निर्वाचन स्थगनको प्रस्ताव
१७ फागुन २०७३
•
१२ मिनेट पाठ
निर्वाचन स्थगनको प्रस्ताव
१९ वर्षपछि स्थानीय तहको चुनाव २०७४ साल वैशाख ३१ गते सम्पन्न गर्ने घोषणा नेपाल सरकारले गरेको छ र निर्वाचन आयोगले वैशाख १६ गते उम्मेदवार मनोनयनलगायत निर्वाचनसम्बन्धी कार्यविधि प्रकाशित गरेको छ। निर्वाचन घोषणाले जनतामा उत्साह जगाएको छ। ठूलो त्याग र बलिदानपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र सोसम्बन्धी जारी संविधानको कार्यान्वयन स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनबिना सम्भव छैन। स्थानीयदेखि केन्द्रीय तीनवटै तहमा निर्वाचन भएर निर्वाचित जनप्रतिनिधि र तिनीमार्फत् आर्थिक क्रान्ति र समृद्धितिर मुलुकले फड्को नमारेसम्म राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा हुन सक्दैन र जनताको जीवन माथि उठ्न पनि सक्दैन। तर के घोषित मितिमा चुनाव सम्पन्न होला? प्रश्न अहिले पनि अनुत्तरित छ।

जहाँतक संविधानमा मधेसकेन्द्रित दलका माग सम्बोधन गर्ने कुरा छ, संसद्मा प्रस्ताव पेश गर्ने, त्यसको निर्णयलाई मानेर जाने कुरा नै सर्वोत्तम लोकतान्त्रिक विधि हो।

हाम्रा अगाडि तीतो अतीत छ। संविधान जारी हुँदा कतै दीपावली, कतै अन्धकारको विडम्बना देखिएको थियो। त्यतिबेला बलेको आगो अझै निभेको छैन। मधेसकेन्द्रित दलहरुद्वारा हिजो संविधान बहिष्कार गरेजस्तै चुनाव बहिष्कार गर्ने र मधेसमा चुनाव नै हुन नदिने धम्की आइरहेको छ। र, सिके राउत प्रवृत्ति जागेर पृथकतावादी बिष वमन भइरहेको छ।

अर्कातिर मधेसकेन्द्रित दललाई मनाउन भनी संसद् सचिवालयमा दर्ता गरिएको संशोधन प्रस्ताव उनैलाई मन परेको छैन। प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत बहुसंख्यक दलले त्यसको कडा प्रतिवाद गरिरहेका छन्। संशोधन प्रस्ताव कसको इशारामा कसलाई खुशी गराउन ल्याइएको हो, रहस्यमय छ। संशोधन प्रस्ताव पक्ष/विपक्षको द्वन्द्वमा त्रिशंकु बनेर संसद् सचिवालयमा झुण्डिएको छ। प्रादेशिक सभाको दुईतिहाईले निर्णय गर्ने सीमाङ्कन हेरफेरसम्बन्धी संवैधानिक व्यवस्था हुँदाहुँदै चोर बाटोबाट दर्ता गरिएको प्रस्ताव सरकारलाई काँचो पिँडालुझैं निल्नु न थुक्नु भएको छ। संविधान उल्लङ्घन गरेर संशोधन प्रस्तावलाई प्रक्रियामा लगेर यदि दुई तिहाई पुगेन र प्रस्ताव फेल भयो भने मधेसकेन्द्रित दलहरु चुनावमा सहभागी हुन्छन् भन्ने के ग्यारेन्टी? जबकि संविधानसभाको ९० प्रतिशतभन्दा बढी बहुमतले पारित गरेर जारी भएको संविधान अस्वीकार गर्दै जलाएको तीतो यथार्थ जगजाहेर छ। यस्तो तीतो अतीत हुँदाहुँदै प्रादेशिक सभाको अधिकार कुल्चेर रूपान्तरित व्यवस्थापिका–संसद्ले संशोधन प्रस्ताव पारित गरे पनि मधेसकेन्द्रित दलहरुले स्वीकार गर्लान् भन्ने के विश्वास? यदि प्रक्रियामा लगेर मतदान गराउने हो भने पास फेल जे भए पनि चुनावमा जाने प्रतिबद्धता हुन्छ भने प्रमुख प्रतिपक्षी एमाले पनि लचक हुनुपर्छ र ऊ लचक भएरै प्रक्रियामा गएको प्रस्तावबारे मौन देखिएको छ।

यसैबीच उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गरी यथास्थितिमा घोषित चुनाव स्थगित गरेर सर्वपक्षीय सरकार बनाउने र मधेसकेन्द्रित दलका माग सम्बोधन गरी चुनाव गराउनुपर्ने विचार व्यक्त गरेका छन्। ती दुवैको विचारको अन्तरवस्तुमा के कुरा छ, समयक्रममा स्पष्ट होला। सतहीरूपमा हेर्दा यदि चुनाव भएर पनि देशमा शान्ति भएन र मुलुक युद्ध र द्वन्द्वमा फस्यो भने परचक्रीका लागि धमिलो पानीमा माछा मार्न अरु मौका मिल्नेछ। शायद यही आशयले यस्तो विचार व्यक्त भएको होला। यो बेला यस्तो विचार बेलाको बोली हो या बेमौसमी बाजा? प्रश्न विचारणीय छ।

प्राप्त उपलब्धिको रक्षा र अग्रगमनको लोकतान्त्रिक विधि भनेको समयसीमाभित्र तीनवटै तहको चुनाव नै हो। २०७४ माघ ७ गतेभित्र तीनवटै तहमा निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन नगर्ने हो भने संवैधानिक संकट उत्पन्न हुने र मुलुक झन् बढी संकटमा पर्ने खतरा छ। यस्तो अवस्थामा चुनावमा ढिलाइ गर्नै नहुने स्थिति छ। घोषित निर्वाचन स्थगित गरेर सर्वदलीय सरकार बनाउने र त्यसले चुनाव गराउने कुरा कसरी सम्भव हुन्छ र? माघ ७ गतेभित्र चुनाव हुन सक्छ? विचार प्रस्तोता यादव र भट्टराईले त्यसको सही समाधान दिन सक्नुपर्छ। अन्यथा उहाँहरु दुवैको बोली बेलाको बोली नभएर बेमौसमी बाजा बन्न सक्छ। जहाँतक प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा छ, संविधान जारी गर्नुभन्दा पहिले संविधानसभाका बेला एमाले एमाओवादीले राखेको प्रस्ताव छाड्यो। जनताको राय सुझावमा ९० प्रतिशतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने सुझाव प्रस्तुत गरेका थिए। तर त्यसलाई पनि पर पन्छाएर परम्परागत संसदीय पद्धति जुन अपनाइयो, त्यो सरासर जनताप्रतिको विश्वासघात हो। नयाँ शक्ति पार्टीले त्यसबारे देश/विदेश सबैतिर हस्ताक्षर अभियान चलाएको छ र संविधान संशोधनमा त्यो विषय समावेश हुनुपर्छ भन्ने डा.भट्टराई र उपेन्द्र यादवको संयुक्त विचार सकारात्मक छ। पंक्तिकार उक्त विचारको स्वागत गर्छ तर संसद् सचिवालयमा दर्ता भएको र संसद्मा प्रक्रियागत छलफल भइरहेको संशोधन प्रस्तावमा यो विषयले प्रवेशै पाएको छैन। तब अहिले कसरी हुन्छ उहाँहरुको विचार कार्यान्वयन?

मेची, महाकाली र मुस्ताङ मर्चवार नेपालको सिंगो शरीर हो। शरीरका नसा नेपालका नदीनाला हुन् र तिनमा बग्ने पानी हिमाल, पहाड र तराई  मधेसमा बस्ने सबै नेपालीको रगत र पसिना हो। त्यसैको सिँचनले धर्ती हराभरा भएको छ। हिमाल, पहाड, तराई मधेसको आर्थिक, सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्ध छ। मधेसीलाई नेपाली नठान्ने र हिमाली पहाडीलाई हिमाले, पहाडे भन्ने जुन संकीर्ण  सोच छ, त्यसबाट माथि उठेर सिंगो नेपालको रक्षा र विकासका लागि एकजुट हुनुपर्छ। कसैले पनि कुनै परचक्रीलाई छेद दिन हुँदैन। मधेसलाई अलग राज्य बनाउने भन्ने कतिपय पृथकतावादीको जुन गन्धे राग सुनिएको छ त्यो स्वयं मधेसमा बस्ने नेपालीका लागि समेत प्रत्युत्पादक हुनेछ। अतः त्यसको प्रतिवाद गर्नुपर्छ। जहाँतक संविधानमा मधेसकेन्द्रित दलका माग सम्बोधन गर्ने कुरा छ, संसद्मा प्रस्ताव पेश गर्ने, त्यसको निर्णयलाई मानेर जाने कुरा नै सर्वोत्तम लोकतान्त्रिक विधि हो। लोकतान्त्रिक गणतन्त्र र संघीयताका लागि संघर्ष गरेका दलहरु लोकतान्त्रिक अभ्यासबाट पर हट्न हुन्न र त्यसको निर्णयलाई शिरोधार्य गरी चुनावमा जानु वाञ्छनीय छ।

दलीय सहमतिबाट पञ्चायती निरंकुश तन्त्र ढल्यो। दलीय सहमतिबाट राजतन्त्र ढल्यो र दलीय सहमतिबाट नै संविधानको कार्यान्वयन गर्दै आर्थिक क्रान्ति र समृद्धि गर्नतिर सबै नेपाली एकजुट हुनु हिजो जस्तै आज पनि आवश्यक छ। प्रतिगामी प्रतिक्रियावादीले फणा फैलाउन नपाउन् भन्ने कुरामा अग्रगमनकारी सजग हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अनुवाद गर्न मुलुकको सर्वतोमुखी विकास र समृद्धि गर्न हिमाल, पहाड र तराई मधेसका नेपाली जनता एकजुट हुनुपर्छ। आन्तरिक कलह, युद्ध र द्वन्द्वले आन्तरिक राष्ट्रियता कमजोर हुन्छ र सँगसँगै बाह्य राष्ट्रियता पनि कमजोर हुन्छ। विकासमा अवरोध पैदा हुन्छ। र, मुलुक झन् पछि झन् परनिर्भर अर्थतन्त्रका भरमा बाँच्न बाध्य हुन्छ। अतः सर्वदलीय सहमति गरी चुनावमा जाने र १९ वर्षदेखि जनप्रतिनिधिबिहीन स्थानीय तहलाई स्थानीय सरकारले लेस बनाई प्रादेशिक र केन्द्रीय तहको चुनाव माघ ७ गतेभित्र सम्पन्न गरी वर्तमान संगीन र संक्रमणकालीन अवस्थाबाट मुलुकलाई मुक्त गर्नु हिमाल, पहाड, तराई, मधेस सबैतिरका नेपालीको परम कर्तव्य हुन आउँछ। पुर्खाले भारतीय बृटिस उपनिवेशवादसँग लडेर जोगाएको तथा १८१६ को असमान सुगौली सन्धिको असह्य पीडा सहेको वीर नेपालीको यो देश नेपाल कतै हाम्रै कमजोरीका कारणले परचक्रीको चंगुलमा फस्ने हो कि भन्ने विषयमा हिमाल, पहाड र तराई, मधेसका सबै नेपाली आन्तरिक समस्याको समाधान आफैँ गर्ने र राष्ट्रिय सहमति गरी प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धि गर्नतिर अगाडि बढ्नु बुद्धिमानी हुनेछ।
अर्को समाचार
संघीय गठबन्धनद्वारा निर्वाचन रोक्न माग
२४ फागुन २०७३
•
३ मिनेट पाठ
संघीय गठबन्धनद्वारा निर्वाचन रोक्न माग
काठमाडौं— मधेसी मोर्चासहितको संघीय गठबन्धनले सप्तरी घटनालाई कारण देखाउँदै निर्वाचन स्थगनको माग गरेको छ। संघीय समाजवादी फोरम नेपालसहितको गठबन्धनले संसदमा रहेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र ७ दिनभित्र स्थानीय तहको निर्वाचन घोषणा फिर्ता लिन माग गरेको हो।

गठबन्धन अध्यक्ष उपेन्द्र यादबको अध्यक्षमा मंगलबार बसेको बैठकले सात दिनभित्र परिमार्जनसहित संविधान संशोधन नगरे एवं स्थानीय निर्वाचन घोषणा फिर्ता नलिए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

गठबन्धन अध्यक्ष उपेन्द्र यादबको अध्यक्षमा मंगलबार बसेको बैठकले सात दिनभित्र परिमार्जनसहित संविधान संशोधन नगरे एवं स्थानीय निर्वाचन घोषणा फिर्ता नलिए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। सप्तरी घटनापछि सोमबार राति बसेको मधेसी मोर्चाको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता गरेको नेताहरुले बताएका थिए। मोर्चाको आधिकारिक विज्ञप्तिमा समर्थन फिर्ताबारे केही उल्लेख थिएन।

संघीय गठबन्धन मधेसी मोर्चा, संसदमा प्रतिनिधित्व गर्ने ९ दल लगायतको गठबन्धन हो।

मोर्चाले सोमबार एमालेको शान्तिपूर्ण सभा बिथोल्ने प्रयास गर्दा सप्तरीमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको थियो। सो घटनालाई लिएर गठबन्धनले मंगलबार नेपाल बन्दसहितका विरोध कार्यक्रम समेत घोषणा गरेको छ। आगामी फागुन २७ गते नेपाल बन्द गर्ने घोषणा, फागुन २६ गते काठमाडौं सहित देश भरका सदरमुकाममा विरोध सभा गर्ने गठबन्धनले जनाएको छ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोलाई टेलिफोन गरेर समर्थन फिर्ता नलिन आग्रह गरेका थिए। दाहालले मोर्चा नेताहरुलाई मृतकलाई शहीद घोषणा र क्षतिपूर्तिको आश्वसन दिएको बताइएको छ।

प्रधानमन्त्रीले केही दिन भित्रै माग पुरा गर्ने आश्वासन दिएकोले मंगलबार लिने भनेको समर्थन फिर्ताको लागि ७ दिनको समय दिइएको सद्भा्वना पार्टीका महासचिव मनिष सुमनले बताए। गठबन्धनले सप्तरी घटनाको दोषीलाई कारबाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग माग गरेको छ।

मोर्चाको विज्ञप्ति
https://images.nagariknewscdn.com/archive/17-20/news_images/58beb76876df6.JPG
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस