माओवादी अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड)ले चैत २४ को 'जनसभा' मा आफ्नो नेतृत्वमा सरकार नबने जेठ १४, २०६७ भित्र संविधान पनि बन्न नसक्ने घोषणा गरे। दाहालले खुलामञ्चबाट ' जनविद्रोह'को घोषणा गर्दा ताली पनि पाए। माओवादीले चैत २४ को साइत पारेर राजधानीलगायत देशका विभिन्न क्षेत्रमा सभा गर्यो।
माओवादीको मुख्य तारो माधवकुमार नेपालको सरकार बनेको छ। गुल्मीमा बाबुराम भट्टराई ' जनविद्रोहलाई' महाभारतको युद्धसँग तुलना गर्र्दै थिए। बाबुरामले आफूहरूलाई पाण्डव र सत्ताधारीलाई कौरव भने। 'शान्ति र संविधान'को नेपालीको चाहनाविपरीत माओवादी नेपाललाई कुरुक्षेत्र बनाउन खोज्दैछन्। त्यस कुरुक्षेत्रमा को पाण्डव र को कौरव हो भन्ने छिनोफानो त इतिहासले गर्नेछ नै तर, ' विद्वान' बाबुरामलाई एउटामात्रै प्रश्न संसदीय राजनीतिमा सडकबाट सत्ताको माग किन? हेटौँडामा रामबहादुर थापाले ३० हजारको बलिदान दिन तयार भएको उद्घोष गरे। माओवादीले पहिलो र दोस्रो जनआन्दोलनको संझनामा आयोजना गरेका सभाहरूमा नेताहरूले आफ्नो नेतृत्वको सरकारका निम्ति माओवादी समर्थक, कार्यकर्तासँग बलिदानको आग्रह गरेका छन्।
करिब सात वर्षअघि पत्रकारिता अध्ययनका क्रममा भारतको चेन्नइमा रहँदा त्यहाँको सुपरमार्केट स्पेन्सरप्लाजामा देखिएको एउटा दृश्यले बारम्बार झस्काइरहन्छ। सुपरमार्केटमा झुण्डाइएको टी सर्टमा नेतालाई व्यंग्य गर्दै 'नेता आफ्नो मुलुकका लागि तिम्रो रगत दिन तयार हुन्छ।' भन्ने अर्थको अंग्रेजी वाक्य लेखिएको थियो। माओवादी नेता पनि त्यस्तै देँिखदैछन्। सत्तामा पुग्न उनीहरू जनतालाई आन्दोलनमा होम्ने उद्घोष गर्दैछन्। सरकार बदल्नै त संसदीय अभ्यासबाटै सकिन्छ नि। शान्ति प्रक्रियामा आएर निर्वाचनबाट संविधान सभामा सबैभन्दा धेरै स्थान पाएका माओवादी नेताहरू किन लोकतान्त्रिक अभ्यासभन्दा सडकबाट सत्ता कब्जा गर्न चाहन्छन्?
वर्तमान सरकार गिराउन माओवादीले ' जनविद्रोह' गर्ने घोषणा कसरी अघि बढ्छ अहिल्यै भन्न सकिने स्थिति छैन। तर, खुलामञ्चको सभामा दाहालले आफ्नै बारे महत्वपूर्ण प्रश्न गरेका छन्। उनी भन्दै थिए - नागरिक सर्वोच्चताको आन्दोलन के भयो? राष्ट्रिय स्वाधीनताको आन्दोलन के भयो, माओवादी नेतृत्वमा सरकार गठन गर्ने आन्दोलन के भयो? बितेका १० महिनादेखि माओवादीले गरेका आन्दोलनका उपलब्धि बारे दाहालले प्रश्नमात्रै गरे, उत्तर दिएनन्। यो स्वभाविक भएन। आन्दोलन बारे दाहालका आफ्नै विश्लेषण होलान्। तर उनका प्रश्नको सही उत्तर हो, माओवादी आन्दोलन तुहियो । किन तुहियो? यो प्रश्नको उत्तर पनि माओवादी भित्रबाटै खोज्न आवश्यक छ। पहिलो, माओवादीको नागरिक सर्वोच्चताको आन्दोलनलाई नागरिकले साथ दिएनन्। बहुदलीय प्रतिस्पर्धामा आएको पार्टीले राष्ट्रिय सेनालाई आफ्नो पार्टीको जस्तो व्यवहार गर्दा राष्ट्रपतिबाट हस्तक्षेप भएको हो। राष्ट्रपतिको कदम विवाद मुक्त नहोला तर, माओवादीले उसका विरुद्ध २२ दल किन एकै ठाउँमा भए भन्ने बुझ्नुपर्छ।
राष्ट्रिय स्वाधीनताको आन्दोलनसम्बन्धी प्रश्नको उत्तर अरूबाट भन्दा आफू र आफ्नै पार्टीका नेता बाबुरामबाट खोज्दा राम्रो होला। भारतविरोधी राष्ट्रवादका पक्षपाती दाहालले आफ्नै सहयोद्धा बाबुरामलाई भारतपरस्त भएको आरोप लगाउन सक्छन् भने अरू पार्टीका नेतालाई 'दिल्लीको दूत' देख्नु अस्वाभाविक होइन। नेपालको राजनीतिमा दिल्ल्ाीले कति गहिरो चासो र सरोकार राख्छ भन्ने यथार्थको सबैभन्दा मर्मज्ञ दाहालै हुनुपर्छ। 'जनयुद्धका अधिकांश समय दिल्लीको सद्भाव पाएका दाहाल भारतका विरुद्ध चर्को भाषण गर्छन् र तत्कालै आफू भारत विरोधी होइन है भन्दै स्पष्टीकरण पनि दिन्छन।
माओवादी नेतृत्वको सरकार बनाउने आन्दोलनको किन सफल भएन? बाह्र बुँदे सहमति, दोस्रो जनआन्दोलनमा सहभागिता, विस्तृत शान्ति संझौता, अन्तरिम संविधान, संविधानसभाको निर्वाचन हेर्दा माओवादी एक दलीय तानाशाहीको विपक्षमा देखिन्छ। तर व्यवहारमा भने माओवादी त्यस्तो छैन। संसदीय प्रणालीमा सडकबाट सरकार गठन र विघटनको अभ्यास गरिँदैन। माओवादी संसद्को सबैभन्दा ठूलो दल हो। उसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनसक्छ। सरकार पक्षका २२ दललाई आफ्नो खेमामा ल्याउन सक्छ। त्यस अवस्थामा सरकार हटाउन कसैले छेक्न सत्तै्कन।
माओवादीको सहयोगबिना संविधान बन्न सक्तैन। शान्ति प्रक्रियाको महत्वपूर्ण कार्य लडाकु समायोजन पनि हुन सक्तैन। यही बाध्यता थाहा पाएर माओवादी नेताहरूले सडकबाट धम्क्याएका हुन्। तर, सडकबाटै सरकार बदल्ने हो भने संसदीय अभ्यासको के अर्थ?