भनिन्छ, स्वस्थ शरीरमा मात्र स्वस्थ मनको बास हुन्छ र त्यसबाट मात्र स्वस्थ विचार जन्मन्छ। तर विश्वकै महान् जीवित वैज्ञानिक र आइन्स्टाइनपछिका सबैभन्दा ठूला भौतिकशास्त्री बोल्न, लेख्न र हलचल गर्न नसक्ने व्यक्ति हुन् भन्दा धेरैलाई आश्चर्य लाग्ला। विज्ञहरू उनलाई बीसौँ शताब्दीको सबैभन्दा महान् सैद्धान्तिक ब्रम्हाण्डशास्त्री वा ब्रम्हाण्डजगतका सुपरनोभा अर्थात् महानायक पनि भन्दछन्। सन् २००९, जनवरीमा सेवानिवृत्त हुनुअघि उनी संयुक्त अधिराज्य बेलायको क्याम्ब्रिज विश्वविद्यालयको त्यही पदमा लगातार तीस वर्षसम्म कार्यरत थिए जुन पदमा कुनै बेला आइजक न्युटन थिए। उनको नाउँ हो - स्टिफन विलियम हकिङ। एक्काईस वर्षको उमेरदेखि निको नहुने स्नायुरोग न्युरो मस्कुलर डिस्ट्रोफीबाट पीडित हकिङको शरीरका सम्पूर्ण भाग पक्षाघातबाट प्रभावित छन् र उनी २४ सै घण्टा नर्सहरूको रेखदेखमा हि्वलचेयरमा बिताउन बाध्य छन्। तर उनको अशक्तताले उनलाई मन लागेको काम गर्न रोक्न सकेन।
स्टिफनको जन्म जनवरी ८, १९४२ मा बेलायतको अक्सफोर्ड सहरमा भएको थियो। उनले लन्डनको सेन्ट अल्बान्स स्कुलमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए। स्कुलमा स्टिफन असाधारण होइन, राम्रा विद्यार्थी थिए। स्टिफन उच्च शिक्षा हासिल गर्न अक्सफोर्ड विश्वविद्यालयको युनिभर्सिटी कलेजमा भर्ना भए। स्कुलमा छँदा स्टिफनलाई विज्ञान विषय मनपर्थ्यो र गणितको शिक्षकबाट प्रभावित भएकाले स्टिफन गणित पढ्न चाहन्थे। तर, त्यतिबेला युनिभर्सिटी कलेजमा गणित विषयको पढाइ हुँदैनथ्यो। त्यसैले स्टिफनले त्यहाँ प्राकृतिकविज्ञान लिएर आफ्नो अध्ययन सुरु गरे र भौतिकशास्त्रमा विशेषज्ञता आर्जित गरे। सन् १९६२ मा हकिङले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरे। त्यसपछि सैद्धान्तिक खगोलविज्ञान र ब्रम्हाण्डशास्त्र (कस्मोलजी) सम्बन्धी अध्ययन-अनुसन्धानका लागि उनी टि्रनिटी कलेज, क्याम्ब्रिजमा भर्ना भए।
क्याम्ब्रिज पुगे लगत्तै हकिङमा निदान नहुने गम्भीर प्रकारको स्नायुरोग न्युरो मस्कुलर डिस्ट्रोफीको लक्षण देखा पर्न थाल्यो। चिकित्सकहरूले उनलाई एक दुई वर्षमात्र बाँच्ने बताएका थिए। पहिलोपल्ट स्नायुरोगको लक्षण देखा पर्दा हकिङले आफ्नो विद्यावारिधिको अनुसन्धान सुरुमात्र गरेका थिए। लगभग दुई वर्षसम्म उनले अनुसन्धानमा खासै प्रगति गर्न सकेनन्। विद्यावारिधि पूरा गर्नुअघि नै आफ्नो निधन हुने सोचका कारण उनलाई त्यसको खासै चिन्ता पनि थिएन। तर चिकित्सकहरूको अनुमानविपरीत उनको रोग निको नभए पनि स्थिर हुन थाल्यो। त्यसपछि हकिङ फेरि आफ्नो अनुसन्धानमा एकाग्रतापूर्वक लाग्न थाले। उनको अनुसन्धान आइन्स्टाइनको सापेक्षताको सिद्धान्त र ब्रम्हाण्डलाई सञ्चालन गर्ने आधारभूत नियमहरूको खोजसँग सम्बन्धित थियो। हकिङको निष्कर्ष छ - ब्रम्हाण्डको सृष्टि पूर्णरूपले विज्ञानको नियमअनुसार भएको हो र ईश्वर छ भने विज्ञानका नियमहरू नै ईश्वर हुन्। हकिङका अनुसन्धानका यस्तै अन्य निष्कर्ष ब्रम्हाण्ड विज्ञानका क्षेत्रमा धेरै महत्वपूर्ण मानिन्छन्।
विद्यावारिधिको उपाधि हासिल गरेपछि हकिङलाई न्युरो मस्कुलर डिस्ट्रोफीले झन्झन् च्याप्दै ल्यायो। सन् १९८५ उनलाई न्युमोनियाको सङ्क्रमण भयो। उनको बाँच्ने सम्भावना कम थियो। उनलाई बचाउन चिकित्सकहरूले उनको श्वासनलीलाई शल्यक्रियामार्फत् काटेर फाल्नु पर्यो। हकिङको प्राण त बच्यो तर तत्पश्चात् उनले आफ्नो आवाज पूरै गुमाए।
बोल्न र लेख्न नसक्ने भएपछि हकिङकालागि सम्वाद र आफ्ना विचारहरूको सम्प्रेषण सम्भव भएन। यस समस्याको समाधान गर्न क्याम्ब्रिज र क्यालिफोर्नियाका कम्प्युटर विशेषज्ञहरूले हकिङका लागि एक विशेष कम्प्युटर सिस्टम निर्माण गरी दिए। उक्त सिस्टमको मद्दतले हकिङको चश्मामा जडान गरिएको एक विशेष प्रकारको विद्युतीय उपकरणमार्फत् उनी टाउको र आँखाको सङ्केतले आफूले भन्न खोजेको शब्द ह्वीलचेयरमा जडान गरिएको कम्प्युटरमा लेख्न सक्ने भए। यसरी लेखिएको शब्दलाई प्रिन्टरका सहयोगले प्रिन्ट गर्न वा कम्प्युटरसँगै जडान गरिएको अर्को उपकरण भ्वाइस सिन्थेसाइजरका सहायताले आवाजमा बदल्न सकिने भयो। प्रतिमिनेट १५ शब्दमात्र लेख्न सकिने यस प्रविधिको प्रयोग गरेर हकिङले दर्जनौ गहकिला वैज्ञानिक शोधपत्र र पुस्तक लेखे। यिनै प्रविधिको प्रयोग गरेर उनी अरूसँग संवाद र पत्राचार गर्ने गर्छन् र ठाउँठाउँमा गएर वैज्ञानिक एवं सार्वजनिक व्याख्यानसमेत दिने गर्छन्।
हकिङ आफ्नो अनुसन्धानबारे सर्वसाधारणले पनि थाहा पाउन् भन्ने चाहन्थे। त्यसैले उनले सर्वसाधारणले बुझ्ने सरल भाषामा ब्रम्हाण्डविज्ञानजस्ता भौतिकशास्त्रका जटिल विषयमा लोकप्रिय पुस्तकहरू लेखे। यीमध्ये सबैभन्दा पहिलो र चर्चित पुस्तक हो सन् १९८८ मा प्रकाशित अ ब्रिफ हिस्ट्री अफ् टाइम अर्थात् समयको एक संक्षिप्त इतिहास।
ब्रम्हाण्डको उत्पत्ति किन र कसरी भयो? यो कहाँबाट आयो, के यो सधैँ अस्तित्वमय थियो? वा यसका कुनै रचयिता छन्? विश्वमा बुद्धिजीवी मानवको प्रादूर्भाव एक संयोगमात्र हो वा त्यसैका लागि ब्रम्हाण्डको रचना भएको हो? ईश्वर के हो? ईश्वर छ कि छैन? छ भने उनको मनमा के छ? के ईश्वरले नै ब्रम्हाण्डको सृष्टि गरेका हुन्? हो भने के उनीसँग अरू कुनै विकल्प थियो? के समय सँधै अगाडि बढी रहन्छ? के ब्रम्हाण्डको अन्त्य हुँदैछ? के ब्रम्हाण्डका सीमा हुन्छन् वा त्यहाँ थप आयाम हुन्छन्? जब ब्रम्हाण्डको अन्त्य हुन्छ तब के हुन्छ? आदि धेरै गूढ प्रश्नहरूका बारेमा शास्त्रहरूमा कल्पना र विवेचना पाइन्छ। हाम्रा मनमा जिज्ञासा पनि छन्। अ ब्रिफ हिस्ट्री अफ् टाइममा हकिङले यी र यस्तै जटिल, रहस्यमय तथा मानिसमा धेरै समयदेखि जिज्ञासाका रूपमा रहँदै आएका पुराना प्रश्नलाई सर्वसाधारणले बुझ्ने भाषामा व्याख्या गर्ने र तिनको भरपर्दो उत्तर दिने प्रयास गरेका छन्।
यस पुस्तकमा हकिङले बिग ब्याङ, ब्ल्याक होल स्पेस एन्ड टाइम जस्ता ब्रम्हाण्डविज्ञानका थुप्रै चर्चित विषयको पनि सरल भाषामा व्याख्या गरेका छन्। तर यस्ता जटिल वैज्ञानिक विषयवस्तुलाई व्याख्या हकिङले पदार्थ र ऊर्जाबीचको सम्बन्ध वर्णन गर्ने आइन्स्टाइनको विश्वविख्यात एउटा समीकरणबाहेक अरू कुनै पनि गणितीय समीकरणको प्रयोग गरेका छैनन्। पुस्तकको यो एउटा विशेषता हो। पुस्तक पढ्दापढ्दै हकिङसँगै हामी ब्रम्हाण्डको यात्रा गर्दैगर्दै चमत्कृत हुन्छौँ।
प्रकाशित हुने बित्तिकै अ ब्रिफ हिस्ट्री अफ् टाइमले अपार सफलता पायो। यसले पुस्तक विक्रीको इतिहासमा यसअघिका कयौं रेकर्ड तोड्यो। दुईसय ३७ हप्तासम्म लगातार सर्वाधिक विक्री हुने पुस्तक (बेस्टसेलर) बनेर अ ब्रिफ हिस्ट्री अफ् टाइमले यसअघिको १ सय ८४ हप्ताको बेस्टसेलर रेकर्ड तोडी 'गिनिज बुक अफ् वर्ल्ड रेकर्ड'मा नाम दर्ता गर्यो। हकिङका अनुसार हरेक ७ सय ५० मानिसका लागि अ ब्रिफ हिस्ट्री अफ् टाइमको एक प्रति बिक्रि भएको छ। अ ब्रिफ हिस्ट्री अफ् टाइम बीसौँ शताब्दीमा सबैभन्दा बढी विक्री भएका पुस्तकमध्ये एक हो। विज्ञान विषयमा लेखिएका पुस्तकमध्ये यति लोकप्रिय पुस्तक इतिहासमा अरू छैन।
वैज्ञानिक जगत् र सञ्चारमाध्यमले अ ब्रिफ हिस्ट्री अफ् टाइमको प्रशंसा गर्दै असंख्य समीक्षा र टिप्पणी गरेका छन्। समीक्षकहरूले यस पुस्तकलाई 'सर्वसाधारण पाठकका लागि ब्रम्हाण्डविज्ञानको सबैभन्दा उत्कृष्ट पुस्तक', 'मौलिक विचार र साहसिक परिकल्पनाको बेजोड नमुना', 'एक उत्कृष्ट विजय', 'स्पष्ट र संक्षेप', 'साहित्यिक एवं काव्यात्मक', 'सुन्दर र बोधगम्य', 'मर्मस्पर्शी, ' चमत्कारपूर्ण', 'पथप्रदर्शक', 'प्रेरणादायी', 'उत्तेजक', 'आकर्षक', 'मनमोहक', 'सुन्दर लेखन', आदि विशेषण दिएका छन्।
केही समीक्षकले भनेका छन्, 'हकिङ ग्यालिलियो, न्युटन र आइन्स्टाइनको स्तरका वैज्ञानिक हुन् जसले आफ्नो शारिरीक असशक्तता माथि विजय प्राप्त गरेर ब्रम्हाण्ड जगतका सुपरनोभा अर्थात् महानायक बन्न सफल भए। आइन्स्टाइनले सामान्य पाठकका लागि ब्रम्हाण्डविज्ञानबारे कुनै पुस्तक लेख्न चाहेका भए सम्भवतः उनले पनि हकिङको अ ब्रिफ हिस्ट्री अफ् टाइम जस्तै पुस्तक लेख्ने थिए।'
'अहसाय भएर आफ्नो हि्वलचियरमा बसिरहँदा पनि हकिङको मन स्थान र समयको विशालतामा ब्रम्हाण्डको रहस्यको खोज गर्न उडिरहन्छ। हकिङको उत्तेजक विम्ब र प्रगाढ कल्पनाले हामीलाई सृष्टिको मुटुमा रहेको अन्तिम रहस्यको नजिक ल्याउन सहयोग गरेको छ। ब्रम्हाण्डविज्ञानका विषयमा यति सरल भाषामा पुस्तक लेख्ने क्षमता हकिङबाहेक सम्भवतः अरू कुनै विशेषज्ञमा छैन। आइन्स्टाइनपछि महाविस्फोट अर्थात् बिग ब्याङ र ब्रम्हाण्डको उत्पतिबारे सजिलोसँग बुझ्ने र विश्वसनीय ढङ्गमा कसैले व्याख्या गरेको छ भने, हकिङले मात्रै गरेका छन्।'
पुस्तकमा ग्यालिलियो, न्यूटन र आइन्स्टाइनबारे धेरैलाई थाहा नभएका केही महत्वपूर्ण तथ्य पनि छन्। हकिङका अनुसार ग्यालिलियोले पिसाको धरहराबाट विभिन्न वजनका फलामका डल्ला खसालेर आफ्नो सिद्धान्तलाई प्रमाणित गरेको भन्ने बहुचर्चित कथा वास्तवमा सत्य होइन। न्यूटनले स्याउ खसेको घटनाबाट प्रेरित भएर गुरुत्वाकर्षणको नियम पत्ता लगाएको कथा पनि वास्तवमा पूरा सत्य थिएन। न्यूटन एक दुष्ट व्यक्ति थिए जो आफ्नो प्रतिद्वन्दी वैज्ञानिकलाई समाप्त पार्न आफनो पद र शक्तिको दुरूपोग गर्नुका साथै जे गर्नपनि पछि हट्दैनथे। पूर्वाग्रहका कारण आइन्स्टाइनले सम्पूर्ण वैज्ञानिक समुदायले स्वीकारेको माक्स प्लाङ्कद्वारा प्रतिपादित र प्रमाणित क्वान्टम भौतिकीको सिद्धान्तलाई कहिल्यै स्वीकार गरेनन्।
अ ब्रिफ हिस्ट्री अफ् टाइम पढ्दैजाँदा पाठकलाई आश्चर्य लाग्छ, आजकोजस्तो कुनै आधुनिक उपकरणविना नै सयौँ वर्षअघिका वैज्ञानिकहरूले कसरी ठूल्ठूला वैज्ञानिक सिद्धान्त ठीकसँग प्रतिपादन र प्रमाणित गर्न सके होलान्?
अ ब्रिफ हिस्ट्री अफ् टाइमलाई समयसापेक्ष बनाउन र आमपाठकका लागि भाषा अझ सरल पार्न हकिङले लिवोनार्ड म्लोडिनोभसँगको सहलेखनमा सन् २००५ अ ब्रिफर हिस्ट्री अफ् टाइम (समयको संक्षिप्ततर इतिहास) प्रकाशित गरे। हकिङले सर्वसाधारणका लागि ब्रम्हाण्ड विज्ञानसँग सम्बन्धित अरू पनि पुस्तक लेखेका छन्। केही समयअघि उनले आफ्नो छोरी लुसीसँग मिलेर बालबालिकाका लागि ब्रम्हाण्डबारे दुई पुस्तक जर्जस् सिक्रेट कि टु द युनिभर्स र जर्जस् कस्मिक ट्रेजर हन्ट प्रकाशित गरेका छन् । तेस्रो पुस्तक प्रकाशनोमुख छ।
हकिङ ब्रम्हाण्ड र पृथ्वीमा मानिसको भविष्यबारे चिन्तन-मनन गर्न सदा व्यस्त रहन्छन् । आफू ब्रम्हाण्डको भन्दापनि मानिसको भविष्यबारे बढी चिन्तित भएको उनी बताउँछन्। उनी लोभ र मूर्खताका कारण पृथ्वीमा मानिसको भविष्य सङ्कटमा पर्ने सम्भावना देख्छन्। मौसम परिवर्तन, परमाणु हतियार र आनुवंशिक परिवर्तनद्वारा निर्मित जीवाणुलाई पनि मानिसको अस्तित्वका लागि ठूलो खतरा ठान्छन्। कुनै दिन सौर शक्तिको अन्त्य हुने र मानिस पृथ्वीमा बाँच्न नसक्ने अवस्था उत्पन्न हुने भएकोले त्यस्तो स्थिति उत्पन्न हुनुअघि नै मानिसले अर्को ग्रहमा बसाँइ सर्नुपर्ने हकिङ तर्क गर्छन्।
अ ब्रिफ हिस्ट्री अफ् टाइम हरेक व्यक्तिले पढ्नै पर्ने पुस्तक हो। वास्तवमै हकिङ एक चमत्कार हुन्। इच्छाशक्ति भए अशक्तता भएका व्यक्तिले जुनसुकै प्रकारको उच्चतम सफलता प्राप्त गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण हुन् स्टिफन हकिङ।