एकीकृत नेकपा (माओवादीं) ले सत्ताकब्जाको आफ्नो कार्यनीतिक कार्यक्रमको कार्यान्वयन प्रक्रिया सुरु गरेको छ। अरू पार्टीभित्र सँुड घुसाएर, सांसदहरूबीच चलखेल गरेर र लोभ देखाएर सरकार बनाउने योजना सफल नहुने भएपछि ऊ आफ्नो दस्तावेजमा सुरक्षित 'जनविद्रोह' लाई सडकबाट कार्यान्वयन गर्ने निष्कर्षमा पुगेको छ।
अविश्वास प्रस्तावको बैशाखी टेकेर सत्तामा पुग्ने पुष्पकमल दाहालको योजना पार्टीभित्रै अस्वीकृत भएपछि उनले कोल्टे फेरेको देखिन्छ। हतारमा सत्ता छोडेर फुर्सतमा पछुताइरहेको माओवादी नेतृत्वको पहिलो कार्यसूचीमा संविधान निर्माण हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुने छैन। किनभने, सर्वसत्तावाद र अधिनायकवाद लोकतान्त्रिक संविधानमा रमाउँदैन, बन्दुकमा रमाउँछ, आफू अनुकूलको संविधानमा रमाउँछ। उसले कहिल्यै पनि वैधानिक प्रक्रिया, प्रणाली र परम्परा आत्मसात् गर्दैन। एउटा निश्चित व्यक्ति र उसैको वरिपरिको झुन्डबाट निर्णय गराएर 'जनता' का नाममा शासन चलाउनु अधिनायकवादको साझा चरित्र हो।
अविश्वास प्रस्तावबाट सरकारमा जान खोज्दा पनि माओवादीको स्पष्ट उद्देश्य थियो - सत्ता कब्जा गर्नु। माओवादीले आफ्नै नेतृत्वमा सरकार गठन भएपछि मात्रै संविधानसभाको म्याद थप्ने सर्त अघि सारेको छ। तर, उसको नेतृत्वमा सरकार गठन भएपछि संविधानसभाको म्याद थपिन्छ भन्ने ग्यारेन्टी के छ? संविधान संशोधनका लागि मन्त्रिपरिषद्ले निर्णय गरेर संसद्मा विधेयक लैजानुपर्छ। माओवादी नेतृत्वको सरकारले त्यसो गर्छ भन्ने आधार के छ? उसले संविधान संशोधनको प्रस्ताव अघि बढाएन वा संविधान संशोधनप्रति सहमत भएन भने संशोधन हुन सक्दैन। त्यस्तो बेलामा संसद् समाप्त हुन्छ। तर, सरकार रहिरहन्छ। त्यसपछि सहयात्रीलाई सरकारबाट निकालेर एक्लै चाहेको अवधिसम्म सरकार चलाउनबाट उसलाई कसैले रोक्न सत्तै्कन। त्यस्तो अवस्थामा माओवादीलाई सिंहदरबारबाट कसले निकाल्न सक्छ? के आधारमा उसलाई सरकारबाट हटाउन सकिन्छ? कुनै हालतमा सकिँदैन। त्यसपछि माओवादी नेताले भनेझैँ २०-४० वर्ष सजिलै शासन चलाउन सकिन्छ। गाउँमा आतंकको दुन्दुभी, सडकमा उद्दण्ड कार्यकर्ता, शिविरमा लडाकु र बन्दुक अनि सिंहदरबारमा वैधानिक सत्ता! माओवादीलाई यसबाहेक के नै चाहियो र?
अन्तर्यमा यही कुरा बोकेर माओवादीले दोस्रो पटक अविश्वास प्रस्तावको तयारी गरेको थियो। तर, आवश्यक संख्याको अभाव र पार्टीभित्रकै अन्तर्द्वन्द्वका कारण दाहाल त्यसबाट पछि हट्न बाध्य देखिएका छन्। माओवादीलाई लोकतान्त्रिक धारमा ल्याउन प्रयासरत बाबुराम भट्टराईले त्यस प्रयासलाई खुलेआम 'मूर्खता' को संज्ञा दिएपछि माओवादी 'एउटा बहुमतको सरकार ढलाएर अर्को बहुमतको सरकार नबनाउने' निष्कर्षमा पुगेको हो। तर, काठमाडौँको राजनीतिक वृत्तलाई राम्ररी थाहा छ- अविश्वासको प्रस्तावमा आवश्यक संख्या पुर्याउनका लागि दाहाल समूहले कति धेरै बैठक आयोजना गर्यो, कति धेरै 'प्रभु' हरूको ढोका चाहर्यो र कति धेरै शुभेच्छुकको सहयोग लियो? बहुमतबाट सरकार बनाउँदैनौ भन्ने माओवादी घोषणा खान नपाएपछि अंगुर अमिलो भएजस्तै हो। विगतमा आफूले बहुमतबाट सरकार बनाउँदा राष्ट्रिय सहमति नचाहिने अनि अहिले आएर राष्ट्रिय सहमतिको रट लगाउने माओवादीको नियत हात्तीको देखाउने दाँतमात्रै हो।
माओवादीभित्रको आन्तरिक समीकरण हेर्दा पनि सरकारमा जानैपर्ने उसको अडानको वास्तविक अर्थ बुझ्न सकिन्छ। खरिपाटी भेलामा औपचारिकरूपमै जनविद्रोहको राजनीतिक लाइन पेस गर्ने मोहन वैद्य समूहले अहिले जेठ १४ अघि नै वर्तमान सरकार विघटन हुनुपर्ने र जसरी पनि सरकारको नेतृत्व गर्नैपर्ने अडान लिइरहेको छ। लोकतान्त्रिक धार बोक्ने बाबुराम भट्टराई समूहले माओवादीले नेतृत्व गरे पनि सहमति नबनी संविधान नबन्ने भएका कारण सरकारमा होइन, शान्ति र संविधानमा जोड दिनुपर्छ भनिरहेको छ। जनविद्रोहको लाइन बोक्नेहरू सरकारमा जसरी पनि जान खोज्नुले उनीहरू सरकारमा गएपछि के गर्न चाहन्छन् भन्ने स्पष्ट हुन्छ। माथि उल्लेख गरिएझैँ संविधान सभाको म्याद नथप्ने र टिकाउन सके जतिको अवधि सरकार चलाउने योजनाको कडीका रूपमा जेठ १४ अघि आफ्नो नेतृत्वमा सरकार बन्नैपर्ने पूर्वसर्तमा माओवादी अडिन पुगेको हो भन्ने बुझ्न कठिन छैन।
माओवादीले विगत एक वर्षदेखि आन्दोलनका नाममा अनेक वितण्डा मच्चाउँदै आएको छ। सरकारलाई कुनै काम गर्न नदिने, कर्मचारी प्रशासनलाई अल्मल्याउने, अन्तर्राष्ट्रिय समुदायलाई दिग्भ्रमित पार्ने र दलहरूबीच अविश्वास सिर्जना गर्न निरन्तर खेल्ने माओवादी प्रयास निरर्थक साबित भइसकेका छन्। एकातिर माओवादीले 'राष्ट्रिय स्वाधीनता' का लागि आन्दोलन गरिरहेको छ भने अर्कातिर उसका नेता पुष्पकमल दाहालले 'यो आन्दोलन भारतविरुद्ध होइन' भनेर बारम्बार सार्वजनिक स्पष्टीकरण दिइरहेका छन्। त्यसो भए नेपालको राष्ट्रियतामाथि खतरा कोबाट छ त? चीन, पाकिस्तान वा भुटानबाट? कसैबाट छैन भने माओवादीले राष्ट्रियताका लागि तथाकथित आन्दोलनको नाटक किन मञ्चन गरिरहेको छ? उसले कहिल्यै पनि यस प्रश्नको जवाफ दिन आवश्यक ठानेको छैन र कथित नागरिक सर्वोच्चताका लागि माओवादीका पछि कुदिरहेका 'बुद्धिजीवी' ले पनि यस प्रश्नको जवाफ माग्ने हिम्मत गर्न सकिरहेका छैनन्।
माओवादीका गतिवधि हेर्दा लाग्छ- उसलाई शान्ति होइन, युद्ध चाहिएको छ, मेलमिलाप होइन, द्वन्द्व चाहिएको छ, संविधान होइन, सत्ता चाहिएको छ। पटक-पटक 'धक्का दिन व्यापक आन्दोलन' को आह्वान गरेर कार्यकर्ता मात्रैको उपस्थितिका कारण आफैँ धक्का खाएको माओवादीले यसपटक अर्को 'निर्णायक' आन्दोलन गर्ने घोषणा गरेको छ। यो आन्दोलन सरकारविरुद्ध मात्र होइन, जारी शान्ति प्रक्रियाविरुद्ध पनि हो। किनभने, यस्तो आन्दोलनले कुनै पनि बेला शान्ति प्रक्रियाको डोरी चुँडाउन सक्छ। माओवादी वास्तवमा सहमति चाहन्छ भने उसले विद्रोहको बोली, बन्दुकको भाषा र आन्दोलनको अहंकार छोड्नैपर्छ। कुतीको बाटो प्रयोग गरेर काशी पुग्न सकिँदैन। माओवादीको हठका कारण देश फेरि मुठभेडतिर जाँदा कसैको पनि हित हुँदैन। माओवादीलाई पनि राम्ररी थाहा छ- सशस्त्र युद्धबाट जित्न सकेको भए ऊ 'संसद्वादी' सँग सम्झौता गरेर शान्ति प्रक्रियामा आउने थिएन। १२ वर्ष लड्दा पनि जित्न र टिक्न नसकेपछि नै माओवादीले शान्तिको बाटो समाएको हो। यसकारण माओवादीले विद्रोहमा जाने दुस्साहस गर्यो भने सबभन्दा बढी उसैका लागि घातक हुनेछ।
शिविरमा लडाकु र हतियार भएसम्म माओवादीको अहंकार कुनै न कुनै रूपमा प्रकट भइरहनेछ। राष्ट्रिय सहमति बनाउन सत्तै्कन, पहिलाझैँ बहुमतका लागि संख्या पुग्दैन। तर पनि, आफैँलाई सत्ता चाहिन्छ भन्ने माओवादीको हठको पृष्ठभूमिमा बन्दुककै बल रहेको छ। ठूलो पार्टीको धाकले अरूले बाटो छोडिदिनुपर्छ भन्ने माओवादीको आकांक्षा नै सामन्तवादबाट निर्देशित छ। खेलमा सामेल भइसकेपछि जीतहार हुन्छ भन्ने यथार्थलाई माओवादीले अहिलेसम्म सामान्यरूपमा लिन सकेको छैन। यसका कारण उसमा रहेको 'विजेता' मनस्थिति उसको पराजयको कारक बनिरहेको छ। त्यसैले फेरि पनि सत्ताकब्जा होइन, सहमतिका लागि प्रयत्न गरेमा माओवादीले कुनै दिन सरकारको नेतृत्व पाउनु असम्भव छैन। तर, एउटा कुरा दावीका साथ भन्न सकिन्छ - सडकबाट सरकार ढलाएर सत्ताकब्जा गर्छु भन्ने माओवादीको सपना त्यसपछि मात्र पूरा हुनेछ, जब शान्ति प्रक्रिया भंग भएर फेरि वार कि पारको लडाइँ हुनेछ, त्यसमा राज्यले हार्नेछ र माओवादीले विजय हासिल गर्नेछ। के आजको दुनियाँमा त्यो कल्पना गर्न सकिन्छ र?