लोकतन्त्रको सुरक्षा
१३ वैशाख २०६७
•
१० मिनेट पाठ
लोकतन्त्रको सुरक्षा
नेपालमा लोकतन्त्र स्थापना भएको चार वर्ष पूरा भएको छ। यसबीचमा हुनुपर्ने महत्वपूर्ण काम पनि भएका छन् भने कतिपय नहुनुपर्ने काम पनि भए।
चार वर्षमा भएका कामबाट निराश हुनुपर्ने अवस्था छैन। संविधानसभाको निर्वाचन भएको छ र २ सय ४० वर्ष पुरानो शाही राजतन्त्रलाई शान्तिपूर्वक समाप्त गरिएको छ।
जोखिमपूर्ण काम पनि सजिलै भएकाले जनतामा अरू काम पनि त्यसरी नै होऊन भन्ने अपेक्षा बढेको छ। तर, निर्धारित समयसीमा घर्किंदै गर्दा पनि संविधान निर्माण हुने छाँट नदेख्दा नागरिकमा निराशा बढेको छ। यही निराशाको पोखरीमा पौडिँदै दक्षिणपन्थी र उग्रवामपन्थी दुवै तत्वले वैतरणी तर्ने सपना देखेका छन्। दक्षिणपन्थी कोणबाट 'राजतन्त्र समाप्त भयो भन्नु काल्पनिक कुरा हो' भन्ने अभिव्यक्ति आउनु र उग्रवामपन्थी कोणबाट 'जेठ १४ भित्र संविधान बनेन भने सडकबाटै जनसंविधान घोषणा गरिन्छ' भन्नु २०६२/६२ को जनआन्दोलनमा बगेको सहिदहरुको रगतको अपमान हो। साथै यो लोकतन्त्रमाथिको आसन्न खतराको पूर्वसूचना पनि हो।




अहिले दक्षिणपन्थी सुषुप्त अवस्थामा छन्। तर, भिडन्तमा आउने आ'ट नभए पनि उनीहरू समाप्तै भने भइसकेका छैनन्। तिनले हिन्दू धर्मको वैशाखी टेकेर हुन्छ वा राष्ट्रवादको रामनामी ओढेर हुन्छ बिउँझने प्रयास छाडेका छैनन्। राजतन्त्र समाप्त भएपछि मौन रह'दै आएका ज्ञानेन्द्रको अभिव्यक्ति, कालीबाबाका नाममा भएको जमघट, भारतीय हिन्दू अतिवादीको उक्साहट र उग्रवामपन्थीका अस्वाभाविक गतिविधिका कारण तिनको मरेको आशा जाग्न थालेको छ। तर, अहिले लोकतन्त्रलाई दक्षिणपन्थीभन्दा बढी खतरा उग्रवामपन्थीबाट छ।

गाउ'गाउ'मा चलिरहेका खुकुरी तालिम, अराजकता र आतंकबाट जनजीवन त्रसित र भयभीत बनेको छ। माओवादीलाई शान्तिपूर्ण विरोध प्रदर्शन गर्न कसैको रोकेको छैन र रोक्न मिल्दैन। तर, किर्गिस्तान विद्रोहबाट उत्साहित भएर र बैंककका प्रदर्शनकारीले बा'सका भाला बोकेर सरकारविरुद्ध उत्रिएको नक्कल गर्दै माओवादीले गरिरहेको तयारी भने शान्तिपूर्ण नहुने संभावना बलियो छ। किनभने, अहिले पनि माओवादीले रुकुम, सुर्खेत, नवलपरासी, हुम्ला, धादिङलगायतका जिल्लामा एमाले-कांग्रेसका कार्यकर्तामाथि सांघातिक आक्रमण गरिरहेको छ। विद्यालयअरू जबर्जस्ती रुपमा बन्द गरिएको छ। उद्योगी-व्यवसायीस'ग अङ्क तोकेर 'स्वेच्छिक' चन्दा मागिएको छ। राजधानीका होटलहरू जबर्जस्ती 'बु्किङ' गरिएको छ। यी सबै घटनाक्रमबाट के देखिन्छ भने माओवादी योजनाबद्धरूपमै सत्ताकब्जा गर्ने अभियानमा लागेको छ। नवस्थापित संस्थाहरूले जरा नगाडेको, संक्रमणकालका कारण राज्यका अंग कमजोर भएको र अरू दलमा प्रतिरोधी क्षमतामा ह्रास आइरहेको मौकामा माओवादीले आफ्नो अधिनायकवाद लाद्ने योजना कार्यान्वयन गर्न खोजिरहेको छ।

दक्षिणपन्थीले २०४७ सालको संविधान ब्यु'ताउने सपना देख्नु उग्रवामपन्थीले सडकबाट कथित जनसंविधान घोषणा गर्ने चुनौती दिनु दुवै लोकतन्त्रमाथिका आक्रमण हुन्। माओवादी जतिजति असहिष्णु बन्दैछ र सत्ताका लागि आतुर हु'दैछ, त्यतित्यति दक्षिणपन्थीको मनोबल बढिरहेको छ र लोकतन्त्र कमजोर भइरहेको छ। खेलमा सहभागी भइसकेपछि आफूले जितेमात्रै स्वीकार्छु भन्न मिल्दैन। तर, माओवादीले त्यही गरिरहेको छ र आफूले आ'खा चिम्लेर केही नदेखेपछि अरुले पनि केही देखिरहेका छैनन् भन्ने भ्रम पालिरहेको छ। माओवादी यस भ्रमबाट मुक्त नभएसम्म सहमतिको यात्रा अघि बढ्न सक्दैन।

माओवादीका अगाडि आत्मसमर्पण गरेर सहमति हुन सक्तैन। सहमतिको अर्थ सबैलाई मान्य हुने साझा निष्कर्षमा पुग्नु हो। तर, माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिएसम्म संविधान सभाको म्याद थप्न नदिने सर्त अघि सारेको छ। यसबाट स्वाभाविक प्रश्न खडा हुन्छ- त्यसो भए माओवादीलाई नया' संविधान चाहिएको छ कि छैन? छ भने संविधान सभा नै नरहेपछि संविधान कसले बनाउ'छ? यसबाट के देखिन्छ भने यो सडकबाट संविधान जारी गरेर आफ्नो सर्वसत्तावाद लाद्ने माओवादीको चालबाजीको शृंखला हो। जताततै अस्तव्यस्तता, अराजकता, अन्योल र आतंक सिर्जना गरेर त्यसैका आधारमा माओवादी सत्ताकब्जा गर्न चाहन्छ भन्ने कुराको सबभन्दा बलियो प्रमाणका रूपमा यसलाई लिन सकिन्छ।

माओवादीले सडकमा जति अराजकता मच्चाउ'छ, उसले सरकारको नेतृत्व गर्न पाउने अवसर त्यति नै टाढा हु'दै जान्छ। हिजो सिलिगुडी, लखनउ र दिल्ली धाउ'दै आफूलाई शान्ति प्रक्रियामा ल्याउने माधवकुमार नेपाललाई कुनै हालतमा स्वीकार्न नसक्ने हो भने त्यसमा पनि प्रधानमन्त्रीले विकल्प दिनुभएको छ- 'मुख्य तीन दल एकसाथ बसेर एउटै साझा निष्कर्ष निकालून्, म बाधक बन्दिन।' पदमा बसिरहेको एउटा राजनीतिकर्मीले यसभन्दा बढी लचकता के देखाउन सक्छ? तर, माओवादीले यसलाई पनि कमजोरी ठानिरहेको छ। तर, याद रहोस्- माओवादीको सत्ताकब्जाको रणनीतिलाई कार्यान्वयन गर्नमा सघाउ पुर्‍याउने मूर्खता कसैले गर्न सक्दैन।

विगतमा एमाले-कांग्रेसले नै पुल्पुल्याएका कारण माओवादीले अहिले उनीहरूकै टाउकामाथि टेक्न खोजिरहेको छ। माओवादीले लिएका गलत अडानलाई अस्वीकार गर्दै विगतदेखि नै उसलाई सही बाटोमा ल्याउने प्रयास गरेको भए अहिलेसम्म ऊ धेरै सुधि्रइसक्ने थियो। उदाहरणका रूपमा संवैधानिक निकायका नियुक्तिलाई लिन सकिन्छ। पुष्पकमल दाहाललाई कुर्दाकुर्दा माधवकुमार नेपालले ११ महिनासम्म संवैधानिक निकायका नियुक्ति गर्नुभएन। तर, अति भएपछि १२ औ' पटकको बैठकबाट संवैधानिक निकायमा नियुक्ति गरिएको छ। आखिर गर्दा त हु'दोरहेछ! माओवादीबिना पात पनि हल्लिन सक्दैन भन्ने भ्रमलाई खण्डित गर्न यस्ता काम हिम्मतका साथ गर्दै जाने हो भने माओवादी ठीक ठाउ'मा नआई सुखै छैन।
माओवादी नेतृत्वमा एकातिर सत्ताको चरम लालसा छ भने अर्कातिर उग्रवादबाट ग्रस्त कार्यकर्ताको दवाव छ। नेतृत्वलाई वैधानिक वा अवैधानिक, जसरी पनि सत्तामा जानुछ भने कार्यकर्तालाई जसरी पनि 'क्रान्ति' गर्नुछ। यही अन्तरविरोधको जुधाइमा लोकतन्त्र र लोकतान्त्रिक प्रणाली परेको छ। यस्तो बेलामा लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउने र माओवादी उग्रवादलाई बलियो बनाउने कार्यले वर्तमान सरकारलाई होइन, प्रकारान्तरले राज्यलाई कमजोर बनाउ'छ। यस कार्यमा माओवादी वा त्यसैका पछाडि आ'खा चिम्लेर कुद्ने वामदेव गौतमहरू लाग्नु अस्वभाविक होइन। तर, एमाले र कांग्रेसले संविधान सभा निर्वाचनको पाठ नसम्झेर अझै मौन रहनु चाहि' अस्वभाविक हो। सचेत होऔ'- लोकतन्त्रलाई समाप्त पार्ने र अधिनायकवादलाई स्थापित गर्ने कार्यमा सहयोगी बनेको कलंकको टीका नलागोस्।
अर्को समाचार
शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त हो: गृहमन्त्री लेखक
०२ पौष २०८१
•
२ मिनेट पाठ
शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त हो: गृहमन्त्री लेखक
 गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताएका छन्।




मंगलबार रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘लोकतन्त्रको पहिलो सर्त शान्ति सुरक्षा हो। हामीले शान्ति सुरक्षा दिन सक्यौं भने नागरिकले निर्बाध रूपमा आफ्ना मौलिक हकको उपयोग गर्नुहुन्छ। संघीय लोकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा, सुशासन र विकासको ग्यारेन्टी हुन्छ ’, गृहमन्त्री लेखकले भने। लुम्बिनी प्रदेशको विशेष महत्त्व रहेको उनको भनाइ छ।

‘हाम्रो धार्मिक र सांस्कृतिक मात्र होइन विश्व शान्तिको जोति छर्ने ठाँउ हो’ उनले भने। गोष्ठीहरू औपचारिकतामा सीमित हुने गरेको भन्दै गोष्ठी उपलब्धिमुलक र प्रभावकारी हुनुपर्ने गृहमन्त्री लेखकले बताए।

यस्तै वर्तमानमा संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानको सुरक्षा, संविधानले प्रदान गरेको नागरिकका हकअधिकार र संविधानको कार्यान्वयन हाम्रो जिम्मेवारी भएको उनले बताए।

‘हाम्रो संविधानमा नागरिकका ३२ वटा मौलिक हक छन्। त्यसको प्रत्याभूत गराउने काम हाम्रो हो। यसका लागि शान्ति सुरक्षाको कुरा आउँछ’ गृहमन्त्री लेखकले भने।

लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको भन्दै गृहमन्त्री लेखकले सीमानामा हुने तस्करी तुरुन्त रोक्नु निर्देशन दिए।

‘सीमापार अपराधको नियन्त्रण हुनुपर्यो। यो परिणाम देखिने गरी काम हुनुपर्छ’, उनले भने, ‘लागू औषधको नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्युनीकरण गर्नु होला।’

साइवर अपराध र वित्तीय अवरुद्ध बढेको भन्दै नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति हुनुपर्ने गृहमन्त्री लेखकले बताए। यस्तै फरक प्रसंगमा कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनेको भन्दै यो समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेको बताए।

‘सरकार बन्नेबित्तिकै सरकार ढल्छ भन्ने र मन्त्री बन्नेबित्तिकै मन्त्री हट्छन भन्ने हल्ला चलाइन्छ। यो समीकरण ८४ सालसम्मै जान्छ, ’ उनले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस