विशाल छिमेकीका बीचमा चेपिएको नेपाल राजनीतिक अस्थिरताका कारण थप संकटमा छ। बढ्दो वैदेशिक चलखेलले नेपालप्रति अहस्तक्षेपको नीति अपनाउँदै आएको चीनलाई समेत यहाँको अस्थिरता र छिमेकीलाई विश्वास दिलाउन नसक्ने राजनीतिक नेतृत्वका कारण तानिरहेको छ। तिब्बतको सुरक्षा संवेदनशीलतामा भारतीय कम्युनिष्ट पार्टी (माओवादी) र काश्मिरदेखि कन्याकुमारीसम्मका विभिन्न सशस्त्र संघर्ष र एनेकपा (माओवादी)को 'जनयुद्ध' भारतबाटै विकसित भएकाले पनि संकट थएको हो।
छरछिमेकका विद्रोही शक्तिलाई दीर्घकालीन होइन क्षणिक लाभका लागि आफ्नो स्वार्थअनुकूल उपयोग गर्ने भारतीय खुफिया एजेन्सीको प्रवृत्तिले गर्दा नै दक्षिणी छिमेकी आतंकवादको घेराबन्दीमा पर्दै गएको हो। यही आशंकाले हिमालयको दक्षिण् पटि्ट चासो नदिने चीनलाई समेत तानिरहेको छ। यो अवस्था भारतको अति हस्तक्षेपका परिणाम हो। ठूला राष्ट्रहरूको छिमेक मुलुकप्रति चासो हुनु अस्वाभाविक होइन। तर त्यसका पनि निश्चित सीमा हुन्छन्। यस्तो चासोले सीमा नाघेपछि हस्तक्षेप विरोधी जनमतबाट त्यही राष्ट्रले चुनौतीको सामना गर्नुपर्ने हुन्छ। ल्याटिन अमेरिकी देशमा अमेरिकी हस्तक्षेपविरोधी जनमत बढेको परिणाम ह्युगो चावेजदेखि मोरालेसहरूको उदय भयो। त्यसले आज विश्वव्यापी आकार ग्रहण गर्दैछ। अमेरिकाको विरोध ल्याटिन अमेरिकी मुलुकको राष्ट्रवादको प्रमुख एजेन्डा बनिरहेको छ।
इरानमा शाहमार्फत् बढाइएको अमेरिकी हस्तक्षेपकै कारण त्यहाँको राजतन्त्रको अन्त्य भयो। अहिले त्यहाँ अमेरिका विरोधी राष्ट्रपति अहमदिनेजाद सशक्तरूपमा प्रकट भएका छन्। अफगानिस्तानमा तत्कालीन सोभियत संघको हस्तक्षेपले राजतन्त्र विस्थापित भयो। अन्ततः सोभियत प्रभाव र कम्युनिस्ट शासन समाप्त पार्नमा अमेरिकाद्वारा प्रयोग गरिएको तालिवान अहिले विश्वकै लागि चुनौती बनिरहेको छ। ससाना स्वार्थमा हस्तक्षेप गर्दा र आफ्नो स्वार्थमा आतंकलाई पोषित गर्दा अन्ततः तिनै राष्ट्रका निमित्त पनि चुनौती बनिरहेको तीतो यथार्थ जताततै देखिएको छ।
सन् १९४७ मा ब्रिटीश साम्राज्यबाट मुक्त भारतको ६३ वर्षे प्रजातान्त्रिक सत्ताले छरछिमेकमा स्थिरता कायम गर्न सकेन। यसैले उसले आफ्नो छिमेकी नीतिमा पुनःविचार गर्नैपर्ने देखिन्छ। तमिलनाडुबाट फैलाइएको श्रीलंकाको तमिल विद्रोह र दिल्लीबाट पोषित नेपालको माओवादी संघर्षप्रति साउथ ब्लक अनभिज्ञ थिएन। क्षणिक स्वार्थमा दीर्घकालीन असरलाई उपेक्षा गर्ने प्रवृत्तिको परिणामस्वरूप ल्याटिन अमेरिकी देशका सत्तासीनहरूमा व्याप्त अमेरिका विरोधी लहरजस्तै दक्षिण एसियामा भारतविरोधी लहर फैलेको छ। यसको कारण दिल्लीले छिमेकीलाई हेर्ने बिटिसकालीन दृष्टिकोणमा परिवर्तन नगर्नु नै हो।
आज नेपालमा बढिरहेको भारतीय हस्तक्षेप विरोधी नारा त्यसलाई राजतन्त्रविरूद्ध उपयोग गर्ने भारतीय नीतिकै परिणाम हो। बीपी कोइरालालाई बनारस र दिल्लीमा अपमान गरिँदा पुष्पलालदेखि मोहनविक्रम सिंहसम्म त्यहाँ सुरक्षा घेरा वरिपरि सुरक्षित नै थिए। नेपालको राजदरबार हत्याकाण्डलाई अतिरंजित बनाएर प्रपोगन्डा गर्ने माओवादी नेतृत्व दिल्लीमै सुरक्षा घेराभित्र थिएन र? माओवादीभित्रै पनि एकथरि गिरफ्तार र अर्कोथरि त्यहाँकै खुफिया एजेन्सीसँग वार्तालापमा हुनु आतंकवादप्रति दोहोरो रणनीति होइन? त्यतिबेला भारतले ने.क.पा. (माओवादी)लाई आतंककारीसमेत घोषणा गरेको थियो।
भारत संरक्षित दक्षिणपंथी दलहरू राष्टिय जनशक्ति पार्टी र राष्टिय प्रजातन्त्र पार्टीको . एकीकरण र अर्कोतर्फ राप्रपा (नेपाल)मार्फत् फालेको कार्ड र दोहोरो नीतिको परिणाम पनि हिजो आतंकवादप्रति अपनाएको द्वैध रणनीतिको जस्तै घातक सिद्ध हुने निश्चित् छ। नेपालको राजनीतिमा भारतले अहिले पनि दोहोरो आत्मघाती खेल खेल्दैछ। यसो गर्नुको साटो २०६३ वैशाख ११ गते राजा, राजनीतिक दल र दिल्लीबीचको सम्झौता के हो? भन्ने खुलासा गरेर इमानदारी देखाउनु उचित हुनेछ। बाह्र बुँदे सम्झौतादेखि नै भारतमा माओवादीलाई दिइएकेा संरक्षण त सार्वजनिक भइसकेकै छ। यस अवस्थामा दक्षिण छिमेकीले २०६३ वैशाख ११ को सम्झौताभन्दा बाहिर गएर अस्तित्वहीन तथा नैतिक, वैचारिकरूपमै बदनाम अतिदक्षिणपंथीहरूमार्फत घेराबन्दी कस्न खोज्नुको परिणाम हितकारी र सार्थक हुने छैन।
अहिले नेपाली कांग्रेस २०१५ सालको प्रजापरिषदजस्तो भएको छ। नेकपा (एमाले) २०५१ को मध्यावधि निर्वाचनपछिको राप्रपाजस्तो अवस्थामा छ। यस्तो अवस्थामा पतनको अन्तिम अवस्थामा पुगेका अतिदक्षिणपंथीमार्फत् खेलिने गलत राजनीति खेलको परिणाम १२ बुँदे सम्झौताको परिणामजस्तै घातक हुनेछ। दुवै छिमेकीलाई सन्तुलनमा राख्ने नेतृत्व नेपालको सन्दर्भमा राजा नै हो। नेपालको दुई वर्षे गणतान्त्रिक अभ्यास र यसभित्रको नेतृत्वले त्यस्तो सन्तुलन राख्न सत्तै्कन भन्ने व्यवहारमै सिद्ध भइसकेको छ। यस अवस्थामा चीन र भारत दवैले आत्मसमीक्षा गर्नु अनिवार्य छ। अन्यथा आज अफगानिस्तान र काश्मिरले भोगेेको अवस्था नेपालमा दोहोरिने जोखिम छ। त्यतिबेला अफगानिस्तानलाई लाखौंको नरसंहार विदेशी सेनाको उपस्थिति र द्वन्द्वसँगै अराजकताबीच राजा जाहिर शाहलाई पुनःस्थापना गर्न खोज्दा नमानेजस्तै अवस्था दोहोरिन सक्छ।
प्रजातन्त्र, जनवाद र क्रान्तिका जति चर्का कुरा गरेपनि व्यवहारिक रूपमा सन्तुलन मिलाउन नसक्नेबाट स्थिरता हुन सक्तैन। त्यस्तो स्थिरता दिनसक्ने नेतृत्व नभएको सिद्ध भइसकेको छ। छिमेकीलाई सन्तुलनमा राख्न व्यक्तिगत, गुटगत र दलगत स्वार्थभन्दा राष्ट्रिय हितलाई महत्व दिने नेतृत्व हुनु अनिवार्य हुन्छ। छिमेकको अन्तर्विरोधनै आआफ्ना गुटगत र दलगत स्वार्थमा उपयोग गर्ने राजनीतिभन्दा बढी नेपालका अहिलेका बामपंथी, प्रजातान्त्रिक र अतिदक्षिणपंथभित्र अग्रस्थानमा रहेको नेतृत्व नहुनु स्वयं छिमेकीहरूकै हितमा हुँदैन। आफ्नो राष्ट्रलाई माया नगर्नेले छिमेकी हित पनि गर्न सक्तैन भन्ने त २०४७ देखि गणतन्त्र घोषणासम्म निरन्तर रहेको प्रजातान्त्रिक दलभित्रको नेतृत्वले नै सिद्ध गरेको छ।
छिमेकीहरूको सुरक्षा संकटको चेपुवामा मुलुकले दिनप्रतिदिन सकस भोगिरहेको छ। समयमै राष्ट्रिय राजनीतिका आन्तरिक शक्ति र छिमेकी राष्ट्रले विगतका गलत र अल्पकालीन नीतिमा पुनःविचार गरेनन् भने नेपालमा लागेको अस्थिरताको आगो दुवै छिमेकीका लागि जोखिमपूर्ण बन्ने छ। काश्मिर र अफगानिस्तानकै कारण आक्रान्त दक्षिण एसियाली अस्थिरताको केन्द्रमा तिब्बत पर्दै जानु चिन्ताको विषय हो। यसले एकातर्फ चीनलाई दक्षिणतर्फ धकेल्दै छ भने त्यो टकराव भाकपा (माओवादी)देखि काश्मिर, बोडो, उल्फा र खालिस्तानजस्ता राष्ट्रिय मुक्ति संघर्षको चुनौती सामना गरिरहेको भारतको पनि हित हुने छैन। सन् १९९०मा भएको सोभियत संघ विघटनबाट फाइदा कसलाई भयो? के यसमा दक्षिण एसियाले सिक्नुपर्ने पाठ छैन?