दुई साताअगाडि ( २०६६ चैत १८) गते यसै स्तंभमा 'कोइरालालाई यसरी हेर्दा' शीर्षकको लेख प्रकाशित भएपछि व्यापक प्रतिक्रिया जनाइए। ती मूलतः तीन प्रकारका थिए - पहिलो, लेखमा कोइरालाबारे जे मूल्यांकन गरियो, त्यो शतप्रतिशत ठीक थियो र वास्तविकता त्यही हो; दोस्रो, लेख पूर्वाग्रही थियो र त्यसमा कोइरालाको व्यक्तित्वको अवमूल्यन गरियो; तेस्रो, कोइरालाको निधन भएको तीन साता पनि नबित्दै त्यति चर्को आलोचनात्मक लेख लेख्नु साह्रै छुच्चो काम भयो।
लोकतन्त्रको आधार नै सहमति र विमति भएकोले सबै प्रतिक्रियाहरुलाई अत्यन्त स्वभाविक मान्नु पर्छ। तर छुच्चोपनाबारेको तेस्रो प्रतिक्रिया भने पत्रकारिताको अभ्याससँग पनि प्रत्यक्षरूपमा गाँसिएको अत्यन्त महत्वपूर्ण पक्ष भएकोले त्यसबारे थप चर्चा गर्नु उपयुक्त हुनेछ।
केही समयअघि देशका एकजना उच्च अधिकारीसँग कुराकानी हुँदा प्रसंगवश एउटा प्रमुख दैनिक पत्रिकाका सम्पादकको प्रसंग निस्कियो। ती अधिकारीले भने, 'हेर्नोस्न, केही महिनाअगाडि मेरो घरमा परिवारसँग बसेर, भात खुवाएर, कस्तो राम्रो गफ गरेर पठाएको मान्छे, अहिले त मेरै विरुद्धमा लेखिदिएछ!' त्यतिबेला त उनीसँग थप कुरा हुन पाएन, किनभने काम सकिएर छुट्टिने बेलामा उनले सो टिप्पणी गरेका थिए। पछि उनीसँग भेट हुँदा, कुरैकुरामा उनले उनका दृष्टिमा हाम्रो बढ्दो मित्रताका बारेमा केही टिप्पणी गरे। मलाई उनले पहिलो भेटमा सम्पादक मित्रका बारे गरेको टिप्पणी पटक्कै चित्त बुझेको थिएन।
त्यसैले प्रतिउत्तरमा ती अधिकारीलाई मैले हाँसीहाँसी भनेँ, 'हेर्नोस्, पेसागत दृष्टिकोणबाट पत्रकार कसैको पनि मित्र हुनै सत्तै्कन। हाम्रो बीचमा अहिले जति गफगाफ भएको भए पनि मलाई नजिकको मित्र कहिले नसम्झिनु होला। किनभने आउँदा दिनमा मैले तपाईंकै बारेमा आलोचनात्मक विचार व्यक्त गर्न नपर्ला भन्न सकिँदैन।'
पत्रकारीताको धर्म इमान्दारीपूर्वक पालना गर्न प्रयास गर्ने हो भने, यो जत्तिको छुचो पेसा संभवतः अरू कुनै छैन होला। आफूले साह्रै श्रद्धा गरेको र आफूले धेरै निकट सम्झिएको व्यक्तिका बारेमा पनि आलोचना गर्नैपर्ने। आफ्नो ब्रम्हले गल्ती हो भनेर देख्दादेख्दै, 'ओहो..., मैले यस्तो श्रद्धा गर्ने, यति नजिकको, घरमा सँंगै डिनर खाएको, मलाई नै सहयोग गरेको मान्छेको बारेमा यस्तो टिप्पणी कसरी गर्नु?' भनेर सोच्ने हो भने, त्यो पेसागत इमानदारी हुँदैन। पेसागत जीवनमा अनुग्रहित मानसिकताबाट बाहिर निस्कन नसक्ने व्यक्ति पत्रकारै नबन्नु बेस।
धेरै वर्षअगाडि, व्यापारी बनेका एकजना पूर्व वरिष्ठ प्रशासकसँग अन्तरवार्ता लिनुपर्ने भयो। अन्तरवार्ताअगाडि कार्यालयमा गफ हुँदैजाँदा उनले आफू मेरा पिताका नजिकका मित्र रहेको जानकारी दिए। त्यसपछि मेरा पिताकै उमेरका उनले मलाई नेपाली शैलीमा छोराजस्तै व्यवहार गर्न थाले। मैले पनि उनलाई श्रद्धापूर्ण व्यवहार गरेँ। केही बेरपछि हामी अन्तरवार्ताका लागि स्टुडियोमा पस्यौं। पत्रकारिताको काम सुरु गरेपछि पत्रकारले सम्पूर्ण व्यक्तिगत सम्बन्धलाई बिर्सनुपर्ने हुन्छ।
मैले पनि त्यसै गरेँ र उनलाई सोधिनै पर्ने तर बाँगो सुनिने प्रश्नको वर्षा गर्न थालेँ। सञ्चार माध्यमको नियमित सामना गरिरहनु पर्ने व्यक्ति भैदिएको भए त उनलाई केही गाह्रो हुँदैनथियो होला तर त्यसो नभएका कारण नर्भस भएर उनका गोरा गाला गुलाबी भए। आफ्नो निकट मित्रका छोराबाट उनले त्यस्ता टेडा प्रश्नको अपेक्षा गरेका थिएनन् होला। तर म अन्तरवार्ताको क्रममा उनको मित्रका छोरा थिइन, पत्रकार मात्र थिएँ।
अर्को एउटा घटना मैले श्रद्धा गर्ने व्यापारी तथा देशमा भएका कतिपय राम्रा कामका प्रणेतासँग सम्बन्धित छ। मैले उनको घरमा उनीसँगै बसेर राम्रा र रमाइला कुरा गर्दै भात खाएको छु। त्यसको केही समयपछि एउटा यस्तो प्रसंग आयो जहाँ मैले उनको सार्वजनिक जीवनको एउटा पाटोको आलोचना गर्नुपर्यो। त्यो आलोचना प्रकाशितमात्र के भएको थियो उनी बारुद झैं पड्किए। मैले उनको व्यक्तित्वको एउटा सानो पाटोको मात्र आलोचना गरेको थिएँ तर उनले त्यसलाई यति व्यक्तिगतरूपमा लिइदिए कि मानौं त्यो उनको सिँगो व्यक्तित्वकै आलोचना थियो। त्यसभन्दा पनि बढी उनलाई, 'मैले यति स्नेह र श्रद्धा गर्ने, घरमै बोलाएर भात खुवाएको मान्छेले मेरो बारेमा यस्तो नराम्रो लेखिदियो' भन्ने परेछ। वास्तविकता के हो भने, पत्रकार अन्य क्षणमा अरू जस्तै सामान्य मानिस भए पनि पत्रकारितामूलक लेखनका लागि बसेका बेला ऊ सामान्य मानिस रहँदैन। त्यतिबेला उसले आफूलाई स्वाभाविक मानवीय सम्बन्ध र भावनाबाट पर राख्नुपर्न हुन्छ।
त्यसैको परिणमा हो, 'कोइरालालाई यसरी हेर्दा' शीर्षकको लेख। मानवीय संवेदनामा पत्रकार बहकिन थाले भने, ती वस्तुपरक हुन सक्दैनन्। बस्तुपरकता पत्रकारिताको मेरूदण्ड हो। बस्तुपरक हुन चाहँदाचाहँदै मूल्यांकन नै गलत हुनु एउटा कुरा हो, तर भावनामा बहकिनु अर्कै हो। त्यसैले देशका कतिपय वरिष्टतम पत्रकारले व्यक्तिगतरूपमा मात्र होइन समाचार र अन्य पत्रकारितामूलक लेखनमै कोइरालाको निधनबारे आँखा चिम्लिएर उनको गाथा गाउँदा, त्यसलाई मैले पत्रकारिताको दृष्टिकोणबाट अस्वाभाविक सम्झिएको हुँ। त्यसैगरी दुई वर्षअघि संविधानसभाको निर्वाचन सम्पन्न भएको दिन कतिपय वरिष्टतम पत्रकारले व्यक्तिगतरूपमा मात्र होइन समाचार र अन्य पत्रकारितामूलक लेखनमैं हर्षबढाईँ गरे।
पत्रकारिताको कोणबाट त्यो पनि अत्यन्त अस्वाभाविक चरित्र थियो। पत्रकारिता भूमध्यरेखा हो र त्यसमा उभिएर पत्रकारले पूर्व र पश्चिम, अँध्यारो र उज्यालोलाई समदूरीबाट नियाल्ने प्रयास गर्छ। पत्रकारले सधैं प्रश्न गर्छ किनभने उसको पेसा इमानदारीपूर्ण आशंकामा आधारित हुन्छ। 'सबैले त्यसै भने त्यसैले सत्य त्यही हुनुपर्छ' भन्नेेमा पत्रकारले कहिले विश्वास गर्दैन। उसले तथ्य खोतल्नु पर्छ। केही समयअघि दांगको राजपुर गाविसमा भारतीय पक्षबाट सीमा मिचियो र नेपाली महिलामाथि दुर्व्यवहार गरी कयौं घरपरिवारलाई विस्थापित गरियो भन्ने खबर आयो। भारतीय पक्षबाट धेरै ठाउँहरूमा सीमा मिचिएको हुनाले दांगको समाचार पनि साँचो हुन सक्थ्यो।
तर माओवादीले भारतविरोधी आन्दोलन चलाइरहेका बेला त्यो उनीहरूले भारतप्रति नकारात्मक धारणा फैलाउन सीमावर्ति क्षेत्रमा सुनियोजितरूपमा चलाएको अभियान पनि हुनसक्थ्यो। तर भारतविरोधी नेपाली राष्ट्रवादको भावनामा अधिकांश पत्रकार पनि बहकिए र सारा भनेजसो समाचार लेखन, टिप्पणी तथा अन्तरर्वार्ता भारतीयहरूले राजपुरमा सीमा मिचेकै हुन् र नेपालीलाई विस्थापित गराएकै हुन् भन्ने ढंगबाट प्रवाहित गरियो। पछि त्यहाँ वास्तविक आरोपभन्दा माओवादी राजनीति बढी भएको प्रष्ट भयो।
पत्रकारले अत्यन्त संवेदनशील राष्ट्रवादको भावनादेखि नितान्त व्यक्तिगत विश्वास सबैमाथि निरन्तर प्रश्न गर्नुपर्छ। कहिलेकाहीँ जानीबुझीकन व्यक्ति या विषयको एउटा पाटोका बारेमात्र चर्चा गरिन्छ जसमा पत्रकारिताको निष्पक्षता र वस्तुनिष्ठाका मापदण्डको पालना गरिएको हुँदैन। उदाहरणका लागि मैले अचेल कतिपय व्यापारी र अन्य व्यक्तिका मानवीय र कल्याणकारी पाटोका बारेमा लेख्ने गरेको छु।
ती लेखमा तिनको व्यक्तित्वका अन्य पक्षबारे चर्चा गरिएको हुँदैन। तर भोलि मैले तिनको समग्र व्यक्तित्वको मूल्यांकन गर्नुपर्ने स्थिति आयो भने, उनीहरूको जीवनको सार्वजनिक महत्व राख्ने सबै पक्षको मूल्यांकन गर्नुपर्ने हुन्छ। त्यतिबेला म भावनामा बहकिएँ भने, त्यो मेरो पेसाप्रति अन्याय हुन जान्छ। विभिन्न व्यक्तिका मानवीय र कल्याणकारी पाटोका बारेमा मैले या अन्य कयौं पत्रकारले लेख्ने लेख समाजमा हुने राम्रा कामलाई पत्रकारिताले प्रोत्साहित गर्नुपर्छ भन्ने 'सकारात्मक पत्रकारिता' को मान्यताबाट प्रेरित भएका हुन्छन् भने 'कोइरालालाई यसरी हेर्दा' जस्ता लेखहरू चाहिँ समाजमा दूरगामी महत्व राख्ने घटनालाई बस्तुपरक ढंगबाट हेर्नुपर्छ भन्ने 'वस्तुपरक पत्रकारिता' को अवधारणमा आधारित हुन्छन्।
पत्रकारले 'व्यक्ति' र 'पेसा'लाई छुट्ट्याउनैपर्ने हुन्छ। व्यक्तिका रूपमा पत्रकारका पनि राजनीतिक, सामाजिक, धार्मिक या अन्य प्रकृतिका आस्था र विश्वास हुनछन् र तिनलाई निषेध गर्न सकिँदैन। तर त्यस्ता आस्था र विश्वासको झोलालाई पत्रकारका रूपमा कार्यकक्षको ढोका बाहिरै छोड्नुपर्छ। आफ्नो काम सकिएपछि त्यो झोला फेरि बोक्न ऊ स्वतन्त्र हुन्छ। पत्रकारले 'व्यक्ति' बनेर आफ्ना आस्था र विश्वासलाई प्रवर्धन गर्न अरू टिप्पणीकारले जस्तै विविध लेख लेख्न पनि सक्छ। संसारभर कयौं प्रसिद्ध पत्रकारले त्यसो गर्छन् पनि।
तर ती आस्था र विश्वास के हुन्, ती कति विवादास्पद प्रकृतिका छन्, तिनलाई प्रवर्धन गर्न कस्ता लेख लेख्ने र ती लेखबाट पत्रकारका रूपमा आफ्नो विश्वसनीयतामा आँच पुगेको छ कि छैन भनेर मूल्यांकन गर्ने जिम्मा चाहिँ लेखक स्वयंको हो। व्यक्ति बनेर आफूले चाहेको काम गर्दाको खतरा मोल्न र परिणाम भोग्न ऊ तयार हुनुपर्छ। यसरी, एकजना सामान्य 'व्यक्ति' र एकजना 'पत्रकार'का रूपमा दुईवटा व्यक्तित्वलाई निरन्तर सन्तुलनमा राख्नुपर्ने जटिल अवस्थाबाट पत्रकारले सधैँ गुजि्ररहनु परेको हुन्छ। त्यसैको परिणामस्वरूप, वरिपरिका सबै रुँदा पत्रकार रुन सक्तैन र वरिपरिका सबै हाँस्दा पत्रकार हाँस्न सक्दैन। कारण, स्वाभाविक मानवीय अपेक्षाअनुरूप ऊ चल्न सक्तैन।
त्यसैले पत्रकार बारम्बार छुचो देखिन्छ। तैपनि यो छुचो पेसा अंगालेकोमा यस स्तंभकारलाई खेद छैन। बरू भविष्यमा पत्रकार बन्न चाहने विद्यार्थीलाई सल्लाह छ - इमान्दारीपूर्वक छुचो बन्ने आँट छैन भने पत्रकारितालाई पेसाका रूपमा नअंगालेकै बेस।