खोटांगको नुनथला प्रहरी चौकीमा २१ बैशाखको राति आक्रमण भयो। आक्रमणकारीले चौकीमा रहेका प्रहरीका हतियार लिएर गए।
आक्रमण पूर्वी पहाडी क्षेत्रमा सक्रिय किरात वर्कर्स पार्टीले गरेको दाबी गर्यो। यो पछिल्लो दृष्टान्तमात्र हो। यसअघि पनि यस्ता आक्रमण भएका छन्। उदयपुर र रोल्पाका प्रहरी चौकीमा पनि आक्रमण गरेर प्रहरीका हतियार लुटिएका थिए।
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि तराईमा विभिन्न नामधारी सशस्त्र समूहको जन्म भयो। अहिले तराई/मधेशमा सशस्त्र र हिंसामा विश्वास गर्ने समूह र व्यक्तिको आतंक छ। असुरक्षाबाट आतंकित मध्य तराई/मधेशका जनता अहोरात्र शान्तिको कामना गरिरहेका छन्। तर शान्तिप्रतिको जनआकांक्षा दिन प्रतिदिन मलिन हुँदै गएको छ। प्रहरी चौकीमा आक्रमण गर्ने वकर्स पार्टी वा तराई/मधेशमा सक्रिय 'जनतान्त्रिकहरू'को मुहान खोतल्दै गयो भने 'शान्ति प्रक्रिया' मा आइसकेको एनेकपा (माओवादी)मै गएर टुंगिन्छ। माओवादीको 'जनयुद्ध' का बेला जीवन उत्सर्ग गर्न तम्तयार 'कमरेड' हरूनै वकर्स पार्टी र जनतान्त्रिकका विभिन्न गुटमा भेटिन्छन्। विडम्वना, 'शान्ति प्रक्रिया' मा आइसकेको माओवादी पनि हिंसाकै बलमा लोकतान्त्रिक गणतन्त्रको पहरेदार हुँ भन्दैछ।
मजदुर दिवसको साइत पारेर सुरु गरेको अनिश्चितकालीन आमहडताल स्थगित गर्न वाध्य भए पनि माओवादीले धम्कीको भाषा बोल्न छाडेको छैन। जनआन्दोलन-३ नाम दिइएको माओवादी आन्दोलनले अर्को धक्का जेठ ११ मा दिने प्रचार भैरहेका छन्। बैशाख १९ देखि चलेको ६ दिने आन्दोलन सफल भएको निचोड निकाल्दै माओवादी स्यायी समितीले नियोजित गरेको जेठ ११ को धक्का धम्कीमात्र हो वा साँच्चै हो अहिल्यै भन्न कठिन छ। माओवादीले आमहडताल फिर्ता लिइसकेपछिका राजनीतिक घटनाक्रमले उसलाई 'शान्ति प्रक्रिया'मा अड्याइराख्ने र नागरिक दलमा रूपान्तरण गर्ने प्रयत्न भइरहेका छन्।
तर माओवादीका जिम्मेवार नेता आफै शान्ति प्रक्रियाबाट बाहिरिने किसिमका उत्तेजक र गैरजिम्मेवार अभिव्यक्ति दिँदैछन्। माधवकुमार नेपालको राजीनामालाई सर्त बनाएर माओवादी औपचारिक वार्ताबाट समेत अलग्गिएको छ। जेठ ११ अघिनै सहमति बन्नसक्यो भने माओवादीको तेस्रो धक्काको धम्की शिथिल हुनेछ। तर, दलहरूबीच सहमति बन्न सकेन भने मुलुक सैनिकीकरणतर्फ उन्मुख हुनेछ। माओवादीका जिम्मेवार नेताका सार्वजनिक अभिव्यक्ति पत्याउने हो भने तत्काल सहमति संभव देखिँदैन। त्यसपछि अर्थात्, जेठ १४ पछिको संवैधानिक रिक्ततामा राष्ट्रपति रामवरण यादवले नेपाली सेनाको सहयोगका सत्ता चलाउन सक्छन्। उता माओवादीले आफ्ना लडाकुका बलमा सत्ता कब्जाको अभ्यास पनि गर्नसक्छ। हुनत, माओवादीसँग भित्रभित्रै भइरहेको दुई पक्षीय र बहुपक्षीय संवादबाट निकास निस्कने अपेक्षा पनि गरिएको छ। कांग्रेस, एमालेलगायतका प्रमुख राजनीतिक दलहरू माओवादीलाई 'प्याकेज'मा सहमत गराउने अभियानमा लागेका छन्। माओवादी भने प्रधानमन्त्रीको राजीनामाको माग अघि सारेर प्रमुख मुद्दाबाट अलग्गिरहेको छ।
माओवादीका लडाकु समायोजनलाई कांग्रेस, एमालेलगायतका राजनीतिक पार्टीले नयाँ सहमतिको प्रमुख सर्त भन्दै अगाडि सारेका छन्। माओवादी भने लडाकु समायोजनका विषयमा बहस गर्न पनि तत्पर देखिँदैन। माओवादीको नियत आफ्ना लडाकुलाई अनमिनको खुकुलो निगरानीमा राख्दाराख्दै सत्तासीन हुने नै हो भने शान्ति प्रक्रिया बन्दुकको मारमा पर्ने निश्चित् छ। लोकतन्त्रका निम्ति सबैभन्दा खतरनाक पक्ष माओवादीभित्र सैन्यवादीहरूको प्रभाव बढ्नु हो। रामबहादुर थापा (बालद) हरूले यस धारको प्रतिनिधित्व गर्छन्। एमालेभित्र पनि माओवादीलाई सेनाको बलमा पाखा लगाउनुपर्छ भन्नेको कमी छैन। माधव नेपाल त्यस्तै कमरेडहरूबाट दीक्षित हुँदै गएको देखिन थालेको छ। पुष्पकमल दाहाल बादलहरूको उक्साहटमा र माधव नेपाल के.पी. ओलीहरूको निर्देशनमा परिचालित हुने हो लोकतन्त्रको परिभाषा बन्दुकले गर्ने दिन टाढा छैन।
अहिलेको प्रमुख मुद्दा संविधान सभाको म्याद थप हो। सत्ता समीकरणको खेलमा अल्झिनुभन्दा तत्काल संविधान सभाको म्याद थप्ने राजनीतिक अभ्यासमा दलहरू जुट्नु प्राथमिक काम हो। सरकारले संविधान सभाको म्याद थप्ने प्रक्रिया र संवाद अघि बढाएको छ। माओवादीले पनि सुरुमा संविधान सभाको म्याद थप्न सहमति जनाउने र त्यसपछि मात्र सत्ताको राजनीतिमा लाग्नु उचित हुन्छ। राजनीतिक दलहरूबीच विश्वासको संकट छ। यस्तो अवस्था आउनुमा माओवादी सबभन्दा बढी जिम्मेवार रहेको चार वर्ष यताका राजनीतिक घटनाक्रमले स्पष्ट पारेका छन्। सबैभन्दा ठूलो दल भए माओवादीलाई सत्ता सुम्पन्न नसकिने कारण उसको व्यवहारै हो। माओवादीले १२ बुँदे र त्यसपछीका कुनै पनि सहझदारी, संझौताको पालना नगरेकाले नै काग्रेस, एमालेले प्याकेजमा सहमति गर्ने प्रस्ताव अघि सारेका हुन्।
संविधान सभाको म्याद थप्नु अघि लडाकु समायोजन, मुलुकको पुनर्संरचना, मुलकको शासकीय स्वरूपजस्ता प्रमुख राजनीतिक विषयमा सहमति बन्न सक्यो भने माओवादीलाई सत्तारोहण हुन बाटो खुल्नेछ। तर, यसका निम्ति माओवादी अग्रसरता आवश्यक छ। सत्ताका परिवर्तनको सहमति बन्न सकेन भने पनि संविधान सभाको म्याद थप्न सबै तयार हनुपर्ने बेला हो यो। माओवादी एकातिर र कांग्रेस, एमाले अर्कोतिर भइरहने हो भने मुलुक विधि हैन बन्दुक र बलको शासनमा कजिन पुग्नेछ।