शान्ति प्रक्रियाको सफलता मापन गर्ने प्रमूख आधार नागरिक सुरक्षाको अवस्थालाई मानिन्छ। यसको अभावमा कानुनी शासन तथा मानवअधिकारको प्रत्याभूति र लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकास असम्भव हुन्छ। नागरिक सुरक्षाको सुनिश्चितता गर्ने दायित्व सरकारको हो। यसैले सुरक्षा तथा कानुन कार्यान्वयनका लागि जिम्मेवार निकायहरू विशेषतः नेपाल प्रहरीलाई सबल तथा सक्षम नपारिएसम्म र राजनीतिक हस्तक्षेपबाट मुक्त नराखिएसम्म त्यसको भूमिका प्रभावकारी हुन सक्तैन।
पछिल्लो चरणमा संख्यात्मक रूपमा बन्द, हड्ताल र सडक अवरोधजस्ता गतिविधि तुलनात्मकरूपमा कम भएपनि नागरिक सुरक्षामा तात्विक सुधार आउन सकेको छैन। शान्ति सुरक्षाको प्रभावकारिता, दण्डहीनताको अन्त्य तथा मानवअधिकारको रक्षाका लागि सरकारले जारी गरेको विशेष सुरक्षा योजना प्रभावकारी हुन सकेन। यस योजनाले शान्ति सुरक्षा तथा कानुनी शासनको सम्बर्द्धनप्रति जिम्मेवार संस्थाका पदाधिकारीको मनोबल बढाउन सघाउ पुर्याएपनि नागरिक सुरक्षाको स्थितिमा सुधार ल्याउन असफल भएको छ। व्यक्तिहत्या, अपहरण, जर्बजस्ती चन्दा असुली, फिरौती, संगठित अपराध, सीमा वारपार अपराध, साना हतियारको कारोबार तथा ओसारपसारलगायत सशस्त्र र अपराधिक समूहका गतिविधिमा कमी आएको छैन। अर्कोतिर देशमा अराजकता एवम् स्वेच्छाचारिताले चरमरूप लिएको छ।
राजधानी तथा जनकपुरमा संचार उद्यमीको हत्यापछि सुरक्षा स्थितिमा देखिएको जोखिमका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायबाट गम्भीर चासो देखाइएपनि जिम्मेवार निकायका पदाधिकारीहरू आरोप्रत्यारोपको राजनीति गरिरहेका छन्। सरकारका प्रधानमन्त्री अपराधीको संरक्षण प्रहरीबाट भएको सार्वजनिक अभिव्यक्ति दिन्छन्। आफ्नै दल नेकपा (एमाले)बाट राजनीनामा माग गरिएका गृहमन्त्री आफ्ना पूर्ववर्ती मन्त्रीहरूलाई दोष थोपरेर आफूले शान्तिसुरक्षामा सुधार ल्याएको दाबी गर्छन्। नेपाल प्रहरी अपराधिक गतिविधिमा अघिल्लो महिनाको तुलनामा कमी आएको तथ्यांक प्रस्तुत गरेर हास्यास्पद तर्क दिन्छ। यसरी नागरिक सुरक्षाप्रति जिम्मेवार संस्था तथा व्यक्ति आफ्नो कमजोरी ढाक्न आरोपप्रत्यारोपमा उत्रनु र दायित्व स्वीकार गर्न हिच्किचाउनु जनताको जीवनमाथि उनीहरूले गरेको खेलाँची हो।
हाम्रोजस्तो लोकतान्त्रिक मुलुकमा शान्ति सुरक्षा कायम गर्ने, कानुनी शासन बहाली गर्ने र नागरिकको सुरक्षा प्रत्याभूति गर्ने जिम्मेवारी प्रहरीक हुन्छ। यसको कार्यक्षेत्रमा सरकार, गैरराज्य पक्ष वा कुनै पनि संगठित संस्थाले सैद्धान्तिक, कानुनी र व्यावहारिकरूपमा हस्तक्षेप गर्न सक्दैन। तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला माओवादीविरुद्ध सेना परिचालन गर्न असमर्थ भएपछि द्वन्द्वकालमा गठन गरिएको सशस्त्र प्रहरीलाई नयाँ जिम्मेवारी दिनुको साटो नेपाल प्रहरीकै कार्यक्षेत्रमा हस्तक्षेप हुनेगरी दैनिक शान्ति सुरक्षामा परिचालन गरिएको छ। यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी शासनको मान्यताविपरित हुन्छ।
नेपाल प्रहरीमा निरन्तर हुने राजनीतिक हस्तक्षेप, सरुवा, बढुवा तथा अवसर उपलब्ध गराउँदा हुने भ्रष्टाचार, नातावाद तथा कृपावाद, कमजोर मनोबल तथा संस्थागत भ्रष्टाचार, संवेदनहीनता तथा गैरजिम्मेवारीपन, संगठित अपराधीसँग साँठगाँठ तथा तिनीहरूको सामना गर्ने साधनस्रोतको अभाव, द्वन्द्वोत्तर समाजमा लोकतान्त्रिक प्रहरीका लागि आवश्यक हुने प्रशिक्षण तथा पुनर्ताजगीजस्ता कार्यक्रमको अभावका कारण नेपाल प्रहरी प्रभावकारी हुन नसकेको हो। दुर्भाग्य, नेपाल प्रहरीलाई सक्षम तथा सबल बनाउनुको साटो अर्धसैनिक निकायलाई कानुनी शासनका मान्यता बहाली गराउने वा नागरिक सुरक्षाका नाममा कुनै पनि व्यक्तिलाई खानतलासी गर्ने अस्पष्ट जिम्मेवारी सरकारले दिएको छ। यो लोकतान्त्रिक शासन पद्धतिका मान्यतामा प्रहार हो।
अन्तर्राष्ट्रिय तथा नेपालको विद्यमान कानुनअनुसार सेना वा अर्धसैनिक निकायलाई शान्तिसुरक्षासम्बन्धी गतिविधिमा संलग्न गराउनु परेमा नेपाल प्रहरीको निर्देशन तथा अधीनमा राखेर जिम्मेवारी वहन गराउनुपर्ने हुन्छ। कुनै पनि अवस्थामा सशस्त्र प्रहरीलाई नागरिक सुरक्षा तथा कानुन कार्यान्वयनका कार्यमा स्वतन्त्ररूपमा परिचालन गर्नु हुँदैन। यसर्थ नेपालमा पनि सशस्त्र प्रहरीलाई नागरिक शान्ति सुरक्षाका क्षेत्रमा परिचालन गर्नुपर्ने बाध्यात्मक अवस्था भए नेपाल प्रहरीको कमाण्डमा कार्यक्षेत्रमा खटाउनुपर्दछ। यसले जिम्मेवारी तथा जवाफदेही निश्चित् गर्न मद्दत पुर्याउँछ।
नेपाल प्रहरीजस्तै सशस्त्र प्रहरी बल पनि जनताकै करबाट संचालित राज्यको निकाय भएकाले राष्ट्र हितमा प्रयोग गर्नुपर्छ। अहिलेका अवस्थामा सशस्त्र प्रहरीलाई सीमा सुरक्षालगायत राजमार्ग वा विशेष स्थानको सुरक्षाका लागि दिइएको जिम्मेवारी प्रभावकारी बनाउनु उचित हुनेछ। तर, शान्तिसुरक्षा कायम गर्ने नाममा सशस्त्र प्रहरीलाई सरकारबाट नेपाल प्रहरीसंग समानान्तररूपमा परिचालन गर्नु हुँदैन। यो कार्य तत्काल बन्द गरिनुपर्दछ। अन्यथा जनसमुदायमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको भूमिका, जिम्मेवारी र कार्यक्षेत्र स्पष्ट नभएका कारण कानुनी शासन तथा मानवअधिकारका मान्यताको उल्लंघनमा संलग्न व्यक्तिलाई न्यायिक दायरामा ल्याउन मुस्किल हुनेछ।
द्वन्द्वबाट रूपान्तरण हुने क्रममा नागरिक सुरक्षासँग सम्बन्धित संस्थालाई सुधार गर्ने, जनसमुदायमा तिनको विश्वसनीयता बढाउने र सुमधुर सम्बन्ध विस्तारका लागि पहिलो कदमका रूपमा सुरक्षा निकायमा विद्यमान अर्धसैनिक संरचनामा परिवर्तन गर्नुपर्ने हुन्छ। तर, नेपालमा कुनै पनि सुरक्षा निकायलाई वर्तमान परिवेशमा परिचालन हुनुपर्दा ध्यान दिनुपर्ने विधि तथा प्रक्रियाका बारेमा जानकारी गराइएको छैन भने नयाँ परिवेशमा आवश्यक प्रशिक्षण दिन सरकारले योजना तयार गर्ने वा कार्यान्वयनमा ल्याउने प्रयास पनि गरेको देखिएको छैन। बरु, ठीकविपरीत नागरिक सुरक्षाका काममा अर्धसैनिक संरचनालाई सक्रिय बनाएर द्वन्द्वकालीन कार्यशैलीलाई निरन्तरता दिनुले सुरक्षा निकायको लोकतान्त्रीकरण तथा रूपान्तरणको आवश्यकता नै आत्मसात् गर्न नसकेको स्पष्ट भएको छ।
नेपाल प्रहरीबाट पनि जिम्मेवारी निर्वाहका क्रममा प्रशस्त कमजोरी भएको छ। तर, यसो हुँदैमा नेपाल प्रहरीका जिम्मेवारी सशस्त्र प्रहरीजस्ता अर्धसैनिक निकायलाई सुम्पन मिल्दैन। कमजोरीलाई सच्याउन सकिन्छ, दर्बल पक्षलाई सबल पार्न सकिन्छ र जनताप्रति उत्तरदायी संस्थाका रूपमा विकास गर्न पनि सकिन्छ। तर, राजनीतिक वा अन्य कुनै स्वार्थवश नेपाल प्रहरीलाई निस्त्रि्कय पार्ने वा कमजोर बनाउने गरिए अन्ततोगत्वा लोकतान्त्रिक पद्धति कमजोर हुन्छ र शान्ति सुरक्षाका नाममा सैनिक प्रभुत्व क्रमशः बढ्दै जान्छ।
देशमा एकातिर सशस्त्र समूहले गतिविधि संचालन गरेकाछन् भने अर्कोतिर हत्या हिंसाका घटना संगठितरूपमै भइरहेका छन्। यस्तो स्थितिमा राज्यको नागरिक सुरक्षाप्रति जिम्मेवार संस्थालाई कमजोर पार्ने गतिविधिले देशमा दिगो शान्तिको आधार निर्माण गर्न सक्तैन। अधिकाश द्वन्द्वोत्तर मुलुकहरू नागरिक सुरक्षामा उत्पन्न संकट र कानुनी शासनका मान्यता धराशायी भएकाले असफलतातार्फ उन्मुख भएको पाइन्छ। तसर्थ, नागरिक सुरक्षाको सुनिश्चितता तथा कानुनी शासनका मान्यताको बहालीमा जिम्मेवार नेपाल प्रहरीलाई राजनीतिक, प्रशासनिक र दैनिक कार्यगत हस्तक्षेपबाट मुक्त राख्नुपर्छ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी देशका जिम्मेवार तथा सक्षम सुरक्षा निकाय भएकाले दुवैलाई सही क्षेत्रमा उपयुक्तरूपमा परिचालन गरिनुपर्छ। देशका सुरक्षा निकायहरूको भूमिका, कार्यक्षेत्र, जिम्मेवारी र सीमा पनि निर्धारण गर्नुपर्ने हुन्छ। त्यसको प्रारम्भ राष्ट्रको आन्तरिक तथा वाह्य चुनौतीको विश्लेषण गरी राष्ट्रिय सुरक्षा नीतिको निर्माणबाट गर्न सकिन्छ। सुरक्षा सर्वसाधारण नागरिकको आधारभूत मानवअधिकार भएकाले सरकारले जनताको जीवनको स्वतन्त्रताको प्रत्याभूति गर्नैपर्छ।
यसैले विशेष परिस्थितिमा स्थापना गरिएको सशस्त्र प्रहरी बलको भूमिकालाई वर्तमान परिवेशमा परिवर्तन गर्नैपर्छ र नयाँ जिम्मेवारी दिइनु उचित हुन्छ। अपराध अनुसन्धान तथा रोकथाम, नागरिक सुरक्षाको प्रत्याभूति, कानुनी शासनको स्थापना, शान्ति सुरक्षा कायम गर्ने र विद्यमान कानुनका आधारमा जनतामा सरकारको उपस्थिति देखाउने निकाय भने नेपाल प्रहरी नै हो। यसैले यसको भूमिकामा हस्तक्षेप हुनुहुँदैन। आवश्यकताअनुसार यसलाई थप सशक्त बनाउनुपर्छ। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबीच अस्वस्थ प्रतिस्पर्धा गराउनु जनताको स्वतन्त्रता तथा बाँच्न पाउने हकमाथि खेलाँची गरेको ठहर्छ। फलस्वरूप नागरिक सुरक्षामा उत्पन्न चुनौतीकै कारण शान्ति प्रक्रिया धरापमा पर्न सक्छ भने लोकतान्त्रिक पद्धतिको संस्थागत विकास र गणतन्त्रको स्थायित्व पनि प्रभावित हुनसक्छ।
लेखक द्वन्द्व विश्लेषक हुन्।