राजदूत नियुक्ति र कूटनीतिक मर्यादा
१७ चैत्र २०७३
•
१६ मिनेट पाठ
राजदूत नियुक्ति र कूटनीतिक मर्यादा
सन् १९९६ मा यस लेखकले छिमेकी मित्रराष्ट्र चीन भ्रमण गर्दा त्यसबेला चीनका लागि राजदूत युवराजसिंह प्रधान थिए। उनी लामो समय त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र परराष्ट्र मामिलाका समेत जानकार शालीन सज्जन व्यक्ति थिए। भ्रमणका क्रममा राजधानी बेइजिङ बस्दा राजदूत महोदयले हाम्रो भ्रमण टोलीलाई एक साँझ नेपाली दूतावासमा भोजनका लागि आमन्त्रण गरे। भोजनपूर्वको भलाकुसारीमा दूतावासका सबै कर्मचारीसमेत उपस्थित थिए। कुराकानीका क्रममा केही कर्मचारीले चिनियाँहरूबाट आफू अपहेलित भएका एकाध घटना सुनाए। त्यसबाट बुझिन्थ्यो– नेपाली दूतावासका कर्मचारीले चिनियाँ अधिकारीसँगको समझदारी कायम गर्न नसक्दा भएका ती एकाध घटना थिए। नेपालको कुनै पनि मुलुकमा रहेका दूतावासमा रहँदा त्यस मुलुकसँगको कूटनीतिक मर्यादालाई व्यवहारमा पालन गर्न नसक्दा अपमानित हुनु स्वाभाविक हुन्छ। त्यसमा पनि नेपालको निकटतम छिमेकी मुलुक चीन नेपालप्रति संवेदनशील र मर्यादित रहँदै आएका थुप्रै उदाहरण छन्। तर चीन र भारतजस्ता मुलुकसँगको सम्बन्धको महत्व र गरिमालाई गम्भीररूपले बुझ्न नसक्ने व्यक्तिको नियुक्ति गरिने हो भने र सम्बन्धित दूतावासका नेपाली कर्मचारीले आफँै मर्यादित भएर प्रस्तुत हुन नसक्ने हो भने त्यस मुलुकका कूटनीतिक व्यक्ति र परराष्ट्रका कर्मचारीसँगको सम्बन्ध बिग्रनु स्वभाविक हुन्छ र त्यस्ता मामिलामा हुने सानातिना घटनाले पार्ने दूरगामी प्रभावतिर सचेत हुनुपर्छ।




अनुकरण प्रजातान्त्रिक मुलुकको गर्न खोज्ने तर त्यसअनुसारको आचरण नगर्ने र हैसियत नराख्ने उदाहरण नेपालको संसदीय सुनुवाइ समिति बनेको छ।

२०४७ सालपछिको नेपाल सरकारमा प्रधानमन्त्री माधवकुमार नेपाल र परराष्ट्रमन्त्री सुजाता कोइराला छँदा नेपालबाट एक उच्च पदका कर्मचारीलाई बेलायतको राजदूत पदमा नियुक्त गरेर पठाइयो। उनी बेलायत गएपछि लन्डनस्थित नेपाली दूतावासको भवन बिक्री गर्ने प्रसङ्ग चल्यो र त्यो कुरा एक कान दुई कान हुँदै नेपालका अखबारमा समेत चर्चित बन्यो। नेपालसँग बेलायतको दीर्घकालीन कूटनीतिक सम्बन्धका कारण लन्डनस्थित नेपालको दूतावास भवन भाडामा नभई लन्डनको केन्द्रमा रहेको किङसिस्टन हाइस्ट्रिट जस्तो अति मूल्यवान र महत्वपूर्ण ठाउँमा बनेको रहेछ। भारतलगायत फ्रान्स, इटाली, साउदी अरेबिया जस्ता मुलुकको दूतावाससमेत त्यहाँ स्थापित भएका रहेछन् र त्यस ठाउँमा दूतावास भवन रहनुले त्यस मुलुककै गरिमा बढ्ने ठानिँदो रहेछ। त्यस्तो ठाउँमा नेपालजस्तो सानो भौगोलिक आकारको मुलुकको दूतावास भवन रहनु आफैँमा गौरवपूर्ण विषय हो। तर दूतावास भवनले मात्र मुलुकको इज्जत–प्रतिष्ठा राख्ने होइन। त्यस दूतावासमा राजदूतजस्तो गरिमामय पदमा बस्ने व्यक्तिका आचरण र गतिविधिले राष्ट्रलाई प्रतिष्ठित तुल्याउने हो।

लन्डनको दूतावास भवन बिक्री प्रकरण सेलाएको एकाध वर्षपछि यस लेखकलाई पुनः बेलायत जाने अवसर मिल्यो। एक दिन कामविशेषले लन्डनको नेपाली दूतावासमा जाने परिस्थिति आइपरेको थियो। त्यसबेला राजदूत पदमा सुरेश चालिसे भए पनि उनी कामविशेषले अन्यत्र गएका हुँदा भेट हुन सकेन र त्यसबेलाका त्यहाँका प्रथम सचिव झपिन्द्र अर्याललाई भेटेर हामी फर्कियौँ। त्यसबेला पुरानो जीर्ण भवनलाई केही टालटुल पारेर रङ्गरोगन गरिएको रहेछ। त्यसभन्दा अघिको दूतावास भवनको जीर्ण अवस्थालाई निहुँ बनाइ अत्यन्त सस्तो मूल्यमा भवन बिक्री गर्ने तारतम्य रचिएको रहेछ यद्यपि भारतीय मूलका बेलायती मुख्य उद्योगपति लक्ष्मी मित्तलले किङ्सिस्टन हाइस्ट्रिटभित्रका अन्य कतिपय दूतावास भवन खरिद गरिसकेको पनि सूचना पाइयो। अरू मुलुकका दूतावास भवनका आआफ्नै परिस्थिति र दृष्टिकोण हुन सक्छन्। तर नेपालजस्तो विपन्न मुलुकले त्यस्तो ठाउँमा रहेको दूतावास भवन अर्को ठाउँमा त्यस्तै महत्वको भवन किन्न खोज्नु दिवास्वप्न जस्तै हुन सक्थ्यो। नेपालका सञ्चारमाध्यम र बेलायतमा रहेका नेपाली बुद्धिजीवीहरूको विरोधका कारण पनि त्यो भवन बिक्री प्रकरण सेलाएर गयो। सन् १९१६ मा पुनः बेलायत भ्रमणका क्रममा नेपाली दूतावास पुग्दा त्यस भवनमा नेपाली झण्डा फर्फराइरहेको पाइयो। तर दूतावास भवनभन्दा मुख्य कुरा विदेशसँगको कूटनीतिक मर्यादा थियो। दूतावासको भवन बिक्री प्रकरणको समयमा नेपाली राजदूत रहेका व्यक्ति राजदूत पदबाट हटेपछि रातो पासपोर्ट लिएर लन्डनकै कुनै ठाउँमा लुकेर बसेको कुरा बेलायतमा बस्ने नेपालीबीच चर्चाको विषय बनेको थियो। कूटनीतिक मर्यादा स्खलनको यो अर्को उदाहरण बन्यो।

नेपाली कांग्रेसका पूर्वसांसद दीपकुमार उपाध्याय पहिलोपटक पार्टी कोटामा नै भारतका लागि राजदूत बनेर गएका थिए। राजनीतिक पार्टीगत हिसावमा उपयुक्त ठानिने उपाध्याय कूटनीतिक नियुक्तिपश्चात् विवादमा तानिए। समय पनि त्यस्तै पर्‍यो। भारतीय नाकाबन्दीको। उनले उक्त नाकाबन्दीका सन्दर्भमा नेपाल–भारतबीच कूटनीतिक सन्तुलन मिलाउन सकेनन् भन्ने आभास नेपाली समुदायमा पर्न गयो। उनका एक दुई वक्तव्यले नाकाबन्दीको घाउमा मलमको सट्टा नूनचूक नै छर्किएको भन्ने धारणा नेपालको दोस्रो ठूलो दल नेकपा एमालेले लियो। फलतः केपी ओली सरकारले उनलाई फिर्ता नै बोलायो। राष्ट्रपति विद्यादेवी भण्डारीको भारतको राजकीय भ्रमण बिथोलिनुमा यिनै कूटनीतिक असन्तुलनको भूमिका रह्यो। राजदूत नियुक्ति प्रकरणमा चलेको जुँगा लडाइँको प्रकरणले प्रचण्डको सत्तारोहरणपछि उपाध्याय फेरि उही भारतकै राजदूतमा नियुक्त भएका छन् र उपाध्यायले नेपाल–भारतबीचको सम्बन्ध सुधारमा के–कस्तो भूमिका निर्वाह गर्ने हुन् त्यो प्रतीक्षित विषय बनेको छ।

यति नै बेला फेरि नेपालको राजनीतिक वृत्तमा राजदूत नियुक्ति चर्चाले बजार तातेको छ। यो तातेको भुङ्ग्रोमा आलु पोलेर त्यसलाई तात्तातै निल्ने हतारमा सत्तासीन पार्टीको नेतृत्व र राजदूत पदमा सिफारिस भएकाहरू थिए। तर व्यवस्थाले भने मुलुकभित्रकै उच्च पदहरूका साथै कूटनीतिक नियुक्तिका लागि एउटा तगारो उभ्याएको छ। त्यस तगारोका रूपमा संसदीय सुनुवाइ समिति रहँदै आएको छ। भारतका लागि दीपकुमार उपाध्यायको पुनः राजदूतमा नियुक्तिको व्यापक विरोध हुँदाहुँदै पनि त्यो सुनुवाइ समितिले उपाध्यायको भारत यात्राका निम्ति तगारो खोलिदियो। त्यसो त आमसञ्चार माध्यमहरू र बौद्धिक जनसमुदायको विरोधले पनि सर्वोच्च अदालतमा मनोनीत गरिएका चारजना न्यायधीश नियुक्तिको बाटो रोक्न नसकेको नजिर छँदै थियो।

अनुकरण प्रजातान्त्रिक मुलुकको गर्न खोज्ने तर त्यसअनुसारको आचरण नगर्ने र हैसियत नराख्ने उदाहरण नेपालको संसदीय सुनुवाइ समिति बनेको छ। अमेरिकालगायत विश्वका संसद्हरूकै नक्कलमा बनेको यस प्रकारको सुनुवाइ समितिले आफ्नो स्वविवेकले भन्दा अन्य राजनीतिक शाक्तिको दबाबमा परेर निर्णय गर्ने गरेका घटना लगातर नेपालको राजनीतिक मञ्चमा देखापरिरहेका छन्। अब सुनुवाइ समितिकै हैसियत र औचित्यको प्रश्न तीव्ररूपमा उठ्न थालेको छ। किनभने एउटा न एउटा निहुँ थापेर अनिच्छित व्यक्तिका निम्ति पदीय ढोका बन्द गर्ने र कुनै शक्ति वा दलको आडमा सुरक्षित बनेर आउने व्यक्तिका विषयमा जतिसुकै नकारात्मक पक्ष हुँदाहुँदा पनि तिनका लागि निर्वाध पदीय बाटो खोल्ने र त्यस्तो सुनुवाइ समितिले केरकार गरी नङ्ग्याएर जागिर खानेहरु स्वयम् लज्जित हुनुपर्ने स्थिति देखापरिरहेको छ। कुनै स्वाभिमानी बौद्धिक व्यक्तित्वले आफ्नो योग्यतामाथि प्रश्नमाथि प्रश्न तेर्स्याएर अपमानित गरेकामा लज्जा अनुभव गर्न सक्छ। यदि गर्दैन भने उसले सम्बन्धित प्रतिष्ठित पदमा पुगेर पनि पदीय मर्यादा राख्न सक्दैन।

सांसद हुँदैमा सुनुवाइ समितिका लागि योग्य हुन सक्छ भन्ने होइन। हाम्रो जस्ता मुलुकमा औँठाछाप व्यक्ति सांसद बनेका अनगिन्ति उदाहरण छन्। त्यस्ता व्यक्ति पनि पार्टीको प्रतिनिधित्व गरेर यस्ता समितिमा जान सक्छन् र त्यस्तो सुनुवाइ समितिले उच्च पदका लागि चयन गर्छ। नेपालको वर्तमान राजनीतिक परिदृश्यमा उत्पन्न समस्या यही हो र यसले नेपालको राष्ट्रिय विकासलाई त क्षत्विक्षत् बनाएकै छ। अब राजदूत नियुक्तिको प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धमिलिँदै जाने सम्भावना पनि त्यत्तिकै बढेको छ। स्वतन्त्र बौद्धिक चिन्तन भएका व्यक्तिहरु पार्टीका निम्ति ग्राह्य नहुने र पार्टीको झोला बोक्ने कथित बुद्धिजीवीमा स्वविवेकभन्दा पार्टीगत निर्देशनले बढी काम गर्ने गरेका थुप्रै उदाहरण देखिँदै आएका छन्।

भर्खरै संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि १२ जना राजदूत अनुमोदन गरेको छ र ती सबै पार्टीगत कोटाका आधारमा सिफरिस गरिएका छन्। ठूलो दल हुँदाहुँदै पनि सत्तामा सहभागी नहुनाले एमाले पार्टी कोटाभित्र परेको छैन। यद्यपि कोटामा परेका व्यक्ति सबै अयोग्य छन् भन्ने होइन। तर जुन प्रक्रियाका आधारमा राजदूतको नियुक्ति हुने परिपाटी बसालिएको छ त्यसले अयोग्य र कूटनीतिक ज्ञान नभएको र सम्बन्धित मुलुकमा रहेर आफ्नो देशको मर्यादा र प्रतिष्ठा राख्न नसक्ने व्यक्ति पनि राजदूत हुने गरेका विगतका कतिपय घटना उदाहरणका रूपमा देखापरेको अनुभव मुलुकसँग छ। राजदूत पदमा नियुक्त हुने प्रयत्न गर्नु र त्यस्तो व्यक्ति राजदूतका लागि योग्य छ वा छैन भन्ने कुरालाई भन्दा सरकारमा सहभागी पार्टीको निर्देशनलाई बढी महत्व दिई अनुमोदन गर्दा राजदूत मनोनयनको पारदर्शितामा शङ्का उठेका र त्यस्ता राजदूतमध्येका कतिपयले सम्बन्धित मुलुकमा पुगेर राष्ट्रिय प्रतिष्ठा नै उठाउन नसकेका उदाहरण केही वर्षयता देखिइसकेका छन्।

कुनै पनि मुलुकमा नियुक्त भएर जाँदा त्यस्तो व्यक्तिले आफू पार्टीको नभएर सिङ्गो मुलुकको प्रतिनिधि राजदूत हुँ भन्ने सोच्नुपर्ने हो र पार्टीले पनि त्यसैअनुरूप व्यक्ति चयन गर्नुपर्ने हो। यदि पार्टीगत कोटाभित्रबाट पनि कूटनीतिक अनुभव भएको र प्रतिष्ठित व्यक्तिको नियुक्ति हुन्छ भने त्यसले सकारात्मक परिस्थिति उत्पन्न गर्छ। तर पार्टीभित्र त्यस्ता व्यक्ति नहुँदाको अवस्थामा दलहरूले स्वतन्त्र व्यक्ति चयन गर्न हिच्किचाउनु हुँदैन। तर देशभित्रका उच्च पद र कूटनीतिक पदहरूमा नियुक्ति दिने क्रममा पार्टीहरूले त्यस्तो निष्पक्ष र राष्ट्रपयोगी सोचाइ लिएको पाइएको छैन। यसले गर्दा मुलुकभित्रबाट खोक्रो हुँदै गएको र विदेशी राष्ट्रका आँखामा पनि नेपालको छवि धूमिल हुँदै गएको देखिँदैछ। राष्ट्रको जिम्मेवारी बोकेका दलहरूले जति सक्यो छिटो यसतर्फ सचेत हुने समय घर्किँदैछ।
अर्को समाचार
राजदूतमा पनि रन्थमोल
०४ असार २०७६
•
९ मिनेट पाठ
राजदूतमा पनि रन्थमोल
राजदूतलाई अंग्रेजीमा ‘हिज एक्सिलेन्सी एम्बास्डर प्लेनिपोटेन्सियरी एक्स्ट्रा अर्डिनरी’ का रूपमा सम्बोधन गर्ने गरिन्छ। छोटकरीमा ‘महामहिम राजदूत’ भन्ने गरिन्छ। राजदूत मुलुकका उपल्लो ओहोदामा रहेका त्यस्ता कूटनीतिक व्यक्ति हुन्, जसले सरकार प्रमुख वा राष्ट्र प्रमुखको प्रतिनिधित्व गर्छन्।  राजदूतमा ‘प्लेनिपोटेन्सियरी’ अधिकार हुन्छ। यसको अर्थ हो– तिनलाई सरकारको प्रतिनिधित्व गर्ने पूर्ण अधिकार हुन्छ। राजदूतलाई सार्वभौम मुलुकका प्रतिनिधिका रूपमा हेरिन्छ। राष्ट्रलाई प्रतिनिधित्व गर्ने यस्तो ओहोदामा पठाइने व्यक्ति पनि उत्तिकै उच्च मर्यादायुक्त हुनुपर्छ भन्ने मान्यता छ। त्यसैकारण हाम्रो मुलुकले पनि राजदूत नियुक्तिका लागि निश्चित मापदण्ड तोकेको छ। राजनीतिक नियुक्तिमा कूटनीतिक क्षमता, विशिष्ट शैक्षिक योग्यता र अनुभव, मापदण्ड मानिएका छन्। यसरी तोकिएको नियुक्ति मापदण्ड पालनाले मुलुकको सही प्रतिनिधित्व हुन्छ। विशेषगरी प्रधानमन्त्री कार्यकारी भएको हाम्रोजस्तो मुलुकले राजदूतको सही प्रतिनिधित्व गराउन सक्दा सरकारको छविसमेत सुध्रिन्छ। राजदूत नियुक्ति हुँदा आधा परराष्ट्र सेवा र आधा राजनीतिक नियुक्तिबाट गर्नुपर्ने पनि मापदण्डमा उल्लेख छ। तर नियुक्तिक्रममा यी पक्ष ध्यान दिइएको देखिँदैन। र, पछिल्ला दिनमा जस्ता व्यक्तिलाई राजदूतमा नियुक्ति गरिँदै छ, त्यसले कुनै अर्थमा मुलुकको इज्जत बढाएको छैन। प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेतासँग व्यक्तिगत सम्पर्कका आधारमा मात्र राजदूत नियुक्ति गर्ने परिपार्टी देखिएको छ। यसले कूटनीतिक क्षमता र छवि दुवै कमजोर पारेको छ।




अहिलेको नियुक्तिले यथार्थमै राजदूत पद र यसको मर्यादा हलुका बनाएको छ। कूटनीतिक नियुक्तिमा रहेको यो बेथिति सुधार गर्नु आवश्यक छ। राज्यका उच्च पदमा हुने नियुक्ति राणाकालीन बक्सिस होइनन्।

ओली सरकारले पछिल्लोपटक सिफारिस गरेका चार राजदूतका योग्यता र क्षमताका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसद एवं नेताले समेत आपत्ति प्रकट गरेका छन्। विपक्षीले नियुक्तिको आलोचना गरेका भए तिनको त विरोध गर्नु धर्मै हो भनेर पन्छिन पनि मिल्थ्यो। तर आफ्नै दलभित्र पनि चित्त नबुझ्ने गरी सरकारले किन यस्ता निर्णय गरिरहेको छ ? प्रश्न उठेको छ। सोमबार संसद बैठकमा बोल्दै सांसद जनार्दन शर्माले सरकारले सिफारिस गरेका राजदूतका योग्यता–क्षमताबारे प्रश्न गरेका थिए। सरकारले अस्ट्रेलिया, बंगलादेश, स्पेन र कतारका लागि क्रमशः महेश दाहाल, डा. वंशीधर मिश्र, दावाफुटी शेर्पा र नारद भारद्वाजलाई राजदूतमा सिफारिस गरेको छ। परराष्ट्र मन्त्रालयले तय गरेको राजदूत नियुक्ति मापदण्ड यी चार जनाको हकमा लागू भएको छ भन्न सक्ने अवस्थामा सरकार छैन। कतिपय नेकपा अध्यक्ष पुष्पकमल दाहालनिकट भएकै कारण यो पदका निम्ति योग्य ठानिएका छन्। भारद्वाज प्रधानमन्त्री ओलीसँगै झापाकाण्डमा सरिक भएका व्यक्ति हुन्। शिक्षण र पत्रकारितासँग पनि जोडिएका कारण तुलनात्मक रूपमा यिनले मापदण्ड पूरा गर्न सक्लान्। तर यसैगरी सबैलाई चित्त बुझाउने गरी नियुक्तिको सिफारिस भएको देखिँदैन। सबैभन्दा हास्यास्पद नियुक्ति शेर्पाको हकमा भएको छ। प्रधानमन्त्री ओलीसँग निकट व्यापारिक घराना थामसेर्कु परिवारका भएकै आधारमा उनलाई राजदूतमा सिफारिस गरिएको हो। राजदूत हुने उनको कुनै राजनीतिक क्षमता छैन। डा. मिश्र पनि चिकित्सक र राजनीतिक व्यक्ति हुन्। उनमा पनि कूटनीतिक क्षेत्रको अनुभव छैन। नेता दाहिना भएकै आधारमा राजदूतमा नियुक्ति पाइने अहिलेको परिपाटीले मुलुकको सही प्रतिनिधित्व हुँदैन। यिनको नियुक्तिबाट मुलुकले गौरवान्वित हुने अवस्था रहँदैन।

यस्तो नियुक्तिले परराष्ट्र मन्त्रालयबाट तयार मापदण्डको धज्जी उडाएको सांसद शर्माले प्रतिनिधिसभा बैठकमै प्रस्टसँग बताएका छन्। उनले भनेका छन्– ‘राजनीतिक व्यक्तिले आफूसँग निकट भएकै आधारमा जोसुकैलाई राजदूतमा नियुक्ति गर्न सक्छन् ? पछिल्लो सिफारिसमा कुनै मापदण्ड वास्ता गरिएको छैन।’ राजदूत नियुक्तिका सन्दर्भमा दलभित्रैका नेताबाट उठेका यी प्रश्न त्यसै हावाले उडाएर लाँदैन। आम रूपमा उठेका प्रश्न सांसद शर्माले संसदमा पु¥याएका मात्र हुन्। र, यसमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सन्तुष्ट होलान् जस्तो लाग्दैन। विभागीय मन्त्रीका नाताले प्रधानमन्त्री र अन्य नेताले गरेका छनोटमा उनले सही थापेका मात्र हुन्। उनले यी मापदण्डले राजदूत नियुक्ति भइजाने देशसँगको सम्बन्धलाई उचाइमा पु¥याउन सकिने विश्वास व्यक्त गरेका थिए। उनले मापदण्ड जारी भएपछि भनेका थिए– ‘राजदूत पद र यसको मर्यादालाई अत्यन्तै हलुका रूपमा लिइएको छ। नयाँ मापदण्ड कार्यान्वयनले नेपालको कूटनीतिक सम्बन्ध सशक्त र प्रभावकारी बनाउनेछ।’ मन्त्री ज्ञवालीका यी अभिव्यक्तिको यहाँ कुनै अर्थ रहेन। दुईतिहाइ बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्ले राजदूत नियुक्तिमा मापदण्ड उल्लंघन गरेको प्रस्ट छ। तर त्यसलाई सच्याउनेतर्फ लागेको देखिएको छैन। हामी शासक हौँ, हामी आफूले चाहेजस्तो नियुक्ति गछौँ भन्ने परिपाटी देखिएको छ। अहिलेको नियुक्तिले यथार्थमै राजदूत पद र यसको मर्यादा हलुका   बनाएको छ। कूटनीतिक नियुक्तिमा रहेको यो बेथिति सुधार गर्नु आवश्यक छ। राज्यका उच्च पदहरूमा हुने नियुक्ति राणाकालीन ‘बक्सिस’ होइनन्। तिनलाई मर्यादित बनाएर मात्र प्रधानमन्त्री ओली र उनको सरकारको मर्यादा बढ्नेछ। अनि यथार्थमै राजदूतले उनी र मुलुकको ठीक ढंगले प्रतिनिधित्व गर्न सक्नेछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस