सुकिला र मैला
०३ जेष्ठ २०६७
•
१४ मिनेट पाठ
सुकिला र मैला
संविधान सभाको चुनावमा पुष्पकमल दाहाल (प्रचण्ड)लगायत अन्य माओवादी नेता काठमाडौंबाट निर्वाचित भएका थिए। काठमाडौं उपत्यकामा पनि माओवादी समर्थकको संख्या ठूलो रहेको त्यस निर्वाचनको नतिजाबाट प्रमाणित भएको थियो।
तर पनि माओवादीलाई काठमाडौंमा रहेका आफ्ना समर्थक र प्रचण्डकै परिभाषाअनुसार 'सुकिला मुकिला' मध्यमवर्गीय र बुद्धिजीवी समुदायबाट जनआन्दोलनको पक्षमा आवश्यक समर्थन प्राप्त हुन्छ भन्नेमा सायद विश्वास रहेन। त्यसैले होला बैशाख १९ देखि २४ गतेसम्मको आमहडतालमा एनेकपा (माओवादी)ले देशका विभिन्न भागबाट हजारौंको सङ्ख्यामा आफ्ना 'मैला धैला' कार्यकर्ता काठमाडौंको सडकमा उतारेको। यसरी ठूलो संख्यामा गाउँघरका कार्यकर्तालाई काठमाडौंको सडकमा उतार्नुमा सरकारलाई दबाब दिने लक्ष्यमात्र नभएर आफूमाथि पनि माओवादीले मनोवैज्ञानिक त्रास उत्पन्न गर्न खोजेको धेरै काठमाडौंवासीले महसुस गरे।

माओवादीले पूर्वघोषणा गरेजस्तै आमहडताल छ दिनसम्म संयमित र शान्तिपूर्ण रह्यो। माओवादी कार्यकर्ता धेरै हदसम्म अनुशासित रहे। उनीहरू काठमाडौंको सडकमा आफ्ना नेताको निर्देशन पालना गरेर घाम, पानी, भोक र तिर्खा सहेर, नाचगान गरेर बसे तर टायर बाल्न, रेलिङ भाँच्न गएनन्। काठमाडौंको सडक दिनभरि 'मैला धैला' को नियन्त्रणमा हुने गर्थ्यो। जब उनीहरू हडतालको काम सिध्याएर आआफ्ना शिविर फर्कन्थे तब बिस्तारै त्यही सडकमा आफूलाई आफ्नै सहरमा बन्दी बनाइएको महसुस गरिरहेका काठमाडौंका 'सुकिला मुकिला' जनता ताजा हावा खान र किनमेल गर्न निस्कन्थे।

यस पटकको आमहडतालले काठमाडौंका 'सुकिला मुकिला' र गाउँघरका 'मैला धैला' ले एक आपसलाई चिन्ने राम्रो अवसर पाए। यसरी यो हडताल धेरै नेपालीका लागि एक प्रकारको देशदर्शन कार्यक्रम साबित भयो। हुन त २०६२ /०६३ सालको जनआन्दोलनमा पनि ठूलो सङ्ख्यामा बाहिरका मानिस काठमाडौंका सडकमा भेला भएका थिए।

 

तर त्यति बेला ती सबै सडकमा हिँडिरहेका थिए। सडक कब्जा गरेर बसेका थिएनन्। त्यसैले यस आमहडतालमा काठमाडौंवासीले पहिलोपल्ट यति धेरै सङ्ख्यामा 'मैला धैला' नेपालीलाई प्रत्यक्ष देख्न पाए। यी 'मैला धैला' जनताले आफ्नो गाउँघरमा मकै छर्न छाडेर, दुःख गरेर काठमाडौंको सडकमा घाम पानी नभनी त्यतिका दिनसम्म नाचगान गरेर समय बिताएको देख्दा निश्चय पनि काठमाडौंका 'सुकिला मुकिला' जनतालाई आश्चर्य लागेको थियो र एउटा नयाँ अनुभव प्राप्त भएको थियो। यसैगरी बाहिरबाट दुःख गरेर आएका जनताले पनि काठमाडौंका 'सुकिला मुकिला' जनता र काठमाडौंको सुविधा देखेर निश्चय पनि नयाँ अनुभव हासिल गरे होलान्।

यस आन्दोलनको सार्थकता वा निरर्थतकताबारे थुप्रै राजनीतिक विश्लेषकले आआफ्ना विश्लेषण गरिसकेका छन् वा गरिरहेका छन्। यसैगरी अहिलेको आन्दोलन माओवादीको लागि कति सफल भयो वा भएन उनीहरूले मूल्याङ्कन गरेकै वा गर्दै होलान्। तर यस आन्दोलनअघि नेपाली समाज यसरी 'सुकिला मुकिला' र 'मैला धैला' वर्गमा विभाजित भएको स्पष्ट चित्र नेपालीले प्रत्यक्षरूपमा देख्न वा अनुभव गर्न पाएका थिएनन्।
तत्कालीन पश्चिम जर्मनीका चान्सलर एवं शान्ति नोबेल पुरस्कार विजेता विली ब्रान्टले कुनै बेला भनेका थिए, 'विश्वको आधा भागलाई गरिब बनाएर विश्वको अर्को आधा भाग सँधै धनी बनिरहन सक्दैन र विश्वमा शान्ति कायम हुन सक्दैन।

 

आफ्नै दीर्घकालीन भलाइका लागि पनि विश्वका आधा गरिब भागलाई अर्को धनी भागले सहयोग गर्नु कर्तव्य हो'। यसै चिन्तनबाट प्रेरित भएर विली ब्रान्टले त्यतिबेलाको पुँजीवादी पश्चिम जर्मनीको प्रमुख प्रतिद्वन्द्वी कम्युनिस्ट पूर्वी जर्मनीलाई सक्तो आर्थिक सहयोग उपलब्ध गराउने साहसिक कदम चाले। अन्ततः यसै नीतिअनुरूप युरोपमा दोस्रो विश्वयुद्धदेखि विद्यमान तनाव र ध्रुवीकरण समाप्त हुँदै गयो र जर्मनीको पुनःएकीकरण सम्भव भयो।

 

विश्वका अधिकांश सम्पन्न राष्ट्रले विली ब्रान्टको चिन्तनलाई राम्ररी आत्मसात् गर्न नसकेकै कारण आज विश्वमा द्वन्द्व व्याप्त छ र शान्तिको अभाव छ। आफ्नै दीर्घकालिक हितका लागि तथा नेपाललाई द्वन्द्वबाट मुक्त र शान्ति कायम गर्न नेपालका सम्पन्न र 'सुकिला मुकिला' वर्गले विपन्न एवं 'मैला धैला' वर्गलाई मद्दत गर्नु अत्यन्त जरुरी छ। नेपालको अधिकांश जनतालाई 'मैलो धैलो' अवस्थामा राखेर देशका केही जनता सँधैका लागि 'सुकिला मुकिला' भएर बाँच्न सकिँदैन भन्ने बुझ्नु जरुरी छ। जबसम्म यी 'सुकिला मुकिला' र 'मैला धैला' वर्गमा विद्यमान आर्थिकसामाजिक खाडल कम हुँदैन, तबसम्म वास्तवमै देशमा शान्ति दिगो कायम रहन सक्दैन।

आमहडतालविरुद्ध काठमाडौंका विभिन्न भागबाट निस्केका जुलुस र विशेष गरी शान्ति जुलुसका सहभागी बुद्धिजीवीप्रति आक्रोश व्यक्तगर्दै आमहडताल स्थगनगरी भोलिपल्ट टुँडिखेलमा आयोजना गरिएको जनप्रदर्शन कार्यक्रममा प्रचण्डले भने, 'सुकिला मुकिला होइन, मैला धैला हाम्रा'। प्रचण्डले स्पष्टै भाषामा काठमाडौंका 'सुकिला मुकिला' अर्थात् सम्पन्न एवं मध्यमवर्गलाई धम्की दिए। वास्तवमा आमहडतालको विरोधमा उत्रेका काठमाडौंवासी प्रचण्डले सोचेअनुसार 'सुकिला मुकिला' वर्गमात्र थिएनन्। आमहडतालबाट दैनिक जीवनमा कष्ट भोग्नु परेका काठमाडौंका थुप्रै 'मैला धैला' जनता पनि लामो हडतालको पक्षमा थिएनन्।

 

अहिलेको राजनीतिक परिप्रेक्ष्यमा देशकै सबैभन्दा ठूलो दलको नेताका रूपमा चिनिने प्रचण्डले देशका केही जनतामात्र हाम्रा हुन् र अरू जनता हाम्रा होइनन् भन्नेजस्तो अभिव्यक्ति दिनु निश्चय पनि दुर्भाग्यपूर्ण हो। सेप्टेम्बर ११ मा न्यूयोर्क सहरमा भएको आतंककारी हमलापछि अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज बुसले पनि भनेका थिए, 'जुन राष्ट्र हाम्रो पक्षमा छैनन्, ती सबै हाम्रा शत्रु हुन्'। बुसको यस नीतिले बुस र अमेरिकालाई फाइदाभन्दा बढी नोक्सान भयो। यसैगरी प्रचण्डले टुँडिखेलमा आयोजित जनप्रदर्शनमा काठमाडौंका बुद्धिजीवीप्रति लक्षित गर्दै व्यक्त गरेको धम्कीले माओवादीलाई फाइदाभन्दा नोक्सानै बढी भएको हुनसक्छ। सायद, यसै तथ्यलाई बुझेर होला, गत बुधवार माओवादीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले काठमाडौंका जनताको चित्त दुखाउने अभिव्यक्ति दिएकामा क्षमायाचना गरेका।

 

हुनत देशका सबै जनता आफ्ना होइनन् र केहीमात्र आफ्ना हुन् भनी ठान्ने प्रवृत्ति प्रचण्ड र माओवादीमामात्र देखिएको होइन। यस्तै प्रवृत्ति प्रायः सबै राजनीतिक दलमा पनि छ। त्यसै भएर सरकारमा रहेका दलले सबै जनतालाई आफ्नो ठान्दैनन् र आफ्नै कायकर्ता र समर्थकलाईमात्र सहयोग गर्छन्। यो देशमा सम्पूर्ण जनतालाई आफ्नै ठानेर सोअनुसार व्यवहार गर्नसक्ने साहस र क्षमता भएका दूरदर्शी राजनीतिज्ञको आज ठूलो अभाव छ।

 

काठमाडौंका सबै बुद्धिजीवी वा पढेलेखेका वर्ग जन्मजात 'सुकिला मुकिला' थिएनन् । ती सबै अनैतिक काम गरेर आज 'सुकिला मुकिला' बनेका पनि होइनन्। कतिपयले कठोर मेहनत, परिश्रम र सङ्घर्ष गरेर आफूलाई मैला धैलाको अवस्थाबाट 'सुकिला मुकिला' को अवस्थामा रूपान्तरण गर्न सफल भएका हुन्। मैला धैलाले सायद यस्ता व्यक्तिबाट पनि केही सिक्न सक्छन्। यसैगरी कुनै बेला मैला धैला अवस्थामा रहेका कयौं नेता आज सुकिला मुकिला अवस्थामा रूपान्तरित भएको हामी काठमाडौंमा प्रस्ट देख्न सक्छौं।

 

मैला धैलाको आर्थिक-सामाजिक विकासका लागि पनि देशका 'सुकिला मुकिला' को सहयोग अपरिहार्य छ। ग्रामीण क्षेत्रका मैला धैला वर्गलाई शिक्षा, स्वास्थ्य, बाटोघाटो, रोजगारीको अवसर प्रदान गर्न पनि प्रचण्डको परिभाषामा 'सुकिला मुकिला' वर्गमा पर्ने शिक्षक, चिकित्सक, प्राविधिज्ञ एवं उद्यमीको सहयोग अपरिहार्य छ। तसर्थ यस वर्गलाई धम्काएर वा चिढाएर होइन मन जितेर, उनीहरूको सहयोग र क्षमतालाई उपयोग गरेरमात्र 'मैला धैला' वर्गको आर्थिक-सामाजिक उत्थान सम्भव हुन्छ। 'सुकिला मुकिला' र 'मैला धैला'लाई भिडाएर वा नभएकालाई भएकाको खोसेर दिएर 'मैला धैला' सँधैका लागि 'सुकिला मुकिला' बन्दैनन्। 'मैला धैला' लाई 'सुकिला मुकिला' बनाउन उनीहरूलाई सक्षम बनाउन जरुरी छ र त्यसका लागि उनीहरूलाई उचित अवसर प्रदान गरिनु जरुरी छ।

 

कुनै पनि मुलुकमा विद्यमान आर्थिक-सामाजिक खाडल हटाउन त्यति सजिलो छैन। वास्तवमा कुनैपनि राष्ट्रमा पूरा वर्गविहीन समाज निर्माण हुनु मानव जीव विज्ञानको आधारभूत सिद्धान्तबाट पनि सम्भव छैन। यस धर्तीमा मानिस भन्ने प्राणीको अस्तित्व रहेसम्म वर्गभिन्नता कुनै न कुनै रूपमा रहिरहन्छ। यो मानिसको अनुवंशमा निहित गुण (वा अवगुण)को परिणाम हो। जसरी कतिपय रोगको सफल उपचार हुन सक्दैन, त्यसको नियन्त्रणमात्र गर्न सकिन्छ, त्यसरीनै कुनै पनि मानव समाजमा विद्यमान वर्गभिन्नताको खाडललाई पूरा निर्मूल गर्न सकिँदैन, त्यसलाई कममात्र गर्न सकिन्छ। हाम्रो प्रयास पनि यही हुनुपर्छ।
अर्को समाचार
धनबहादुरको देश !
०५ फागुन २०७४
•
१५ मिनेट पाठ
धनबहादुरको देश !
उसको नाम धनबहादुर हो । नामले मात्रै हो धनबहादुर भएको । ऊ धनको धनी थिएन, मनको मात्रै थियो । नामजस्तो बलको बहादुर पनि थिएन । किनभने, बलियो हुनलाई धन नै चाहिँदो रहेछ । गरिब देशको ऊ नामले मात्रै धनी छ । साँच्चैका धनी त सुकिला नेता÷सांसद÷मन्त्री मात्र छन्, गरिब भनेका त मैला नागरिक मात्रै । ऊ त्यही मैलो नागरिक हो ।

दुई छाक टार्नकै लागि भनेर साउदीमा ठ्याक्कै १० वर्ष गुजार्यो उसले । देशमा लोकतन्त्र नामको तन्त्र आएको पनि त्यति नै समय भो क्यार ! यतिन्जेल त्यहाँ बगाएको पसिनाले त्यहाँको बञ्जर माटो सिञ्चिएर मलिलो बन्दै गयो, आफ्नो देशको माटो भने झन्झन् रुखिँदै गयो ।

सरकारसँग यही गुनासो रहिरहन्थे बिदेसिएका नेपाली युवा । त्यसमध्येको एक धनबहादुर थियो ।

सधैँ देश कंगालै त कहाँ बन्दो रैछ र ?समय एकाएक फेरियो । नयाँ संविधन बनेपछि नयाँ राजनीतिक व्यवस्था र शासन प्रणालीमा गएको नेपालले नयाँ प्रधानमन्त्री पायो ।

त्यसको छोटो समयमै बिदेसिएका झन्डै २१ लाख नेपाली युवालाई स्वदेश फिर्ता बोलाइयो । सबैलाई नेपालमै रोजगारी सिर्जना भइसकेछ, नेपालका सक्रिय जनशक्तिका लागि मात्रै होइन, चाहेका खण्डमा विदेशीको लागि पनि धनबहादुरले सन्तोषको लामो सास फेर्यो ।सोच्यो, अब रोजगारीका लागि भनेर कोही नेपाली युवा बिदेसिनु नपर्ने भो ।

नयाँ वर्ष २०७५ को छेको । नेपाल फर्किंदै छ धनबहादुर । तर, ऊ आएको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेन, अन्यत्रै उडायो । उसलाई लाग्यो, लौ अपहरणमा परियो !सोच्यो, सरकारले स्वदेश फर्काएको यही गर्नलाई पो रैछ कि क्या हो, हँ ?तर, होइन रैछ ! उसले ठम्यायो । ऊ त ‘कर्नाली अन्तर्राष्ट्रिय विमानस्थल’ मा पो ओरालियो ! पहिला जुफाल विमानस्थल भएको ठाउँ ।

‘देशको राजधानी त कर्नालीमै पो सारिएको रैछ !’ उसले मनमनै गम्यो ।धनबहादुर एअरपोर्ट बाहिर निस्कियो ! निस्केर चारैतिर आँखा डुलायो । ओहो ! ऊ हि“डडुल गरेको पाखो, चामल र नुन बोकेको बाटो जताततै गगनचुम्बी महलहरू, कलकारखाना, अस्पतालहरू ठडिइसकेछन् । उसले बिदेशमा पनि नदेखेका दर्जनौँ लेनका चिल्ला ‘वन वे’हरू अनि ‘रोप वे’ र ‘रेल वे’हरू देख्यो, आफ्नै देशमा ।सडक पारिपट्टिको एउटा भव्य भवनको आधा छातीमा ‘कर्नाली इन्टरनेसनल युनिभर्सिटी’ लेखिएको पढ्यो उसले । अनि त्यतै सोझिएको बाटो समात्यो ।

मूलद्वारबाट भित्र छिरेर भवनको ढाड हुँदै टाउकोतिर आ“खा उकाल्दा देख्यो– युरोपियन-अमेरिकन विद्यार्थीहरू पनि टन्नै पढ्दा रैछन् । दंग पर्दै बाहिरियो ऊ ।हिँड्दै जाँदा एउटा इलेक्ट्रिक बस स्टपमा पुग्यो । स्टेसनभित्र पस्यो र चढ्यो । कर्नाली नदीमा बनाइएको ड्यामको काछैकाछ बस गुड्यो । आफू जाने(पहिलाको) गाउँको पत्तो पाउनै सकेन उसले । करिब २० किमि गुडेपछिको चौथो स्टपमा झर्यो ।

झरेपछि देख्यो, कर्नाली नदीको भव्य पावर हाउस । त्यतै सोझियो ऊ त्यसपछि ।

‘दाइ यहा“बाट कति बिजुली उत्पादन हुन्छ ?’ नजिकैको गार्डलाई सवाल तेर्सायो ।‘अहिले त २० हजार मेगावाट मात्रै हुन्छ,’ उसले जवाफ फर्कायो, ‘देशभरबाट भने ८३ हजार मेगावाट । हाम्रा प्रधानमन्त्रीले त पानी र हावा दुवैबाट बराबरी बिजुली निकालेका छन् ।’‘अनि यतिका बिजुली कहा“ खपत भएको छ त दाइ ?’ खुसीले छातीमा डल्लो परेजस्तो भो उसको । झन्डै भक्कानियो धनबहादुर ।

‘लोडसेडिङ भन्ने त नेपालीलाई थाहै छैन ! हाम्रो बिजुली भारत, चीन, बंगलादेश, भुटानलगायत देशमा बिक्री हुन्छ,’ उसले थप्यो, ‘भारतलाई मात्रै २० हजार मेगावट बिजुली बिक्री गर्छ नेपालले । सय मेगावाट त उसलाई अनुदानमै देको छ ।

अघिल्लो महिना भारतले नेपालको सुरक्षा चासोलाई बेवास्ता गरेको भनेर भारतलाई निकासी गर्ने जम्मै बिजुली पनि बन्द गरिदियो । यसै महिनाबाट पुनः विचार गर्यो, फेरि सुचारु भो... ।’घुइँघुइँ पैदल हि“ड्न थाल्यो ।एउटा साइबर भेटियो । पस्यो । अनलाइन के बसेको थियो, बूढी ज्यामैलाई फेसबुकमै भेट्यो ! अचम्मको सीमा रहेन उसको ।‘नानी, कता छस् ?’ उनले च्याट्मा लेखिन् ।‘म कर्नालीमै छु बजु, घर आउ“दै छु ! तर, बाटो बिराए“ । चिनिन“ । हाम्रो घर कहा“नेर पर्छ ?’ उसले लेख्यो ।‘हुम्ला स्ट्रिटबाट नराकोट हिलजाने १७ नम्बरको केबुलकार चढेर आइज । चन्दननाथ स्टेसनमा झरेर मलाई फोन गर्, म लिन आउ“छु,’ बजुले लेखिन् ।

खुसीले पागलजस्तै भयो ऊ । हतारहतार सडकमा निस्कियो । चिल्ला सडकमा नया“नया“ मोटरहरू एकतमास गुडिरहेका थिए । फराकिलो फुटपाथमा अलि छिटोछिटो हि“ड्न थाल्यो । कर्नाली किनारमा पुग्दा अचम्म लाग्यो । तुइन थिएन त्यहा“ । अहिलेका प्रधानमन्त्रीले पहिलोपटक प्रधानमन्त्री बन्ने बेला पहिलो दिनमै हटाउँछु भनेका थिए, सबै हटाएछन् ‘प्रधानमन्त्री हुनु त यस्तो पो’ उनलाई मनमनै नमन ग¥यो उसले । उनीजस्ता प्रधानमन्त्री पाउने देश नेपाल कति भाग्यमानी ? उनी जस्ता प्रधानमन्त्री पाउने हामी नेपाली कति भाग्यमानी ? उसले मनसित भन्यो ।

तुइन भएको ठाउँमा त चारतले पुल बनिसकेछ ! अचानक, साइरन बज्यो । ऊ टक्क उभियो ।जताततै, राताबत्ती बले । त्यो पुल त बीचबाट दुईतिर पो छुट्टियो मुख बाएझैँ । र, दुवै भाग बुल्डोजरझै“ उचालिए । पुल माथिबाट वारपार गर्नुपर्ने सबै सवारीसाधन पुल छुट्टिनुअघि नै रोकिइसकेका थिए । अल्लिखेरमा ठूलो आवाज निकाल्दै नदीमा बडेमानको पानीजहाज आयो र पार भो । पानीजहाज गएपछि पुलबिस्तारै तल झर्यो र पहिलेको अवस्थामा आएर जोडियो । पुनः त्यस्तै साइरन बज्यो । रातो बत्तीको साटो हरियो बत्ती बल्यो । रेल, मोटरहरू वारपार गरे ।

हिँड्दाहिँड्दै लागेको थकान मेट्न चिया खाने निधो गर्यो उसले । नजिकै कफीहाउस रैछ, छि¥यो । सिसाको भित्तो पछाडि साहुजीले चिया बनाउँदै थिएँ । चुल्होमा सीधै एउटा पाइप आएको थियो, पछाडि करेसोपट्टिबाट ।

‘साहुजी, खोइ त सिलिन्डर कहाँबाट आएको छ त ग्यास ?’‘ए, तपैँलाई थाहा छैन ? यो त काठमान्डुबाट पाइपमा आको ग्यास हो, हाम्रा प्रधानमन्त्रीको नयाँ कन्सेप्ट क्या । अहिले सबैको भान्सामा पाइपबाटै ग्यास आउँछ, खेर जाने फोहोरबाट उत्पादित भएकाले सरकारले सित्तैमा बाँडेको छ देशभरका जनतालाई... । उत्पादन बढी भएकाले भारततिर निकासी पनि हुन थालेको छ रे, अचेल त ।’

सकसक लागेर फेरि सोध्यो, ‘अनि नि साहुजी, भूकम्पले खाएका जिल्ला कस्ता भएका छन् त ?’

‘काठमान्डु सहरको त कुरै नगरौँ । कुनै युरोपियन मुलुकले पनि टक्कर दिन नसक्ने गरी पुनर्निर्मित भएको छ । उत्पात्तै सुन्दर भएको छ । अझ, भूकम्पले क्षति पुर्याएको रसुवा, दोलखा, गोरखा भनिने पहिलाका जिल्ला त अहिले पर्यटकीय हब बनेका छन् भाइ । विदेशीको ओइरो छ ।

हामी नेपाली कति भाग्यमानी हगि ! हाम्रा प्रधानमन्त्री जस्तो त संसारमा कोही छैन होला । उनी त जनताले खाए कि खाएनन् भन्नेसम्म पनि ख्याल गर्छन् ।’चिया खाएर बाहिरियो ।एकछिनपछि आकाशमा आधा हेलिकप्टर जस्तो, आधा माइक्रोबस जस्तो स्वरूपको वाहन उड्यो । ऊभित्र कुतूहल जाग्यो । एउटा पैदलयात्रुलाई सोधिहाल्यो, ‘दाइ, त्यो माथि उडेको के हो ?’

‘भाइ, त्यो त एअर एम्बुलेन्स हो,’ उसले भन्यो, ‘बिरामी बोक्छ । अचेल अकालमा कोही पनि मर्दैनन् कर्नालीमा ।’त्यसैत्यसै खुसीले चरोझैँ उडु“उडु“ लाग्यो उसलाई ! अलिअघि के पुगेको थियो, ठूलो क्षेत्रमा फैलिएको एउटा भव्य महल देखियो । त्यसको छतमा रकेट÷डिस्क एन्टिनाजस्ता अनि स्याटेलाइट जस्ता यन्त्रहरू जडित थिए । नजिकै उभिएको एउटा सैनिकलाई सवाल तेर्सायो उसले, ‘यो के हो, सर ?’

‘यो त अन्तरिक्ष प्रक्षेपण केन्द्र हो,’ उसले भन्यो, ‘भोलि पहिलोपटक अन्तरिक्ष यान प्रक्षेपण गर्दै छ नेपालले ।’

त्योभन्दा थोरै अघि एउटा ठूलो मैदान जस्तो थियो, प्याराफिट पनि रैछ । कम्पाउन्ड लगाइएको थियो । गेटबाट भित्र नजर हुल्यो । चहलपहल खुबै थियो । एउटा गार्डस“ग सोध्यो, ‘सर, यहाँ के हु“दै छ ?’ ‘यहा“ विश्वकप फुटबल खेलको तयारी हु“दै छ । यसपालि आयोजक नेपालले नै जित्लाजस्तो छ ।’त्यहाँबाट बाहिरिएर सरसर हिँड्न थाल्यो, धनबहादुर ।

अचानक, कसैले पछिल्तिरबाट कोट्यायो मलाई । फरक्क फर्किएँ । बिमली पो रैछे । मेरी बाल सखी । ऊ रमस“गै गोरु चराउन जान्थ्यौँ, कर्नाली नदी किनारमा ।‘बिमली !’ म झन्डै चिच्याए“ ।‘धने । बल्ल फर्किइस् नेपाल ? त“ जा“दा कस्तो थियो देश, आज कस्तो भो ? थाहा छ, म त नेपालमा पहिलो महिला प्रधानमन्त्री बन्न चुनाव लड्दै छु नि ।’‘हो र,’ धनबहादुर आश्चर्यचकित भयो ।

उसले भनी, ‘अहिले त देशका प्रधामन्त्री अति नै भिजनरी छन् ! हेर् त, कति छोटो समयमै देश बन्यो ?’

‘अनि ?’‘नया“ संविधान पनि लागू भइसक्यो देशमा ! विश्वकै नमुना संविधान बनेको भनेर अन्तर्राष्ट्रिय स्तरबाट धेरै प्रसंशा पाएका छौँ । अनि यस वर्षको नोबेल शान्ति पुरस्कार पनि नेपालकै पोल्टामा पर्यो ! नेपाललाई राजनीतिक रूपले स्थिर, कंगालबाट सम्पन्न र देशको मगन्ते राष्ट्रियताबाट एकैपटक स्वाभिमानी बनाउने हाम्रा प्रधामन्त्रीले हातपारे ।’

‘अरू पनि भन् न बिमली... ।’‘नेपालको आर्थिक वृद्धिदर दोहोरो अंकको छ । हाम्रो गाउ“का स्याउ, खाद्यान्न र जडीबुटी विदेश निर्यात हुन्छन् ! बिदेसिएका सबै युवा नेपाल फर्किसके । त“ पो बल्ल फर्किइस् ! विदेशीहरू अध्ययन र रोजगारका लागि नेपाल आउने क्रम बढ्दो छ । टुल्के र गोरेले व्यावसायिक यार्सा खेती गर्छन् । अनि थाहा छ, हामीसित पढेको डोले त कर्नाली प्रदेशको मुख्यमन्त्री भएको छ ! अहिले त कोही बेरोजगार छैनन्, नेपालमा !’ऊसित छुटेर हतारहतार ‘नराकोट हिल’ जाने केबुलकारको टिकट काउन्टरतिर हान्नियो धनबहादुर ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस