आन्दोलनको पक्ष र विपक्षमा
२१ वैशाख २०६७
•
६ मिनेट पाठ
आन्दोलनको पक्ष र विपक्षमा
म एकजना कर्मचारी। आन्दोलन शुरु भएको दिनदेखि कार्यालय गएको छुइन। हडतालको कारण सवारीसाधन नचलेर वा हिँड्न नसकेर होइन।
कारण, आन्दोलनको पक्ष वा विपक्षमा पनि होइन। कारण हो, देशको वर्तमान परिस्थितिबाट विरक्त भएर, वितृष्णा जागेर। म यहाँजे लेख्दै छु, कुनै पनि राजनैतिक पार्टी वा आस्थाप्रति नजिक वा टाढा भएर लेखिरहेको छुइन।

म हाल चलिरहेको आन्दोलनको पक्षमा यो अर्थमा छु कि देशमा एक प्रकारको आन्दोलनको आवश्यकता रहँदै आएको छ। देश राज्यविहीनताको अवस्थामा गुज्रिरहेको छ, दण्डहीनताको अवस्थामा गुज्रिरहेछ। तोकिएको समयमा संविधान नबन्ने अवस्थामा छ। राज्य भूमरीमा फसेको छ। यस्तो अवस्थामा जिम्मेवार दलका जिम्मेवार नेताहरुबाट संक्रमणकालमा यस्तै हो भन्नेबाहेक अरु केही सुनिन्न। तसर्थ, यो आन्दोलनले देशको लागि भावी दिशा कोर्छ भने म यस्को पक्षमा छु।

म आन्दोलनको विपक्षमा यो अर्थमा छु कि हाल भइरहेको आन्दोलन केका लागि भइरहेछ, स्पष्ट छैन। वर्तमान सरकारलाई हटाएर आफु सत्तामा पुग्ने मात्र यस्को उद्देश्य हो भने यत्रो आन्दोलनको जरुरत नै छैन। योभन्दा पहिले भएको तीन दिने आन्दोलनलाई अनिश्चितकालिन रुप दिएको भए त्यसैबेलै यो सरकार हट्थ्यो। त्यसो भएको भए त्यसबखत बन्ने नयाँ सरकारले संविधान लेख्नमा सघाउन पर्याप्त समय पनि पाउँथ्यो। त्यसो हुन सकेन वा गर्न चाहेन त्यसलाई राजनीतिको गर्भमै छाडौं।

हालको आन्दोलनकारी र सरकार पक्ष दुबैको मुखबाट निस्कने गरेको मिठो शब्द भनेको 'सहमति' र 'सहकार्य' नै हुन्। तर त्यसो हुन सकिरहेको छैन। संविधानसभामा क्रियाशील दुई दर्जन पार्टीहरुमध्ये पहिलो तीनवटा आमने सामने गरिरहेका छन्। बाँकी रमिते भएका छन्। बेलाबखत देखिने सुनिने नागरिक समाज पनि कतै सुस्ताइरहेको छ। चाखलाग्दो कुरा, माथि उल्लेखित तीन पार्टीका बीचमा सहजकर्ताको भूमिका खेलिरहेको छ, उद्योगी र व्यापारीले। त्यो पनि दिलोज्यान दिएर। एउटै संविधानसभा/व्यवस्थापिका संसदका अरु पार्टीहरुलाई त्यस्मा चासो भएन। यस्लाई पनि राजनीतिकै एउटा खेल मान्नुपर्ला। सबैतर्फबाट स्वागतयोग्य मानिएको 'निर्णायक बहस' सम्पन्न भएको झण्डै एक हप्ता बितिसक्यो। तर निर्णयमा पुग्नु पर्नेहरु निर्णयमा पुगेका छैनन्। त्यसैले यस्ता कार्यक्रमहरु गर्दा आयोजकले नामाकरणमा ध्यान पुर्‍याउनु पर्ने देखिन्छ।

रमाइलो कुरा, एउटै संविधानसभा/व्यवस्थापिका संसदभित्रका पार्टीहरुबीच सहमति र सहकार्य हुन गैरराजनैतिक पक्षले सहजकर्ताको भूमिका खेल्नुपर्ने। यो पनि एक किसिमको नयाँ र अनौठो अभ्यास नै हो। द्वन्द्वको बेला एकले अर्कोलाई दुश्मन सम्झिरहेको बेला सहजकर्ता/मध्यस्थकर्ताको भूमिका आवश्यक हुन्छ। उठाउन खोजिएको कुरा, के हाम्रा पार्टीहरु अरुले नघच्घच्याएसम्म नउठ्ने र परनिर्भर बनेका हुन्? जे होस्, राम्रोको लागि हुने कुनै पनि प्रयास सकारात्मक नै हुन्छ।

खैर, यी कुराहरु आÏनो ठाउँमा छन्। राजनीतिका कुरा राजनैतिक पार्टीलाई नै छोडौं, राजनेताहरुलाई नै छोडौं। यो आन्दोलनले कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको अवस्थामा पनि कम्तिमा नयाँ सरकार त अवश्य बन्ला। त्यो सरकार सकेमा राष्ट्रिय प्रकृतिको होला। त्यो पनि नभए बहुमतको। त्यसैले सरकारको खाँचो पर्ने म देख्दिँन। म एउटा कर्मचारीले देखेको खाँचो भनेको, 'सुशासन' हो।

२०४६ सालपछि आजसम्मको स्थितिलाई मूल्याङ्कन गर्दा राजनैतिक पार्टीहरुबीच सत्ताको भागबन्डा नै मुख्य रहँदै आयो। आ-आÏनो पार्टीको भागमा परेको मन्त्रालयमा आ-आÏनो हालीमुहाली। त्यसबाहेक पार्टीभित्रका गुट/उपगुटको चलखेल त छुट्टै छन्। पार्टीहरुबीचको खुल्ला गोप्य (ओपन सेत्रे्कट) समझदारी भनेको आ-आÏनो भागमा चित्त बुझाऊ, अरुको भागमा आँखा नलगाऊ र हस्तक्षेप नगर। यिनै कुराहरु देख्दै भोग्दै आएको छु र भोलि बन्ने सरकार पनि यसको अपवाद बन्न सक्ने देख्दिन। पछिल्ला वर्षहरुमा त यस्ले हद नै नाघेको छ। तसर्थ, जस्तोसुकै आन्दोलनबाट सरकार फेरिए पनि सुशासन आउ"दैन भने त्यस्को के नै अर्थ रहन्छ र?
अर्को समाचार
पत्रकारिता हिरोइजम हैन!
३१ वैशाख २०७६
•
७ मिनेट पाठ
पत्रकारिता हिरोइजम हैन!
मिडिया  काउन्सिल  विधेयक

सरकारले नेपाली सञ्चार क्षेत्र र रञ्चारकर्मीको घाँटी निमोठ्ने गरी मिडिया काउन्सील विधेयक ल्याउन लागेको भन्दै पत्रकार महासंघ लगायतका संबद्ध संस्थाहरुले विरोध गरे। महासंघले विधेयकमा धेरै आपत्तिजनक प्रावधानहरु समावेश गरीएको भन्दै संसोधन हुनुपर्ने भन्दै आन्दोलनको घोषणा पनि गर्यो। बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति कुनैपनि मिडियाहरुलाई मन परेन। प्रस्तावित विधेयकको दफा १८ मा जरिवाना गरी क्षतिपूर्ति भराइदिन सक्ने भन्ने प्रावधानले पत्रकारिताको विश्वव्यापी मान्यता र नेपालको संविधानको समेत उल्लंघन गरेको  नेपाली सञ्चारजगतको धारणा छ। मिडिया काउन्सिलले पत्रकारका लागि आचारसंहिता जारी गर्ने र त्यो आचारसंहिता विपरीत कुनै सामाग्री प्रकाशन प्रसारण भएमा सम्बन्धित पक्षको उजुरीका आधारमा २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ।  यसैको बिरोधमा सञ्चारक्षेत्र आन्दोलित भैरहदाँ पत्रकार कै कारण फेरी नेपाली मिडिया जगतमा बहस सुरु भएको छ। कारण टिभी कार्यक्रमको बिषयलाई लिएर सामाजिक सञ्जाल भरी  पत्रकारहरुनै पत्रकारको पक्ष र विपक्षमा देखा परेका छन्।

प्राय सबैलाई थाहा होला पत्रकारिता कूनै अर्थमूलक सूचना वा जानकारी स्रोतबाट लिइ सञ्चारमाध्यम मार्फत सर्वसाधारण समक्ष पुर्याउने कार्य हो। पत्रकारिता र आम सञ्चार नजीकका विषयहरू हुन्। प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ। न्यायपालिका, कार्यपालिका, विधानपालिका र पत्रिकारिता। पत्रकारिताको आवरणमा आफुलाई मन नपरेको ब्यक्ती वा सस्थाको इज्यत प्रप्तिष्ठामा खलल पार्ने। कुनै ब्यक्तिको मन्जुरी बिना तस्वीर खिचेर पत्रकारितागर्ने ,समाजमा भ्रम फिजाउने खालका बिषय  प्रकासित गरेर अनलाइनलाई हिट बनाउन खोज्नु गलत हो। हो यस्तै कुराले गर्दा नै पत्रकारिता माथि नै प्रश्न चिन्ह उठन थालेको छ।  लोकतन्त्र प्राप्ति पछि सञ्चार क्षेत्र फष्टाएको भएपनि अहिले पनि समाचार सम्प्रेषण,राजनैतिक घटनाक्रमको व्याख्या र तिनिहरुको विश्लेषणलाई महत्व दिइन्छ।  जस्ले गर्दा अन्य कुराहरु ओझेलमा परेका छन्। स्वतन्त्र पत्रकारिताको अभाव भएको छ।

हामिकोमा हिरोइजम ठान्ने पात्रहरुले गर्दा पत्रकारीताको साख घट्दो छ। केही पार्टीका नेता÷कार्यकर्ताको चित्त बुझाउनको लागि पत्रकारिता गर्दैछन्। कसैले मर्दै नमरेको मान्छेलाई कसैले मर्यो भनेर श्रद्धाञ्जली  दिएका छन्।  कसैको मृत्यु नहुँदै ठुला हेडलाईन बनाईदिने हतारकारिता नै विकास भैसकेको छ।

अर्थात पत्रकारिताको नाममा छाडातन्त्र, मनपरीतन्त्र, अधिनायकबाद लाद्न सक्ने स्वविवेकिय अधिकार  झैं ठानेर पत्रकारिता गर्नु पनि त हाम्रो धर्म होइन।  यहाँ पत्रकारिताको नाममा बार्गे्निङ्ग गरेर मिनटमै लाखौं कमाउने पत्रकारहरु पनि छन्। कोहि कार्यक्रममा बोलाएर जानुहोस जानुहोस भन्छन्। कोही प्रहरी झैं पत्रकार भएर नेतालाई केराकार गर्ने पनि छन्। यहिबीचमा पछिल्लो घटनाको एउटा टेलिभिजन कार्यक्रम।

एउटा पत्रकार अथवा प्रस्तोताले आफु कसरी प्रस्तुत हुने भन्ने कुरामा ध्यान दिन नसक्नुमा प्रस्तोताको गल्ती हो। कसैलाई नङ्गाउनको लागी आफै पहिले नाङ्गिनु  पर्छ भन्ने मान्यता पत्रकारले त्याग्नुपर्छ।   डन ,सेलिब्रेटी ,पार्टी ,एनजीओ ,पहिचानवादी ,युट्युव ,असुली ,चाकडी ,हिरोइजम लगाएतका पत्रकारिता  नै आजभोलिका प्रमुख विकृतिहरु हुन।

सोही टिभी कार्यक्रमलाई लिएर पत्रकार भानुभक्त आचार्यले फेसबुकमा लेख्नुभएको छ: “प्रश्नको उत्तर दिने हिम्मत छैन भने तपाई जान सक्नुहुन्छ। यहाँ आएर तपाइँ बकबास नदेखाउनुस्“ भने पछि उपप्रधानमन्त्री उपेन्द्र यादव अन्तर्वार्ताकक्ष छाडेर हिँडे। यो एभिन्युज टेलिभिजनको कार्यक्रम हो। पत्रकारले बोलाएका पाहुनालाई इज्जतसाथ व्यवहार गर्नुपर्छ। अन्तर्वार्ता कक्ष भनेको प्रहरीको केरकार शाखा होइन। उत्तर नदिने भए जानसक्नु हुन्छ भन्न मिल्दैन। फेरि पाहुनाले आफूले सोचेजस्तै उत्तर दिनुपर्छ भन्ने पनि छैन। एउटा प्रश्नको उत्तर नआए अर्को प्रश्न सोध्ने हो। पाहुनाले सबै प्रश्नको उत्तर दिनै पर्छ भन्ने छैन।उपप्रधानमन्त्रीले पनि अलि भद्र, शालीन, धैर्य एवम् कूटनीतिक चातुर्यका उपायहरु अवलम्बन गरेर उत्तर दिनुपर्छ। आलोचनालाई शीरोधार्य गर्नुपर्छ। बिना तयारी टिभीमा मुख देखाउन पाइने भयो भनेर कुदिहाल्नु हुँदैन।यस कार्यक्रमका आधारमा पत्रकारको पक्षमा पनि लाग्न सकिएन। उपप्रधानमन्त्रीका पक्षमा पनि लाग्न सकिएन।”तर पत्रकारिता पेसाको दुरुपयोग गर्ने वर्ग लाइ सजाँय दिन कडा कानून नै बनाउनु पर्छ। सत्यतथ्य नबुझी एकोहोरो समाचार प्रकाशन गर्ने, बिना कारण व्यक्तिको सामाजिक इज्जÞतमा आंच आउने, अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउनै पर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस