मध्य र पूर्वी तराईका पर्सादेखी मोरङ्गसम्मका जिल्लाको स्थलगत भ्रमणका क्रममा थाहा भयो - त्यस क्षेत्रका जनता त्रासमा बाँचेका छन्। उनीहरू कहालीलाग्दो गरी निराश छन्, राजनीतिक दलहरूप्रति वितृष्णा बढ्दो छ। काम गर्ने, उद्यमशील हुने उत्साह कसैमा भेटिँदैन। उद्यमीव्यापारी व्यवसाय विस्तार गर्नेभन्दा ज्यानधनको जोखिम उठाएर जे छ त्यसैलाई धान्दै रहेछन्।
मधेशको शान्ति सुरक्षाको अवस्था कस्तो छ? पूर्व पश्चिम राजमार्गबाट जति दक्षिण गयो, त्यतिनै असुरक्षाको मात्रा बढ्दै गएको अनुभव हुन्छ। भारतसँगको सीमावर्ती क्षेत्रका जनता मधेशवादी सशस्त्र समूह र अपराधी गिरोह तथम व्यक्तिबाट आजित भएका छन्। पूर्वी र मध्य तराईका जिल्लाको गाउँहरूमा डरले वास गरेको छ। गर्मी महिनामा घरबाहिर गम्छा ओछ्याएर सुत्ने मधेशीहरू अहिले घरभित्रै गुम्सिन वाध्य भएका छन्। मधेश मुक्तिको नारा दिनेको डरले उनीहरू न राम्ररी सुत्न सकेका छन् न खुलेर बोल्नै सक्छन्। राजनीतिक आवरणमा हिंसा फैलाउने अपराधीविरुद्ध उनीहरू उठ्नै सकिरहेका छैनन्। उनीहरू बोल्नसक्ने अवस्थामै छैनन्। बोलिहाले पनि नाम नलेख्नुस है, भन्न बिर्सँदैनन्।
परस्परको सौहार्द मेटिँदै गएको छ। एकले अर्कालाई शंकै गर्नुपर्ने अवस्था छ, सहर, बजार र गाउँ जताततै। हिंसाका बलमा पैसा कमाउने अपराधी गतिविधि, हत्या, अपहरण, फिरौती र बलजफ्ती असुली सामान्यजस्तै बन्दै गएकोले आपसमा शंका, उपशंका गर्नुपर्ने भएको हुनुपर्छ। अपहरण र फिरौतीका अधिकांश घटना प्रहरी, प्रशासनको जानकारीमै आउँदैन। भित्रभित्रै मिल्ने मिलाउनेको संख्या बढ्दो छ। प्रहरीप्रति अविश्वास छ। प्रहरीको सशस्त्र समूह र अपराधी गिरोहसँग मिलोमतो रहेको गाउँलेहरूको गुनासो छ। गाउँमा सरकारको उपस्थिति छैन। प्रहरी सदरमुकाम र सहर बजारमा सीमित छ।
स्कुले विद्यार्थी अपहरणकारीको मतियार बनेको विडम्बनापूर्ण अवस्थाबाट समाज स्तब्ध छ। कतिपय बालक, किशोरहरू र लागू पदार्थ सेवनकर्ताहरू अपराधीका सुराकी बन्न पुगेका छन्। उनीहरूले अपहरणकारी गिरोहलाई आफ्ना नजिकका नातेदारका बारेमा जानकारी दिन्छन्। महंगो मोबाइल र मोटरसाइकल चलाउनुपर्ने, सहर बजारका किशोरहरू अपहरण र फिरौती संकलन गर्नेका 'एजेन्ट' बनेका छन्। उनीहरूको भड्किलो जीवन शैली हिंसाको बलमा पैसा कमाउनेका लागि भरपर्दो माध्यम बनेका छन्।
खेतका गरा खाली छन्। तराईका मलिला मैदानमा मंसिरमा काटेका धानका टुटा जस्ताका तस्तै छन्। कतैकतै धानपछि गहुँ लगाएर भर्खरै काटेको देखिन्छ। काम गर्ने युवा खाडी मुलुकलगायतमा गएका छन्। त्यता जान नसकेका नपाएकाहरू भारतको पंजाब, हरियाणाका खेतमा पाखुरी बजाउन गएका छन्। नेपालमै रहेका कतिपय युवाको हातमा भने सजिल्लै र छिट्टै पैसा कमाउने अस्त्र 'कटुवा' छ। मोबाइलबाट धक्याएर पैसा असुल्ने व्यवसाय फैलँदो छ।
जमिन हुनेहरूले आफ्नो थातथलोमा बसेर खेतीपाती गर्न सक्तैनन्। उद्यमीहरू आफ्नो कारखाना निरीक्षण गर्नसम्म पनि जान सकिरहेका छैनन्। सरकारको विशेष सुरक्षा योजना देखाउने दाँत साबित भएको छ।
मधेशका अधिकांश जिल्ला सदरमुकामको व्यापार व्यवसाय ह्वात्तै घटेको छ। सरकारी कार्यालयमा आधा कर्मचारी हँुदैनन्। मधेशी मूलकै कर्मचारीको बाहूल्य भएपनि जनताको मन कुँढिएको छ। आफ्नै छिमेकी कर्मचारीले दुःख दिएको अनुभव सुनाउनेको संख्या ठूलो छ। मधेश मुक्तिको नारा दिनेले मधेशीलाई नै सताएका छन्। हिंसाको सहारा लिनेको जात, धर्म, विवेक हुँदैन भन्ने सत्य जनताले बुझ्न थालेका छन्।
तराई/मधेशको राजनीतिक समीकरण पनि बद्लिएको देखिन्छ। सबैभन्दा ठूलो दल माओवादीविरुद्ध योजनाबद्ध कारबाही भैरहेका छन्। बारा, पर्सादेखी सिरहासम्म माओवादी नेतामाथि सिलसिलाबद्ध आक्रमण भएका छन्, भोजपुरा र मिथिला राज्य समितिका सदस्यहरू मारिएका छन्। बारा, पर्साका माओवादी नेताहरू जिल्ला सदरमुकामभन्दा राजमार्ग छेउछाउका सिमराजस्ता क्षेत्रमा बसेर राजनीति गर्न रुचाउँछन्। बाराबाट माओवादीले गुरिल्ला 'बिग्रेड'को घोषणा गर्नुको कारण जिल्लामा आफ्नो प्रभाव बढाउने आतमरक्षाको रणनीति हुनसक्छ।
मधेशवादी दलका निम्ति आफ्नो प्रभाव जोगाइराख्न ठूलै चुनौती देखिन्छ। संविधान सभा निर्वाचनबाट चौथो शक्तिका रूपमा उदाएको मधेशी जनाधिकार फोरमका नेता विभाजित भएपछि मधेश आन्दोलनका सहिद परिवारका सदस्यलाई भागबन्डा गर्ने राजनीति गर्देछन्। गएको चैत २७ मा मधेशी जनअधिकार फोरमको दुई दिने बन्दको अन्तिम दिन थियो तर त्यस क्रममा वीरगंजको घन्टाघरमा आयोजित जनसभामा जनताको अपेक्षित उपस्थिति थिएन। नेपाल सद्भावना पार्टीको मधेश स्वाभिमान रथ यात्रामा पनि उत्साहजनक जनसहभागिता देखिएन।
अर्थात्, संविधान सभामा पाएको समर्थन मधेशवादी दलले गुमाइसकेको देखिएको छ। यस अवस्थामा राज्य र राजनीतिक दलहरूले मधेशका गाउँमा उपस्थिति देखाउन सके जनताले साथ दिने सम्भावना छ। खाली ठाउँ अपराधीले ओगटे भने मधेशका जनतामा रहेको निराशा र वितृष्णा बढ्नेछ।