्यालय अहिले प्रहरी नियन्त्रणमा छन्।
युनिटीले सञ्चालन गरेका अस्पतालमा ताला गाइएको छ। चार वर्षमा ६ लाख बढी सदस्यको सञ्जाल फैलाएको युनिटी एकाएक धराशायी हुने लक्षण देखिँदैछ।




युनिटीले गैरकानुनी काम गर्दै आएकोमा विवाद रहेन। कसरी यस्तो गैरकानुनी काम खुलेआम गर्नसक्यो? यसबीच उसले स्वदेश र विदेशमा ६ लाख बढी सदस्य बनायो। विभिन्न १७ जिल्लामा अस्पताल खोलेर 'सामाजिक सेवा' उपलब्ध गरेको छ। करिब दुई हजारभन्दा बढी कर्मचारी राखेको छ र हजारौ संख्यामा एजेन्ट परिचालित गरेको छ। पत्रपत्रिका, टेलिभिजन र रेडियोहरूमा युनिटीले प्रशस्त सपना बाँड्दै आएको थियो, विज्ञापनका भाषामा। युनिटीका काम कारवाही गैरकानुनी होलान् भनेर सर्वसाधारणले भेउ पाउनै कठिन थियो।

 

नागरिकलगायतका सञ्चार माध्यमले प्रमुखताका साथ युनिटीको समाचार सार्वजनिक गरेपछिमात्र सरकारी निकाय कारवाहीमा उत्रिएको हो। जावलाखेलस्थित युनिटी कार्यालयमा राजस्व अनुसन्धान विभागले ताला लगाएको छ। कम्पनीका सञ्चालक मध्ये दुई जना प्रहरी हिरमसतमा छन्। मुख्य सञ्चालकको ' खोजी भैरहेको' प्रहरीको भनाइ छ।

युनिटीले चार वर्षमा ठूलो सञ्जाल विस्तार गर्नसक्नुमा यस मुलुकका राष्ट्रपति, प्रधानमन्त्री, माओवादी अध्यक्ष प्रचण्डलगायतका मुलुकका ठूला नेता, प्रशासकको योगदान देखिन्छ। उनीहरूले युनिटीको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति, प्रधानमन्त्रीले उसका कार्यक्रममा भाग लिएका छन्। खाडीको होइन झाडीको डिजेल प्रयोग गरौँ भन्ने सस्ता नारा पिटेर युनिटीले नियोजितरूपमा गैरकानुनी काम गर्दै आएको थियो। विधिको शासन र उत्तरदायी सरकार भएका मुलुकमा यस्तो संदिग्ध काम यति सजिलै हुँदैन। सबाल युनिटीको भन्दा पनि यस्ता धन्दाबालका फन्दामा राष्ट्रपति, प्रधानमन्त्रीसमेत पर्दारहेछन् भन्ने हो। युनिटीका जिम्मेवारहरू ठूलो सख्यामा सांसदहरू आफ्नो नेटवर्कको सदस्य बनेको दाबी गर्छन्।

युनिटी प्रकरणलाई एउटा संगठित गिरोहले कानुनको खिल्ली उठाउँदै कसरी अर्बौं लुट्नसक्छ भन्ने एउटा दृष्टान्तमात्र हो। यसअघि पनि यिनै मानिसले यस्तै प्रकारका गैरकानुनी काम गरेका थिए। ठग्ने प्रकृति, नाम फेरिए पनि प्रवृत्ति उही हो। सरकारका नियमन निकायले कानुन उल्लंघन भएको थाहा नपाएका पनि होइनन्। उनीहरूको बेवास्ता र उच्च अधिकारीहरूको मिलेमतोमा नै यस्ता काम संभव भएका हुन्। अहिलेका युनिटी सञ्चालकले यस अघि गोल्डक्वेस्टको नाममा यसै गरी ठगेका थिए।

घटनाक्रम हेर्दा युनिटी अब बन्द हुने उसको कारोबार समाप्त हुने लक्षण देखिन्छ। तर, उसले उठाएको ६ अर्ब बढी रूपैया कहाँ कसरी लग्यो? चार वर्षसम्म आँखा चिम्लेर बसेको राष्ट्रबैंक अहिले युनिटीको नाममा बैंकहरूमा खाता नभएको जनकारी दिन थालेको छ। राष्ट्रबैंक आफ्नो अनुमति बिना बैंकिङ कारोबार गरेकोमा लाचारी व्यक्त गरिरहेको छ। राष्ट्र बैकले १० लाखभन्दा बढीको कारोबार बैंकमार्फत हुनुपर्छ भन्ने नियम बनाउँछ तर अर्बौं रुपैयाँको चलखेल टुलुटुलु हेरेर बस्छ। त्यस्तै अवस्था छ, बिमा समितिको। पत्रपत्रिका, रेडियो र टेलिभिजनमा विज्ञापन गरेर एस्सुरेन्सका नाममा बिमा पोलिसी बेच्दै आएको युनिटीको धन्दाबाट बिमा समिति बेखबरजस्तै थियो। राजस्व अनुसन्धान विभाग आँखा चिम्लिएर बसेको थियो।

युनिटी प्रकरणको पटाक्षेप हात्ती आयो हात्ती आयो फुस्सा पनि हुनसक्छ। केही दिनको हल्लीखल्लीपछि सबैले बिस्तारै बिर्सँदै जाने र युनिटीको कारोबारमा बन्देज लाग्ने हुनसक्छ। युनिटीलाई बुझाइएको धेरैजसो पैसा डुब्ने सक्छ। युनिटीले अस्पताललगायतका योजनामा लगानी गरेको सीमित रकमबाहेक अधिकांश पैसा सञ्चालकले लुकाएका छन्। राष्ट्र बैकका अधिकारीले संकेत गरेजस्तै अधिकांश रकम विदेश पुर्‍याइएको हुनसक्छ।

नेपालीको सजिलै पैसा कमाउने चाहनाले युनिटीको विस्तार सम्भव भएको हो। युनिटीको सदस्य बन्ने अधिकांश जान्नेसुन्नेका लहैलहैमा लागेका देखिन्छ। एक जनाले १५ हजार शुल्क तिरेर सदस्यता लिने र त्यसरी सदस्य बनेका प्रत्येकले अर्को १५ - १५ हजार तिर्ने दुई जना सदस्य थप्दै जाने नेटवर्कको परिधि विस्तार हुँदै गएर ६ लाख नाधेको हो। तीमध्ये कतिपयले आफ्नो लगानी उठाइसकेका हुनुपर्छ। अर्थात्, युनिटी धन्दाबाट पीडित हुनेको संख्या ६ लाखभन्दा कम हुनेछ।

नागरिकको पैसा जोगाउन विधिसम्मत सबै उपाय गर्नु सरकारको दायित्व हो। यस प्रकरणमा सरकारका नियमन निकायहरू राष्ट्रबैंक, राजस्व अनुसन्धान विभाग र बिमा समितिले युनिटीले गैरकानुनी काम गरेको स्पष्टीकरण दिएरमात्र पुग्दैन। राष्ट्रबैंकलगायतका सरकारी निकायले आफ्नो कमजोरीबाट यस्तो गैरकानुनी कामकाज हुन सकेको हो भन्ने स्वीकार गरेर रोकथामका उपाय गरेमामात्र त्यस्ता घटना दोहोरिने छैनन्। नत्र, गोल्डक्वेस्टको केही वर्षपछि युनिटी काण्ड भएजस्तै केही समयको अन्तरालमा अर्को काण्ड भइरहनेछ।
अर्को समाचार
उज्यालो/अँध्यारो हङकङ
१७ कार्तिक २०७१
•
२१ मिनेट पाठ
उज्यालो/अँध्यारो हङकङ
सन् १९४० देखि नै नेपालीहरू हङकङमा बस्न थालेका थिए। अन्तर्राष्ट्रिय व्यापार केन्द्र हङकङ धेरै नेपालीको सपनाको शहर पनि हो। यहाँका नेपालीले देशका लागि आफ्ना तहबाट मनग्गे योगदान गरिरहेका छन्। नेपाली कलाकर्मीलाई अभिभावकले झैँ माया गरिरहेका छन्। नेपाली कला, भाषा, संस्कृतिप्रति उनीहरूको गहिरो प्रेममात्र छैन, यिनको प्रवर्द्धनमा पनि उनीहरू डटेका छन्। तर, हङकङमा बस्ने नेपाली युवा पुस्ता निराश छ। त्यहाँको शिक्षा महँगो छ, जीवनशैली खर्चिलो छ। थुप्रै नेपाली युवा दुर्व्यसनमा फसेका छन्। गोपाल दाहालले हङकङमा रहेका नेपालीका जिन्दगीका विभिन्न रङ र आयाम केलाएका छन्।
समुन्द्र पुरेर बनाइएको आधुनिक शहर। हेर्दै अचम्मलाग्दा अग्ला–अग्ला भवन। समुन्द्रमा दौडिरहेका जहाज। सवारीसाधनको ओहोरदोहोर। मान्छेहरूको हेरिनसक्नु भीड।

साँझ परेपछिको दृश्य अझै रोचक हुन्छ। रंगीचंगी देखिने तिनै अग्ला महल। सडकभरि आफैँलाई बिक्रीमा राखेर ग्राहक बोलाइरहेका सुन्दरी, बार्गेनिङ गरिरहेका पर्यटक। उता डिस्को, यता बार। रंगिन छ दुनियाँ!

साँच्चै सपनाको शहरजस्तो लाग्छ हङकङ। त्यसैले पनि होला, धेरैले सपनाको शहर भन्छन् यसलाई। नेपाली युवा पनि त्यसैमा पर्छन्। नेपाली युवाका लागि पनि सपनाको शहर हो हङकङ। तर, बाहिरी रूपमा जसरी हङकङले सपनाको शहरको परिचय बनाएको छ, त्यसभन्दा फरक छ यहाँको यथार्थ। अर्थात्, नेपालीका लागि सपनाको शहर हङकङ विपनामा निकै फरक छ।

बीस वर्षअघि सपनाको शहर खोज्दै हङकङ आइपुगेका कवि राईको अनुभवमा हङकङ दुईचार दिन घुम्न आउनेका लागि मात्र सपनाको शहर हो। हङकङको जोर्डनमा 'कौलन करी हाउस' सञ्चालन गर्दै आएका कवि भन्छन्, 'यो देखावटी रूपमा मात्र सपनाको शहर हो। वास्तविकता धेरै जटिल छ।' पहिला रोजगारी खोज्दै हङकङ आएका उनलाई अहिले यो शहर अत्यासलाग्दो लाग्छ। भन्छन्, 'बच्चाहरूको लागि मात्र बसिरहेको छु। भविष्यमा नेपाल नै फर्किन्छु।'

कविजस्तै अनुभव धेरै नेपालीको रहेको छ। नेपालमा रहँदा राम्रै चर्चा कमाइरहेका गायक, नायकदेखि निर्देशकसम्म हङकङमा यस्तै कडा परिश्रम गर्न व्यस्त भेटिन्छन्। नेपालबाट आउने अधिकांश युवाहरू निर्माण क्षेत्रमा काम गर्छन्। छोटो समयमा अत्यधिक गतिमा विकास भएको हङकङमा बनेका विशाल भवन, पुल र अन्य संरचनामा थुप्रै नेपाली युवाले पसिना बगाएका छन्। यहाँ १८ देखि ४० वर्षसम्मकालाई पहिलो श्रेणीका रूपमा हेर्ने गरिन्छ भने ४० देखि ५० वर्ष उमेरका दोस्रो श्रेणी र ५० वर्ष माथिकालाई तेस्रो श्रेणीका रूपमा हेरिन्छ।

HK1

हङकङमा काम गर्नेका लागि राम्रो कमाइ पनि हुन्छ तर खर्च पनि उत्तिकै हुन्छ। पहिला सेक्युरिटी गार्डमा धेरै रोजगारी पाएका नेपाली युवाहरू अहिले यहाँको निर्माण क्षेत्रमा काम गर्छन्। राम्रो कमाइका लागि हङकङमा निर्माण भइरहेका गहिरा सुरुङदेखि अग्ला भवनमा जोखिमपूर्ण काम गर्न बाध्य छन् नेपाली युवा। १२ घण्टासम्मको जोखिमपूर्ण र कष्टकर काम, तनाव र शहरको भीडभाड! त्यसमाथि महँगो कोठा भाडा, खर्चिलो दैनिकीजस्ता कारणले आक्रान्त छन् यहाँका नेपाली।

निर्माण क्षेत्रमा काम गर्नेहरूले मासिक ४० हजार हङकङ डलरसम्म कमाउँछन्। तर, मासिक ८ /९ हजार कोठाभाडा, दैनिक अन्य खर्च हिसाब गर्दा धेरै बचत गर्न सकिँदैन। किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुङ्फुङ्वा संसारको व्यापारिक केन्द्रका रूपमा विकास भएको हङकङ व्यापार–व्यवसाय गर्नेका लागि सपनाको शहर भए पनि दुःख गर्ने अधिकांश नेपालीका लागि सोचे जस्तो सपनाको शहरका रूपमा नरहेको दाबी गर्छन्। भन्छन्, 'नेपालमा बसेर कल्पना गरे जत्तिको ड्रिम सिटी होइन हङकङ।'

सन् १९४० देखि नै ब्रिटिस सेनाका रूपमा नेपालीहरू हङकङ आउन थालेका हुन्। तर, सन् १९८४ मा बेलायत र चीनबीच सम्झौता भएपछि ब्रिटिस गोरखा सैनिकका सन्तानले हङकङ आईडी पाउन थाले। ब्रिटिस गोरखा सैनिकका सन्तानबाट तानिँदै नेपालीहरूको हङकङ प्रवेश १९९६ पछि झनै बढ्यो। यसरी बढ्दै गएका नेपालीको संख्या हङकङमा अहिले करिब ४० हजार छ। राम्रो कमाइ हुने ठाउँ, संसारका सुविधाको उपलब्धता, स्वतन्त्र जीवनशैलीका कारण पनि नेपाली युवाको नजरमा 'सपनाको शहर' कहलिएको हङकङमा यहाँको खर्चिलो जीवनशैली तुलना गर्ने हो भने कुनै दृष्टिले सपनाको शहर जस्तो लाग्दैन। हङकङमा रहेका पत्रकार जेबी पुनमगरको विश्लेषणमा नेपालीका लागि हङकङ बिलकुलै सपनाको शहर होइन। भन्छन्, 'नेपालबाट हेर्दा सपनाको शहरजस्तो लागे पनि यहाँको यथार्थ ठीक उल्टो छ।'

 

जोखिममा युवा पुस्ता

हङकङमा पछिल्लो समय युवा पुस्ताको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था देखिएको छ। जोखिमपूर्ण काम गरेर नेपाली हिसाबमा राम्रै आम्दानी गरे पनि उनीहरूको कमाइले छोराछोरीलाई महँगो स्कुलमा पढाउन पुग्दैन। त्यसैले नेपालीले मध्यम खाले स्कुलमै छोराछोरी पढाउन पठाउँछन्। तर, अधिकांश नेपालीका छोराछोरीले एसएलसीसरहको लेबल पास गर्न सक्दैनन्। पास गर्ने थोरैले पनि त्यसपछिको उच्च शिक्षा पढ्न कडा प्रतिस्पर्धा गर्नुपर्छ। नेपालीले त्यसमा नाम निकाल्न मुश्किलै पर्छ। त्यसपछि युवा पुस्ता दुर्व्यसनमा लाग्न थाल्छन्। सात वर्षदेखि हङकङ बस्दै आएका सुजीत सुब्बा भन्छन्, 'यहाँ पढेका ५० प्रतिशतभन्दा बढी युवा पुस्ता दुर्व्यसनमा लागेका छन्। त्यसैले छोराछोरीको पढाइ यताभन्दा नेपालतिरै गर्दा राम्रो हुन्छ।'

HK2

यहाँ आएर दुर्व्यसनमा फसेका कतिपय युवाहरू पुलमुनि बस्छन्। पुलमुनि घरजस्तै ओत लाग्ने ठाउँमा सुत्ने, बस्ने उनीहरू लागुऔषध सेवन गर्छन्। नेपालभन्दा बढी नै स्वतन्त्रता दिइएको हङकङमा स्वतन्त्रताको गलत प्रयोग गर्दा नेपाली युवा पुस्ताको भविष्य भने अन्धकारतर्फ धकेलिएको छ। यहाँ पनि आफूलाई डन ठान्ने केही युवाले नेपालीका पसलमा हप्ता असुल्ने गरेको व्यवसायीहरू बताउँछन्।

हङकङ जोर्डनलगायत केही क्षेत्रमा खुल्लमखुल्ला यौनधन्दा चल्दो रहेछ। साँझ पर्न थालेपछि मसाज पार्लरका बोर्ड छेउमा मेकअपले सजिएका युवती ग्राहक बोलाउँदै सडकभरि भेटिन्छन्। रातभर खुल्ने यहाँका डिस्को, बार वरपर सडकमै आफ्नो सुन्दरता प्रस्तुत गर्दै तीन सयदेखि हजारौँ डलरमा यौनप्यास मेट्नेको बार्गेनिङ चल्दो रहेछ। यस्तो कार्यमा चीन र अन्य देशका युवती आउने गरेको स्थानीय बताउँछन्। यहाँ मातेर सडकमा हल्ला गर्दै हिँड्न पनि छूट छ तर कसैलाई हात चाहिँ लगाउन पाइँदैन। रातैभरि झिलिमिली हुने भएकाले यहाँ दिनरात छुट्याउन पनि मुश्किल पर्छ। रातभरि नै मान्छेको ओहोरदोहोर चल्छ, यातायात चल्छ। संसारका मान्छेको जमघट हुने यहाँ नेपाली युवा पुस्ताको बिग्रँदो अवस्थाले उनीहरूको भविष्यबारे सोच्नुपर्ने बेला आइसकेको छ।

 

नेपालको हावा

पछिल्लो समय नेपालमै पनि नेपाली समाज विभिन्न नामले विभाजित छ। त्यसको हावा यहाँ पनि प्रस्टै देखिन्छ। हुन त यहाँका नेपालीहरूबीच पहिलादेखि नै पूर्वेली र पश्चिमेली भनेर विभाजित मानसिकता छ। ब्रिटिस कालमै नेपालीलाई एकजुट हुन नदिन पूर्व र पश्चिमको रेखा कोरिएको भनिन्छ तर पछिल्लो समय नेपालको राजनीतिको दूषित हावाले यहाँका नेपालीलाई पनि गाँजेको पाइन्छ। यहाँ नेपालीबीच नै विभिन्न पार्टी, जाति, ठाउँका नाममा विभाजित समुदाय देख्न सकिन्छ। नेपालमा खुलेका धेरैजसो राजनीतिक दलका शाखा खुलिहाल्छन्। आ–आफ्नो विचारअनुसार संगठित हुने अधिकार त सबैलाई छ तर त्यसलाई सदुपयोग गर्दै सबै नेपाली एकजुट हुनुको साटो आफैँमा एक अर्कालाई नगन्ने भावनाको विकास भइरहेको देखिन्छ। यसले नेपाली समुदायलाई कमजोर बनाउने निश्चित छ।

 

देश विकासमा योगदान

त्यसो त यहाँ विभिन्न ठाउँ, नगरदेखि वार्ड–वार्डसम्मका समाज र समिति छन्। तिनले आफ्नो देशका लागि धेरै काम पनि गरेका छन्। ती समूहबीच आ–आफ्नो ठाउँको विकासमा योगदान पुर्यानउने अघोषित प्रतिस्पर्धा पनि चलेको छ।

यसले देशलाई फाइदै पुगेको छ। त्यसको उदाहरणका रूपमा धरानमा निर्माण भएको घण्टाघरलाई लिन सकिन्छ। धरान हङकङ मञ्चले यहाँबाट पैसा संकलन गरेर पठाएपछिमात्र घण्टाघर निर्माण सम्भव भएको हो। धरान, पोखरा र त्यसवरपरका क्षेत्रमा हङकङवासी नेपालीको सहयोगबाट यस्ता धेरै काम भएका छन्। नेपालका विभिन्न ठाउँमा बालगृह, वृद्धाश्रम, अपांगलाई सहयोग गर्नेदेखि लिएर आफ्नो ठाउँको विकासमा यहाँका नेपालीले ठूलो योगदान पुर्या एका छन्। आधिकारिक रूपमा कसैले हिसाब नराखे पनि कडा मेहनत गरेर कमाएको पैसाबाट देशका लागि करोडौँ सहयोग पुर्याकइसकेका छन्, यहाँका बासिन्दाले। नेपालीका विभिन्न संस्थाको छाता संगठन हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा भन्छन्, 'अहिलेसम्म यहाँका नेपालीले देशका लागि धेरै सहयोग गरिसकेका छन्। अझै पनि देश विकासमा ठूला योजना ल्याउने तयारी भइरहेको छ।'

 

भाषा साहित्यमा योगदान

नेपालीहरूले यहीँ बसेर पनि आफ्नो भाषा, कला, साहित्यको विस्तार पनि गरिरहेका छन्। यहाँबाट पत्रपत्रिका, नेपाली वेबसाइट सञ्चालन भइरहेका छन्। तिनले यहाँका नेपालीलाई आफ्नो भाषा, संस्कारदेखि देशको खबरसम्म पस्किरहेका छन्। यहाँ दर्जनभन्दा बढी पत्रकार, साहित्यकार छन्। यहाँबाट प्रकाशन हुने एभरेस्ट साप्ताहिकका सम्पादक किसन राई यहाँका नेपालीले आफ्नो कला, साहित्य र भाषाको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्यािएको बताउँछन्।

हङकङमा बस्ने विभिन्न जातिका नेपाली समुदायले आफ्नो चाडपर्व मनाउने र आफ्नो पहिचान खोज्ने काम गर्दै आएका छन्। यसपटकको तिहारमा यहाँ पनि देउसी खेलियो। दसैँतिहारसँगै चासोक तङ्नाम, साकेला, ल्होसारलगायत नेपाली चाडपर्व मनाइन्छन्। आ–आफ्ना संस्कार र संस्कृति खोज्ने क्रम पनि बढेको छ। चुम्लुङ अध्यक्ष लुङ्फुङ्वा आत्मसन्तुष्टिका लागि पनि आफ्नो संस्कृतिको खोजी गर्ने क्रम बढेको बताउँछन्।

 

कलाकर्मीका अभिभावक

नेपालमा कलाकारिताबाट जीवनयापन गर्न मुश्किल छ। थोरैले मात्र कलाकारिताबाट राम्रो जीवनयापन गर्न सक्ने अवस्था छ। तर, हङकङवासी नेपालीले नेपालका कलाकर्मीको अभिभावकका रूपमा सहयोग गर्दै आएका छन्। अहिले त नेपाली कार्यक्रम प्रस्तुत गर्न हङकङ आइपुग्नु नेपाली कलाकारको सफलताको मापदण्डका रूपमा हेर्न थालिएको छ।

विशेषगरी गायक र हास्य कलाकारले हङकङबाट बारम्बार निमन्त्रणा पाउने गरेका छन्। यहाँ हरेक साताजसो केही न केही कार्यक्रम आयोजना हुने गर्छन्। नेपालबाट समेत कलाकार निम्त्याएर कार्यक्रम आयोजना गरिन्छ। हङकङले कलाकार निम्त्याएर उनीहरूलाई आर्थिक रूपले पनि सहयोग गर्ने गरेको छ। १२ घण्टासम्म सुरुङभित्र काम गरेर कमाएको पैसाले नेपाली कलाकर्मीलाई निम्त्याएर सहयोग गर्नु कलाकर्मीका लागि सुखद पक्ष हो।

त्यसो त यही महिना हङकङमा दुई वटा फिल्म अवार्ड आयोजना भए। नेफ्टा र इन्फा अवार्डमा गरी सयजना कलाकार हङकङ आइपुगे। यही बेलामा 'कोहिनूर' फिल्म प्रदर्शन गरियो। अन्य फिल्मका च्यारिटी शो त यहाँ भइरहन्छन्। कतिपय फिल्म त हङकङमा च्यारिटी शो गर्ने उद्देश्यले समेत निर्माण हुन्छन्। यहाँ दुईपटक आफ्नो फिल्म '१२ नेपाली एक चिहान' प्रदर्शन गरिसकेका निर्देशक अरुण प्रधान भन्छन्, 'हङकङले कला क्षेत्रलाई ठूलो नैतिक र आर्थिक सहयोग गरेको छ।'

 

व्यवसायमा बढ्दो सहभागिता

बढी आम्दानी हुने तर जोखिमपूर्ण काममा बढी नेपाली युवा सक्रिय भए पनि पछिल्लो समयमा व्यापार–व्यवसाय गर्ने नेपालीको संख्या पनि बढ्दो छ भने म्यानपावर, कन्सल्ट्यान्सी, ट्राभस एजेन्सीलगायत सेवामूलक व्यवसाय चलाउने पनि बढिरहेका छन्।

यहाँ पाँच सयभन्दा बढी विभिन्न नेपाली पसल सञ्चालनमा छन्। हङकङको जोर्डन नेपालीहरूको बढी आवतजावत र बसोबास भएको क्षेत्र हो। यहाँको बजारमा ठाउँ–ठाउँमै नेपालीले सञ्चालन गरेका पसल, रेस्टुरेन्ट, बारको संख्या बाक्लो देखिन्छ। जोर्डनमा कंगना नामको रेस्टुरेन्ट सञ्चालन गर्दै आएका कमल पौडेल हङकङमा नेपाली व्यवसायीको संख्या बाक्लिँदै गएको बताउँछन्। व्यापारीको संख्या बढेपछि यहाँ नेपाल च्याम्बर्स अफ कमर्स, हङकङ नै गठन भएको छ। त्यसका उपाध्यक्षसमेत रहेका पौडेल २५ वर्षअघि रेस्टुरेन्ट म्यानेजरका रूपमा हङकङ आएका थिए। १५ वर्षदेखि उनी आफैँ नेपाली र इन्डियन आइटम पाइने कंगना चलाइरहेका छन्।

त्यसो त तीर्थबहादुर लिम्बूले सम्मान इन्जिनियरिङ लिमिटेड नामक कन्सल्ट्यान्सी सञ्चालन गरिरहेका छन्। उनको यो कम्पनीले नेपाली, नाइजेरियाली र चिनियाँ कामदारलाई समेत रोजगारी दिएको छ। विभिन्न भवनको निर्माण कार्यमा कामदार सप्लाई गर्दै आएको सम्मानले कमाउको भेनिसन स्विमिङ पुल, एयरपोर्ट, ११ वटा स्कुल, विभिन्न भवन निर्माण गर्न आफ्ना कामदार परिचालन गरेको छ। यस्ता कन्सल्ट्यान्सीको संख्या पनि बढ्दो छ।

भावना तुम्बाहाङ्फे हङकङ र नेपालबाट ट्राभल एजेन्सी सञ्चालन गर्छिन्। उनको एजेन्सीले युरोपेली मुलकदेखि नेपालसम्मका पर्यटकलाई टुर गराउँछ। यस्तै एजेन्सी, रेस्टुरेन्ट, कम्पनी सञ्चालन गर्नेहरूको संख्या पनि पछिल्लो समय बढेको उपाध्यक्ष पौडेल बताउँछन्। भन्छन्, 'हङकङमा व्यापार–व्यवसाय गर्ने नेपालीको संख्या बढिरहेको छ। यसले आगामी दिनमा नयाँ व्यापार व्यवसाय गर्न चाहनेलाई प्रोत्साहन गरिरहेको छ।'



रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस