यसपालिको चुनावमा
१५ चैत्र २०७३
•
१२ मिनेट पाठ
यसपालिको चुनावमा
देश चुनावमय बन्दै गइरहेको छ। हरेक दिनजसो 'यसपालिको चुनावमा भोट हामीलाई दिनुपर्छ' भन्ने सन्देश प्राप्त हुन् थालेका छन्। झन्डै २ दुई दशकपछि हुन् लागेको स्थानीय तहको निर्वाचन हरेक दृष्टिकोणले फरक हुनेछ। पहिलो, नयाँ संरचनामा निर्धारित स्थानीय तहको निर्वाचन हुँदैछ। दोस्रो, यसपालिको निर्वाचनमा महिला, दलित, जनजातिलगायत सीमान्तकृत समुदायको ७० प्रतिशतभन्दा बढी प्रतिनिधित्व हुनेछ। तेस्रो, पुराना राजनीतिक दलहरूसँगै नयाँ आकांक्षा र उद्देश्य बोकेका राजनीतिक दल पनि पहिलो पटक दलीय वा स्वतन्त्र हैसियतमा निर्वाचनमा सहभागी हुनेछन्। चौथो, अब कार्यान्वयनमा आउने स्थानीय तह धेरै नै साधन स्रोत सम्पन्न स्थानीय सरकारका रूपमा स्थापित हुनेछ।

एउटैमा बसेर काम गर्ने प्रयास असफल भएर छुट्टाछुट्टै पार्टी बनिसकेपछि चुनावको मुखमा आएर एउटै पार्टी बनाउने प्रयास गर्नु समयको बर्बादीमात्र होइन, मुर्खता पनि हुन्छ।

लामो राजनीतिक परिवर्तनको लडाइँमा विभिन्न समयमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक दल, जस्तै– नेपाली कांग्रेस, एमाले, माओवादी, मधेसकेन्द्रितलागायत भर्खरै राजनीतिक मैदानमा उत्रिएका दलबीच हुने एकापसको प्रतिस्पर्धाले स्थानीय तहको निर्वाचनलाई रोमाञ्चित बनाउनेछ। पुराना राजनीतिक दलप्रतिको चरम वितृष्णा तथा पूर्णरूपमा विश्वास गर्न सकिने परिपक्व नयाँ नेतृत्व विकास नभइसकेको सन्दर्भमा मतदाताहरूले यो चुनावमा अन्योल झेल्नुपर्नेछ।

पुराना राजनीतिक दलहरूको तुलनामा ठूलो आकांक्षा बोकेका नयाँ राजनीतिक दलहरूका लागि स्थानीय तहको चुनाव निकै नै चुनौतीपूर्ण हुने देखिन्छ। नयाँ दलहरूको राजनीतिक चुनावी आधारक्षेत्र बनिसकेका छैनन्। स्थानीय तहमा घुलमिल भएर काम गरेका अनुभवी नेतृत्वको नयाँ दलमा ठूलो अभाव हुनु स्वाभाविक हो। चुनाव नै जित्न नसकेको खण्डमा नयाँ राजनीतिक दलहरूको अस्तित्व कागज र सामाजिक सञ्जालमा मात्र सीमित रहन्छ।

यो सन्दर्भमा यसपालिको स्थानीय तहको चुनावमा नयाँ अस्तित्वमा आउन खोजेका राजनीतिक दलहरूले धेरै नै दुःख गर्नुपर्ने देखिन्छ। नयाँ दलबीच राजनीतिक एकता भए त राम्रो तर चुनावलाई आफ्नो पक्ष्यमा पार्नका लागि सबै दलबीच एकता हुनैपर्छ भन्ने पनि छैन। एउटै पार्टीमा बसेर काम गर्ने प्रयास असफल भएर छुट्टाछुट्टै पार्टी बनिसकेपछि चुनावको मुखमा आएर एउटै पार्टी बनाउने प्रयास गर्नु समयको बर्बादीमात्र होइन, मुर्खता पनि हुन्छ। त्यसैले छोटो समयलाई ध्यानमा राखेर नयाँ राजनीतिक दलबीच साझा रणनीति निर्माण गर्नु आवश्यक देखियो।

नयाँ राजनीतिक दल मिल्दैनन्, यिनीहरूमा राजनीतिक चेतना छैन, यिनीहरू राजनीति गर्नै सक्दैनन् जस्ता विचार पुराना राजनीतिक दलका नेताले बारम्बार सञ्चारमाध्यममार्फत फैलाइरहन्छन्। नयाँ राजनीतिक दलहरूको बारेमा जतिसक्दो नकारात्मक हल्ला फैलाउन सक्यो त्यो पुराना दलको हितमा हुन्छ भन्ने कुरा उनीहरूलाई राम्रोसँग थाहा छ। नयाँलाई खराब भनेर बदनाम गर्दा पुरानाले आफ्ना सबै कर्तुत लुकाउन सक्छन्। सार्वजनिक सञ्चारमाध्यम पनि जानेर वा नजानेर पुराना राजनीतिक सोचको प्रयोग गर्ने माध्यम बनेका छन्।

नयाँ राजनीतिक सोच, संस्कार र कार्यशैलीबारे धेरै चर्चा भए पनि यो कस्तो हुन्छ भनेर व्यवहारमा अहिलेसम्म देख्न नपाउँदा नयाँहरूप्रति शंका हुनु स्वाभाविक पनि हो। त्यसैले यसपालिको चुनाव पुराना राजनीतिक दल तथा नेताहरूका लागि भन्दा नयाँका लागि आफूलाई प्रमाणित गर्ने ठूलो अवसर हो।

स्थानीय तहको निर्वाचन घोषणा भइसकेको सन्दर्भमा नयाँ राजनीतिक संस्कारको विकासमा प्रतिबद्ध राजनीतिक दलबीच चुनावी मोर्चा निर्माण गर्नुपर्‍यो। नयाँ दलहरू एक्लै चुनावमा जानु भनेको राजनीतिक लहडमात्र हुनेछ। आममतदाताको विश्वास जित्न तथा राजनीतिक परिपक्वता देखाउनका लागि पनि नयाँ राजनीतिक संस्कार र पद्धतिका पक्षधरबीच राष्ट्रिय चुनावी मोर्चाको निर्माण आवश्यक छ। नयाँ राजनीतिक दलहरू आफू आफू पनि मिलेर चुनावमा नजाने साथै सामूहिकरूपमा राष्ट्रिय चुनावी अभियान पनि सञ्चालन नगर्ने हो भने यसले आममतदातामा सकारात्मक सन्देश दिने छैन।

नयाँ राजनीतिक दलहरू एकै ठाउँमा उभिएर चुनावी मोर्चा घोषणा गरिसकेपछि यसले ठूलो सम्भावनाको ढोका खोल्नेछ। आफू–आफूबीच मिल्न सक्नु आफूले उठाएका समान मुद्दामा सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नु पनि हो। राजनीतिकरूपमा नयाँ सोच बोकेका दलहरू एउटै मोर्चामा आबद्ध भएपछि, दलगत राजनीतिभन्दा बाहिर बसेका तर देशमा थिति अनि विधिको शासन चाहने ठूलो समूहका लागि मोर्चालाई साथ दिन सहज हुन्छ।

उदाहरंणका लागि, साझा पार्टी, विवेकशील वा हाम्रो पार्टीको कार्यक्रममा जान असजिलो महसुस गर्नेहरूका लागि नयाँ दलको मोर्चाले आयोजना गर्ने अभियान वा कार्यक्रममा साथ दिन सजिलो हुन्छ। मोर्चा जहिले पनि मुद्दाकेन्›ित र पार्टीभन्दा माथि हुन्छ।  मोर्चा निर्माण गरेर अगाडि बढ्दा नयाँ दलहरूको स्वीकार्यता हुन्छ। एउटा पार्टीको स्वतन्त्र उम्मेद्वार भन्दा मोर्चाले स्वतन्त्ररूपमा राम्रा मान्छे स्थानीय निर्वाचनमा उम्मेद्वार उठायो भने जित्ने सम्भावना पनि बढी हुन्छ। आमसर्वसाधारणले दैनिक जीवनमा चाहेको परिवर्तनलाई केन्›मा राखेर चुनावी अभियान सञ्चालन गर्दा समाजका सबै वर्ग र तप्काका मानिस जोड्न सजिलो हुन्छ।

नेपालमा पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीसँग आक्रोशित जमात निकै नै ठूलो छ। यो समूह कर्मचारीतन्त्र, पेशा, व्यवसायी, सर्वसाधारणलगायत सबै क्षेत्रमा व्याप्त छ। यसपालिको चुनावमा यो समूहलाई जोड्ने सेतु चाहिएको छ। पारदर्शी र समावेशी मोर्चा निर्माण गरेर नागरिक समाज, पेशाकर्मी, निजी क्षेत्र, मिडियालगायत सुसंस्कृत राजनीति देख्न चाहने सबै पक्षलाई एउटै मुद्दामा समेट्न सकिन्छ। स्थानीय चुनावलाई व्यक्त्ति वा पार्टीको हार–जीतका रूपमा भन्दा पनि सर्वसाधारणको दैनिक जीवनमा असर पर्ने मुद्दाहरूको हार–जीतका रूपमा स्थापित गर्ने राष्ट्रव्यापी अभियान अहिले आवश्यक छ।

हामी अहिले कानुनबिहीनता, बेथिति र चरम असमानताको अवस्थाबाट गुजि्ररहेका छौ। दण्डहीनताको स्थितिले गर्दा आमसर्वसाधारण भयभित वातावरणमा बाँच्न विवश छन् भने भ्रष्टाचार खुला र संस्थागत बनेको छ। यो सबै बेथितिको मूल कारक राजनीतिक दल र त्यसका सञ्चालक केही दर्जन नेता हुन्। व्यक्तिगत वा सानो समूहको प्रयासले यसका कारक तत्वहरूलाई ठेगान लगाउन सम्भव छैन। बृहत् राष्ट्रिय मोर्चामार्फत नै यिनीहरूलाई ठेगान लगाउन सकिन्छ।

नयाँ राजनीतिक सोच र संस्कार राख्ने दलहरूले बोकेका साझा मुद्दाबीच सहकार्यको कुरा उठ्यो भने यस्ता प्रयासविरुद्ध नकारात्मक धारणा फैलाएर यसलाई भाँड्ने प्रयास सबैभन्दा पहिला पुराना राजनीतिक दलका सञ्चालकले नै गर्नेछन्। पुराना दलहरूको विकल्पका रूपमा खडा हुन् सकेको दिन कुनै पनि तहको चुनावमा नयाँ राजनीतिक पक्षले सजिलै २ तिहाई मत पाउनेछ। एक्लाएक्लै बोकेको महत्वाकांक्षाले यो सम्भव हुँदैन तर समान लक्ष्यमा राष्ट्रिय मोर्चा निर्माण गरेर अगाडि बढ्दा यो छोटो समयमै सम्भव हुन सक्छ।

मलाई रवीन्› मिश्र, उज्ज्वल थापा वा रु› पाण्डेको पार्टीलाई भोट दिनुहोस् भनेको सुन्न मन छैन। उनीहरूले बोकेका समृद्ध नेपालको मुद्दाहरूलाई समर्थन गर्दै यसका लागि नयाँ राजनीतिक विचार, संस्कारका पक्षधर हामी एकै ठाउँमा उभिएर हातेमालो गरिरहेका छौँ भनेको सुन्न मन छ। यसपालिको चुनावलाई जीवन्तता दिनका लागि पनि नयाँ राजनीतिक विचार र संस्कारका पक्षधरबीच मोर्चाबन्दी आवश्यक छ। समय घर्केपछि पछुताउन नपरोस्।
अर्को समाचार
यस्तो छ बागलुङ–१ को चुनावी गणित
२६ माघ २०८२
•
५ मिनेट पाठ
यस्तो छ बागलुङ–१ को चुनावी गणित
यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा कम छ जति विसं २०७९ को चुनावमा थियो। नेपाली राजनीतिमा बेग्लै छवि बनाएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष वयोवृद्ध चित्रबहादुर केसी अघिल्लो चुनावमा उम्मेदवार थिए।  

नेकपा (एमाले)का उम्मेदवार छोरा पुस्ताका सूर्यप्रसाद पाठकसँग केसी आमनेसामने हुँदा यस क्षेत्रले धेरैको ध्यान खिचेको थियो।

उक्त चुनावमा पाठकलाई पराजित गर्दै केसीले आफ्नो संसदीय विरासतलाई कायम राख्न सफल भएका थिए। अहिलेको चुनावमा भने दुवै उम्मेदवार प्रतिस्पर्धाबाट बाहिर छन्। केसीलाई राष्ट्रिय जनमोर्चाले समानुपातिकतर्फ उम्मेदवार बनाएको छ। नेकपा (एमाले)बाट हिराबहादुर केसी चुनावी मैदानमा छन्।

विसं २०७९ को चुनावमा पाँचदलीय गठबन्धनमा सामेल भई राष्ट्रिय जनमोर्चाका केसीलाई जिताउन भूमिका खेलेको नेपाली कांग्रेस पनि अहिले एक्लै चुनावमा होमिएको छ। कांग्रेसबाट भीम श्रीस चुनावी मैदानमा छन्। अघिल्लो चुनावमा एउटै गठबन्धनमा रहेका नेपाली कम्युनिष्ट पार्टी र राजमोले अहिले पनि चुनावी सहकार्यलाई दोहोर्‍याएका छन्।  

बागलुङ–१ मा दुवै दलको साझा उम्मेदवारका रूपमा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र बागलुङ–२ मा नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे ‘अनिल’ चुनावी प्रतिस्पर्धामा होमिएका छन्। हिजो एउटै चुनावी मोर्चामा रहेका दलहरू अहिले एकअर्काविरुद्ध प्रतिस्पर्धामा छन्।  

गत चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक्लै चुनावी मैदानमा उत्रेको छ। रास्वपाबाट बागलुङ–१ मा सुशील खड्का उम्मेदवार छन्। बागलुङ–१ मा यिनै चार उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ। सम्बन्धित दल र उम्मेदवारले आ–आफ्नै जितको दाबी गरे पनि विगतको चुनावी गणित हेर्दा जुनसुकै दललाई पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज देखिन्न।  

एक्लाएक्लै चुनावमा होमिएका कांग्रेस, एमाले र रास्वपाले आफ्नै बलबुतामा चुनाव जित्ने दाबी गरिरहेका छन् भने नेकपा र जनमोर्चा गठबन्धनको आडमा जित निकाल्ने दाउमा छन्। कांग्रेससहितको पाँच दलीय गठबन्धनबाट अघिल्लो चुनावमा आफ्ना उम्मेदवारलाई विजयी बनाएको राष्ट्रिय जनमोर्चालाई यसपटक नेपाली कम्युनिष्ट पार्टीको मात्र साथ छ। उक्त चुनावमा जनमोर्चाका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी भएका थिए।  

एक्लै चुनाव लड्दा पनि जम्मा दुई हजार ६२६ को मतान्तरले एमाले उम्मेदवार पाठक पराजित भएका थिए। पाठकको १८ हजार ८२५ मत आएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले नौ हजार १८१ मत ल्याएका थिए।  

समानुपातिकतर्फ भने कांग्रेसले सबैभन्दा धेरै १६ हजार ४९३ मत ल्याएको थियो। एमालेले १५ हजार ४२८, रास्वपाले सात हजार ८७७, जनमोर्चाले चार हजार ९८६, नेकपा (तत्कालीन नेकपा माओवादी केन्द्र)ले दुई हजार ८५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २९ र अन्य साना दलले एक हजार १३३ मत ल्याएका थिए।  

विसं २०७९ को चुनावका समानुपातिक मत परिणाम हेर्दा कांग्रेस र एमालेको मतान्तर झन्डै एक हजार देखिन्छ। यी दुवै दलको भन्दा झन्डै आधा मत रास्वपाले पाएको थियो। जनमोर्चा र नेकपाको मत त्योभन्दा पनि कम छ। विगतका चुनावको समानुपातिक मत सङ्ख्यालाई हेरेर ढुक्क हुने अवस्थामा दलहरू छैनन्। पछिल्लो समय मतदातामा मत बदल्ने प्रवृत्ति बढेका कारण हिजो निश्चित राजनीतिक दलका प्रभाव क्षेत्र भनिएका ठाउँमा मत परिणाम भिन्न आउन सक्ने आकलन स्वयं दलहरूले नै गरेका छन्।  

यस क्षेत्रको उम्मेदवारमा अहिले अधिकांश नयाँ अनुहार छन्। कांग्रेस उम्मेदवार भीम श्रीस विद्यार्थी राजनीतिबाट उदाएका नेता छन्। विसं २०६२ मा  त्रिभुवन विश्वविद्यालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका उनी कांग्रेसको केन्द्रीय सदस्य छन्। उनी जैमिनी नगरपालिका–१० राङखानीका बासिन्दा छन्। एमालेका हिराबहादुर केसी यस क्षेत्रबाट तेस्रोपटक चुनावी प्रतिस्पर्धामा छन्। उनी विसं २०७० को दोस्रो संविधानसभा सदस्य चुनावमा नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग पराजित भएका थिए।  

विसं २०७९ को प्रदेशसभा सदस्य चुनावमा बागलुङ–१ (क) मा कांग्रेसका दीपेन्द्रबहादुर थापासँग पराजित भएका थिए। काठेखोला गाउँपालिका–३ धम्जा निवासी केसी एमाले, बागलुङको अध्यक्ष छन्। ससंदीय यात्रा तय गर्ने उनको तेस्रोपटकको प्रयास कत्तिको सफल हुने हो त्यो हेर्न बाँकी छ।  

राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारी पनि पहिलोपटक संसदीय चुनाव सामना गर्दै छन्। विद्यार्थी राजनीति हुँदै पार्टीमा सक्रिय रहँदै आएका उनी बागलुङ नगरपालिका–१२ अमलाचौर निवासी छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर तथा युवा उद्यमी सुशील खड्का चुनावी मैदानमा छन्। बागलुङ नगरपालिका–३ गुठी निवासी उनी बागलुङको राजनीतिमा नयाँ अनुहार छन्। यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याणविक्रम आचार्य, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, मङ्गोल नेसनल अर्गनाइजेसनका गुमाकुमारी बुढा राना मगर, नेसनल रिपब्लिक नेपालका सहवीर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसी चुनावी मैदानमा छन्।  

जितहारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब २० दिन मात्र बाँकी छ। चुनाव नजिकिँदै जाँदा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन्। चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङ–१ को प्रतिस्पर्धामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिएको छ।  

विसं २०७० को दोस्रो संविधानसभा सदस्य चुनावमा नेपाली कांग्रेसले जिल्ला सबै क्षेत्रमा जित हासिल गरेको थियो। विसं २०७४ को चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र विसं २०७९ को चुनावमा कांग्रेससहितको गठबन्धनले विजयी बनेको थियो। बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका समेटिएको यस क्षेत्रमा ३७ वडा रहेका छन्। ९८ हजार ४६ मतदाता रहेको यस क्षेत्रमा ४८ मतदास्थल रहेका छन्। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस