कर्णालीका दुःख
१८ भदौ २०७४
•
५ मिनेट पाठ
कर्णालीका दुःख
मानिसले गर्ने दुःखको कुनै सीमा हँुदैन । कतिपयले जानी–जानी दुःख गरेका हुन्छन् भने कतिपयले चाहिँ नजानेर । ती दुःखबाट कतिले प्रतिफल पाएका छन् त कतिले नपाएका पनि । यस्तै प्रतिफल नपाउने दुःखमा छन् सिङ्गो कर्णालीबासी । मैले कर्णालीमा राज्यको नजर नपुगेको सानै छँदा सुनेको थिएँ । मेरो मनमा त्यो कर्णाली क्षेत्र भनेको कस्तो होला रु किन राज्यको नजर पुग्न नसकेको होला रु जस्ता अनगिन्ती प्रश्न आइरहन्थे । संयोगले मलाई त्यही कर्णाली क्षेत्रमा पु¥यायो । सानोमा सुनेको कुराले मेरो मनभर यात्रा अवधिमा कर्णालीबारे कौतुहलता जारी रह्यो । अनि सक्दो छिटो कर्णाली बुझ्ने हुटहुटी जागा भयो ।

जब म कर्णालीको द्वार दैलेख कालिकोट सीमा पुगेँ, माथि देखिने कर्णालीको भूभागको दृश्यले मनै सिचो बनाइदियो । नदीको तिरैतिर सडक । तल हेर्दा सलल बगेको नदी । माथि हेर्दा अनकन्टार डाँडाहरू । वास्तवमा कर्णाली भनेको मैले सुनेको भन्दा धरै कहालिलाग्दो रहेछ । यात्राबाटै कर्णालीको वास्तविकता बुझ्न पाइयो । मसँग दुःख बिसाउन आइपुगिन् जुम्लाको सिंजा घर भएकी एक अधवैसे महिला मन कोइराला । जो सडकमा आएको पहिरोका कारण विचल्ली परेकी थिइन् । अनुहार चाउरी परेको । पिठयुँमा वर्ष दिन नपुगेको बच्चा ।

विस्तारै मैले उनीसँग कर्णाली सोधेँ । उनले पनि विस्तारै बेलिविस्तार लगाइन्– बिरामी छोराको जिल्लामा उपचार हुन नसकेपछि नेपालगन्ज जान लागेको । बच्चाको शरीरमा केही पिड्का छन् तर जिल्ला अस्पतालमा उनका लागि औषधि छैन । पहिरोका कारण अब नेपालगन्ज पुग्नै ३–४ दिन लाग्ने भयो । गाउँका अरु घरमा जस्तै उनको घरका पुरुष पनि विदेशिएका छन् परिवार पाल्न । त्यसैले उनी आफैँ बच्चा बोकेर नेपालगन्ज हुइँकिनुको विकल्प रहेनछ ।

हो, नेपालको सबैभन्दा लामो कर्णाली नदीले घेरिएको त्यो ठाउँ देख्नलाई अति नै आनन्दलायक छ । तर यहाँको कठीन र कष्टकर जीवन पनि कम्ता अत्यासलाग्दो छैन । रोग, भोक र शोकले अत्तालिएको कर्णाली आफैँमा छटपटिइरहेको छ । राज्यको इच्छाशक्ति भएको भए कर्णालीमा असम्भव केही थिएन तर यसैको अभावमा यहाँ सम्भव केही देखिएको छैन । सामान्य रोग लाग्दा पनि ३–४ दिनको यात्रामा निस्कनुपर्ने बाध्यताले कसरी प्रगति निम्त्याउन सक्छ रु तर सबैको पीडा यही थियो । मन त प्रतिनिधि पात्रमात्र थिइन् ।

जीवन बचाउनका लागिमात्र खानुपर्ने बाध्यतामा यहाँका बासिन्दा छन् । खानाका अगाडि आउने पौष्टिक र उचित शब्दसँग उनीहरूको कुनै साइनो छैन । म जोसँग सोध्थेँ, उनीहरू उल्टै मलाई सोध्थे– सिङ्गो कर्णालीको मुहार कहिले फेरिएला रु, के हाम्रो जीवन यसैगरी सकिने भो त रु हो पनि, कर्णालीबासीले सरकार भएको अनुभूति अझै पाएका छैनन् । जनताको हक अधिकारका लागि लड्ने अधिकारकर्मीसम्म उनीहरूको पहुँच छैन ।

शिक्षाको बिजोग उस्तै छ । सरसफाइ र रुढीवादीले पनि यही क्षेत्रलाई ऊर्वर ठानेको छ ।

राज्य अधिकार दिएको डंका पिटाएको पिटायै छ तर कर्णालीमा त्यो कहिले पुग्छ रु कसैलाई थाहा छैन । झुक्किएर पुगेको केही अधिकार पनि सीमित टाढाबाठामा केन्द्रित छ । सोझो अर्थमा भन्दा अहिले पनि कर्णाली अन्धकारमा छ जुन हिजो ढुङ्गे युगको इतिहासमा पढिन्थ्यो । पूरै भ्रमण सकेर फर्कँदा पनि मेरो मनभर कर्णालीबासीले मसँग सोधेका तिनै प्रश्न उब्जिरहे, जुन म आफैँ पनि सम्बन्धितलाई सोधिरहेको थिएँ– आखिर कर्णालीले यसरी नगरेको अपराधको सजाय भोग्न पर्नुको मुख्य कारण के हो ?
अर्को समाचार
मुगु बस दुर्घटनाः प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
२७ असोज २०७८
•
१ मिनेट पाठ
मुगु बस दुर्घटनाः प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
मुगुमा मङ्गलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन्। छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उनीहरुले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।  

मुख्यमन्त्री शाहीले दुर्घटनाको सूचना पाउन बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधिलगायतलाई धन्यवाद दिएका छन्।

त्यस्तै, चाडपर्वका बेला सवारीसाधनमा हुने भीडभाड कम गर्न, सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्न तथा ट्राफिक नियमको पालनालाई कडाइ गरी दुर्घटना न्यूनीकरणको व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालालाई निर्देशनसमेत दिको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ।  

नेपालगञ्जबाट सोमबार छुटेको भे१ख ३१६७ नम्बरको यात्रुबाहक बस मङ्गलबार मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिकाको वडा नं ७ स्थित पिनातपने खोला नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा परी ३२ जनाको मृत्यु हुनुका साथै १३ घाइते भएका थिए। घाइतेको मुगु जिल्ला अस्पताल, बाँकेको नेपालगञ्ज र कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस