तरल राजनीतिमा ओलीको चलखेल
११ जेष्ठ २०७४
•
१४ मिनेट पाठ
तरल राजनीतिमा ओलीको चलखेल
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहालको राजिनामा रोक्ने कसरतमा पटुकी कसेर लागेका छन्। मंगलबार सदनलाई  सम्बोधन गर्दै पदबाट राजिनामा दिन लागेका प्रम दाहाल एमाले सांसदहरूले सदनको कारबाहीमा पुर्‍याएको अवरोधका कारण राजिनामा नदिई संसद् भवनबाट फर्कन बाध्य भए। दाहालको राजिनामालाई लिएर सोही दिन बिहानसम्म नेका र माकेका बीचको मामिला भन्दै मौन रहेको एमाले अचानक अपराह्नमा आएर जसरी भए पनि त्यसलाई रोक्ने निर्णयमा पुगेको देखिन्छ।




घोरिएर विचार गर्ने हो भने चाहिँ ओलीको भित्री अभीष्ट अर्कै छ भन्ने बु‰न धेरै गाह्रो पर्दैन। ओली रात पार्ने र त्यसमा अग्राखको टुसो पलाउने प्रतीक्षामा छन्।

प्रम दाहाललाई संसद्मा बोल्न नदिनका लागि एमालेले निहुँ भने हालै सरकारले दोस्रो चरणको चुनाव अगाडि नै केही प्रदेशमा २२ स्थान थप्न गरेको निर्णयलाई बनाएको छ। चुनावको मुखमा यसरी स्थानहरू थप्नु निर्वाचन आचार संहिताको उल्लंघन हो भन्ने जिकिर त्यस दलले गरेको छ। त्यसबाहेक केपीले यसरी स्थान थप्नुका साथै केही उपमहानगरपालिकाको स्तर वृद्धि गर्दै महानगरपालिका बनाएर वर्तमान सत्ता गठवन्धनले एमालेलाई हराउने षडयन्त्र गरेको आरोप पनि लगाएका छन्। संसद् अवरोध गराइसकेपछि बोलाइएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रम दाहालको अहिले नै राजिनामा आउनुका पछाडि नेका सभापति शेरबहादुर देउवाको सत्तालिप्सा नै रहेको आरोप पनि लगाए। यसै मेसोमा ओलीले देउवालाई प्रधानमन्त्री बन्न थप १५ दिन पर्खदा केही फरक नपर्ने भन्ने आदर्श अर्ति–उपदेश दिन पनि भ्याएका छन्।

उनका कुरा झट्ट सुन्नेलाई उखान–टुक्का हाली हाली चोपिलो भाषामा कुरा गर्न सिपालु एमाले नेता ओलीले बडो राम्रो कुरा गरे, नीति–नियम र आचार संहिताप्रतिको निष्ठालाई वाणी मात्र दिएनन् अपितु प्रतिस्पर्धी नेता नेका सभापति देउवालाई समेत असल बाटो देखाउन खोजेजस्तो भान पर्न सक्छ। तर अलि घोरिएर विचार गर्ने हो भने चाहिँ ओलीको भित्री अभीष्ट अर्कै छ भन्ने बु‰न धेरै गाह्रो पर्दैन। ओली रात पार्ने र त्यसमा अग्राखको टुसो पलाउने प्रतीक्षामा छन्। हाम्रो जस्तो अत्यन्तै तरल राजनीतिक परिस्थितिमा १५/२० दिनको अवधि भनेको धेरै हो चलखेलका लागि। राजनीतिका चतुर खेलाडी केपी आफ्ना लागि तिनै दुई तीन हप्ता प्राप्त होस् भन्ने चाहिरहेका छन्। नेपाली कांग्रेस र माओवादी केन्›का दुई नेताबीच पहिलो चुनावको लगत्तै सत्ता हस्तान्तरण गर्ने जुन सहमति करिब दस महिना पहिले भएको थियो, ओली चाहन्छन्– त्यो भ› समझदारी व्यवहारमा लागू नहोस् र त्यसकै कारणले वर्तमान गठबन्धन भत्किएर नयाँ सत्ता समीकरणका लागि पृष्ठभूमि तयार होस्। ओलीको यो चाहना विशुद्ध मनोगत र आफ्नै दलको सामर्थ्यबाट विकसित भएको भने नहुन सक्छ। नेपाली कांग्रेसभित्रै पनि प्रचण्ड र देउवाका बीचको सत्ता हस्तान्तरण सहज ढंगले नहोस् भन्ने चाहना राख्ने केही नेता छन्। तिनको र ओलीको भाषामा जुन उच्च तहको साम्य देखिएको छ, त्यसमाथि विचार गर्दा ओलीको हौसलामा ती कांग्रेसजनको प्रोत्साहन मिसिएको हुनुपर्छ भन्दा अत्युक्ति हुँदैन।

दोस्रो चुनाव अगाडि केही नगरपालिकाको स्तरोन्नति गर्ने र अब चुनाव हुने प्रदेशहरूमा २२ स्थान थप्ने जुन निर्णय वर्तमान सरकारले गरेको छ, त्यसबाट निर्वाचन आचार संहिताको ठाडो उल्लंघन भएको छ भन्ने जुन दाबी एमाले नेता ओलीले गरेका छन्, त्यो प्राविधिक रूपमा मात्र ठीक हो जस्तो देखिन्छ। राजनीतिक रूपमा त्यो दाबी खोक्रो छ। आफ्ना केही माग सम्बोधन नगरिएका खण्डमा स्थानीय तहको दोस्रो चरणको चुनावमा भाग नलिने अडानमा रहेको मधेस केन्›ित घटकहरूको नवसंगठित दल– राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा भाग लिनका लागि ठाउँ उपलब्ध गराउने हेतुले एउटा उच्चस्तरीय समिति गठन गरी त्यसैको सिफारिसमा गरिएको त्यो निर्णय आजको राजनीतिक परिप्रेक्ष्यमा एउटा अनिवार्य आवश्यकता थियो। संविधान संशोधनका लागि दुई तिहाई पुग्ने गरी दलहरूका बीच सहमति कहिल्यै नजुटिरहेको अवस्था छ अहिले। त्यसमाथि संविधान संशोधनका माध्यमबाट आफूले चाहेका केही एजेण्डा पारित नभएसम्म चुनावी प्रक्रियामा सामेल नहुने भनी एउटा ठूलै राजनीतिक समूहले  दबाब दिइरहेको छ। यी दुई विषम स्थितिले पैदा गरेको जटिलताका बीच समय घर्किनु अगाडि नै स्थानीय, प्रादेशिक र केन्›ीय गरी तीनै तहको चुनाव सम्पन्न गर्न प्रयत्नरत छ, वर्तमान गठबन्धन सरकार। पहिलो चरणको चुनाव सम्पन्न भएको अवस्थामा दोस्रो चरणमा सहज ढंगले मुलुकलाई प्रवेश गराउने हेतुले सरकारले गरेको यो निर्णयलाई आचार संहिताको दृष्टिले मात्र हेरिनु हुँदैन। त्यसो गर्नु भनेको स्थानीय तहको आसन्न दोस्रो चरणको चुनावलाई अन्योलग्रस्त बनाउने चेष्टा मात्र साबित हुनेछ। दुर्भाग्यको कुरो, पहिलो चरणको चुनावमा शानदार सफलता हासिल गरेको देशको जिम्मेवार दल एमाले त्यही चेष्टा गरिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले होइन स्थानीय तहको दोस्रो चरणको चुनाव सकिएपछि मात्र पदत्याग गर्नु पर्छ भन्ने एमाले नेता केपी ओलीको भनाइमा कुनै पनि तुक छैन। यो विषय विशुद्ध रूपले वर्तमान सत्ता गठबन्धनका दुई मुख्य साझेदार दलका प्रमुख हरूका बीच भएको सहमतिसँग जोडिएको छ र उनीहरूबाटै यसको टुंगो लाग्नु पर्छ। पहिलो चुनाव सकिनेबित्तिकै प्रमको पद देउवालाई हस्तान्तरण गर्छु भन्ने कबुल प्रचण्डले अहिले होइन, उतिबेलै गरेका हुन्। आफ्नो कबुलमा कायम रहने प्रचण्डको इमान्दारीमा खोट पैदा गर्ने प्रयास आफूसँग कुनै सम्बन्ध नै नभएको विपक्षी दलको नेताबाट हुनु छुल्याइँबाहेक केही होइन। जहाँसम्म चुनावको मुखमा किन प्रमले पद छोड्ने भन्ने प्रश्न छ, यो पनि एउटा बेकारको कुरो हो। प्रमले पदत्याग गर्नेबित्तिकै सम्पूर्ण प्रशासन ठप्प हुने होइन, उनी तत्कालै पदमुक्त हुने पनि होइनन्। उनी कामचलाउ प्रम बन्ने छन् र देशले अर्को   प्रधानमन्त्री नपाउन्जेल सम्पूर्ण राजकाज यथास्थितिमा उनैले चलाउने छन्। उनले नै यसै महिनाको १५ गते आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) पेस गर्ने कार्यतालिकामा लगभग सबैले सहमति जनाइसकेका छन्। दाहालको राजिनामा र अर्को प्रधानमन्त्रीको नियुक्तिका बीच लगभग दुई हप्ताको समय हुने अनुमान छ। यी सब तथ्यलाई ध्यानमा राखेर विचार गर्ने हो भने केपी ओली प्रम दाहालको राजिनामा अलि पछि आओस् भन्ने किन चाहिरहेका छन् भन्ने कुरा सजिलै बु‰न सकिन्छ।

केपी शर्मा ओलीलाई कसैले सम्झाइरहनु परोइन, प्रम दाहालले पदबाट राजिनामा दिनेबित्तिकै नेपाली कांग्रेस सभापति एवं त्यसका संसदीय दलका नेता शेरबहादुर देउवा स्वतः प्रधानमन्त्री हुने होइनन्। उनले प्रम हुन संसद्को बहुमत सदस्य आफूसँग भएको प्रमाणित गर्नुपर्ने हुन्छ, जुन उनको दल नेकासँग मात्र छैन। उनले कि त वर्तमान गठबन्धनलाई आफ्नो नेतृत्वअन्तर्गत ल्याएर निरन्तरता दिई आफ्नो पक्षमा बहुमत साबित गर्नुपर्ने हुन्छ कि भने नयाँ बहुमतको गठबन्धन बनाउन सक्नुपर्छ। प्रमले राजिनामा दिएको अवस्थामा संसद्मा आफ्नो बहुमत            प्रमाणित गरी प्रधानमन्त्री बन्ने अवसर देउवालाई मात्रै प्राप्त हुने पनि होइन। अहिले मौजूद ५९६ जना सांसद सबैलाई समान रूपले प्राप्त हुनेछ, सत्तारोहणको त्यो सुनौलो अवसर। संसद्को दोस्रो ठूलो दल नेकपा एमालेका नेतालाई त त्यो अवसरले अलि जोडै गरेर बोलाउनेछ भन्ने अनुमान गर्न सकिन्छ। उनले यसअघि एक पटक त्यस्तो अवसर छोपिसकेका पनि हुन्। त्यसैले ओलीका लागि दाहालले कहिले राजिनामा दिनु राम्रो हुन्छ भन्ने नमागेको सल्लाह दिएर रातो मुख पार्नु भन्दा राजिनामा आएपछिको संसदीय व्यवहार गणितलाई आफ्नो अनुकूल पार्ने विषयमा ध्यान केन्›ित गर्नु शोभनीय हुनेछ।

शेखर कोइराला लगायत नेपाली कांग्रेसका नेताहरू जसले प्रम दाहालको राजिनामा अहिले नै नआओस् भन्ने चाहिरहेका छन् भन्ने समाचार सर्वजनिक भएको छ, तिनले साँच्चिकै त्यस्तो चाहेको हो भने मेचीदेखि महाकाली र मुस्ताङदेखि सुस्तासम्मका पार्टी कार्यकर्ताहरूलाई दाहालको राजिनामा ढिलो आउँदा वा आउँदै नआउँदा नेपाली कांग्रेसलाई के–कति फाइदा हुन्छ, त्यसको विश्वसनीय खुलासा गरेर आश्वस्त पार्न सक्नु पर्छ। नत्र भने कोइरालाहरूको त्यो धारणामा धेरैले सभापति देउवाप्रतिको उनीहरूको व्यैयक्तिक सद्भावहीनता देख्ने छन्। एक थरिले सामाजिक सञ्जालमार्फत देउवाले वरिष्ठ नेता रामचन्› पौडेलका हकमा प्रम पद छोड्नुपर्ने जिकिर पनि गरेका छन्। ती लालबुझक्कडहरूलाई कसले सम्झाइदेओस्– पार्टी सभापति र संसदीय दलको नेता चुनिएदेखि अहिलेसम्मको घटनाक्रमले देउवालाई प्रमको पद अर्कालाई सुम्पिएर भाग्ने अनुमति दिँदैन। दाहालले नयाँ प्रमको चयनका लागि मार्गप्रशस्त गर्ने भनेको पनि देउवाका लागि हो अरू कसैका लागि होइन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस