एकीकृत नेकपा (माओवादी)ले अनिश्चितकालीन आमहडताल फिर्ता लिएपछि देशमा नयाँ परिस्थिति सिर्जना भएकोछ। चौतर्फी दवाबपछि 'जनताको संवेदनशीलता' ख्यालगर्दै 'जनताविरुद्ध जनता भिडाउने षड्यन्त्र असफल पार्न आमहडताल फिर्ता लिइएको' माओवादीले बताएकोछ।
साथै, 'गठबन्धन सरकारको विघटन र राष्ट्रिय सरकार गठन नहुदाँसम्म आन्दोलन सशक्तरूपमा जारी रहनेछ' र 'माग पूरा नभए फेरि आमहडतालमा जान बाध्य हुनेछौं' भन्ने चेतावनीले जनतामा आन्दोलन चर्किने डर कायमै छ।
आमहडताल स्थगनको सर्वत्र स्वागत गरिएकोछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायबाट यसलाई सकारात्मकरूपमा लिइएको देखिन्छ। नेकपा (एमाले) अध्यक्ष झलनाथ खनालले आमहडताल फिर्ता लिनु सकारात्मक भन्दै 'मुलुकको जटिल परिस्थितिमा शान्ति र संविधान निर्माणको कार्यभार चुनौतीको रूपमा रहेकोले संवाद घनीभूतरूपमा अघि बढाउँदै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने दिशामा अघि बढ्न' माओवादीलगायत सबै राजनीतिक दललाई आह्वान गरेकाछन्। आमहडताल फिर्ता लिनुलाई सकारात्मकरूपमा लिएर नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले 'शान्ति र संविधानका लागि वार्ता जारी रहने' जनाएकाछन्।
माओवादीले यसरी सबैलाई छक्क पार्ने गरी आमहड्ताल स्थगित गर्नुको कारण के होला? बन्द र आमहडतालले जनतालाई निकै सताएको थियो। आमहडताल लम्मिदै जाँदा हिंसा चर्कने र देश मुठभेडको भुमरीमा फस्ने शंका बाक्लिँदै गएको थियो। देशव्यापीरूपमा आमहडतालको प्रतिकार र शान्ति र्यालीमार्फत् नागरिक दबाब थालिएको थियो। साथै, राजनीतिक दलहरू र अन्तर्राष्ट्रिय समुदायबाट समेत दवाब परिरहेको पृष्ठभूमिमा आमहडताल स्थगित भएको देखिन्छ। माओवादीले भने आमहडतालको आडमा प्रतिक्रान्तिकारी तत्वले खेल्न खोजेको, जनतालाई भड्काउने प्रयास गरिएको कारण आन्दोलन स्थगित गरिएको बताएको छ।
माओवादीको अपेक्षा र तयारीअनुसार जनता आन्दोलनमा उत्रिएनन्। वास्तवमा माओवादीले जनमानस बुझेन। यतिबेला जनतामा आन्दोलित मनस्थिति छैन। जनता समझदारी, शान्ति र एकता चाहन्छन्। उनीहरू बन्द, हडताल, अशान्तिबाट दिक्दार भइसकेका छन्। त्यसको असर माओवादी आन्दोलनमा पनि देखापर्यो।
माओवादीले राजधानीका जनताको साथ पनि पाउन सकेन। स्थानीय जनता नउत्रेपछि बाहिरबाट आएका मान्छेलेमात्र हडताल थेग्नु गाह्रो थियो। मे दिवसका दिन राजधानीका जनतालाई सहयोगका लागि निकै अनुनयविनय गर्ने पुष्पकमल दाहाल (प्रचण्ड) २५ गतेको आमसभामा भने उनीहरूप्रति निकै आक्रोशित देखिए। उनले राजधानीका बुद्धिजीवीलाई 'भिजिलान्ते'को बिल्ला भिराउँदै 'जनता'द्वारा घेराबन्दीमा पार्ने चेतावनीसमेत दिए। माओवादीलाई चन्दा दिने, गाँसबास दिने, चुनावमा भोट दिएर जिताउने जनतालाई दाहालले जसरी गाली गरे, त्यसको प्रतिक्रिया बुद्धिजीवीले दिइसकेका छन्। रोल्पाबाट आएका माओवादीलाई समेत चुनाव जिताएका राजधानीवासीलाई यसरी अपमान गर्नुको परिणाम के हुन्छ?
माओवादीभित्रै आन्दोलनको स्वरूपका सम्बन्धमा आन्तरिक विवाद थियो। यसको साथै स्थगनको अर्को कारण राजधानी बाहिरबाट ल्याइएका आन्दोलनकारीलाई खुवाउने, बसाउने, बिरामीको उपचारआदि व्यवस्थापनमा कठिनाइ उत्पन्न हुनु पनि हुनसक्छ। आमहडतालको अवधि बढ्दै जाँदा जनजीवन अस्तव्यस्त बन्दैगयो। जनतामा आन्दोलनप्रति वितृष्णा र माओवादीप्रति आक्रोश बढ्दै गयो। परिणामस्वरूप राजधानी र जिल्लाजिल्लामा माओवादीको प्रतिकार हुनथाल्यो। माओवादीले भनेजस्तै कतिपय स्थानमा प्रतिक्रियावादी प्रतिगामी तत्व स्थितिलाई उत्तेजक बनाउन र हिंसा भडकाउन उद्यत पनि भयो होला तर धेरै ठाउँमा जनता स्वतः सडकमा उत्रेर अवज्ञा गरेका थिए। माओवादीलाई आमहडताल फिर्ता गराउन राजधानी र देशका विभिन्न भागमा ठूला शान्ति सभा र र्याली आयोजना गरिए। यसरी जनताको 'सेन्टिमेन्ट' आमहडतालविरुद्ध बढ्दै जाने खतरा रोक्न र 'ड्यामेज कन्ट्रोल' गर्न पनि आमहडताल फिर्ता लिइएको हुनुपर्छ।
अन्तर्राष्ट्रिय समुदायलाई देखाउनकै लागि आन्दोलनलाई शान्तिपूर्ण बनाइयो भने माओवादी लचिलो भएको सन्देश दिन पनि आमहडताल फिर्ता लिने रणनीति अपनाइएको हुनसक्छ। अनि सरकारले सुनेन भनेर पुनः गाउँगाउँबाट जनता राजधानी ल्याएर आमहडतालमार्फत अर्को धक्का दिने योजना माओवादीको हुनसक्छ। तर अहिले नै यो आशंका गरी नहालौँ। विश्वास गरौं, माओवादी पनि संवादबाटै समस्याको निकास निकाल्न तत्पर हुनेछ।
आमहडताल फिर्ता लिइँदा तत्कालका लागि माओवादी झुकेको वा पछि हटेको सन्देश गएको छ। यसले माओवादीलाई ठूलो क्षति पुर्याएको छ। माओवादीलाई झुकाएको नठान्न चेतावनी दिँदै प्रचण्डले सरकार र अन्य दलहरूलाई ललकारेका छन् 'आमहडताल फिर्ता लिनुलाई कमजोरी ठानेमा यो ‘रिहर्सल' हुनेछ, वास्तविक नाटक त्यसपछि सुरु हुनेछ।' माओवादी नेतृत्वद्वारा अन्तिम युद्ध भनिएको आमहडताल माधव नेपाललाई प्रधानमन्त्रीबाट हटाएर सो कुर्चीमा दाहाललाई बसाउनैका लागि हो? माग पूरा नभएसम्म आन्दोलन स्थगित नहुने, घर नफर्कने, सडकमै बस्ने, सडकमै सुत्ने प्रतिवद्धता ६ दिनमै धुजाधुजा भयो। अर्को चमत्कार देखाउने कबुल गरेका प्रचण्डले सो चमत्कार देखाई छाडे। यसबाट माओवादी कार्यकर्तामा अन्योल, निराशा र आक्रोश एकैसाथ देखापरेको छ।
त्यसको प्रतिविम्ब आइतबार सिंहदरबार घेराउमा पनि देखियो। कार्यकर्ताको आक्रोश मत्थर पार्न र जिल्याउन प्रचण्डले फेरी 'जनविद्रोह'को बेलुन फुलेका छन् र भनेका छन् 'शान्ति र संविधानका लागि वातावरण बनेन भने हाम्रो धैर्य, संयम, शालीनता अर्को पटकको विद्रोहको लागि हुनेछ।' तर प्रचण्डको विद्रोहरूपी यो बेलुन पनि छिटै फुट्ने अनुमान गर्न गाह्रो छैन।
माओवादीमा लोकतान्त्रिक रूपान्तरण नआएको र ऊ हिंसा र सत्ताकब्जाको रणनीतिमा अडिग रहेको विश्वास गर्नेको संख्या ठूलो छ। माओवादीका दस्तावेज, नेता कार्यकर्ताका अभिव्यक्ति र व्यवहारले त्यही पुष्टि हुन्छ। पटकपटक प्रेस स्वतन्त्रताप्रति देखाएको प्रतिबद्धताको मुकुन्डो च्यातेर प्रचण्डले पत्रकारहरूप्रति आक्रोश पोखेको भोलिपल्टै सिंहदरबार घेराउ कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारमाथि 'भिजिलान्ते'को आरोपमा आक्रमण गर्नुले माओवादीमा अझै 'अधिनायकवाद'कै प्रभुत्व रहेको पुष्टि गर्छ। तर यसपटक माओवादी अन्तर्राष्ट्रिय समुदायलाई यो शक्ति शान्तिपूर्ण आन्दोलन र लोकतान्त्रिक मूल्य मान्यताप्रति इमान्दार रहेको देखाउन एकहदसम्म सफल भएको छ।
'सहमति साँच्चिकै चाहेको हो भने सरकारवादी पार्टीहरूको कोर्टमा हृुटबल फालिएको छ, जबाफ कस्तो आउँछ, त्यसअनुसार यताबाट प्रहार हुन्छ' भन्दै प्रचण्डले सकारात्मक प्रतिक्रिया नआएमा वार्तामा नबस्ने घुर्की लगाएकाछन्। जबाफमा प्रधानमन्त्री नेपालले 'माओवादी लडाकुको व्यवस्थापन, वाईसीएलको अर्धसैन्य संरचनाको अन्त्य र माओवादीको नागरिक पार्टीमा रूपान्तरण नभएसम्म राष्ट्रिय सहमतिको सरकार बन्ननसक्ने' स्पष्ट पारेका छन्। कांगे्रसले शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा सहमति नभएसम्म राष्ट्रिय सरकार बन्न नसक्ने खोचे थापेको छ। तर अब यसरी समस्या एकअर्कामा पन्छाएर होइन सबै विषयमा 'प्याकेज'मा छलफल गरेर निकास खोज्नुपर्छ।
कतिपय शक्ति अहिले देशलाई दुई ध्रुवमा कित्ताकाट गर्न चाहन्छन्। तर, यो क्रान्तिकारी र सुधारवादी शक्तिबीच ध्रुवीकरण बढाउने र राष्ट्रलाई टक्कर र द्वन्द्वको भासतर्फ धकेल्ने बेला होइन। अहिलेको आवश्यकता आन्दोलनकारी दलहरूवीचको एकता हो। सामन्तवादविरोधी २०६२/६३ को संघर्षमा क्रान्तिकारी र सुधारवादी शक्तिको संयुक्त नेतृत्व थियो। संयुक्त पहलबाटै राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो। अहिलेको राष्ट्रिय अभिभारा उग्रदक्षिणपंथी र उग्रवामपंथी अतिवादलाई पराजित गर्दै अग्रगामी संविधानमार्फत् सामन्तवादका अवशेषको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्नु हो।
आमहडताल फिर्ता लिएलगत्तै माओवादीले संविधान सभामा रहेका साना दलहरूसँग राष्ट्रिय सरकार गठनका सम्बन्धमा छलफल अघि बढाएको छ। यसरी उसले समस्याको निकास सडकबाट नभएर संसदबाट खोज्ने संकेत दिएको छ। आमहडताल फिर्ता लिनुको कारण जे भएपनि यो सकारात्मक हो। आमहडताल स्थगनलाई माओवादीको कमजोरी ठान्नुभन्दा यसलाई अवसरका रूपमा सदुपयोग गरेर वार्ता र सहमतिबाट समस्याको समाधान खोज्नु बुद्धिमानी हुनेछ। अहिले संवाद र सहमतिको विकल्प छैन। 'भुर्इँको टिप्न खोज्दा पोल्टाको खस्नसक्ने' मा सबै राजनीतिक दलहरू सतर्क हुनैपर्दछ। सबैपक्ष आआफ्ना हठमा रहने र कोहीपनि लचिलो नहुने हो भने समस्याको समाधान हुँदैन।