माओवादीले मजदुर दिवसको साइत पारेर सुरु गरेको आन्दोलन र आम हड्तालले राजधानी र मुलुकका विभिन्न सहरको जनजीवन प्रभावित भएको छ। मुलुक माओवादीको बन्दी बनेको छ र सरकार तमासे ।
माओवादीको उर्दीमा मुलुकको आर्थिक क्रियाकलाप ठप्प छ। माधव नेपालको सरकार गिराएर राष्ट्रिय सरकार बनाउन र संविधान लेख्न आन्दोलन र आम हड्ताल गरेको दाबी माओवादीको छ। तर, सडकबाट सरकार फेर्ने माओवादी चाहना सहजै पूरा हुने सम्भावना क्षीण छ। गाउँगाउँबाट ल्याइएका 'कार्यकर्ता'हरू घर फर्किन हतारिएपछि माओवादी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको देखिन्छ। आम हड्तालको चौथो दिनबाट माओवादी सिंहदरबार परिसरबाट केन्द्रीकृत आन्दोलन गर्ने नीति लिइएको छ।
आन्दोलनसँगै काग्रेस, एमालेलगायत दलहरूसँग संवाद जारी राख्ने लचिलो नीति पनि उसले अख्तियार गरेको छ। अर्को बैठक गर्ने सहमतिमा टुंगिने दलहरूका नियमित बैठकमा माओवादीले माधव नेपालको राजीनामालाई प्रमुख मुद्दा बनाएको छ। तर, माधव नेपालको राजीनामा मागेजस्तो सरल छैन माओवादी नियत। लडाकुको समायोजन, राज्यको शासकीय स्वरुपजस्ता मूलभूत मुद्दामा प्रमुख दलहरूसँग विमतिले उसको नियत स्पष्ट हुन्छ। शान्ति सम्झौतामा माओवादी लडाकुको व्यवस्थापन ६ महिनाभित्र गरिसक्ने लेखिएको छ। तर सम्झौता भएको अढाइ वर्ष बितिसक्दा पनि माओवादीले लडाकु समायोजनको मुद्दा जीवित राख्न चाहन्छ, किन? जवाफ सहज छ। माओवादी सत्ता कब्जा गर्न लालायित छ, ऊ लोकतन्त्रलाई अधिनायकवादी चस्माले नियालिरहेको छ। उसको शासकीय स्वरूप लोकतान्त्रिक मूल्य, मान्यता, विधि र परम्पराविपरीत छन्। माओवादी बहुदल मान्छ, तर बहुलताविरुद्ध उभिन अप्ठ्यारो मान्दैन। न्यायिक स्वतन्त्रताको विपक्षमा उभिएको माओवादी आफूलाई लोकतन्त्रको पहरेदार भन्न पछि परिरहेको छैन।
माओवादीले गाउँगाउँबाट ल्याएका मानिसलाई वर्गविहीनताको नारा दिएको छ। भोको पेट र नांगो आङलाई वर्गीय समानताको नारामा उचाल्न सजिलो छ। कोरा नाराले वर्गीय विभाजन मेटिने होइन। तर, मुलुकको अर्थतन्त्र, व्यापार, व्यवसाय धरासायी छन्। अहिलेको आम हडतालमात्र होइन, आर्थिक, औद्योगिक क्रियाकलाप ठप्प पार्ने नियोजित अभियानमा माओवादी लागिपरेको डेढ दशक बित्यो। शान्ति प्रक्रिया र चुनावबाट संसदीय प्रतिस्पर्धी राजनीतिमा आइसक्दा पनि उसको सोचमा अपेक्षाकृत परिवर्तन आएको छैन। राजनीतिक घटनाक्रमहरूले संकेत गर्र्दैछन्, माओवादीको राजनीतिक मूल्यपद्धति अधिनायकवाद र आर्थिक नीति हुनेखानेविरुद्ध गरिबलाई हतियार बनाउनुमा केन्द्रित छ, जसलाई उनीहरू सर्वहारावाद भन्ने गर्छन्। उनीहरूको सर्वहारावाद गरिबहरूलाई धनी र सम्पन्न बनाउने होइन, धनीहरूलाई गरिब बनाउनु हो।
माओवादीको आर्थिक, राजनीतिक रणनीतिका आधारमा माओवादी आम ह्डतालको विश्लेषण आवश्यक छ। माओवादी प्रोपोगण्डामा माहिर छन्। उनीहरू भित्री चाहना र रणनीतिविपरीत जनमानसमा भ्रम छर्न पनि सिपालु छन्। आम हड्ताल शान्तिपूर्ण भएको उनीहरु दोहोर्याइरहेका छन्। नेपालका कतिपय मिडिया माओवादीको प्रचारसंयन्त्र बनेका छन्। मिडियाले माओवादीको आम हड्ताललाई 'शान्तिपूर्ण' भनिदिएको छ। हो, आम हड्तालका क्रममा बुधबारसम्म छिटपुटबाहेक हिंसाका घटना भएका छैनन्।
कुटपिट हुनु, सडकमा रगत पोखिनुलाई ' शान्तिपूर्ण'को दर्जामा राख्नुअघि माओवादीले जनमानसमा त्रास जमाएको हिसाब गर्नु आवश्यक छ। आन्दोलनअघि मुलुकका विभिन्न भागमा गरिएका खुकरी, लाठी प्रदर्शन, बिग्रेड घोषणाले हिंसाको भाषा बोलेका थिए। माओवादीबाट बरामद गुलेली, गुच्चा, बम, बारुद र चन्दा आतंकतले प्रशस्त भय सिर्जना गरेको बिर्सन मिल्दैन।
आतंकको पृष्ठभूमिमा माओवादी आन्दोलन अघि बढेको छ। उसको शब्दमा आम हडताल सफल हुँदैछ। तर, मनोवैज्ञानिक आतंकमा नागरिक खुम्चिएको कुरा कसले उठाउने? नागरिकले आफ्नो व्यापार, व्यवसाय ठप्प पार्नुलाई माओवादीले आफूप्रतिको समर्थन भन्ने ठानेको छ भने त्यो गलत बुझाइ हो। प्रतिकारका घटनाहरू बढ्दै गएकाले आम मानिस लामो समयसम्म बन्दी रहन सक्तैनन् भन्ने संकेत गर्दैछ। आम हडतालको विरोधमा लड्ने जोखिम उठाउन नसकेको आधारमा हड्ताल सफल भएको माओवादीको ठम्याइ हो भने त्यस्तो भ्रमबाट चाँडै मुक्त हुनु उसको हितमा हुनेछ।
हातमा रड र लाठा लिएका लाल फेटावालहरू बालुवा चाल्ने मजदुरहरूमाथि जाइलागेका समाचार आएको छ। औषधि पसलमा आक्रमण गरिएको छ। अस्पतालबाट सुत्केरीहरू घर फर्किन सकिरहेका छैनन्। कक्षा १२ का करिब चार लाख युवाको परीक्षा बिथोलिएको छ। लाखौँ नानीहरू स्कूल जानबाट वञ्चित छन्। किसानहरू आफ्ना उत्पादन सडकमा पोख्न बाध्य छन्। उपभोग्य सामग्रीको मूल्य अकासिएको छ। अनि भनिदैछ, आम हडताल शान्तिपूर्ण। मानिसको मनमस्तिष्क आतंकित पारिसकेपछि कुटपिट र रगत बग्न आवश्यक हुँदोरहेनछ। भनिन्छ, डरको उपचार छैन। माओवादी डरलाग्दा भएका छन्।