सरकार कसरी बाधक भयो?
२४ चैत्र २०६६
•
१३ मिनेट पाठ
सरकार कसरी बाधक भयो?
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) माथि अहिले संकटको बादल मडारिन थालेको छ। विभाजनको पीडा अझै भुल्न नसकेको एमाले पंक्तिमा अहिले फेरि कता-कता २०५४ सालको झल्को देखिन थालेको छ। आफूले जतिसुकै प्रयत्न गरे पनि सरकार परिवर्तन हुने सम्भावना नदेखेपछि एकीकृत नेकपा (माओवादी)ले एमालेभित्रका आफ्ना शुभेच्छुकलाई प्रयोग गरेर सरकार ढाल्ने प्रयत्न गरेकाले एमाले संकटतर्फ धकेलिन थालेको हो। त्यसका लागि अहिले एमालेभित्र आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर संकलनको खेल सुरु भएको चर्चा सार्वजनिक भएको छ।

पार्टीका कार्यक्रममा पनि हेलिकोप्टर भाडामा लिएर जानसक्ने आर्थिक हैसियत भएको माओवादीले एमालेभित्र खेलेर 'मुसा प्रवृत्ति' को स्मरण गराएको छ। विपक्षीले सरकार ढाल्न खोज्नुलाई अन्यथा लिन मिल्दैन। तर, सत्तारुढ पार्टीभित्रैबाट आफ्नो पार्टीको होइन, अर्काको पार्टीको प्रधानमन्त्री चाहिन्छ भनेर अभियान सुरु हुनु दलीय व्यवस्थाका लागि लाजमर्दो प्रवृत्ति हो। विगतमा एमालेको छातीमाथि निर्ममतापूर्वक विभाजनको छुरा रोप्ने पात्रहरू नै एमालेमा संकट उत्पन्न गराउन खोज्दैछन्। पेरिसडा"डामा बजेको बा"सुरीको धुनमा नाचिरहेका यी पात्रले सरकारमाथि लगाएका लाञ्छना र यिनीहरू स्वयंको विगत हेर्दा आफूमाथि लागेका आरोप नै अहिले सम्झेजस्तो देखिन्छ। विगतमा पार्टी विभाजनका अगुवा, महाधिवेशनमा पराजित, चेज एअरकाण्डका चर्चित पात्रदेखि नागरिकताका बारेमा अदालतमा मुद्दा विचाराधीन रहेकासम्मको यस अभियानले कति सार्थकता पाउँछ, हेर्न बाँकी छ। तर, संसदीय दलमा उठाउन खोजिएको यस मुद्दाले कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने भन्ने निरर्थक बहस भने फेरि सुरु भएको छ।
प्रधानमन्त्री माधवकुमार नेपालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसकेको र संविधान निर्माण गर्न नसकेको अभियोग लगाउनु राजनीतिक यथार्थको जानाजान अपव्याख्या हो। माओवादी सेनाका लडाकुको समायोजन र व्यवस्थापन नगरी शान्ति प्रक्रियालाई पूर्णता दिन सकि"दैन भन्ने तथ्य जोसुकैलाई थाहा छ। त्यसका लागि प्रधानमन्त्री नेपालले विशेष समितिका २१ वटा बैठक राखी समयसीमासहितका कार्ययोजना पारित गराइसकेको तथ्य सबैले थाहा पाएकै हो। तर, एक हातले ताली बज्दैन। माओवादीले निर्णय गरेरै 'नया" संविधान कस्तो बन्छ भन्ने नहेरेसम्म निःशस्त्र हुन सकि"दैन' भन्ने धारणा सार्वजनिक गरेको सबैलाई थाहै छ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालास"ग भएको सहमतिलाई आधार मान्ने हो भने तीन हजार र हतियारलाई आधार बनाउने हो भने ३ हजार २ सय लडाकुलाई सुरक्षा निकायमा समायोजन गर्न सकिन्छ भन्ने प्रस्ताव प्रधानमन्त्री नेपालले विशेष समितिमा राखिसक्नुभएको छ। तर, जनविद्रोहको राजनीतिक लाइन बोकेको माओवादीले कुनै विन्दुमा पनि सकारात्मक भूमिका निर्वाह गरेको छैन। विगतमा माओवादीले नसकेको अयोग्य लडाकुलाई शिविरबाहिर निकाल्ने काम वर्तमान सरकारले गर्दा पनि ऊ उल्टै रिसले मुर्मुरिएको छ। समायोजनको कार्ययोजना र कार्यविधिसमेत अगाडि सारिसकेको स्थितिलाई पूरै अस्वीकार गरेर प्रधानमन्त्रीले शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन नसकेको एकतर्फी आरोप लगाउनु पूर्वाग्रह, चरम अज्ञान र माओवादीको बोलीमा लोली मिलाउनुमात्रै हो।

संविधान निर्माण सरकारको काम होइन। यसमा सरकारले भौतिक सुविधा उपलब्ध गराउने र मध्यस्थताको भूमिका निर्वाह गर्नसक्नेबाहेक अरू काम गर्न सक्तैन। अझ संविधानसभाका सदस्यले नै 'प्रधानमन्त्रीले संविधान बनाउन सकेनन्' भन्नु त झन् हास्यास्पद हुन्छ। किनभने, संविधान सभाभित्र सरकार नै छैन। सरकारको निर्माण व्यवस्थापिका-संसद्बाट हुन्छ। संविधानसभाबाट संविधान निर्माण हुन्छ। सभासद्हरूलाई त राम्ररी हेक्का हुनुपर्ने हो- संविधान सभाभित्र न प्रधानमन्त्री, मन्त्रीहरूलाई बस्ने स्थानको व्यवस्था छ न त सत्तापक्ष र प्रतिपक्ष नै हुन्छ। संविधानको मस्यौदा मन्त्रिपरिषद्बाट पारित गरेर उसैले जारी गर्नेजस्तो गरी प्रचार हुनु जनता र संविधान सभाप्रतिको नै बेइमानी हो। यस्तो यथार्थ थाहा हुँदाहुँदै प्रधानमन्त्रीमाथि आरोप लगाउनु माओवादीको मतियारीबाहेक अरु केही पनि हुन सत्तैन।

पुष्पकमल दाहालले नसकेर राजीनामा दिएपछि वाध्यात्मक परिस्थितिमा माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुभएको छ। त्यसका लागि नेकपा (एमाले) को केन्द्रीय कमिटीले सर्वसम्मतरूपमा निर्णय गरेको हो। तर, अहिले एमालेकै नाममा नेपाललाई व्यक्तिगतरूपमा अपमान गर्ने र सडकबाट राजीनामा माग्ने जुन प्रवृत्ति देखिएको छ, यसबाट माओवादीको हितबाहेक अरू केही हुन सक्दैन। हिजो पार्टी विभाजन गरेर एमालेलाई राष्ट्रघाती करार गर्नेहरू अहिले फेरि हस्ताक्षर अभियानमा लाग्नु अनौठो भने होइन। आफ्नो राजनीतिक भविष्य समाप्त प्रायः भएपछि एमालेमा फर्किएकालाई एमालेमा विग्रह सिर्जना गरेर माओवादीमा जानु होला तर, पन्ध्र वर्षसम्म नेकपा (एमाले) का सर्वसम्मत नेतृत्व गरेका माधवकुमार नेपाललाई त्यसो गर्नु छैन। एमालेले निर्णय गर्‍यो भने त्यसपछि एक मिनेट पनि उहा" पदमा बस्नुहुने छैन। तर, अहिले माओवादीको एजेन्डा बोकेर सञ्चारमाध्यममा देखापर्ने प्रवृत्तिले एमालेलाई सही क्रान्तिकारी कम्युनिस्ट पार्टीं होइन, अराजक झुन्डमा रूपान्तरण गर्नेछ। पार्टीलाई यसबाट बचाउन नेतृत्वले त्यस्ता अराजक, अनुशासनहीन र अर्काे पार्टीको इसारामा नाच्नेहरूमाथि तत्काल कारवाही गर्नुपर्छ।

एमालेभित्र कसको के लाइन छ भन्ने लुकेको छैन। बर्दियामा चुनाव हारेपछि रन्थनिएका वामदेव गौतम सिधै पुष्पकमल दाहालको निवासमा पुगेर 'मलाई किन हराउनुभयो?' भनेर रोएको कसैले बिर्सेका छैनन्। त्यतिमात्र होइन, उनले 'दुई वर्षमा एमालेलाई माओवादीमा मिलाउ"छु' भनेर सार्वजनिक 'प्रतिबद्धता' व्यक्त गरेको पनि एमालेका कार्यकर्ताले बिर्सेका छैनन्। अझ माओवादीकै कार्यक्रममा गएर 'मलाई एमालेभित्र बलियो बनाउनुहोस्' भनेर याचना गरेको पनि सबैले थाहा पाएकै छन्। यी सबै प्रकरण हेर्दा वामदेव गौतमको उद्देश्य एमालेलाई हैन माओवादीलाई बलियो बनाउने रहेकोमा कुनै दुविधा छैन। अहिले शब्दकोषमा भएका गालीगलौजका सबै शब्द प्रयोग गरेर सरकारको भत्सर्ना गर्न सक्रिय हुनुको आफूलाई कालान्तरमा नारायणकाजी श्रेष्ठ बनाउने आकांक्षाबाहेक अरू केही पनि होइन। अहिले बाहिरबाट सक्दो सहयोग गर्ने र पछि माओवादीमा प्रवेश गरेर आफ्नो भविष्य सुरक्षित बनाउने योजनाअन्तर्गत नियोजितरूपमै यस्ता हरकत भइरहेका छन्।
माधवकुमार नेपाल स्वयम् शान्ति प्रक्रियाको सर्जक हुनुहुन्छ। सिलीगुडी, लखनउ, दिल्ली धाउ"दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उहा"ले अरूभन्दा बढी भूमिका निर्वाह गर्नुभएको छ। यी सबै तथ्यलाई बेवास्ता गरेर उहा"लाई सहमति र सहकार्यको बाधक देख्नु चरम पूर्वाग्रह हुन्छ। दाहालले राजीनामा दिएपछि २० दिनसम्म सहमति बनाउन नेपाल बाधक बन्नुभएको थियो र? अनि नेपाल प्रधानमन्त्री बन्ने बेलामा माओवादी सबभन्दा ठूलो दल थिएन र? यी सबै सन्दर्भलाई नकेलाई माओवादीको हातमा सत्ता सुम्पन एमालेभित्रै छटपटी देखिनुले तिनको नियतमै आशंका पैदा भएको हो। फेरि माधवकुमार नेपाल सहमति निर्माण गर्न अहिलेसम्म कही" कतै बाधक बन्नुभएको देखिएको छैन। 'कठपुतली' को आरोप खेपिरह"दासमेत गोदाबरी, नया" बजार र धुम्बराही धाएर माधव नेपालले के सहमति निर्माण गर्न खोज्नुभएको होइन र? सहमतिमा नआउने माओवादी, सरकारमा आफ्नो नेतृत्व नभए संविधान बनाउन दिन्न भन्ने माओवादी, सेना समायोजन गर्न नदिने माओवादी अनि त्यसको दोष माधव नेपाललाई? यो कहा"को न्याय हो?

कसैलाई मन्त्री हुन मन लागेको होला। तर, पदकै कुरा गर्ने हो भने प्रधानमन्त्रीस"ग मन्त्री साट्ने तिनको चाहनालाई दयाबाहेक के नै पो गर्न सकिन्छ र? तर, उनीहरूले भनेजस्तो 'शान्ति र संविधान' निर्धारित मितिभित्र माओवादीको नेतृत्वमा पनि सम्भव छैन। किनभने, अरू सहमत नभई माओवादीले एक्लै केही गर्न सत्तैकन र माओवादी सहमत भइदिने हो भने अहिले नै समस्या समाधान हुन्छ। संविधान बनाउनु र सरकारको नेतृत्व गर्नु फरक विषय हो। उसले लिएको हठका अगाडि आत्मसपर्मण गर्न र असंवैधानिक रूपमा सत्ता कब्जाको तयारीमा लागिरहेको माओवादीलाई वैधानिकरूपमै सत्ता कब्जा गर्ने अवसर त दिन सकि"दैन। माओवादीका हातमा हतियार, साथमा अर्धसैन्य संरचना र सोचमा विद्रोहको राजनीतिक लाइन रहेसम्म संयुक्त सरकारमा उसले नेतृत्व गर्न सक्तैन।
bishnurijal@gmail.com
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस